पाठ :- ३ करेसाबारी शिक्षक :- दिनेश खत्री
शब्दभण्डार
१ दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :
शब्द अर्थ
गुणस्तरीय गुणस्तर राम्रो भएको
गोडमे बोटबिरूवाका
वरिपरि भएका झारपात उखेल्ने वा गोड्ने काम
खाडल खाल्टो
बाली कृषिउपज
लट्टे सागको एक
प्रकार
२ दिइएका विभिन्न
क्षेत्रमा प्रयोग हुने प्राविधिक तथा पारिभाषिक शब्द पढ्नुहोस् र तिनका अर्थ बारे छलफल
गर्नुहोस् :
कानुन
अधिवक्ता :- न्यायालयमा वादी वा प्रतिवादीका पक्षमा वकालय गर्ने अधिकार प्राप्त व्यक्ति वा
विशेषज्ञ , अधिकृत तहको कानुन व्यवसायी ।
मुचुल्का :-
सरजिमिन हुँदा
कसैले कुनै कामकारबाही भएवापत आफूले जानेसुनेको बयान लेखिदिएको कागज, सरजिमिनको मानिसहरूले लेखिएको बयानको कागज ।
वारेस :-
वारिस, वादी वा प्रतिवादीका तर्फबाट अदालती प्रक्रियाका लागि अधिकार
पाएको व्यक्ति
तारिख :- अड्डा अदालतबाट झगडिया वा निजको वारिसलाई हाजिर हुन आउन भनी
लेखिएको मिति, ,अङ्ग्रेजी महिनाको दिन वा गते, मिति
बिगो :- कसैले अनुचित किसिमले लिएको धनमाल वा सो धनमाल दाबी गरिएको निश्चित
र अपराध , कसुर र दोष सम्बन्धि मामिलामा प्रभाव पार्ने कुनै पनि रकम, बिगार, निहुँ
जमानत :- धितो, धरौटी, मुद्दामामिलामा मुछिएको व्यक्तिलाई चाहेका बेला उपस्थित
गराउने सर्तमा सम्बन्धित अड्डामा धरौटी राखी वा व्यक्तिले जमानी बसी छुटाउने काम
प्रशासन
दर्ता:- कुनै कार्यालयमा औपचारिक रुपमा आएका चिठी, कागजात आदि दर्ता किताबमा दर्ने वा चढाउने काम, दराइ, रजिस्टेसन वा पञ्जीकृत गर्ने गराउने काम
चलानी :- चलान गरेका व्यक्ति , वस्तु आदिको नामनामेसी लेखिएको निस्सा वा पुर्जी, विवरणपत्र चलान गरिएको
टिप्पणी :- कठोर वा गूढ अर्थको व्याख्या , विशेष कुरा सम्झाउन टिपिने सानो लेख, कुनै कार्यका बारेमा प्रकट गरिने विचार
सरुवा :- एक ठाउँबाट अर्को ठाउँमा सरेर आएको , सर्ने किसिमको, धेरै धान भएको चामल,विखालु तेल आउने कदम
बढुवा :- (बढ्ने किसिमको, सप्रने जातको, ) तल्लो पदबाट माथिल्लो पदमा वृद्धि हुने काम, पदोन्नति, प्रोत्साहन
परिपत्र:- विचार, सूचना जानकारी आदिका निम्ति सम्बन्धित धेरै व्यक्ति, संस्था, अङ्ग विभागलाई एकै बोहोरामा पठाइने आधिकारिक पत्र
वाणिज्य
आयव्यय :- आम्दानी र खर्च, नाफा र नोक्सान , लाभ- हानी....
