पाठ ७ शत्रु
शब्दभण्डार
१ दिइएका शब्दको अर्थ लेख्नुहोस् :
यश :- कीर्ति, ख्याति रैती :- जनता, प्रजा अकलुषित :- स्वच्छ , सफा , निर्मल
भरोसा :- विश्वास , आड, भर जमदार :- सैनिक सेवाको तह वा पद गर्व :- गौरव
झटनी :- पाकेको धानको बिटो बाँधेर
झाँट्ने डोरी अप्रिय :- चाह नभएको
दुगुर्ण : खराब स्वभाव आर्जन :- कमाइ, आय व्यापक :- चारैतिर फैलिएको
५ दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
सानत्वना :- यस पटक राम्रो अङ्क ल्याउन
नसकेर के भयो त ? अर्को परीक्षा राम्रो गर्नु भन्दै आमाले रामलाई सान्त्वना
दिनुभयो ।
सिद्धान्त :- मानव सेवा र परोपकारको सिद्धान्तलाई
पालना गर्नु नै मानव जातिको परम् कर्तव्य हो ।
पुँजी :- छरिएको पुँजीलाई एकीकृत गरी
लगानी योग्य पुँजी निर्माण सहकारीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
मध्यस्थ :- दुई पक्षको द्वन्द्वमा तेस्रो
पक्षले मध्यस्थको भूमिका निर्वाह गर्नैपर्छ ।
फैसला :- भुटानी शरणार्थी प्रकरणमा
काठमाडौँ जिल्ला अदालतको फैसला पछि अभियुक्तहरूलाई हतकडी लगाएर पुर्पक्षका लागि कारागार
चलान गरियो ।
अङ्कमाल :- राम र श्याम अङ्कमाल गर्दै
फुटबल खेल्न गए ।
स्वाभिमान :- हामीले आत्म स्वाभिमान गुमाउने
कार्य गर्नु हुँदैन ।
समर्थक :- नेताहरूको स्वभाव र व्यवहारकै
कारण उनीहरू दिनप्रतिदिन आफ्नो समर्थक गुमाउँदै गएका छन् ।
धैर्य :- हामीले जस्तोसुकै दु:ख पीडामा पनि धैर्य रहन सक्नु
नै महानता हो ।
६ दिइएको कथांश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् :
क कृष्ण रायले गर्व
गर्ने कुरा के थियो ?
उत्तर :- धेरै झगडामा मध्यस्थ हुन पाउनु
कृष्ण रायले गर्व गर्ने कुरा थियो ।
ख कृष्ण रायले गोविन्द
पण्डितमाथि किन शङ्का गरे ?
उत्तर :- गोरे जमदार र गोविन्द पण्डितको
झगडामा मध्यस्थ भएका कारण कृष्ण रायले न्यायको पक्षमा उभिँदा गोरे जमदारको पक्षमा फैसला
दिनु परेकाले गोविन्द पण्डित रिसाएको हुन सक्ने भएकाले उनीमाथि शङ्का गरे ।
ग कृष्ण रायलाई गाउँमा
सम्मान गर्नुको कारण के हो ?
उत्तर :- निष्पक्ष भएर मध्यस्थता
गर्ने र न्यायको पक्षमा उभिने भएकाले गाउँमा कृष्ण रायलाई सम्मान गर्थे ।
घ मध्यस्थ दुवै पक्षको
समर्थन हुन सक्दैन भन्नुको तात्पर्य के हो ?
