पाठ :- १६ आयाम

 

 

 

. उदाहरणमा दिइएझैँ अनुच्छेदबाट समावेशक र समावेश्य शब्द पहिचान गरी लेख्नुहोस् :

समावेशक शब्द                           समावेश्य शब्द

फलफूल                                    आँप, मेवा, कटहर, केरा, जुनार

तरकारी                                      काउली, मुला, गाँजर, आलु

साग                                           रायो, तोरी, चम्सुर

फूल                                           सयपत्री, मखमली, लालीगुराँस, बाबरी

. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :

उत्तर:- तरङ्ग :- उनीहरको कुराले मेरो मनमा विभिन्न तरङ्ग पैदा भएका छन् ।

आमन्त्रण :- विद्यालयको वार्षिक दिवसका दिन मानवीय शिक्षा मन्त्रीज्यूलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको छ ।

उत्प्रेणा :- सिकाइमा पछि परेका बालबालिकालाई उनीहरूको आन्तरिक क्षमता पहिचान गर्न र आत्मविश्वास बढाउन उत्प्रेरणा प्रदान गर्नु नै शिक्षण पेसाको सफलता हो ।

बगैँचा :- बगैँचामा फुलेका रङ्गीचङ्गी फूलहरूले घरको सौन्दर्य बढाएका छन् ।

पारिश्रमिक :- न्यून वेतनभोगी कर्मचारीको पारिश्रमिक बढ्दो महँगीलाई थेग्न सक्ने अवस्था नै छैन भनी कर्मचारीहरू गुनासो गर्छन् ।

पारदर्शी :- पारदर्शी नेतृत्व नै संस्थागत सफलताको मुख्य आधार हो ।

सम्पर्क :- भुकम्प पीडितहरूले उद्धारका लागि सेना तथा जिल्ला प्रहरी कार्यालमा सम्पर्क गरे ।

क्षितिज :- योजना निर्माण गर्दा क्षितिज पारि रहेका गाउँ र वस्तीलाई पनि योजनाविद्ले सम्बोधन गर्न कञ्जुस्याइँ गर्नु हुँदैन ।

असीमित :- हामीले असीमित अावश्यकताबाट प्राथमिकीकरण गरी क्रमशः पूरा गर्नुपर्छ ।

बोध र अभिव्यक्ति

. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

क ) आयाम कथाको प्रारम्भ र अन्त्य कुन कुन घटनाबाट भएको छ ?

उत्तर :- आयाम कथाको प्रारम्भ 'म' पात्रले आफ्नो कार्यालयको चोकलाई नियालेको र अन्त्य म पात्रले आमाको न्यानो अँगालोमा मातृवात्सल्यको अभिनव डुबेको घटनाबाट भएको छ ।

ख ) 'खुसी हुनुको ..... यस्तै......... ।' अनुच्छेदको मुख्य घटना के हो ?

उत्तर :- 'खुसी हुनुको ....... यस्तै यस्तै .......... ।' अनुच्छेदको मुख्य घटना शान्तमायाको विवाहपछिको लोग्नेसँग सँगै हुँदा उसको जीवनमा आएको सुख र खुसीको सुखद अनुभूति हो ।

ग ) कथामा मुख्य र सहायक भूमिकामा भएका पात्रको नाम भन्नुहोस् ।

उत्तर :- कथामा 'म' याङ्जी र आमा मुख्य पात्र हुन भने सुरज र शन्तमाया सहायक पात्र हुन् ।

घ ) कथामा सहरी परिवेश झल्काउने कुरा के के हुन् ?

उत्तर :- कथामा आएका सहरको व्यस्त चोक, आमा र याङ्जी दुवै कार्यालयमा काम गर्न जानू, घरेलुु कामदार राख्ने परम्पराको वर्णन , ठेकेदारसँग डर लाग्ने , डिनर, रेस्टुराँ आदि सहरी परिवेश झल्काउने कुरा हुन् ।

. दिइएको कथांश पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

क ) शन्तमायाले कसकामा काम गर्न थालिन् ?

उत्तर:- शन्तमाया सेवानिवृत्त डाक्टर दम्पतीको घरमा काम गर्न थालिन् ।

ख ) डाक्टर दम्पतीले कस्तो कामदारको अपेक्षा गरेका थिए ?

