
शिक्षक:- दिनेश खत्री
उखान विशेष अर्थ
१. अकबरी सुनलाई कसी लगाउनु पर्दैन ।
राम्रो कुरालाई जाँचिरहनु पर्दैन ।
२. अगुल्टाले हानेको कुकुर
विजुली चम्कँदा तर्सन्छ । एकपटक ठक्कर
खाएको मानिस
त्यस्तो कुरामा
सधैं सतर्क हुन्छ ।
३. अचनाको पीर खुकुरीले
जान्दैन । दु:ख पाउनेको दु:खलाई दु:ख दिनेले जान्दैन ।
४. अड्को पड्को तेलको धुप ।
अभावमा कमसल वस्तुले पनि काम चलाउनुपर्छ ।
५. अर्कालाई खनेको खाडलमा आफैं परिन्छ। अरुको कुभलो गर्नेको
आफ्नै कुभलो हुन्छ ।
६. आए आँप गए झटारो । भए
फाइदा , नभए घाटा नहुनु ।
७. आकाशको फल आँखा तरी मर् । असम्भव कुरा प्राप्त गर्न खोज्नु ।
८. आफू नमरी स्वर्ग देखिन्न
। आफैंले
नभोगी यथार्थ कुरो थाहा हुँदैन ।
९. आफैं त महादेव
उत्तानो पर कसले देला वर । असमर्थ मानिसले अरूको सहयोग गर्न
सक्दैन ।
१०.
आलु खाएर पेडाको धाक । क्षमता नहुनेले फोस्रो धाक देखाउनु ।
११.
इन्द्रको अगाडि स्वर्गको बयान । धेरै
जान्नेका अगाडि सिकारु मान्छेको बयान
महत्त्वहीन हुन्छ ।
१२.
ऋण लागोस् दिन नलागोस् । जे जस्तो भए पनि भाग्यले साथ नछाडोस् ।
१३.
एक कानले सुनी अर्को कानले उडाउनु । कुरा सुनेर पनि बेवास्ता गर्नु ।
१४.
एकले थुकी सुकी, सयले थुकी नदी । एक्लैले गर्न नसकिने काम धेरै मिलेर गरे
सम्भव हुन्छ ।
१५.
एक पन्थ दुई काज । एक
प्रयत्नबाट दुई काम हुनु ।
१६.
एक हातले ताली बज्दैन । सहयोग दुई तर्फी हुनुपर्छ ।
१७.
ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ । कमजोरलाई सबैले हेप्छन् ।
१८.
कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा ।
थोरै ज्ञान र थोरै अनुभव हुनेले गरेको
काम असफल वा समस्यापूर्ण हुन्छ ।
१९.
कहिले सासूको पालो कहिले बुहारीको पालो ।
मौका सबैलाई आउँछ ।
२०.
काग कराउँदै छ, पिना सुक्दै छ । भन्नेले जे भने पनि
आफ्नो काम नछाड्नु ।
२१.
कानो गोरुलाई औंसी न पूर्णे । मूर्खका
लागि राम्रो नराम्रो एकै हुन्छ ।
२२.
काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर । मुख्य काम छोडी मामुली काममा
लाग्नु ।
२३.
काम साँची आफूलाई खान साँची अरूलाई। काम साँचेर राख्दा पछि आफैं नगरी
सुख पाइन्न ।खाना साँचेर राख्दा आफ्नो भाग पनि गुम्न सक्छ ।
२४.
कालो अक्षर भैंसी बराबर । नपढेको मानिसलाई
केही थाहा हुँदैन ।
२५.
कि पढेर जानिन्छ कि परेर जानिन्छ । ज्ञान आर्जन पढेर र अनुभव गरेर हुन्छ ।
२६.
कुरो र कुलो जता लाग्यो उतै जान्छ । कुरालाई आवश्यकता अनुसार मोड्न
सकिन्छ ।
२७.
के खोज्छस् कानो आँखो । चाहेको कुरा
पाउनु
२८.
खाने मुखलाई जुँगाले छेक्दैन । पौरखी
मान्छेलाई कुनै कुराले रोक्दैन ।
२९.
गर्ने भन्ने हनुमान् पगरी गुथ्ने ढेडु । काम गर्ने एउटा जस पाउने अर्को ।
३०.
घाँटी हेरी हाड निल्नू । क्षमता
अनुसारको काम गर्नु ।
३१.
छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी । सम्पत्ति हुँदा सबै आफन्त, सम्पत्ति नहुँदा
सबै पराइ हुनु ।
३२.
जिउँदाको जन्ती, मर्दाको मलामी । जतिखेर पनि काम लाग्ने
हुनु ।
३३.
जति जोगी आए पनि कानै चिरेको । सबै काम नलाग्ने हुनु ।
३४.
जसले मह काढ्छ, उसले हात चाट्छ । परिश्रम गर्नेले फल पाउँछ ।
३५.
जुँगा चल्यो कुरा बुझ्यो । चलाख
मान्छेलाई इसारा नै काफी हुन्छ ।
३६.
जुन गोरूको सिङ छैन, उसको नाम तिखे । नाम अनुसारको काम नहुनु ।
३७.
जुन थालमा खायो त्यही थालमा चुठ्नु । गुनको बदला बैगुन गर्ने ।
३८.
जो होचो उसको मुखमा घोचो । निर्धालाई
सबैले हेप्छन् ।
३९.
झिँगाको सरापले डिँगो मर्दैन । कसैले
ईर्ष्या गर्दैमा काम बिग्रिँदैन ।
४०.
टेक्ने हाँगो न सताउने डालो । कुनै
आधार नभएको
४१.