उत्तर :- झगडियाहरू आफ्नो दोष महसुस
गर्दैनन् , आफू निर्दोष भएको
ठान्छन् र मध्यस्थतामा न्यायको पक्षमा उभिएर कुनै पक्षलाई जिताउनु पर्ने हुँदा मध्यस्थ
दुवै पक्षको समर्थन हुन सक्दैन भनिएको हो ।
८ शत्रु कथाको चौथो अनुच्छेद मौन पठन गरी मुख्य मुख्य चारओटा
बुँदा टिपोट गर्नुहोस् :
·
कृष्ण राय उठ्दा आक्रमणकारी
भागिसकेको हुनु,
·
कसैसँग झगडा फसाद नगरेका कृष्ण
रायलाई कसैले आक्रमण गरेको विश्वास नलाग्नु,
·
भाँचिएको लट्ठीको टुक्रा
देखेर आफूमाथि आक्रमण गरिएको कुरा विश्वास लाग्नु,
·
आफ्नो शत्रु को हुन सक्छ
भनेर गम्न थाल्नु ।
९ दिइएका बुँदाका आधार कृष्ण रायको चरित्र चित्रण गर्नुहोस्
:
उत्तर : कृष्ण राय 'शत्रु' कथाका मुख्य
पात्र हुन् । उनी समाजमा भद्र , शान्त र सहयोगी पात्रका रूपमा परिचित छन् । उनी
गाउँको झगडामा मध्यस्थको भूमिका निर्वाह गर्थे । उनी सबै कुराले सम्पन्न भएका उनी आफ्नो
शत्रु कोही नभएको ठान्थे । एक रात एकाएक भएको लट्ठीको प्रहारले आफूले मध्यस्थ गरेका
सबै व्यक्तिमाथि शङ्का गर्ने शङ्कालु पात्र हुन् । विगतमा आफूले मध्यस्थता गरेका कार्यबाट
शत्रु जन्मिएका हुन सक्ने आशङ्का गरी मनमनै विचलित हुने कमजोर पात्र हुन कृष्ण राय
सबैका शत्रु हुने रहेछन् भन्ने तत्वबोध गर्ने पात्र हुन् ।
११ दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
क)
शत्रु कथाका कृष्ण रायको व्यक्तित्व
कस्तो थियो ?
उत्तर :- नेपाली साहित्यका प्रथम
मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित शत्रु कथा सामान्य मनोविज्ञानको
चित्रण उत्कृष्ट मनोवैज्ञानिक कथा हो । यस कथाका प्रमुख पात्र कृष्ण रायमार्फत सामान्य
घटना वा परिस्थितिले व्यक्ति मन बदलिने , विश्वास
तोडिने कुरा चर्चा गरिएको पाइन्छ ।
कृष्ण राय कथाका केन्द्रीय पात्र वा चरित्र
हुन् । समाजमा उनको परिचय शान्त, भद्र, सहयोगी र इमान्दार व्यक्तिका रूपमा रहेको छ । सबैले
उनलाई आँखामा राखे पनि नबिझाउने व्यक्तिका रुपमा लिन्थे । काम नपरी घरबाट बाहिर
ननिस्कने तथा परेको बेला सबैलाई सान्त्वना दिन्थे । उनी ऋण र सापटी दिएको पैसा फिर्ता
आउँदा झगडा बोकेर आउँछ भन्ने ठान्थे । सारा गाउँलेको भरोसाका पात्र थिए । सबैले झगडामा
उसलाई मध्यस्थ राख्थे भने उनको विवेकपूर्ण फैसलालाई स्वीकार गर्थे । आफ्नो शत्रु नभएको
र कसैको भर पर्नु नपरेकोमा उनी गौरव गर्थे । अनायास सुत्ने बेला आफूमाथि प्रहार भएको
लौरोले उनको मनस्थितिमा परिवर्तन आयो । उनको आत्मविश्वास टुट्यो र आफ्नो सम्पर्कमा
आएका सबै मानिसलाई शत्रु भएको शङ्का गर्न थाले ।
सबैको भरोसाको पात्र
हुँदाहुँदै र सबैले मध्यस्थ मानेका कृष्ण रायमा लट्ठी प्रकरणले वैचारिक विचलन आएको
