पाठ ११ :- समय पीडा
शब्दभण्डार
१ दिइएका पद पदावली र तिनले दिने अर्थबिच जोडा मिलाउनुहोस् :
शब्द अर्थ
मणि हराएको सर्प
: मूल्यवान वस्तु गुमाएको अवस्था
सुगारटाइ : एकोहोरो
घोक्ने वा भन्ने काम
शाश्वत सत्य : कहिल्यै
नाश नहुने खालको, स्थायी सत्य
किंकर्तव्यविमूढ : निर्णय
शक्तिको अभावमा के गरूँ कसो गरूँ हुनु
ढुङ्गाको मुटु : कठोर
हृदय
२ दिइएका टुक्कालाई
अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
घुँडा टेक्नु :- जीवनमा बाँचुञ्जेलसम्म कसैको सामु
घुँडा टेक्नु नपरोस् भन्ने दृढ इच्छा सबैमा हुनु पर्दछ ।
मुटुमा चिरा पर्नु :- कान्छो छोराको विदेशमै बस्ने निर्णय सुनेकी आनन्दीको मुटुमा चिरा परे जस्तै
भयो ।
तितो ओकल्नु :- आमाबाबुलाई लत्याएर आफ्नो स्वार्थको लागि विदेशिने
छोराहरूप्रति के को माया मोह अनि किन चिन्ता गर्नु भन्दै रामनाथले आनन्दीसँग मनको तितो
ओकले ।
उकुसमुकुस हुनु :- नातिनी बिरामी भएको खबर सुनेकी आनन्दीको मन
थप जानकारी प्राप्त नहुँदासम्म चिन्ताले दिनभर उकुसमुकुस भयो ।
मनमा घाम झुल्कनु :- बुबाको स्वास्थ्यमा क्रमिक सुधार भएको खबर पाएर विदेशमा रहेको रामको मनमा घाम
झुल्किए जस्तो भएको छ ।
३ शब्दकोष हेरेर दिइएका
शब्दको अर्थ लेख्नुहोस् :
यावत् :- सबै शून्य
:- खाली , रित्तो
परिकार :- खानेकुरा, मिठाई
आदिका विभिन्न प्रकार वा किसिम
पीडा :- दु:ख, कष्ट , वेदना पेसा
:- इलम , व्यवसाय
निमोनियाँ :- छातिभित्र चिसो पसेर फोक्सो सुन्निई
दम र ज्वरो आउने कडा रोग
मोह :- ममता,
माया , आशक्ति , लोभ प्रतीक्षा
:- पर्खाइ
सन्ध्या :- साँझ
स्नेह :- माया
बोध र अभिव्यक्ति
४ दिइएको कथांश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्
:
क. छोराछोरी चराचुरुङ्गीका बचेरा जस्तै हुन भन्नुको आशय के हो
?
उत्तर :- छोराछोरी चराचुरुङ्गीका बचेरा जस्तै हुन भन्नुको
आशय चराचुरुङ्गीका बचेरा पखेटा लागेपछि उडेर बसाइँ सरे झैँ मानिसका छोराछोरी पनि हातखुट्टा
लागेपछि आमाबुबाको काख छोडेर गाँस , बास र कपासको खोजीमा लाग्छन्
भन्ने हो ।
ख. अनुच्छेदमा के कुरालाई प्रकृतिको नियम भनिएको छ ?
उत्तर :- अनुच्छेदमा मानिसका छोराछोरी पनि हातखुट्टा
लागेपछि आमाबुबाको काख छोडेर गाँस , बास र कपासको खोजीमा लाग्नुलाई
प्रकृतिको नियम भनिएको छ ।
ग. रामनाथले कुन कुरालाई शाश्वत सत्य भनेका छन् ?
उत्तर :- अन्त्यमा बुढाका लागि बुढी र बुढीका लागि बुढा
हुने कुरालाई रामनाथले शाश्वत सत्य भनेका छन् ।
घ. रामनाथले पत्नीलाई सान्त्वना दिनुपर्ने कारण के देखिन्छ ?