राजस्व :- मालपोत भन्सारमहसुल, विभिन्न कर वा शुल्क आदिका रुपमा राज्यलाई प्राप्त हुने धन
भौचर:- लेखा प्रणाली अनुसार आयव्यय विवरण प्रविष्ट गराउने फाराम
बेरुजु :- रुजु गर्दा नमिलेको, रुजु नगरिएको वा नभएको , बेरीतसँग भएको वा रीतभाँत नमिलेको
निकासी :- निकाशाको आदेश , कुनै वस्तु स्वदेशबाट विदेश पठाउने काम
फर्स्योट :- लेनदेन वा खरिदबिक्री सम्बन्धि हरहिसाब चुक्ता गर्ने काम, छिनाफाना , फछ्र्यौट
विज्ञान र प्रविधि
ऊर्जा :- बल, शक्ति, उत्साह , भोजन
संवहन :- दायित्व लिने काम, अभिभारा बोक्ने काम
तापक्रम :- उष्णता वा तातोपन घटीबढी हुने क्रम, सूर्यबाट प्राप्त हुने गर्मी
यौगिक :- दुई वा दुईभन्दा बढी वस्तु वा तत्व मिलेको, संयुक्त
विकिरण :- विभिन्न असाधारण किरण, छर्ने वा फिँजाउने काम, मार्ने काम,
रकेट :- अन्तरिक्षामा प्रक्षेपण गरिने मानवरहित वा मानवसहित यान, उपग्रहका रुपमा छोडिने यान, छिटो बेगिलो
वन
कटानी :- काट्ने वा फाँडने काम , फँडानी :- कटाउने, फाँड्ने काम
वृक्षारोपण :- बोटबिरुवा लगाउने वा रोप्न काम, निकुञ्ज :- लहराहरू र बाक्लो रूखहरू भएको ठाउँ , वन्य सम्पदाको सुरक्षाका लागि निर्माण गरिएको स्थल
आरक्ष :- वन्यजन्तुको सुरक्षा र रूख बिरुवाहरूलाई बचाउनका लागि जङ्गललाई
चारैतिरबाट घेर्ने काम, आरक्षण टाँचा :- कटानी गर्न अनुमति पाएका रूखमा लगाइने सरकारी छाप, हुलाकद्वारा पठाइने चिठीपत्रका टिकटमा लगाइने मितिसहितको छाप
शिक्षा
परीक्षा :- जाँच गर्ने काम, जाँच, जुँचाई, योग्यता, विशेषता, सामर्थ्य , गुण आदिको स्तर निर्णय गर्नका लागि ठीकसित पारख गर्ने काम , मूल्याङ्कन :- परीक्षार्थीहरुको उत्तरपत्र वा प्रयोगात्मक परीक्षाको अङ्कद्वारा
स्तर तय गर्ने काम, कर्मचारीहरुको कार्य, योग्यता र विशिष्टता आदिको तौलाइ
छात्रवृत्ति :- अध्ययन अवस्थामा जीवननिर्वाहका निम्ति विद्यार्थीहरूलाई निश्चित
समयसम्मका लागि दिइने रकम पाठ्यक्रम :- पढाउनका निम्ति तोकिएको विषय र त्यसको पूर्वापरक्रम
पृष्टपोषण :- गल्ती , कमीकमजोरी हटाउन दिइने सल्लाह , सुझाव
साहित्य :
रस :- साहित्यको अध्ययनपछि प्राप्त हुने अनुभूति, नवरस छन्द :- गति, यति र लय मिलेको वर्ण, मात्रा आदिको गणनाअनुसार पद्यात्मक रचना गरिने कुनै निश्चित
मान वा रुप
अलङ्कार :- साहित्यशास्त्रको एक अङ्ग, अर्थगत वा शाब्दिक चमत्कारद्वारा साहित्यलाई सिँगारने तत्व भएको विधा :-
काव्य वा साहित्यमा
प्रचलित खासखास विषय , प्रकार वा किसिम( कथा, कविता , नाटक ......) वाद :- तत्त्वदर्शीहरूले निश्चित गरेको कुनै विशिष्ट कुराको मत वा सिद्धान्त