उत्तर :- डाक्टर दम्पतीले इमान्दारीपूर्वक काम गर्ने महिला कामदारको अपेक्षा गरेका थिए ।

ग ) शन्तमाया खुसी हुनको कारण के थियो ?

उत्तर :- डाक्टर दम्पतीले उपलब्ध गराएको सेवा सुविधा पारिश्रमिक तथा चाडवाडमा थप तलब र कपडा पाउन थालेकाले  शन्तमाया कपडा कपडा पाउन थालेका शन्तमाया खुसी थिइन् ।

घ ) मिहिनेती हात भन्नुको आशय के हो  ?

उत्तर:- मिहिनेती हात भन्नुको आशय परिश्रमी, लगनशील र इमान्दारिताका साथ काम गर्ने मानिस भन्ने हो ।

. कथामा सुरुदेखि अन्तिमसम्म कस्ता कस्ता घटना घटेका छन् ? तिनलाई टिपोट गरी कथासार लेख्नुहोस् ।

. म पात्रलाई झ्यालबाट चोकमा देखिने विभिन्न दृश्यमध्ये कतिपय दृश्यले लोभ्याउनु ,

. आमाले याङ्जीलाई जन्मदिनको शुभकामना दिँदै साँझको खाना विशेष बनाउँछु छिट्टै घर आऊ है भनेको सम्झनु,

. आनाकै उत्प्रेरणा र हौसलाले याङ्जीले काम गर्न थाल्नु, आमालाई 'म' पात्रले उत्प्रेरणाको केन्द्रबिन्दु मान्नु,

. याङ्जीलाई जागिरको अन्तर्वार्तामा जाँदा कार्यालय प्रमुख सुरज आफ्नो स्वर्गीय पति कमल झैँ लाग्नु, काम गर्ने क्रममा कार्यालयमा आवेदन गर्न आएकी शन्तमायालाई डाक्टर दम्पतीको घरमा काम गर्न पठाउनु,

. एकपटक कार्यालयमा आएकी शन्तमायामा शारीरिक तथा मानसिक परिवर्तन भएको महसुस याङ्जीले पाउनु, कुराकानीको क्रममा शन्तमायाले त्यही घरमा गाडी चलाउने ड्राइभरसँग विवाह गरेको र उसले माया गर्ने कुरा बताउनु,

. याङ्जी काम गर्ने कार्यालयको प्रमुख सुरजसँग एकवर्षदेखि प्रेम सम्बन्धमा हुनु र सुरजले रेस्टुराँमा डिनर खाने क्रममा दुई बिचको सम्बन्ध आमालाई भन्न आग्रह गर्नु,

. बेलुका घर फर्कँदा आमा रिसाएको पाएकी याङ्जीले आमालाई आफ्नो सुरजसँग प्रेम सम्बन्ध रहेको कुरा बताउनु,

. आमाले आफूले विधुवा बुहारी याङ्जीलाई छोरीको रूपमा लिएको र घर छोडेर नजाने, आफूसँगै बस्नु पर्ने सर्तमा विवाह गर्न मञ्जुरी दिनु,

. आमाको अँगालोमा कसिँदा मातृवात्सल्यको अभिनव आयाममा प्रेमको महासागरमा डुब्नु  

. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

क ) 'आयाम' कथाको मुख्य विषयवस्तु के हो ?

उत्तर :- नेपाली साहित्यकी प्रगतिवादी कथाकार बिना थिङ (वि.सं. २०३७) द्वारा लिखित "आयाम" नारी समस्यामा आधारित सामाजिक कथा हो । परम्परागत नेपाली समाजमा रहेको विधुवाले विवाह गर्न नहुने र मृत पतिको नाममा जीवनभर वैधव्य जीवन बिताउनुपर्ने मान्यताको बिरोध गर्दै विधुवा विवाहलाई प्रोत्साहन गर्नु पर्ने प्रगतिशील चिन्तनलाई कथामा विषयवस्तुका रूपमा प्रस्तुत गरेकी छिन् ।