छ । सामान्य परिस्थितिले उनको विचार बदलिएको छ । शत्रु विहीन हुँ भनी ठान्ने कृष्ण
रायले सबैलाई शत्रु देख्नु उनको कमजोर मनोविज्ञान मानिन्छ । सामान्य घटनाबाट मानिस
विचलित हुने कुरा कृष्ण रायको चरित्रले पुष्टि गरेको छ ।
ख)
कृष्ण रायले किन आफूलाई
शत्रुविहीन ठान्थे , वर्णन गर्नुहोस्
।
उत्तर :- विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित
शत्रु कथा वनको बाघले खाओस नखाओस् मनको बाघले खान्छ भन्ने उखानलाई चरितार्थ गरिएको
उत्कृष्ट मनोवैज्ञानिक कथा हो । यस कथाका प्रमुख पात्र कृष्ण रायमार्फत व्यक्ति
मनोविज्ञानको विश्लेषण गरिएको छ ।
कृष्ण राय शत्रु कथाका
प्रमुख पात्र हुन । उनी गाउँकै सज्जन , भद्र , सहयोगी र सबैका भरोसाका पात्र हुन् । सबैको मन जित्न
सफल भएकोमा उनलाई गर्व थियो । गाउँका हरेक विवाद तथा झगडा उनको मध्यस्थतामा मेलमिलाप
हुन्थ्यो यो भन्दा ठूलो गौरवको विषय अरू केही थिएन । उनको विवेकपूर्ण
न्याय सर्वमान्य मानिन्थ्यो । उनले जानेर कसैलाई दु:ख दिएका थिएनन् । शत्रु कमाउने
आधार आर्थिक कारोबारलाई मान्ने उनी कसैलाई ऋण दिँदैनथे । सबैले आदर सम्मान गर्ने निष्पक्ष
भूमिकामा विश्वास राख्ने भएकाले उनी आफूलाई शत्रुविहीन ठान्थे । घरबाट सितिमिति बाहिर
ननिस्कने , परेको बेलामा सबैलाई
सहयोग गर्ने भरोसा दिलाउने शालीन स्वभाव , देखेको कुरा बोल्ने , निष्पक्षतामा विश्वास
राख्ने भएकाले उनले आफूलाई शत्रुविहीन ठानेका हुन् ।
ग)
यस कथाबाट के सन्देश
पाइन्छ ?
उत्तर :- विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित
शत्रु कथा व्यक्ति मनस्थितिलाई विश्लेषण गरी लेखिएको उत्कृष्ट मनोवैज्ञानिक कथा हो
। यस कथाको प्रमुख पात्र कृष्ण रायमार्फत व्यक्ति मनोविज्ञानको विश्लेषण गरिएको छ ।
मान्छेको मन परिवर्तनशील हुन्छ र सामान्य घटना र परिस्थितिले मानव मन र सोचाइमा परिवर्तन
आउँछ भन्ने भाव कथामा प्रस्तुत गरिएको छ ।
कृष्ण राय शत्रु कथाका
प्रमुख पात्रको भूमिकामा रहेका छन् । उनको भूमिकामार्फत कथाकारले व्यक्ति
मनोविज्ञानको चित्रण गरेर आफ्नो उद्देश्य पूरा गरेका छन् । यस कथाको माध्यमबाट मान्छे
शत्रुविहीन हुँदैन , कुनै न कुनै घटनाबाट
, कुनै न कुनै कार्य
गर्दा , कुनै परिस्थिति
वा अवस्थामा सत्य नै बोल्दा पनि शत्रु बनेका हुन्छन् भन्ने आशय कथामा व्यक्त भएको पाइन्छ
। कथाका पात्र कृष्ण रायले जानेर कोही कसैसँग दुस्मनी गरेनन् । सकेसम्म सबैलाई
सहयोग गरेर सबैको आदर सम्मान कमाउन सकेकोमा गौरव गर्थे । उनले जीवनको ४५ वर्षको लामो
उमेरसम्म आफ्नो विवेक र चेतनालाई निष्पक्ष बनाउँदै गाउँका वादविवाद र झैँ झगडामा
मध्यस्थको भूमिका निर्वाह गरे । उनको नैतिक बल र इमान्दारितामा कसैले प्रश्न उठाउने