दृष्टिविन्दु :- कुनै कृतिमा समाख्याताको स्थितिलाई जनाउने मुख्यतः चरित्र, कार्यव्यापार, परिवेश आदिको उपस्थापन पद्धति र कथनभूमिका
सञ्चार
प्रसारण :- व्यापक समाचार वा सन्देशलाई कुनै आकाशवाणी, रेडियो आदि कुनै साधनद्वारा वरपर पठाउने कार्य, परिसंवाद :- दुइवा दुईभन्दा बढी व्यक्ति वा वक्ताबिचमा कुनै विषयमा हुने
कुराकानी
इमेल :- विद्युतीत माध्यमको प्रयोग गरी पठाइने चिठी वा सूचना
सम्पादकीय :- सम्पादकको विचार वा भाव दूरसञ्चार :- टाढाटाढासम्मका लागि समाचार सूचना आदिको आदानप्रदान गर्ने कार्य
समाचारपत्र :- अखबार , पत्रपत्रिका , समाचार प्रकाशनभएको
३ 'करेसाबारी' निबन्धबाट कृषि क्षेत्रमा प्रयोग हुने पाँच
ओटा पारिभाषिक र प्राविधिक शब्द टिपी वाक्यमा प्रयोग गर्नुहोस् :
अर्गानिक :- मानव स्वास्थ्यका लागि अर्गानिक खाद्यवस्तु तथा तरकारी
उत्पादनमा जोड दिनु आजको आवश्यकता हो ।
प्राङ्गारिक :- करेसाबारीमा लगाइने तरकारी बालीमा प्राङ्गारिक मलको प्रयोग गर्न
पर्दछ ।
बारबन्देज :- करेसाबारीलाई राम्रोसँग बारबन्देज गरिएन भने तरकारीका बिरुवाहरू
बाख्रापाठा र कुखुरा आदिले क्षति पुर्याउन सक्छन् ।
छाप्रो :- बिरुवालाई सुख्खा हुनबाट जोगाउन र तुषारो, शीत, वर्षा र तापक्रमबाट जोगाउन छाप्रो लगाउनु राम्रो हुन्छ ।
थाँक्रा :- लहरे बालीलाई थाँक्रा लगाउन सकेमा राम्रो उत्पादन लिन सकिन्छ
।
उत्पादकत्व :- बाली बिरुवाको उत्पादन वृद्धिका लागि माटोको उत्पादकत्व
क्षमता बढाउनु पर्ने हुन्छ ।
बेर्ना :- तरकारी खेती गर्ने हरेक किसानले बेर्ना उमार्नेदेखि सार्ने काममा विशेष ध्यान दिनुपर्छ ।
४ तल दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
आत्मनिर्भर :- नेपाल कृषि प्रधान मुलुक भएर पनि खाद्यान्न तथा तरकारी एवम्
फलफूलमा आत्मनिर्भर हुन नसक्नु दु:ख लाग्दो कुरा हो ।
कम्पोस्ट :- करेसाबारीमा तरकारी खेती लगाउँदा कम्पोस्ट मल बनाउने तरिका सिक्नु
पर्छ ।
नर्सरी :- तरकारी बाली लगाउँदा कतिपय बिरुवाका लागि नर्सरीमा बेर्ना निर्माण
गर्नुपर्छ ।
बिउबिजन :- तरकारी खेतीमा लाग्ने मानिसले बिउबिजनको उत्पादन भण्डारण तथा
व्यवस्थापन सम्बन्धि ज्ञान हुनु अति आवश्यक हुन्छ ।
रासायनिक :- रासायनिक मलको प्रयोले बालीनाली उत्पादनमा वृद्धि त गर्न सकिन्छ
तर यसले मानव शरीरका लागि हानिकारक हुन्छ ।
५ तल दिइएको निबन्धको अंश शिक्षकले तोकेको समयका आधारमा द्रुत पठन गरी सोधिएको
प्रश्नको उततर भन्नुहोस् :
क) अनुच्छेदमा तरकारीलाई कुन कुन प्रकारमा वर्गीकरण गरिएको छ ?