यस कथामा कथाकार थिङले प्रथम पुरुष कथानात्मक संरचनामा 'म' पात्र , आमा र शन्तमायाले विधुवाको रूपमा श्रीमानको निधन पश्चात् भोग्नु परेको निरस , एक्लो , असुरक्षित र दु:खमय     जीवनको कारुणिक पक्षलाई  विषयवस्तुको रूपमा प्रस्तुत गरिएको छ । नेपाली समाजमा रहेको परम्परागत मूल्य , मान्यता र अन्धविश्वासबाट माथि उठेर विधुवा विवाहलाई सबैले मान्यता प्रदान गर्नुपर्ने , विधुवा नारीका वेदना , छट्पटी , समस्यालाई सबैले मनन गर्नुपर्ने र उनीहरूले बाँकी जीवनको निर्णय गर्ने पाउनु पर्ने आफ्नो धारणालाई कथाको विषयवस्तुको रूपमा उठाएको छ ।

ख ) कथामा रहेका याङ्जी र शन्तमायाका चारित्रिक विशेषताको तुलना गर्नुहोस् ।

उत्तर :- नेपाली साहित्यमा सामाजिक समस्या तथा नारी जीवनका समस्यालाई विषयवस्तुका रूपमा प्रस्तुत गर्ने कथाकार बिना थिङ( वि. सं. २०३७) द्वारा लिखित "आयाम" कथामा याङ्जीको मुख्य र शन्तमायाको सहायक भूमिका रहेको छ । दुवै पात्रलाई कथाकारले आफ्नो उद्देश्यपूर्तिका लागि मुखपात्र बनाएका छन् ।

याङ्जी :- याङ्जी यस कथाकी प्रमुख पात्र हुन् । उनी पतिको मृत्युुपछि निरस र एकल जीवन बिताउन विवश नारीहरूको प्रतिनिधि पात्र हुन् । स्नातक तहसम्मको अध्ययन गरेकी उनी सासूको प्रेरणाबाट घरभित्रको जीवनबाट बाहिर निस्किएर रोजगारमा संलग्न भएकी छन् । आफ्नो कार्यालय प्रमुख सुरजसँग प्रेम सम्बन्धमा रहेकी याङ्जीले साहस र आँटका साथ आमासँग आफ्नो प्रेम सम्बन्धको खुलासा गरी सुरजसँग विवाह गर्न चाहेको बताउनुले उनी साहसी , विद्रोह , प्रगतिशील पात्रका रूपमा रहेकीछिन् ।

शन्तमाया :- शन्तमाया यस कथाकी सहायक पात्र पात्र हुन् । उनी पनि कलिलै उमेरमा पतिको निधनका कारण विधुवाको रूपमा एकल र निरस जीवन बिताउन विवश नारीहरूको प्रतिनिधि पात्र हुन् । ज्याला मजदुरी गर्दा जीवन र अस्मिता असुरक्षित भएकाले घरेलु कामदार बन्ने चाहना राखेकी शन्तमायाले दोस्रो विवाह गरी आफ्नो जीवनलाई माया, प्रेम र पूर्णतालाई सुरिलो लयमा फर्काउने विद्रोह , साहसी तथा समाज सुधारको सन्देश दिने सत् पात्र हुन् ।

ग ) कथामा उल्ले भएको सामाजिक परिवेशको वर्णन गर्नुहोस् ।

उत्तर :- कथाकार बिना थिङद्वारा लिखित "आयाम" कथामा सहरिया सामाजिक परिवेश चित्रित छ । सहरिया जीवनको दैनिकीलाई कथामा प्रस्तुत गरिएको छ । सरकारी वा निजी कार्यालयमा जागिर खाने, फुर्सतमा घर, आँगन  , बरण्डाको सरसफाइ तथा बगैँचा, बिरुवा आदिको हेरचाह गर्ने जस्ता कार्यले सहरिया परिवेशको चित्र उतार गरेको छ । संवादका क्रममा शन्तमायाले याङ्जीसँग राखेको समस्याले नेपाली समाजमा ज्यालामजदुरी गरेर खाने एकल महिलाहरूको अस्मिता सुरक्षित नरहेको, महिलाहरूलाई हेर्ने दृष्टिकोण र परम्परागत सोच कायम नै रहेको परिवेश कथामा वर्णित रहेको छ । कथाको आन्तरिक परिवेशका रूपमा एकल महिलाहरूको निरस र एकाकी जीवनका वेदना, छटपटावट, पीडा र मर्म तथा डाक्टर दम्पतीमार्फत उच्च शिक्षा तथा वैदेशिक रोजगारीका कारण हरेक घर युवाविहीन हुँदै गएको जीवनको उकालो लाग्दै गरेका बुढाबुढी सहाराविहीन हुनु पर्ने परिवेश कथामा उल्लिखित गरिएको छ । घरेलु कामदार राख्ने तथा जन्मदिन मनाउन डिनरका लागि रेस्टुराँ जाने नवसंस्कृति पनि कथामा सहरिया परिवेशको रूपमा आएको छ ।