हिम्मत गर्न सक्दैनथ्यो । तर एक रात सुत्ने यत्न गर्दैगर्दा भएको लठ्ठीको प्रहारले
उनी गहिरो सोचमा डुब्न पुगे । सम्भावित शत्रुको पहिचान गर्ने क्रममा आफ्नो
सम्पर्कमा आएका हरेक व्यक्तिमाथि आशङ्का गर्न पुगे ।
कथाकारले कथामार्फत
झगडा वा वादविवादमा मध्यस्थकर्ता कुनै न कुनै पक्षमा फैसला गर्नुपर्ने र आफ्नो विपक्षमा
निर्णय आएको व्यक्ति न्यायकर्तासँग सन्तुष्ट नहुने भएकाले मध्यस्थकर्ता एउटा न एउटाको
शत्रु बन्नै पर्ने सन्देश दिएका छन् । साथै मानिस मानसिक रूपमा जतिसुकै बलियो होस्
तर सामान्य घटना वा परिस्थितिले उनको मन बदलिन्छ र असामान्य अवस्थामा पुग्छ भन्ने सन्देश
पनि कथामा दिइको पाइन्छ । सामान्य घटना अवस्था र परिस्थितिले मानव मन र सोचाइमा
परिवर्तन आउने, आफ्नो विश्वासबाट
विचलित हुने सन्देश कथाबाट पाइन्छ । विभिन्न परिस्थितिबाट सचेत शान्त भद्र , इमान्दार , निष्ठावान् मानिसले पनि शत्रुताआर्जन
गरिरहेको हुन्छ भन्ने सन्देश यस कथामा सम्प्रेषण गरेको छ ।
घ)
प्रत्येक व्यक्तिका कृष्ण रायका जस्तै नदेखिने शत्रु
होलान् त, कथाका आधारमा
अनुमान गर्नुहोस् ।
उत्तर :- विश्वेश्वरप्रसाद कोइरालाद्वारा रचित
शत्रु कथा व्यक्ति मानसिकतालाई विश्लेषण गरी लेखिएको उत्कृष्ट मनोवैज्ञानिक कथा हो
। यस कथाका प्रमुख पात्र कृष्ण रायमार्फत व्यक्ति मनोविज्ञानको विश्लेषण गरिएको छ । मान्छेको
मन परिवर्तनशील हुन्छ र सामान्य घटना तथा परिस्थितिले मानव मन र सोचाइमा परिवर्तन
आउँछ भन्ने विचार कथामा प्रस्तुत गरिएको छ ।
शत्रु कथाका प्रमुख
पात्र कृष्ण राय आफूले जीवनमा शत्रु नबनाएकोमा गौरव महसुस गर्थे । उनले जानेर जीवनमा
कसैसँग दुस्मनी गरेनन्, शत्रुताको भाव कसैसँग
राखेनन् । तर पनि उनी माथि लट्ठी प्रहार भयो । उनले शत्रुको खोजी
गर्दा मानसिक रुपमा विचलित हुनु पर्यो र मध्यस्थको भूमिकामा उनीसँग असन्तुष्ट
रहेका हरेक व्यक्ति आफ्ना सम्भावित शत्रु हुन सक्ने अनुमान उनले गरे । मानिस सामाजिक
प्राणी हो र प्रत्येक दिन समाजमा अन्तर्क्रिया र सामाजिक संलग्न हुन्छ । सामाजिक
व्यवहारमा संलग्न हुने क्रममा मानिसले सबैलाई चित्त बुझ्न सक्ने व्यवहार गर्न सकेको
हुँदैन । सबैको मन खुसी राख्ने व्यवहार गर्न प्रायः असम्भव हुन्छ । सत्य बोलेर न्यायको पक्षमा उभिएर स्वधर्मको
पालना गरेर बाँच्न खोज्दा पनि जीवनप्रति स्पष्ट बुझाइ नभएका, उदात्त चेतना नभएको , सङ्कीर्ण सोच राख्ने , स्वार्थपूर्ण व्यवहार
गर्ने मानिसका मन वा चित्त बुझाउन सकिँदैन र शत्रुताको भाव जागृत हुने गर्छ । एकै घरका
परुवारका सदस्य बिच पनि कहिलेकाही मनमुटाव उत्पन्न हुन्छ । बोलचाल बन्द हुन्छ र कटुतापूर्ण
सम्बन्ध स्थापित हुन पुगेका घटना हामीले देखे भोगेका छौँ ।
मानिसले जीवनयापनका
