व्याकरण खण्ड
१ शब्दवर्ग
क.
के, को र कुन ठाउँ जस्ता प्रश्न
गर्दा उत्तरको रुपमा आउने व्यक्ति, जाति, समूह, पदार्थ र भाव बुझाउने पदलाई
नाम भनिन्छ ।
ख.
नाम शब्दलाई दोहोरिन नदिएर
तिनको सट्टामा काम गर्ने पुरुष , दर्शक, प्रश्न , सम्बन्ध र निज बुझाउने शब्दलाई
सर्वनाम भनिन्छ ।
ग.
कति, कस्तो, कत्रो, जस्ता प्रश्न गर्दा उत्तरका
रूपमा आउने गुण, परिमाण, सङ्ख्या बुझाउने शब्दलाई
विशेष भनिन्छ ।
घ.
वाक्य वा भनाइलाई पूरा गर्ने
धातुबाट बनेका कर्ताले गरेको काम बुझाउने शब्दलाई क्रियापद भनिन्छ ।
ङ.
नाम, सर्वनाम र विशेषण शब्दसँग जोडिएर आउने विभक्ति चिन्हलगायतका
शब्दलाई नामयोगी भनिन्छ ।
च.
क्रियापदसँग कहाँ, कहिले, कति कसरी र किन जस्ता प्रश्न गर्दा उत्तरका रुपमा आउने क्रियापदको
अघिल्तिर आएर क्रियापदको विशेषता बुझाउने , अनुकरणात्मक शब्दलगायतका शब्दलाई क्रियायोगी/ क्रियाविशेषण भनिन्छ ।
छ.
दुई वा दुईभन्दा बढी पद , पदावली , उपवाक्य र वाक्यलाई जोड्ने शब्दलाई संयोजक भनिन्छ ।
ज.
मान्छेका मनको खुसी , दु:ख, घृणा, आश्चर्य, अभिवादन, सम्बोधन आदि जस्ता अनेक भावलाई
जनाएर उदगार चिन्हका साथ आउने शब्दलाई विस्मयादिबोधक भनिन्छ ।
झ.
आफ्नै छुट्टै अर्थ नभए पनि
वाक्यको अभिव्यक्तिलाई विशेष किसिमले सहयोग गर्ने थेगोलगायतका शब्दलाई निपात भनिन्छ
।
२ रेखाङ्कित शब्दको शब्दवर्ग छुट्याउनुहोस् ।
क.
जुनसुकै काम गरेर
पनि यस समाजमा सजिलै बाँच्न सकिन्छ भन्ने असल शिक्षा उसलाई हेरेर लिन
सकिन्छ ।
जुनसुकै = विशेषण गरेर = क्रियायोगी सजिलै = क्रियायोगी उस = सर्वनाम
लिन = क्रियायोगी
सकिन्छ = क्रियापद
ख.
पहिलो अथवा दोस्रो
नै सबै कुरा होइन मुख्य कुरा त पढ्नु हो रे, सरले भनेको सर्मिलाले
भनिन ।
पहिलो = विशेषण अथवा = संयोजक नै = निपात
सबै = विशेषण
त = निपात भनेको = विशेषण
ग. एकथरी मानिसहरू विद्यार्थीलाई मोबाइल चलाउन
दिनुहुन्न भन्छन् भने अर्काथरी यसको प्रयोगबाट सिकाइ ठूलो टेवा मिल्छ भन्छन् ।
एकथरी = विशेषण विद्यार्थी = नाम चलाउन = क्रियायोगी
भने = संयोजक ठूलो = विशेषण टेवा
= नाम
घ. बेलुकी धेरै बत्ती बाली विद्यालयलाई झिलिमिली पारियो
र स्वर्ण जयन्ती कार्यक्रम धुमधामसँग सम्पन्न गरियो
।
बेलुकी = क्रियायोगी बाली = क्रियायोगी / नाम र = संयोजक जयन्ती = नाम
धुमधाम = नाम गरियो = क्रियापद
ङ. कसैले विद्यालयको इतिहास सर्सर्ती पढे भने कसैले
विद्यालयको राम्रो गतिविधिको मच्चीमच्ची प्रशंसा गरे ।
कसैले = सर्वनाम इतिहास = नाम सर्सर्ती = क्रियायोगी भने = संयोजक
मच्चीमच्ची = क्रियायोगी
गरे = क्रियापद
च. इन्टरनेटबाट नयाँ कुरा सिकेर पढ्नका लागि होस् वा रोमाञ्चक
खेलहरू खेल्न मोबाइललाई सबैले रूचाउँछन् ।
नयाँ = विशेषण सिकेर = क्रियायोगी लागि = नामयोगी खेल्न = क्रियायोगी
मोबाइल = नाम रूचाउँछ = क्रियापद