घ ) कथाबाट के सन्देश पाइन्छ , उल्लेख गर्नुहोस् ।

उत्तर :- कथाकार बिना थिङद्वारा लिखित "आयाम" नारी समस्यामा आधारित उत्कृष्ट प्रगतिवादी सामाजिक कथा हो । कथामा परम्परागत नेपाली समाजको सासू र बुहारीको कटुतापूर्ण र दमनात्मक सम्बन्धबाट माथि उठेर सासूबुहारीको सम्बन्धलाई आमाछोरीको जस्तो आदर्श सम्बन्ध देखाइ सामाजिक सोच र व्यवहारमा परिवर्तन ल्याउनु पर्ने सन्देश दिइएको छ ।

          कथाकारले सामाजिक मूल्य , मान्यता र परम्पराका नाममा जीवनलाई निरस, निरुद्देश्य र निष्क्रिय बनाउनु नहुने सन्देश प्रवाह गरेकी छिन् । कथाकारले याङ्जी र आमाको समधुर र समझदारीपूर्ण सम्बन्धबाट सासू र बुहारी बिचको सम्बन्ध आमाछोरी जस्तै हुनु पर्ने , हरेक घरमा बुहारीको उपस्थिति छोरीको झैँ सम्मानजनक हुनुपर्ने सन्देश दिइएको छ । कथाकारले आमाको उत्प्रेरणाबाट पति वियोगको वेदना र कुण्ठामा रुमल्लिई निरस र एकाकी जीवन बिताइरहेकी याङ्जीलाई रोजगारी वा व्यवसायका लागि प्रेरित गरी एकल महिलाहरूलाई व्यक्तित्व विकासको अवसर प्रदान गर्नुपर्ने , उदार दृष्टिकोण राख्नु पर्ने सन्देश दिइएको छ । समयानुकूल हाम्रा मूल्य , मान्यता, सामाजिक व्यवहारमा परिवर्तन हुनुपर्छ , विधुवाहरूलाई कुण्ठा र वेदनामय निरस जीवनबाट माथि उठाउन र समग्र नारी जातिको सम्मानका खातिर विधुवा विवाहले कानुनी तथा सामाजिक मान्यता प्राप्त हुनुपर्छ भन्ने सन्देश कथामार्फ प्रदान गरिएको छ । हरेक व्यक्ति आफ्नो काम, जिम्मेवारी र कर्तव्यप्रति इमान्दार हुनुपर्ने सन्देश कथामा पाइन्छ । विशेष गरी नारी समस्या समाधानार्थ , नारीको हक अधिकारको रक्षार्थ नारी जाति स्वयंको सहयोग र उदार दृष्टिकोणको अपेक्षा कथामा व्यक्त गरिएको छ । हरेक अभिभावकले आफ्ना सन्तानको सुख र खुसीको लागि मार्गदर्शक र उत्प्रेरकको भूमिका निर्वाह गर्नुपर्छ भन्ने सन्देश कथामा व्यक्त भएको छ ।

. सासू र बुहारीका रूपमा रहेका आमा र याङ्जीबिचको सम्बन्धलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ 'आयाम' कथाका आधारमा लेख्नुहोस् ।

उत्तर :- कथाकार बिना थिङ( वि. सं. २०३७ ) द्वारा रचित आयाम कथा सामाजिक विषयवस्तुमा आधारित उत्कृष्ट प्रगतिवादी कथा हो । यस कथामा नेपाली समाजमा रहेको आदर्श तथा अनुकरणीय पारिवारिक सम्बन्धलाई विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ । प्रायः नेपाली समाजमा सासू र बुहारीबिच हुने कटुतापूर्ण सम्बन्धलाई यस कथामा मुख्य पात्र आमा र याङ्जीबिचको उदार , सहयोगी , समझदारीपूर्ण सम्बन्धले सामाजिक सोचाइ , विचार र व्यवहारमा सुधार आउनु पर्ने सन्देश प्रवाह गरिएको छ ।