उत्तर : छोराहरूको बिछोडको पीडाले विहवल आनन्दीको मनलाई
मलमपट्टि लगाउन रामनाथले सान्त्वना दिनु परेको देखिन्छ ।
५ दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् ।
क अनुच्छेदका आधारमा
आनन्दीको स्वभाव वर्णन गर्नुहोस् ।
उत्तर :- कथाकार पद्मावती सिंह (वि.सं. २००५)
द्वारा लिखित सामाजिक समस्या तथा मनोवैज्ञानिक कथा 'समय पीडा' मा उच्च शिक्षा
अध्ययन र वैदेशिक रोजगारीको आकर्षणले क्रमशः एक्लिँदै गएका अभिभावकहरूको मर्म,
पीडा , वेदना र सन्तान मोहलाई विषयवस्तुका रूपमा
प्रस्तुत गरिएको छ । यस कथाकी पात्र आनन्दी वैदेशिक रोजगारी र उच्च शिक्षा
अध्ययनको नाममा छोराछोरी विदेशिएर सजिलो असजिलोमा समेत छोराछोरीको भौतिक उपस्थित
नहुने र फोनमा भएको कुराकानी मै चित्त बुझाउन विवश आमाहरूको प्रतिनिधित्व गर्ने पात्र
हुन् ।
आनन्दी यस कथाकी सहायक नारी पात्र हुन् । उनी मानवीय संवेदना
र मातृत्वभावले युक्त पात्र हुन् । नातिनी बिरामीको खबरले चिन्तित हुनु, नातिनीको स्वास्थ्य लाभको कामना गर्दै
कुलदेवताको बत्ती बालेर प्रार्थना गर्नु, मन्दिरमा दर्शन तथा
पूजापाठ गर्नुले उनको धार्मिक स्वभाव देखिन्छ भने दिनभर केही नखाएर दु: खी भएर बस्नु कोठामा झुण्ड्याइएको छोराबुहारी र नातिनीको तस्बिर झिकेर सुमसुम्याउने
जस्ता व्यवहारले उनलाई दया, माया, प्रेम,
सद्भाव , करुणा र मानवीय संवेदनाले युक्त नारी
पात्रका रूपमा प्रस्तुत गरिएको छ । सामान्य कुरामा पनि दु:खी
हुने स्वभाव आनन्दीमा रहेको छ ।
ख रामनाथले पत्नीलाई
विश्वास दिलाउने आधार के थियो ?
उत्तर :- उच्च शिक्षा तथा वैदेशिक रोजगारीले एक्ल्याएका आमाबुबाको शारीरिक तथा मानसिक
पीडालाई विषयवस्तु बनाएर लेखिएको समय पीडा सामाजिक वा पारिवारिक समस्यामा आधारित
उत्कृष्ट मनोवैज्ञानिक कथा हो । कथाकार पद्मावती सिंह ( वि. सं.
२००५) ले यस कथामा मातृत्व पीडा र विवश मातृ हृदयको मार्मिक चित्रण
गरेकी छिन् ।
नातिनीलाई सन्चो नभएर अस्पतालमा भर्ना गरिएको खबरले चिन्तित
भई दिनभर पूजापाठका लागि मन्दिर धाएर भोकै बसेकी आनन्दीलाई नातिनीको स्वास्थ्यमा सुधार
आएको विश्वास दिलाउने पहिलो आधार छोराले आफिसमा फोन गरेर बताएको थियो भन्ने उनीहरू
अस्ट्रेलिया जस्तो सुविधा सम्पन्न मुलुकमा भएकाले पनि उपचारमा केही कमी नहुने
भएकाले आनन्दीलाई सम्झाउने दोस्रो आधार थियो ।
८
दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
क उत्तर दिनुहोस् :
अ)
योगको सुरुवात
कसले गरेका थिए ?
उत्तर :- योगको सुरुवात पूर्वीय ऋषिमुनिहरूले गरेका
थिए ।
आ)
योग लोकप्रिय
हुनाको कारण के हो ?
उत्तर :- कुनै लिङ्ग , जाति,
वर्ग, सम्प्रदाय , क्षेत्र
एवं भाषाको भेदसँग आबद्ध नभएकाले लोकप्रिय भएको हो ।
इ)
योगलाई किन
महत्त्वपूर्ण विद्या मानिन्छ ?
उत्तर :- मनुष्यलाई सकारात्मक चिन्तनको पथमा ल्याउने
भएकाले योगलाई महत्त्वपूर्ण विद्या मानिन्छ ।
ई)
योगबाट मानिस
कसरी लाभान्वित हुन सक्छन् ?
उत्तर :- व्यक्तिको व्यक्तित्व उत्थान , निर्माण , परिवार , समाज ,
राष्ट्र र विश्वको चौतर्फी विकासमा उपयोगी सिद्ध योगलाई व्यावहार अवलम्बन
गरेर मानिस लाभान्वित हुन सक्छन् ।
ख भाषा संरचना पहिचान गर्नुहोस् :
अ)
अष्टाङ्ग
र कल्याण शब्दको अर्थ शब्दकोषबाट खोजेर लेख्नुहोस् ।
उत्तर :- अष्टाङ्ग :- योगसाधनाका
आठ भेद ( यम, नियम,आसन, प्राणायम, प्रत्याहार, धारणा ,
ध्यान र समाधि) , शरीरका आठ अङ्ग ( जाँघ,
पाउ, हात, छाती ,
शिर, दृष्टि , वचन र बुद्धि)
कल्याण :- असल , भलाइ ,
हित
आ)
अनुच्छेदको
'योगको सुरुवात करोडौँ वर्ष पहिले पूर्वीय ऋषिमुनिहरूले गरेका थिए ।' वाक्यलाई प्रेरणार्थक
वाक्य बनाउनुहोस् ।
उत्तर :- पूर्खाहरूले
योगको सुरुवात करोडौँ वर्ष पहिले पूर्वीय ऋषिमुनिहरूलाई गराएका थिए ।
इ)
माथिको अनुच्छेदमा
कुन कुन लेख्य चिह्न प्रयोग भएका छन् ?