उत्तर :- अनुच्छेदमा तरकारीलाई हिउँदे, वसन्ते र वर्षे तरकारीका रुपमा वर्गीकरण गरिएको छ ।
ख) हिँउदे तरकारी बालीका लागि कस्तो मौसम आवश्यक हुन्छ ?
उत्तर:- भदौदेखि असोजसम्म बेर्ना रोपेर कात्तिकदेखि माघसम्म चिसो मौसम
र छोटो दिन हिउँदे तरकारीको लागि उपयुक्त मौसम हो ।
ग) तरकारी र वसन्ते तरकारीमा कस्तो भिन्नता पाइन्छ ?
उत्तर :- वसन्ते तरकारी पुसदेखि फागुनसम्म बीउ र बेर्ना रोपेर फागुनदेखि
जेठसम्मउत्पादन लिइन्छ भने वर्षे तकारी वैशाखदेखि असारसम्म बीउ बेर्ना रोपी वर्षा हुने
असारदेखि भदौसम्म उत्पादन लिन सकिन्छ ।
घ) मानिसहरूले तरकारी खेती किन गर्छन् ?
उत्तर :- मानिसहरू भान्सामा तरकारीको आवश्यकता परिपूर्ति गर्नका साथै
केही आर्थिक उत्पादनका लागि तरकारी खेती गर्ने गर्छन् ।
६. दिइएका प्रश्नहरूको उत्तर दिनुहोस् :
क) बाली विविधता
भनेको के हो ?
उत्तर:- करेसाबारीमा थोरै जमिनबाट धेरै उत्पादन लिनका लागि खेती गर्नेले
खेतीका लागि प्रविधिलगायत तरकारीको विविधताका बारेमा जान्नु आवश्यक छ । मुख्यबालीसँगै
सहायक बाली पनि उत्पादन गर्न सकिन्छ । मुख्य बालीसँगै सहायक बाली लगाउँदा खेतीवालालाई
दोहोरो फाइदा हुन्छ । मौसमअनुसार विविध
प्रकारका बाली लगाएमा फाइदा पनि राम्रो हुन्छ ।सधैँ गर्न सकिने र मौसममा मात्रै गर्न
सकिने बाली लगाइयो भने रोगव्याधिबाट धेरै नोक्सान हुँदैन । बाली विविधता
भनेको विविध प्रकारका बालीनाली लगाउनु हो । थोरै जमिनमा पनि विभिन्न प्रकारका बालीको
खेतीबाट प्रशस्त मात्रामा तरकारी आयआर्जन गर्न सकिन्छ ।
ख) करेसाबारीमा
तरकारी लगाउँदा जमिनको व्यवस्थापनमा ध्यान दिनुपर्ने पक्ष उल्लेख गर्नुहोस् ।
उत्तर :- करेसाबारीमा तरकारी लगाउँदा जमिनको व्यवस्थापन गर्नु जरुरी
छ । एउटै जमिनमा पनि मुख्य बाली र घुसुवा बाली लगाएर फाइदा लिन सकिन्छ । जमिनको वरिपरि
बारबन्देज नगरेमा गाईवस्तुले खेतीको नक्सानी गर्दछ । जमिनको तयारी गर्दा जमिनलाई राम्ररी
खनजोत गरी माटो खुकुलो बनाउनुपर्छ । माटो खुकुलो र बुर्बुराउँदो भयो भने बालीनाली राम्ररी
फस्टाउँछ ।सम्भव भएसम्म जङ्गलको माथिल्लो तहको माटो प्रयोग गरी माटामा प्राङ्गारिक
मात्राको व्यवस्थापन गर्न सकिन्छ । चिम्ट्याइलो माटो भएमा प्रशस्त मात्रामा प्राङ्गारिक
मलको प्रयोग गरेमा मात्र माटो खुकुलो खनजोत
गर्दा निस्केको बालीको अवशेषलाई जमिनमुनि गाडेर बिरुवाका लागि खाद्यतत्व बनाउनु पर्दछ ।