             यस कथाका मुख्य पात्र याङ्जी र आमा सासू र बुहारीको भूमिकामा रहेर पनि उनीहरूको सम्बन्ध आमा र छोरीकै सरह आत्मीय , प्रिय र सुमधुर रहेको छ । एकल जीवनको पीडा स्वयंले भोगेकी आमाले आफ्नो छोरो कमलको निधनपछि याङ्जीको एकल तथा निरस जीवनको कुण्ठालाई नजिकबाट बुझेकी छिन् । पति वियोगको मानसिक पीडाग्रस्त  निस्सार जीवनबाट बुहारीलाई बाहिर ल्याउन , जीवनलाई लयमा फर्काउन जागिर खानु वा व्यवसाय प्रेरित गरेकी छन् । कार्यालयमा काम गर्न थालेकी याङ्जीको जीवनशैलीमा आएको परिवर्तनलाई नजिकबाट नियालीरहेकी आमाले याङ्जीको सुरजसँगको प्रेम सम्बन्ध र विवाह गरेर घरजम गर्ने मनस्थितिलाई सहजै अनुमोदन गरेर एउटै घरमा बस्नुपर्ने सर्त राखेर सम्बन्धमा सासू र बुहारी भएपनि भावना र जिम्मेवारीमा आमाछोरी रहेको पुष्टि गरेकी छिन् । आमा र याङ्जीबिचको सम्बन्ध सासू र बुहारीभन्दा माथि उठेर आदर्श आमाछोरीको उचाइमा रहेको छ । याङ्जीले सासूलाई सासूको रूपमा भन्दा पनि आमाको रूपमा लिएको मान , सम्मान र श्रद्धा प्रकट गरेको र उत्प्रेरणाका आदर्श स्रोतको रूपमा लिएकी छिन् । उनीहरू बिच एक अर्काको भावना बुझ्ने , भावनाको कदर गर्ने समझदारीपूर्ण सम्बन्ध तथा आफ्नो बुहारीको दोस्रो विवाह गर्न अनुमति दिनु, सँगै एउटै घरमा बस्नुपर्ने सर्त राख्नुलाई प्रगतिशील तथा आदर्श सम्बन्धको रूपमा मूल्याङ्कन गर्नु पर्छ । याङ्जी र आमाबीचको सम्बन्धलाई सासू र बुहारीको सम्बन्धबाट माथि उठेर सामाजिक मूल्य , मान्यता र परम्परागत व्यवहारबाट माथि उठेर विधुवा विवाहलाई सामाजिक सांस्कृतिक रूपमा मान्यता दिनु पर्ने आदर्श प्रगतिवादी विचार प्रवाह गर्ने कोसेढुङ्गाको रूपमा मूल्याङ्कन गर्नु उपयुक्त हुन्छ ।

१० . व्याख्या गर्नुहोस् :

क ) आमा मेरो उत्प्रेरणाको केन्द्रबिन्दु हुनुहुन्थ्यो ।

उत्तर :-  आमा मेरो ............................................................ हुनुहुन्थ्यो ।

             प्रस्तुत वाक्य हाम्रो कक्षा १० को नेपाली किताबको पाठ १६ "आयाम" शीर्षक कथाबाट व्याख्याको लागि साभार गरिएको हो । यस कथाका रचयिता बिना थिङ (वि.सं. २०३७ ) हुन् । नारी समस्यामा आधारित आदर्श सामाजिक व्यवहारको अपेक्षा राखिएको उत्कृष्ट सामाजिक कथा आयाममा नेपाली समाजमा एकल महिलाका कारुणिक र मार्मिक भोगाइलाई विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ । विधुवा विवाहको पक्षमा वकालत गरिएको प्रगतिवादी यस कथामा मुख्य पात्र याङ्जीले आमालाई आफ्नो जीवनको कुशल अभिभावक र प्रेरणाको प्रमुख स्रोतको रूपमा लिइने क्रममा उक्त वाक्य आएको हो ।