क्रममा विभिन्न सामाजिक व्यवहार र क्रियाकलापमा संलग्न हुँदा सबैको चित्त बुझाउन
नसक्ने , सबैको स्वार्थ
पूरा नहुने , सबैको सोच र व्यवहार
एकनास नहुने भएकाले कृष्ण रायका झैँ अनगिन्ती शत्रु बनेका हुन्छन् । त्यस्ता शत्रुहरू
औँला उठाउन अनुकूल परिस्थिति पर्खेर बसेका हुन्छन् र त्यस मौकामा शीर ठाडो पारेर धावा
बोल्छन् । प्रत्येक मान्छेका अदृश्य शत्रु हुन्छन् । शत्रुविहीन जीवन बाँच्न
प्रायः सम्भव हुँदैन ।
१२ व्याख्या गर्नुहोस्
क)
कुनै पनि मध्यस्थ दुवै
पक्षको समर्थक हुन सक्दैन ।
उत्तर : कुनै पनि मध्यस्थ ............................................. हुन सक्दैन ।
प्रस्तुत
वाक्य हाम्रो कक्षा १० को नेपाली किताबको पाठ सात शत्रु शीर्षक कथाबाट व्याख्याका लागि
साभार गरिएको हो । यस कथाका रचयिता विश्वेश्वरप्रसाद कोइराला हुन् । यस कथामा कथाकारले
व्यक्ति मनको सूक्ष्म विश्लेषण गरेका छन् । जीवनको ४५ वर्षको उमेरसम्म आफ्नो जीवन शत्रुविहीन
छ भनी ठान्ने कृष्ण रायले आफूमाथि एकाएक लट्ठी प्रहार भएपछि मध्यस्थकर्ताको आफ्नो
भूमिकाले शत्रु जन्माएको र निर्वाह गर्ने व्यक्ति विवादमा संलग्न दुवै पक्षको हुन नसक्ने
कुरा बताउने क्रममा आएको हो ।
मध्यस्थको भूमिका
निर्वाह गर्ने मानिस दुवै पक्षको हुन नसक्ने मर्मस्पर्शी विचार व्यक्त गरिएको छ । कथाका
प्रमुखपात्र कृष्ण रायले धेरैको विवाद र झगडामा मध्यस्थको भूमिका निर्वाह गर्दै
निष्पक्षताको धरातलमा उभिएर फैसला पनि सुनाए । उनको फैसला स्वीकारे पनि विवादमा हार्ने
पक्ष उनीसँग असन्तुष्ट रहने तिनै असन्तुष्ट व्यक्तिमा शत्रुताको भाव पैदा भएको हुन
सक्ने तथ्यलाई कृष्ण रायले प्रस्तुत वाक्य मार्फत स्वीकार गरेका छन् । मध्यस्थको भूमिकामा
रहेक व्यक्ति तटस्थ हुन्छ । उसले व्यक्ति विशेषको पक्ष लिएको हुँदैन तर आफ्नो
पक्षमा निर्णय नभएको व्यक्ति न्यायकर्तासँग सन्तुष्ट रहन सक्दैन । सबै मानिस आआफ्ना
तर्क , विचार र स्वार्थमा
अडान राख्छन् र आफ्नो कमजोरी नदेख्ने वा महसुस नगर्ने स्वभावका हुन्छन् । जीवनभर कसैको
पक्ष नलिएका , तटस्थको भूमिका
निर्वाह गरेका, न्यायको पक्षमा दृढतापूर्वक
उभिने कृष्ण रायले आफूमाथि भएको लट्ठी प्रहारको सम्भावित शत्रु खोज्दै जाँदा आफ्नो
तटस्थ भूमिकाले नै शत्रु जन्माएको ठम्याएका छन् । आफ्नो विगतको तटस्थता र निष्पक्षताको
भूमिकाले नै शत्रु कमाएको निष्कर्ष कृष्ण रायको रहेको छ ।
निष्कर्षमा
झगडा वा विवादमा संलग्न दुवै पक्षले मध्यस्थको निर्णयको निर्णयमा सन्तुष्ट हुन सक्दैनन्
। एउटाको मनमा अव्यक्त रूपमा असन्तुष्टिको बिजारोपण भएको हुन्छ । मनमा असन्तुष्टि
राक्ने पक्षले न्याय दिने व्यक्तिसँग चित्त दुखाउँछ र स्वत शत्रु बन्ने भाव व्यक्त
भएको छ ।
ख)
कस्तो अचम्म , निर्दोष कुरामा पनि विषालु