करेसाबारी तरकारी
खेती गर्दा जमिनको व्यवस्थापन सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । करेसाबारीका लागि छुट्याइएको
जमिनमा पर्खाल वा बाँसले बारबन्देज गर्नुपर्दछ । निश्चित स्थानमा कम्पोस्ट मालका लागि
खाल्डो खन्ने , नर्सरीका लागि पारिलो वा घाम लाग्ने ठाउँ छुट्याउने, ससाना सुर्का बनाउने, सुर्काबीचमा बाटो राख्ने आदि कार्य गर्नुपर्दछ ।
ग) वानस्पतिक
विषादीको निर्माण र प्रयोग गर्ने तरिका वर्णन गर्नुहोस् ।
उत्तर:- करेसाबारी तरकारी खेतीलाई मानव स्वास्थ्य अनुकूल बनाउन यसमा
प्रयोग हुने मल र विषादीको बारेमा सजग र सचेत हुनुपर्छ । करेसाबारीमा स्थानीय
वातावरण र प्रविधिको प्रयोग गरी बनाइने कम्पोस्ट मल र विषादीको प्रयोग गर्नु पर्छ ।
करेसाबारीमा प्रयोग गरिने वानास्पतिक विषादीको निर्माण गर्दा तीतो, टर्रो, र कडा गन्ध आउने वनस्पतिलाई मलमुत्रमा राम्ररी कुहाएर गर्न सकिन्छ
। स्थानीय वातावरणमा पाइने तितेपाती, निम, सिस्नु, मेवा, असुरो, धतुरो, बकाइनो, खिर्रो बोझो, टिमुर, खर्सानी , सिमली आदिका पात वा मुन्टा जम्मा पारेर मसिनो टुक्रा बनाएर कालो
रङको ड्रममा दुईतिहाई हुने गरी राख्ने र बाँकी भागमा गहुँत राखेर भर्नु पर्छ । यसरी भरिएको ड्रमलाई मौसम अनुसार २५-३५ दिनसम्म घाम लाग्ने ठाउँमा बिर्को राम्ररी बन्द गरेर राख्नु
पर्छ ।ड्रमभित्र राम्ररी कुहिएर तयार भएको झोललाई छानेर बिरुवाको प्रकृतिअनुसार
पानीमा मिसाई करेसाबारीमा प्रयोग गर्न सकिन्छ । ठूलो बिरुवाको लागि एक भाग विषादीमा छ भाग पानी
र ससाना बिरुवाका लागि एक भाग विषादीमा दस भाग पानी मिसाएर प्रयोग गर्नुपर्छ ।
८. व्याख्या गर्नुहोस् :
क) हरियो तरकारी
फलेको दृश्यले घरको सौन्दर्य वृद्धि हुन्छ र वातावरण पनि स्वच्छ बन्न पाउँछ ।
उत्तर:- प्रस्तुत वाक्य हाम्रो कक्षा नौ को नेपाली किताबको पाठ तीन करेसाबारी
निबन्ध शीर्षकबाट व्याख्याको लागि साभार गरिएको हो । यस निबन्धको रचयिता यसै
किताबका सम्पादकज्यूहरू हुन् । यस निबन्धमा करेसाबारी खेतीको जानकारी साथै
करेसाबारी खेतीबाट हुने फाइदा, करेसाबारी खेती गर्ने तरिका बारेमा जानकारी दिइएको छ । उक्त
वाक्य करेसाबारी खेतीको जानकारी दिने क्रममा आएको हो ।
वर्तमान समयमा व्यावसायिक तरकारी खेतीबाट उत्पादन हुने सागसब्जीमा
बढी मात्रामा रासायनिक मल तथा विषादीको प्रयोग गरिएको हुन्छ । यस्ता खाद्यतत्वबाट मानिसमा