               यस कथाका मुख्य पात्र याङ्जीले आमालाई आफ्नो जीवनको उत्प्रेरक र मार्गदर्शकका रूपमा लिएको भाव व्यक्त भएको छ । आफ्नो छोरा कमलको असामयिक निधनपछि निरस, निस्सार जीवन बिताइरहेकी याङ्जीलाई एकाकीपनबाट बाहिर ल्याउन आमाले याङ्जीलाई जागिर खान वा व्यवसाय गर्न प्रेरित गरिन् । आमाकै उत्प्रेरणा र मार्गदर्शनबाट घर बाहिर निस्कन साहस गरेकी याङ्जीको जीवनमा आमूल परिवर्तन आयो ।  उनको जीवनशैलीमा परिवर्तन आएको छ । वैधव्यता धारण गरी वेदनामय निरस एकल जीवन बिताइरहेका महिलाहरूको जीवन सुखद , सार्थक र सफल बनाउन अभिभावक तथा आफन्तजनको बलियो साथ र सहयोग चाहिन्छ ।  आफूले पनि एक्लो जीवन र लोग्नेको अभाव भोगाइ प्रत्यक्ष अनुभव गरेकी आमाले याङ्जीको एक्लोपनको मर्म र भावनालाई नजिकबाट बुझेर उनलाई नयाँ जीवनका लागि प्रेरित गरेकी छन् ।

           निष्कर्षमा आमाले याङ्जीको जीवनलाई गतिशील बनाउन, सार्थक, बनाउन प्रेरणा प्रदान गरी आदर्श सासूको सन्देश प्रदान गरेकी छिन् । हरेक अभिभावकको सकारात्मक सहयोगबाट एकल महिला तथा विधुवाको निरस जीवनमा परिवर्तन ल्याउन हरेक सासूहरूले आमाले झैँ आमाको भूमिका निर्वाह गर्न सक्नु पर्ने र बुहारीलाई छोरीको स्थानमा राखी मार्गदर्शन गर्नुपर्ने , आत्मनिर्भर सक्षम बन्न प्रेरित गर्नुपर्ने भाव व्यक्त भएको

) जीवनमा सानो घटनाले पनि अथाह खुसी दिन सक्ने रहेछ

उत्तर :- जीवनमा ..................................................................... सक्ने रहेछ

                   प्रस्तुत वाक्य हाम्रो कक्षा १० को नेपाली किताबको पाठ १६ "आयाम" शीर्षक कथाबाट व्याख्याको लागि साभार गरिएको हो । यस कथाका रचयिता बिना थिङ (वि.सं. २०३७ ) हुन् । नारी समस्यामा आधारित आदर्श सामाजिक व्यवहारको अपेक्षा राखिएको उत्कृष्ट सामाजिक कथा आयाममा नेपाली समाजमा एकल महिलाका कारुणिक र मार्मिक भोगाइलाई विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ । कार्यालय प्रमुख सुरजले याङ्जीलाई हरियो कुर्ता र टीका खुब सुहाउँछ भन्दा याङ्जीले आफ्नो मन हलुका भएको सुखद अनुभूति व्यक्त गर्ने सन्दर्भमा उक्त वाक्य आएको हो ।

                       मानव जीवनमा सानो सानो घटनाले पनि अथाह अर्थात् धेरै खुसी प्रदान गर्न सक्ने विचार व्यक्त भएको छ । मानव जीवन भन्नू नै सुखदुःखको सङ्गम हो । जीवनमा कहिले सुख र कहिले दु:खको अनुभूति महसुस हुनु स्वाभाविक हो । हरेक मानिसको जीवनमा विभिन्न किसिमका घटना घट्ने र ती घट्ना मध्ये कतिपय घटनाले गहिरो दु:खको अनुभव गराउँछन् भने कतिपय घटनाले परम् सुखको अनुभूति दिलाउँछ । पति कमलको निधनपछि एकल महिलाको रूपमा निरस , निस्सार र एकाकी जीवन व्यथित गरिरहेकी याङ्जीलाई उनको प्रेमी कार्यालय प्रमुख सुरजले तिमीलाई हरियो कुर्ता र टीका सुहाउँछ भनेकोमा उनले असीम आनन्द महसुस गरिन् । उनलाई केही राहत र शान्ति मिलेको अनुभूति भयो । उनको भारी मन केही हलुका भएको महसुस गरिन् ।