छ. छि ! कस्तो फोहोरी मान्छे रहेछ , ऊ त हातै नधोई सपासप भात खान थाल्यो ।
छि = विस्मयादिबोधक फोहोरीब = विशेषण रहेछ = क्रियापद ऊ= सर्वनाम
त = निपात सपासप = क्रियायोगी
ज. राधेश थोरै पढ्छन् तैपनि
परीक्षामा राम्रो गर्छन् । पढ्नु पनि पर्छ खेल्नु पनि पर्छ उनी भन्छन् ।
राधेश = नाम थोरै = विशेषण तैपनि = संयोजक पढ्नु = नाम
पर्छ = क्रियापद उनी = सर्वनाम
झ. ' ल म कि प्रथम हुन्छु कि द्वितीय अथवा पहिलो दोस्रो भएरै छाड्छु' उसले भन्यो
।
प्रथम = विशेषण कि = संयोजक अथवा = संयोजक
भएरै = क्रियायोगी उसले = सर्वनाम भन्यो = क्रियापद
ञ. त्यो दलित, यो राई, तिमी बाहुन भन्ने भाव हामीसँग छैन । कुन दलित , कुन बाहुन भन्ने कुरा सामाजिक विभेद हो ।
त्यो = विशेषण बाहुन = नाम भाव = नाम
हामी = सर्वनाम
दलित = नाम छैन = क्रियापद सामाजिक = विशेषण
ट. मागेअनुसार पैसा पाएपछि उनीहरूले डोकाभरी स्याउ टिपे
। डोकोसमेत साहुलाई दिए ।
अनुसार = नामयोगी उनीहरू = सर्वनाम भरी = नामयोगी टिपे = क्रियापद
डोको = नाम साहु = नाम
ठ. गुरूमार्फत उनले कति कुरा सिकिन् त्यो पनि भनिन् । यस
अतिरिक्त उनले गुरुकी छोरिलाई पनि भेटिन् ।
मार्फत = नामयोगी कति = विशेषण सिकिन् = क्रियापद उनले = सर्वनाम
गुरुकी = विशेषण छोरी = नाम
ड. शर्मिला खुबै पढ्छिन् किनभने उनी राम्रो भविष्य बनाउन चाहन्छिन् ।
शर्मिला =
नाम खुबै = विशेषण पढ्छिन् = क्रियापद किनभने = संयोजक
भविष्य =
नाम बनाउन = क्रियायोगी
ढ. बजारका बीचमा को को भेटिए , के के देखिए पत्तै भएन । कोही खाँदै थिए । कुनै कुनै पसलमा भिड थिए ।
बजार = नाम को को = सर्वनाम भेटिए = क्रियापद खाँदै = क्रियायोगी
मा = नामयोगी भिड = नाम
ण. हामी भने लाचार भएर मानिसलाई मानिसले नै पशुलाई
झैँ विक्री वितरण गर्ने अमानवीय क्रियाकलाप टुलुटुलु हेर्न विवश
छौँ ।
हामी = सर्वनाम भएर = क्रियायोगी मानिस = नाम झैँ = निपात
टुलुटुलु = क्रियायोगी
विवश = नाम
त. जैविक खेतीले वातावरणीय
सन्तुलन मिलाउनुका साथै मानवलगायत पृथ्वीमा
रहेका सबैको जीवन बचाउने काम गर्छ ।
जैविक = विशेषण सन्तुलन = नाम साथै = संयोजक लगायत
= नामयोगी मा = नामयोगी सबैको = विशेषण
काम = नाम
थ. हरेक मानिसमा कुनै न कुनै प्रकारको प्रतिभा हुन्छ
, सबैको प्रतिभाले प्रस्फुटन हुने अवसर पाउनुपर्छ भन्ने कुरामा उहाँको जोड रहेको
छ
हरेक = विशेषण न = निपात हुन्छ = क्रियापद प्रस्फुटन = नाम
अवसर = नाम भन्ने = संयोजक
द. यिनीहरू पढाइमा पनि अब्बल
छन् घरको काम पनि गर्छन् , सिर्जनात्मक क्रियाकलापमा पनि त्यति नै रूचि राख्छन् ।
यिनीहरू =
सर्वनाम अब्बल = विशेषण छन् = क्रियापद सिर्जनात्मक = विशेषण
त्यति = सर्वनाम
नै = निपात
ध. उनले आफ्ना छोराहरूलाई बर्मेली संस्कारअनुसार नै पालनपोषण
गरिन् र बौद्ध धर्म तथा परम्परा अवलम्बन गर्न उनीहरुलाई अभिप्रेरित