विभिन्न प्रकारका रोगहरू बढ्दै गएका छन् । यस्ता रोगहरू बढ्दै जाँदा मानिसहरू
रोगको सिकार भई दु:खपूर्ण जीवन बाँच्नु परेको स्थिति छ ।त्यसैले यस्ता रोगबाट मुक्त हुन करेसाबारीमा
खेती गर्नु पर्छ ।घर वरिपरीको खाली जग्गामा तरकारी खेती गरेर स्वास्थ तरकारी खाई निरोगी
बन्नु आजको आवश्यकता हो । भूगोल र मौसमअनुसारका बालीका विभिन्न प्रजातिका तरकारी करेसाबारीमा
मिलाएर लगाउनु पर्छ । यस्ता कार्यबाट हामीले आफ्नै बारीको ताजा , गुणस्तरीय र अर्गानिक तरकारी सेवन गरी स्वास्थ बन्न सक्छौँ ।
तरकारी उत्पादनले परिवारको आवश्यकता पनि पूरा
हुन्छ भने घर वरिपरि लगाइएको तरकारीले घरको सौन्दर्य पनि बढाउँछ । करेसाबारीमा गरिने
खेती पूणत: प्राङ्गारिक मलमा आधारित हुने भएकाले यसले वातावरणीय सन्तुलनमा सहयोग समेत पुग्दछ
।
निष्कर्षमा के भन्न सकिन्छ भने घरको सौर्न्दर्य बढाउन र वातावरणलाई
सन्तुलन राख्न करेसाबारीमा अर्गानिक खेती गरी स्वस्थ बनौँ भन्ने मूल कुरा पनि यस निबन्धमा
सरल सहज भाषाशैलीमा व्यक्त गरिएको छ ।
९. दिइएका प्रश्नको विवेचनात्मक उत्तर लेख्नुहोस् :
क) करेसाबारीमा
मलखाद प्रयोग , सिंचाइ र गोडमेलका बारेमा पाठमा व्यक्त विषयवस्तुप्रति आफ्ना धारणा व्यक्त
गर्नुहोस् ।
उत्तर :- घरको वरिपरि गरिने खेतीलाई करेसाबारी खेती भनिन्छ । घर वरिपरिको खाली जग्गाको सदुपयोगका
लागि यो खेती गर्नुपर्दछ । करेसाबारीको खेतीबाट आफूलाई चाहिने तरकारी प्रशस्त मात्रामा उत्पादन गर्न सकिन्छ भने हामीलाई
चाहिने स्वस्थ , ताजा र अर्गानिक तरकारी सेवनबाट हामी विभिन्न रोगबाट वचन सक्छौँ ।
करेसाबारीमा तरकारी खेती गर्दा मलखादको प्रयोग , सिंचाइ र गोडमेलमा विशेष ध्यान दिनुपर्छ । माटोको उत्पादकत्व
र लगाइने बालीको प्रकृतिअनुसार मलको प्रयोग गर्नुपर्छ । पात टिपेर खाने तरकारी रायो, स्विसचार्ड, पालुङ्गो, बन्दा, ब्रोकाउली आदिलाई नाइट्रोजनको बढी आवश्यकता पर्छ । त्यसै गरी
फल खाने बालीहरू फर्सी, काँक्रो, खुर्सानी, टमाटर, भन्टा, खरबुजा आदिलाई फस्फोरसको बढी आवश्यकता पर्छ । कोसे तरकारीहरू बोडी, सिमी, केराउ, भटमास, बकुल्ला आदिलाई नाइट्रोजनको बढी आवश्यकता पर्छ । जरेबालीहरू
मुला, गाजर, सलगम, आलु, लसुन, प्याज आदिलाई पोटासको आवश्यकता पर्छ । यसरी करेसाबारीमा तरकारीको
प्रकृतिअनुसार मलखादको जोहो गर्नुपर्छ । तरकारी हरियो हुने र तिनमा पानीको मात्रा बढी हुनाले पानीबिना ती ओइलाउने र सुत्ने