साँप जस्तो वैरी बनाउने साधन लुकिरहेको देखिन्छ ।
उत्तर :- कस्तो अचम्म ............................................... लुकिरहेको देखिन्छ
।
प्रस्तुत
वाक्य हाम्रो कक्षा १० को नेपाली किताबको पाठ सात शत्रु शीर्षक कथाबाट व्याख्याको लागि साभार गरिएको हो । यस
कथाका लेखक विश्वेश्वरप्रसाद कोइराला हुन् । व्यक्ति मनस्थिति र हीन मनोग्रन्थीको सक्रियताले
मानव मनमा सिर्जना हुने मानसिक कुण्ठा र प्रभावलाई कथामा कृष्ण रायको मनोदशामार्फत
विश्लेषण गरिएको छ । आफूलाई सधैँ तटस्थताको भूमिका निर्वाह गरेका कृष्ण रायले तटस्थता
पनि शत्रु बनाउने साधन भएको विश्लेषण गर्ने सन्दर्भमा आएको हो ।
शत्रु विहीन जीवन
बाँच्ने सङ्कल्प बोकेका कृष्ण रायमाथि अनायासमै लट्ठी प्रहार भएको घटना पछि उनले विगतका
कार्य स्मरण गर्दै निर्दोष कुरामा पनि विषालु साँप जस्तो वैरी बनाउने माध्यम लुकेको
हुने निष्कर्ष निकालेका छन् । कथाका प्रमुख पात्र कृष्ण रायले जीवनभर सबैलाई सकेको
सहयोग गरे । जानेरै कसैलाई दु:ख लाग्ने , चोट पुर्याउने कार्य गरेनन्
सधैँ गाउँलेको सहारा बनेर उभिए । गाउँमा उठेका विवाद र झगडामा मध्यस्थको भूमिका
निर्वाह गरे । उनले मध्यस्थ बन्नु, मेलमिलाप गर्नु, न्यायको पक्षमा उभिनु निर्दोष
कार्य थियो । तर यही निर्दोष कार्यभित्र पनि विषालु सर्पजस्तो वैरी बनाउने माध्यम
लुकेको कुरा उनले आफूलाई लट्ठी प्रहार भएपछि अनुभव गरे । उनले सम्पादन गरेका कार्य
निर्दोष र पक्षपातरहित भएता पनि कुन घटनामा कसले उनीसँग चित्त दुखायो यो कुरा थाहा
पाउन सकेनन् । प्रत्येक मानिसले आफूले गरेका र उचित ठानेका कार्यबाट समेत कोही न कोही
असन्तुष्टि रहने र त्यही पात्र कालान्तरमा शत्रु बनेर निस्कन सक्ने विचार यहा
स्पष्ट गरिएको छ।
निष्कर्षमा
निर्दोष कुरामा पनि खोट हुने , निर्दोष मानिसका
कार्यसमेत शत्रु निर्माण गर्ने कारक हुन सक्छ । हामीले गर्ने कुन कार्यले कहिले
शत्रु जन्माएको हुन्छन् र त्यो शत्रुले समयको अन्तरालमा मौका छोपी आक्रमण गर्न सक्ने
भाव यहाँ व्यक्त भएको छ ।
१३ शत्रु कथाका कृष्ण रायमाथि लट्ठी प्रहार भएपछि पनि उनले किन
शत्रु किटान गर्न सकेनन् , तर्क दिएर पुष्टि गर्नुहोस् ।
नेपाली
साहित्यका मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा रचित शत्रु उत्कृष्ट
मनोवैज्ञानिक कथा हो । यस कथामा कथाकार कोइरालाले सामान्य परिस्थिति वा घटनाबाट मानव
मन विचलित हुने सन्देश दिएका छन् ।
कथाका प्रमुख पात्र कृष्ण राय जीवनको ४५ वर्षको उमेरसम्म जानेर
आफूले कसैलाई शत्रु नबनाएको विश्वास गर्थे । सबैबाट सम्मान पाएकोमा गाउँमा
उब्जिएका विवाद र झगडामा मध्यस्थ बन्न पाएको र गाउँको विश्वास जित्न सकेकोमा उनी गौरव