गरिन् ।
आफ्ना = विशेषण बर्मेली = विशेषण अनुसार = नामयोगी
परम्परा = नाम उनीहरू = सर्वनाम अभिप्रेरित = विशेषण
न. यसपछि देश प्रजातन्त्र र जनताका हितमा उनी यति दत्तचित्त
भइन् कि उनका सम्पूर्ण क्रियाकलापहरू अर्जुन दृष्टि जस्तै यसै सम्बन्धमा
केन्द्रित भए ।
पछि = नामयोगी प्रजातन्त्र = नाम यति = विशेषण कि = संयोजक
जस्तै = क्रियायोगी केन्द्रित = विशेषण
ऩ. शारीरिक रूपमा अशक्तहरूलाई छि: छि: !! र दुर: दुर: !! गर्ने , उनीहरूलाई बरा ! विचरा !! भनेर कमजोर ठान्ने प्रवृत्ति पनि मलाई पटक्कै मन पर्दैन ।
शारीरिक = विशेषण विचरा = विस्मयादिबोधक भनेर = क्रियायोगी
प्रवृत्ति = नाम पनि = संयोजक पर्दैन = क्रियापद
प. उनीहरूसँग भिन्न प्रकारको क्षमता छ र उनीहरू पनि आफ्नै गोडामा
उभिन सक्छन् भन्ने कुरा मलाई थाहा छ ।
सँग = नामयोगी प्रकार = नाम आफ्नै = विशेषण
उभिन = क्रियायोगी भन्ने = संयोजक मलाई = सर्वनाम
फ. ए ! कुरै कुरामा खाना खाने घन्टी पनि
लाग्यो । राम्रै कुरामा छलफल भयो ।
ए = विस्मयादिबोधक कुरा = नाम खाने = विशेषण
पनि = संयोजक राम्रै = क्रियायोगी छलफल
= नाम
ब. कठै ! सभ्यताको नाममा जति नै आधुनिक देखिए पनि र
नियम कानुनका पानामा जति नै लेखे पनि खोइ कहाँ घटेको छ र महिला उत्पीडन र शोषण ?
कठै = विस्मयादिबोधक पनि = संयोजक पानामा = नाम
कहाँ = सर्वनाम र = निपात उत्पीडन = नाम
भ. जब आधा धर्ती र आधा आकाश नै अँध्यारो र बादलले ढाकिरहन्छ
भने आधुनिकता र विकासको नाममा गर्व गरेर छाती फैलाउनु पनि
व्यर्थै हो भन्छु म ।
आधा = विशेषण अँध्यारो = नाम ढाकारहन्छ = क्रियापद
आधुनिकता = नाम गरेर = क्रियायोगी फैलाउनु = नाम
म. बाबुहरू ! मेरो सञ्चयकोषमा तीन लाख रकम जम्मा
थियो । नातिहरूको मुण्डन वर्तमानमा दुई लाख खर्च गरेँ ।
बाबुहरू = विस्मयादिबोधक मेरो = विशेषण रकम = नाम
थियो = क्रियापद दुई = विशेषण खर्च = नाम
य. माग्नेले सकरूण भन्यो , 'मानिक, मलाई बस् एक पेट अन्न चाहिएको छ , जसले पेट भर्न सकूँ
।
माग्ने = नाम सकरुण = नाम बस् = निपात
चाहिएको = विशेषण जसले = सर्वनाम सकूँ = क्रियापद
र. विचरा ! त्यस्ता इमानदार फत्य बाबुलाई हजुरियाबाट हटाइबक्स्यो
अनि गेहेन्द्र भतिजलाई यहाँ आउनै रोक लगाइबक्सेको छ ।
विचरा = विस्मयादिबोधक
त्यस्ता = विशेषण हटाइबक्स्यो = क्रियापद
अनि = संयोजक यहाँ = सर्वनाम रोक = नाम
ऱ. हिजोआज त ताज्यले कामदार पठाउन प्रतिबन्ध लगाएका
मुलुकहरूमा पनि कानुनको आँखा छलेर र अर्कै देशको बाटो बनाएर पनि मानिसहरूको बेचबिखन भइरहेको छ
।
हिजोआज = क्रियायोगी कामदार = नाम प्रतिबन्ध = नाम
बनाएर = क्रियायोगी मानिसहरूको = विशेषण छ = क्रियापद
ल. हिजोआज गाउँमा ऊ जान्ने बुझ्ने बाख्रा पालक भएर
बस्नाले सुखी छ अनि मेहनती मान्छेलाई कहिले दु:ख हुन्छ र ?