                   निष्कर्षमा यस वाक्यमा याङ्जीको वैयक्तिक अनुभूति व्यक्त गर्दै जीवनमा घट्ने कतिपय साना साना घटनाले पनि परम् आनन्द , प्रशस्त खुसी र सुख दिन सक्छन् भन्ने भाव व्यक्त भएको छ ।

११ . 'आयाम' कथाका आधारमा याङ्जी र शन्तमायाले जीवनमा भोगेका सङ्घर्षको वर्णन गर्नुहोस् ।

उत्तर :-  बिना थिङद्वारा रचित "आयाम" कथाका याङ्जी र शन्तमाया मुख्य र सहायक पात्र हुन् । दुवै जनाले पति वियोगमा निरस र निस्सार जीवन बिताउने विधुवा महिलाको प्रतिनिधित्व गरेका छन् । याङ्जी, शन्तमाया र आमाको एकल जीवनका तीता भोगाइलाई विषयवस्तु बनाई विधुवा विवाहको पक्षमा कथामा वकालत गरिएको छ । हरेक घरमा घरमा सासू र बुहारीबिच याङ्जी र आमाको जस्तै आमाछोरीको आदर्श सम्बन्ध हुनुपर्ने धारणा कथामा अगाडि सारिएको छ ।

याङ्जीले पति कमलको निधनपछि विधुवाको जीवन बिताउनु पर्यो । उनले जीवनमा एक्लोपन महसुस गरिन् । जीवनको अर्थ र उद्देश्य समाप्त भएको ठानिन् । स्नातक उत्तीर्ण गरेका प्रमाणपत्र बाकसमा थन्काएर एकान्तमा हराउने, एकान्तमा रमाउने एकाकीपनले भरिएको निरस र निस्सार जीवन बिताउन थालिन् । आमाको प्रेरणाबाट जागिरे जीवनको सुरुवात गरेकी सुरजको प्रेमले याङ्जीको जीवनशैली फेरियो । आमाको उत्प्रेरणा , सहमति र स्वीकृतिमा परम्परागत सामाजिक मूल्यमान्यताबाट विद्रोह गर्दै दोस्रो विवाह गरी जीवनलाई रसिलो लयमा फर्काउने निर्णय गर्न सफल भइन् ।

         शन्तमाया यस कथाकी सहायक पात्र हुन् । उनले पनि पति वियोग र एकल महिलाले भोग्नु पर्ने पीडा, मर्म र वेदना भोगेकी छिन् । आर्थिक अभावले ज्याला मजदुरी गर्नुपर्ने , घामपानी भन्न नपाउने , ठेकेदारको कुदृष्टिबाट बच्नु पर्ने कष्टकर भोगाइ उनको रहेको छ । तत्कालीन नेपाली समाजमा एकल महिलालाई घरभित्र र घरबाहिर सुरक्षित रहन सङ्घर्ष गर्नुपर्ने यथार्थ कथामा प्रस्तुत गरिएको छ । शन्तमाया र याङ्जीको पारिवारिक अवस्था , आर्थिक तथा शैक्षिक अवस्था फरक भए पनि एकल महिलाका रूपमा जीवनका भोगाइ र सङ्घर्ष समान रहेको छ ।

१२ . 'आयाम' कथाले नेपाली समाजको कस्तो विषयवस्तु उठान गरेको छ ? तपाईँलाई त्यो कस्तो लाग्यो चर्चा गर्नुहोस्  

उत्तर :- कथाकार बिना थिङद्वारा रचित 'आयाम' पारिवारिक विषयवस्तुमा आधारित उत्कृष्ट सामाजिक कथा हो । कलिलो उमेरमा पति गुमाएर कहालिलाग्दो निरस जीवन बिताउन विवश एकल महिलाको पीडा , मर्म र वेदनालाई कथामा विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ । आमा र याङ्जीको सुमधुर र समझदारी पूर्ण सम्बन्धबाट सासू र बुहारीबिच आमाछोरीको जस्तो आदर्श र अनुकरणीय सम्बन्धको अपेक्षा कथामार्फत राखिएको छ । कथामा विधुवा विवाहलाई सामाजिक सांस्कृतिक रूपमा मान्यता प्रदान गरिनु पर्ने सन्देश प्रवाह र उदार दृष्टिकोणको सञ्चार गरिएको छ ।