गर्थे । एकरात खान खाएर निदाउने तरखरमा रहेका कृष्ण रायमाथि लट्ठी प्रहार भएपछि उनको
विश्वास टुट्यो । उनी मानसिक रूपमा आफ्नो सम्भावित शत्रुको खोजीमा जुटे विचारमग्न कृष्ण
रायले अन्ततः आफ्नो सम्पर्कमा आएका सबै मानिसलाई सम्भावित हमलाकारीको सूचीमा राखे ।
कृष्ण रायले जति विवाद र झगडामा मध्यस्थ भए , जतिसँग सङ्गत गरे त्यति सबैलाई शत्रु बन्ने ठाउँ दिएको महसुस
गरे । उनले जो जोसँग सङ्गत गरे , झगडा र विवादमा न्याय सुनाए ती ती व्यक्तिले पक्कै पनि चित्त
दुखाएकामा हुन सक्ने र शत्रु बन्न सक्ने अनुमान उनले गरे । चाहे बिहान काम बिगार्दा
हप्काएको नोकर रामे होस् वा काम खोज्न आएको युवक होस् , बलभद्र , गोविन्द , पण्डित , मास्टर , केदार , कन्हैया, बुधे, लिला, पुष्पराज र रामचन्द्र पराजुली आदिले आफूसँग चित्त दुखाएको हुन
सक्ने भएकाले उनीहरू नै शत्रु हुन सक्ने अनुमान कृष्ण रायको थियो । तर कसैले
वैरत्व साँध्नु पर्ने ठोस आधार नभएकाले कृष्ण रायले आफ्नो सम्भावित शत्रु किटान गर्न
नसकेका हुन् । विवाद वा झगडामा मध्यस्थता गर्दा आफ्नो पक्षमा फैसला नआउने पक्ष रिसाउने
वा असन्तुष्ट रहने कुरा स्वाभाविक भएकाले पनि कृष्ण रायले आफ्नो शत्रु किटान गर्न नसकेका
हुन् ।
१४ कृष्ण रायका मनमा उब्जिएका मानसिक उतारचढावलाई शत्रु कथाका
आधारमा समीक्षा गर्नुहोस् ।
उत्तर
:- नेपाली
साहित्यका मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा रचित शत्रु
उत्कृष्ट मनोवैज्ञानिक कथा हो । यस कथामा कथाकार कोइरालाले सामान्य परिस्थिति वा घटनाबाट
मानव मनमा पैदा हुने कुण्ठा , पीडा तथा उतारचढावको
मिहीन ढङ्गले विश्लेषण गरेका छन् ।
आफ्नै मिहिनेत र परिश्रमबाट सानोतिनो पुँजी जोडेका उनले कसैको
चित्त दुखाएका थिएनन् । कसैलाई पीर पारेर कमाएका थिएनन् । उनी आफ्नो जीवनलाई सफल नै
भएको मान्थे । आफूलाई शत्रु विहीन ठान्ने कृष्ण रायले लट्ठी प्रहारको घटना पश्चात्
आफ्नो सम्पर्कमा आएका सबै मानिसलाई शङ्काको
घेरामा राखे । विचारमग्न कृष्ण रायले विवाद र झगडामा मध्यस्थ रहनु आफ्नो कमजोरी
रहेको महसुस गरे । मध्यस्थले एउटा न एउटाको शत्रु हुनै पर्ने कुरा उनको मनमा उठ्यो
। आफ्ना कार्यको समीक्षा गर्दै आफूले मध्यस्थ गरेर सम्पादन गरेका न्यायमा सधैँ एकपक्ष
दुस्मन भएको हुन सक्ने आशङ्का उनको मनमा उब्जियो । समय समयमा अरूलाई सल्लाह दिने, अरूको मनस्थिति नबुझी सल्लाह दिनु नै आफ्नो ठूलो कमजोरी
रहेको कुरा उनले स्वीकार गरे । कृष्ण रायका मनमा कुरा खेल्ने क्रममा निर्दोष
ठानिएको कुरामा समेत शत्रुता साँध्ने विषालु सर्प जस्तो वैरी बनाउने साधन लुकेको हुने
कुरा पनि उनको मनमा उठ्यो ।
१५ शत्रु कथाका मुख्य मुख्य घटना नछुट्ने गरी कथासार लेख्नुहोस्
।
विश्वेश्वरप्रसाद