हिजोआज = क्रियायोगी ऊ = सर्वनाम बाख्रा = नाम
हुन्छ = क्रियापद अनि = संयोजक लाई = नामयोगी
व. आफू चिसोले समाए पनि समाओस् भन्दै
आज चाहिँ चाँडै उठियो । नत्र जाडो याममा बिहान छ नबजी उठे
पो ? हुन पनि काठमाडौंको चिसो थला पार्छ क्यारे ।
आफू = सर्वनाम आज = क्रियायोगी नत्र = संयोजक छ = विशेषण
उठे = क्रियापद काठमाडौंको = नाम क्यारे = निपात चिसोले = विशेषण
श. हामी कर्णाली अञ्चलको रारा तालको भ्रमणमा निस्कियौँ
र प्राकृतिक सौन्दर्यको चरम आनन्द
लियौँ । आहा ! रारा त साच्चै सुन्दरी पो रहिछन् ।
हामी = सर्वनाम कर्णाली = नाम निस्कियौँ = क्रियापद
र = संयोजक आहा = विस्मयादिबोधक सुन्दरी = विशेषण
ष. उद्यमी मान्छेले उद्ययम गर्छ अनि श्रम र इज्जत दुवै कमाउँछ
। त्यसैले त मानिसहरू उनीहरूसँग बेसरी झुकेर हिँड्छन् ।
उद्यमी = विशेषण
मान्छे = नाम अनि = संयोजक कमाउँछ = क्रियापद
त = निपात
उनीहरू = सर्वनाम बेसरी = क्रियायोगी
स. त्यो केटो त स्वार्थी पो रहेछ । धत् ! पहिले नै उसलाई
चिन्न सकिएन, समय बितेपछि पछुताएर के गर्नु ।
त्यो = विशेषण
केटो = नाम पो = निपात रहेछ
= क्रियापद
धत् = विस्मयादिबोधक पहिले = क्रियायोगी उसलाई = सर्वनाम पछि = नामयोगी
ह. हामीलाई देखेर बाटुलो मुख भएको बालक ऐया ! भन्दै जोडसित करायो
तर कसैले वास्ता गरेन ।
हामी = सर्वनाम बाटुलो = विशेषण बालक = नाम भन्दै = क्रियायोगी
सित = नामयोगी करायो = क्रियापद
ऐया = विस्मयादिबोधक तर = संयोजक
क्ष. अनेक विचारले रामभित्र ज्ञान मात्र होइन करूणाको सञ्चार पनि गरेको छ त्यसैले ऊ सबै कुरा सरक्क बुझ्छ ।
अनेक = विशेषण विचार = नाम भित्र = नामयोगी होइन = क्रियापद
सञ्चार = नाम त्यसैले = संयोजक ऊ = सर्वनाम सरक्क = क्रियायोगी
त्र. पूजा परिश्रमी भएकीले हामी प्रशंसा गर्छौँ यसर्थ त ऊ उत्साहित भएर किताब पढ्छे ।
पूजा = नाम परिश्रमी = विशेषण हामी = सर्वनाम यसर्थ = संयोजक
त = निपात
भएर = क्रियायोगी किताब = नाम पढ्छे
= क्रियापद
ज्ञ. यो गरिबीले थिचिएका गरिब सधैँ भविष्यकै निम्ति आशा साँचेर बसिरहेका छन् रे भन्ने
कुरा सत्य होइन ।
यो = सर्वनाम गरिब = विशेषण सधैँ
= क्रियायोगी निम्ति = नामयोगी
रे = निपात भन्ने = संयोजक
कुरा = नाम होइन = क्रियापद
क. [1]