          नेपाली समाजमा एकल महिलाको जीवन र दिनचर्याको चियोचर्चा गर्ने, जीवनशैलीलाई लिएर विभिन्न टिकाटिप्पणी गर्ने सामाजिक व्यवहारबाट माथि उठेर याङ्जीकी सासू आमाले बुहारीलाई घरबाट बाहिर निस्कन, जीवनको लय बदल्न प्रेरित गरेकी छिन् । आमाले याङ्जीलाई पेसा व्यवसाय वा रोजगारीका लागि प्रेरित मात्र गरिनन् याङ्जीको सुरजसँगको प्रेम सम्बन्धलाई स्वीकार गरिन् । विवाह पश्चात् पनि आफूसँगै बस्नु पर्ने उदार दृष्टिकोण राखिन् ।कथाको यो पक्ष र विषयवस्तु मलाई  उचित र सान्दर्भिक लाग्यो ।

          नेपाली समाजमा विधुवालाई उपेक्षित र तिरस्कृत भावले हेर्ने गरिन्छ , अलच्छिन, पोइ टोकुवाको उपमा भिराइन्छ । यस्ता धारणा अल्पज्ञता , अशिक्षा र अन्धविश्वासका उपज हुन् । कथाकारले कथामार्फत प्रगतिवादी दृष्टिकोण प्रस्तुत गर्दै समाज सुधारको सन्देश दिएको छ । आमाको बलियो साथ सहयोग र उत्प्रेरणाले याङ्जीको जीवन बदलियो, याङ्जीको सहयोगले शन्तमायाको जीवन बदलियो । हामीले एकल महिलाको आत्मसम्मानमा चोट पुर्‍याउने वा उपेक्षा र तिरस्कारले हेर्नू नहुने तथा उनीहरूलाई अवसर प्रदान गर्नु पर्ने , आत्मविश्वास जागृत गराउनु पर्ने , उनीहरूको जीवनलाई प्रेमपूर्ण लयमा फर्काइ सार्थक बनाउन सहयोग पुर्‍याउनु पर्ने कथाको आशय आजको आवश्यकता हो । कथाले समयानुकूल सामाजिक व्यवहार र दृष्टिकोणमा परिवर्तन आउनुपर्ने विचार अगाडि सारेको छ  जुन मनन योग्य र ग्रहणीय रहेको छ । यदि हाम्रा सामाजिक मूल्य मान्यताले हाम्रो जीवनलाई उपेक्षित , तिरस्कृत , अपमानित र असुरक्षित बनाउँछन् भने त्यस्ता व्यवहारलाई क्रमशः परिस्कृत गर्नुपर्छ ।

१३ . दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

क ) प्रश्नहरू

अ ) बालसाहित्यको विषयवस्तु छनोट गर्दा के कुरामा ध्यान दिनुपर्छ ?

उत्तर :- बालसाहित्यको विषयवस्तु छनोट गर्दा बालकको उमेर , रुचि, आवश्यकता र मनोविज्ञान जस्ता कुरामा ध्यान दिनुपर्छ ।

आ ) कस्ता विषयले बालबालिकामा कौतुहलता सिर्जना गर्छ ?

उत्तर:- बालबालिकामा घुमफिर , खेलकुद, संस्कृति , सहयोग , मायाममता, मनोविज्ञान जस्ता कुरामा ध्यान दिनुपर्छ ।

इ ) बालसाहित्यको आवश्यकता किन पर्छ ?

उत्तर :- सूचनाको ज्ञान तथा सिर्जना सिपको प्रवर्धन गर्दै बालबालिकामा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्न बालसाहित्यको आवश्यकता पर्छ ।

ई ) बालसाहित्यका विशेषता के के हुन् ?

उत्तर :- बालबालिकालाई रोचक अनुभूति गराउनु, मनोरञ्जन प्रदान गर्नु, जिज्ञासाको समाधान गर्नु सिर्जनात्मक क्षमता बढाउनु, आत्मविश्वास बढाउनु, राष्ट्रप्रेमको भाव जागृत गराउनु आदि बालसाहित्यका विशेषता हुन् ।

 

 

 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.