कोइरालाद्वारा लिखित शत्रु कथामा सामान्य मनोविज्ञानले मनमा पैदा गर्ने उतारचढाव
तथा असामान्य अवस्थाको विश्लेषण गरिएको छ । कथाका प्रमुख पात्र कृष्ण रायको सुखद र
सन्तोषपूर्ण जीवनमा एकाएक लट्ठी प्रहार भएपछि उनको मन र विचार बदलिएको छ । कसैसँग
शत्रुता र कटुता नभएको विश्वास गर्ने कृष्ण राय लट्ठी प्रहार पछि आफ्नो सम्पर्कमा
आएका सबै मानिसलाई शत्रु देख्न थाल्नु मनोवैज्ञानिक प्रभाव हो ।
गाउँका सबैभन्दा भद्र मानिस ४५ वर्षीय कृष्ण रायलाई आँखामा राखे
पनि नबिझाउने भन्ने उखान उपयुक्त हुन्थ्यो
। सितिमिति घरबाट बाहिर ननिस्कने कृष्ण राय कसैलाई पीर परेको बेला सान्त्वना दिएर सम्झाइबुझाइ
गरेर सबैको चित्त बुझाउँथे । गाउँलेको झगडामा मध्यस्थको भूमिकामा उभिने उनको फैसलामा
कोही पनि असन्तुष्ट भएको देखिँदैनथ्यो । उनीप्रति सारा गाउँलेको सम्मान र श्रद्धा
हुनुमा उनले धन सम्पत्ति आर्जन गर्दा कसैको मन दुखाएको थिएनन् । सन्तान सुख आर्जन गर्न
टाढाको भतिजो पर्नेलाई पालनपोषण गरी पूर्ति गरेका थिए । एकरात खाना खाएर निदाउने तर्खरमा
रहेका कृष्ण रायमाथि लट्ठी प्रहार भयो । उनी जुर्मुराउँदै उठ्दा आक्रमणकारी भागिसकेकोले
पहिचान गर्न सकेनन् । भाँचिएको लट्ठीको टुक्रालाई सुम्सुम्याउँदै को मेरो शत्रु हुन
सक्छ ? उनी गम्न थाले । उनका मनमा अनेकौँ कुरा खेल्न थाले । जीवनमा कसैसँग वैरत्व कायम
नरहेको ठान्ने कृष्ण राय विचार माग्न भए ।विचार मग्न रहेकै बेला आफ्ना मध्यस्थ सम्बन्धि
कार्यको समीक्षा गर्न थाले । समीक्षाको क्रममा उनले आफ्नो मध्यस्थको भूमिका निभाएका
मध्ये एउटा पक्ष असन्तुष्ट रहने र ती असन्तुष्ट पक्षमा रहेकाहरू नै शत्रु हुन सक्ने
अनुमान उनले गरे । उनको उतारचढाव युक्त मानिसिकताले सम्भावित शत्रुको खोजी गर्दै जाँदा
आफूले मध्यस्थ गरेका सबै घटना र विवादका एउटा पक्षले चित्त दुखाएको हुन सक्ने र तिनैले
शत्रुता साँधेको हुन सक्ने अनुमान गर्न पुगे । आफूलाई अकलुषित र दुगुर्णरहित ठान्ने
कृष्ण राय समय समयमा अरूलाई सुझाव र उपदेश दिने बानी आफ्नो कमजोरी रहेको र यही कमजोरीले
पनि शत्रु जन्माएको हुन सक्ने निचोडमा पुगे । अकारणमा कोही कसैको शत्रु हुँदैन तर झगडाले
निहुँ पनि सजिलै पाइने कुरा उनले बुझे । उनले अन्त्यमा जो जससँग सम्बन्ध राखे
तिनलाई बापवैर साध्ने कुनै न कुनै दिएको महसुस भयो ।
अन्त्यमा
उनले आफूलाई लट्ठी प्रहार गर्ने शत्रु पहिचान गर्न नसके पनि धेरै व्यक्ति आफ्नो
शत्रु हुन सक्ने आशङ्का गरे । उनले काम बिगार्दा हप्काएको नोकर रामे होस् वा काम खोज्न
आएका युवक होस् ,
बलभद्र, गोविन्द
पण्डित , मास्टर
, केदार
, कन्हैया, बुधे, लिला
, पुष्पराज
र रामचन्द्र पराजुली आदिलाई सम्भावित शत्रुको सूचीमा राखे ।