ढाँटको निम्तो खाई पत्याउनु । ढाँटलाई
विश्वास गर्न गाह्रो हुन्छ ।
४२.
ढुङ्गो खोज्दा देवता मिल्नु । सामान्य
कुरा खोज्दा विशेष कुरा पाउनु।
४३.
तालुमा आलु फल्नु । भाग्य सप्रिनु
४४. तैँ रानी मै रानी कसले भर्ला कुवाको पानी । सबै ठालु भएपछि काम गर्ने कोही हुँदैन ।
४५.
दुवै हातमा लड्डु दुवैतिरबाट
फाइदा
४६ |
देख्नेको आँखा
फुटे, सुन्नेका सही । |
देख्ने भन्दा
सुन्ने मान्छे जान्ने बन्नु । |
४७ |
धन भनेपछि महादेशका
तीन नेत्र । |
धनका लागि सबै
मरिमेट्छन् । |
४८ |
नखाऊँ त दिनभरिको
सिकार, खाऊँ भने कान्छा बाबुको अनुहार । |
लिनु न छाड्नु हुनु । |
४९ |
नजिकको तीर्थ
हेला । |
सजिलै पाइने
वस्तुको महत्त्व कम हुनु । |
५० |
नपत्याउने खोलाले
बगाउँछ । |
सामान्य
ठानेको मान्छेले पनि ठूलै काम गर्न सक्छ । |
५१ |
नमच्चिने पिङको
सय झट्का । |
अयोग्य
व्यक्तिले धेरै फुर्ती देखाउँछ । |
५२ |
नाच्न नजान्ने
आँगन टेढो । |
नजान्ने
मान्छेले अरूलाई दोष दिन्छ । |
५३ |
पशुपतिको जात्रा
सिद्राको व्यापार । |
एउटा प्रयासबाट
दुई ओटा फाइदा हुनु । |
५४ |
बाँदरको पुच्छर
लौरो न हतियार । |
कतैतिर पनि
काम नलाग्ने । |
५५ |
बाँदरको हातमा
नरिवल । |
अयोग्यको हातमा
बहुमूल्य वस्तु हुनु । |
५६ |
बाघको छालामा
स्यालको रजाइँ । |
अर्काको सम्पत्तिमा
मोज गर्नु । |
५७ |
बाघ बूढो र
स्याल तन्नेरी । |
अनुभवी, योग्य र शक्तिवानका अगाडि अरूको केही चल्दैन । |
५८ |
बार वर्षको
रामायण पढ्यो,
सीता कसकी जोई । |
जतिसुकै
सिकाए पनि केही नबुझ्नु । |
५९ |
बोल्नेको पिठो
बिग्छ नबोल्नेको चामल पनि बिक्दैन । |
बोल्नै पर्ने
कुरामा नबोल्दा काम बन्दैन । |
६० |
भदौमा आँखा
फुटेको गोरु सधैँ हरियो देख्छ । |
परिवर्तन
भएको थाहा नपाउने । |
६१ |
भेडा भेडासित, बाख्रा बाख्रासित । |
स्वभावअनुसारको
सङ्गत । |
६२ |
म ताक्छु मुढो
बञ्चरो ताक्छ घुँडो । |
एक थोक सोच्दा
अर्कै थोक हुनु । |
६३ |
मरेको बाघको
जुँगा उखेल्न सजिलो हुन्छ । |
निर्धो र कमजोरलाई
हेप्न सबैले सक्छन् । |
६४ |
मर्नुभन्दा
अगाडि खुट्टा तान्नु । |
पहिले नै लत्तो
छाड्नु । |
६५ |
मुखमा रामराम
बगलीमा छुरा । |
मुखले ठीक पार्ने, व्यवहारले कपटी काम गर्ने। |
६६ |
मेरो गोरुको
बाह्रै टक्का । |
आफ्नै कुरा
मात्र ठीक मान्नु/
निकै जिद्दी गर्नु। |
६७ |
रातभरि
करायो, दक्षिणा हरायो । |
निकै परिश्रम
गरेर पनि फल नपाउनु । |
६८ |
रात रहे अग्राख
पलाउँछ । |
समयमै काम नगरे
अरू जटिल हुन्छ । |
६९ |
लगन पछिको पोतेको
के काम । |
ठीक समयमा प्रयोग
नगरिएको वस्तुको महत्त्व पछि रहँदैन । |
७० |
ल्हासामा सुन
छ, कान मेरो बुच्चै । |
आर्काको धन
र इज्जतले आफूलाई केही हुँदैन। |
७१ |
साँढेको जुधाइ
बाच्छाको मिचाइ । |
ठूलाठूलाका
टक्करमा सानातिना पिसिनु । |
७२ |
साँप पनि मरोस, लट्ठी पनि नभाँचियोस् । |
केही पनि नगुमाईकन
काम पूरा गर्नु । |
७३ |
सुनारको सय
चोट लोहारको एक चोट । |
कमजोरको धेरै
प्रयत्नभन्दा क्षमतावन्को एउटै प्रयत्न उपलब्धिपूर्ण हुन्छ । |
७४ |
हात्ती आयो, हात्ती आयो फुस्सा । |
के के न पाउँला
भनेकोमा रित्तै हात हुनु । |
७५ |
हात्तीको मुखमा
जिरा । |
चाहिनेभन्दा
अति थोरै कुरा भेट्नु । |
७६ |
हुटिट्याउँले
आकाश थाम्नु । |
असम्भव
प्रयास । |
७७ |
हुने बिरुवाको
चिल्लो पात । |
राम्रो
हुने लक्ष्य सुरुमै देखा पर्नु । |