स्थिति आउँछ । त्यसै हुनाले बढी मात्रामा सिंचाइको आवश्यकता पर्छ । सामान्यतय बिउ उम्रने
बेला बेर्ना सरेका बेला, मलखादको प्रयोग लगत्तै, गोडमेलपश्चात् डुकु आउने, फुल्ने र दाना लाग्ने बेला बिरुवालाई पानी नभई हुँदैन । बेर्ना सारेपछि कम्तिमा
एक हप्ता नियमित रूपमा सिंचाइको व्यवस्था हुनु जरुरी हुन्छ । करेसाबारीमा नियमित
रूपमा गोडमेल गर्नुपर्छ ।यसो गर्नाले लगाएको बाली फस्टाउनुका साथै झारपात उखेल्दा माटो
खुकुलो पनि हुन्छ ।
निष्कर्षमा के भन्न सकिन्छ भने यसरी खेती गर्दा प्रशस्त
मात्रामा उत्पादन हुन गई आफूलाई चाहिने तरकारी आफैँ उत्पादन गर्न सकिन्छ । मलखाद प्रयोग, सिँचाइ र गोडमेलका बारेमा यस निबन्ध सरल सहज भाषाशैलीमा उपयुक्त
तरिकाले सिकाइएको छ ।
ख) करेसाबारीको
उपयोगबाट कस्ता फाइदा लिन सकिन्छ, आफ्नै शैलीमा चर्चा गर्नुहोस् ।
उत्तर :- कृषि प्रधान देश नेपाल र नेपालीका हरेक घरका भान्सामा आयातित
तथा रासायनिक एवं कीटनाशक औषधि प्रयोग भएका तरकारीले प्रश्रय पाउँदा एकातिर मानव स्वास्थ्यमा
नकारात्मक असर पर्ने र अर्कोतर्फ भान्साको बढ्दो खर्चलाई कटौती गर्ने उद्देश्यले
नेपाली पाठ्यपुस्तकका सम्पादकहरूद्वारा यस निबन्धमा करेसाबारीको प्रयोग वानस्पातिक
विषादीको निर्माण बाली विविधता आदिको चर्चा गरिएको छ
घरघरमा करेसाबारी व्यवस्थापन गर्न सकेमा ताजा तरकारी खान पाइने, तरकारीमा हुने खर्च बचत हुने, आफैँले उत्पादन गरेको हरियो, ताजा र विषादीरहित तरकारी प्रयोगले रोगबाट वचन सकिने , समयको सदुपयोग हुने, शारीरिक व्यायाम समेत हुने, आत्मनिर्भरताको वृद्धि
हुने, खेर गएको जमिन सदुपयोग हुने लगायतका फाइदा लिनका लागि करेसाबारी
निर्माण तथा प्रयोग गर्नु पर्दछ । यसले आयातीत , बासी र विषादीयुक्त तरकारी खानु पर्ने बाध्यताबाट मुक्तिसमेत
मिल्छ । थोरै जमिनबाट विभिन्न प्रजातिका तरकारी बालीबाट घरपरिवारलाई
चाहिने आवश्यकता पूरा गर्न सकिन्छ ।यस्तो तरकारी खेतीको प्रयोगले वातावरण सन्तुलन
राख्न सहयोग पुग्छ । घरबाट निस्किने फोहोरको पनि उचित रूपमा प्रयोग हुन्छ ।
निष्कर्षमा के भन्न सकिन्छ भने हामीले आफूलाई आवश्यक पर्ने ताजा
तरकारी आफ्नै करेसाबारीमा उत्पादन गरि तरकारीका लागि आत्मनिर्भर बन्न सकिन्छ । जग्गाको
सदुपयोग , समयको सदुपयोग, पैसाको बचत र निरोगी बन्ने मूल मार्ग नै करेसाबारी खेती हो । त्यसैले
करेसाबारीमा खेती गरेर स्वस्थ जीवन जिउनु नै आजको मुख्य आवश्यकता हो ।