उत्तर :- माथिको अनुच्छेदमा प्रयोग भएका लेख्य चिह्नहरू
:- पूर्णविराम, अल्पविराम आदि ।
९ रामनाथ र आनन्दीले सन्तानबाट कस्तो आशा राखेका
थिए, वर्णन
गर्नुहोस् ।
उत्तर :- सामाजिक यथार्थवादी तथा मनोवैज्ञानिक कथाकार
पद्मावती सिंहद्वारा लिखित "समय पीडा" कथामा नेपाली युवा विद्यार्थीहरूमा
देखिएको उच्च शिक्षा अध्ययन वा वैदेशिक रोजगारीका नाममा विदेशिने र नेपालमा रहेका आमाबुबा
बुढेसकालमा सहाराविहीन हुनु पर्ने विवशता र त्यसबाट मातृ तथा पितृ हृदयमा उत्पन्न
हुने मानसिक पीडालाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।
हरेक आमा बुबाले आफ्ना सन्तान बुढेसकालको सहारा बनून्, आफ्नो पेसा वा व्यवसायलाई निरन्तरता दिऊन् ,
आफ्नै आँखा अगाडि होऊन भन्ने
चाहना राखेका हुन्छन् र यो स्वभाविक मानवीय गुण र विशेषता पनि हो । समय पीडा कथाका
विवश पात्र रामनाथको आनन्दीले पनि आफ्ना सन्तान स्वदेशमा नै रहून् , बुढेसकालको लौरो बनून् , रामनाथको व्यवसायलाई निरन्तरता
दिऊन् , आफ्नै माटोमा स्वाभिमान र गौरव बचाउँदै श्रम गरेर आत्मनिर्भर
बनून् भन्ने चाहना राखेका थिए । उमेरमा केही समय विदेश गएर शिक्षा र सिपले दीक्षित
भएर स्वदेशमा नै फर्केर आफ्नो परिवारसँगसँगै बसून् भन्ने उत्कृष्ट चाहना उनीहरूमा थियो
।
१०"समय पीडा" कथाबाट के सन्देश
पाउन सकिन्छ , उल्लेख गर्नुहोस् ।
उत्तर :- कथाकार पद्मावती सिंहद्वारा लिखित सामाजिक समस्यामा
आधारित मनोवैज्ञानिक कथा "समय पीडा" मा विदेशिएका सन्तानका कारण
विक्षिप्त अभिभावकको मानसिक पीडा, वेदना, मर्म र छटपटाहटलाई विषयवस्तुका रूपमा उठाइएको
छ । कथाका पात्रहरू रामनाथ र आनन्दी समय र सन्दर्भले दिएको पीडाबाट आक्रान्त विवश पीडित
पात्र हुन् ।
यस कथाबाट कोही कसैले पनि रामनाथ र आनन्दीले झैँ जीवनको उत्तरार्धमा
एक्लिन तथा बुढेसकालको सहारा लौरो मानिने सन्तानबाट टाडिएर सहाराविहीन भएर बस्नु नपरोस्
भन्ने सन्देश पाउन सकिन्छ । अवसरको खोजी गर्नु मानवीय गुण हो, शिक्षा र रोजगारीको खोजीमा हात खुट्टा लागेका
छोराछोरी बाबुआमाबाट टाडिए पनि केही समयसम्म सीप र अनुभव हासिल गरेपछि स्वदेशमा फर्केर
आमाबुबा र आफ्नो मातृभूमिप्रति जिम्मेवार बन्नु पर्ने सन्देश कथाबाट पाइन्छ । मानिसले
आफ्नै कारणभन्दा पनि अरूको कारणले पनि मानसिक पीडाको सिकार हुनु पर्ने सन्देश पनि कथामार्फत
पाइन्छ ।
११ रामनाथ र आनन्दीमध्ये तपाइँलाई कुन पात्र मन पर्यो , मन पर्नुको कारणसमेत उल्लेख गर्नुहोस् ।
उत्तर:- रामनाथ र आनन्दी कथाकार पद्मावती सिंहद्वारा लिखित "समय पीडा" कथाका
प्रमुख र सहायक पात्र हुन् । उनीहरूको कोखबाट दुई छोरा र एक छोरीको जन्म भएर पनि बुढेसकालमा
एक्लोपन व्यहोर्न विवश भएका छन् । कथामा आनन्दी देवीलाई समस्त मातृ हृदय र रामनाथलाई
पितृभावको प्रतिनिधि पात्रका रूपमा प्रस्तुत गरिएको छ । कथाको उद्देश्य
परिपूर्तिका लागि दुवै पात्र उपयोगी भएका छन् ।
यस कथाका दुई पात्र मध्ये कथाकारको मुख्यपात्रको रूपमा प्रस्तुत
गरिएको रामनाथ मलाई मन पर्यो । कथाकारले रामनथमार्फत व्यक्त गरेका विचारका कारण मलाई
रामनाथ मन परेका हुन् । रामनाथको आफ्नो पेसा वा व्यावसायप्रतिको निष्ठा र क्रियाशीलता
, परिवारप्रतिको दायित्व तथा कर्तव्यबोध ,
श्रीमतीप्रतिको अगाध प्रेम र समर्पण , जिम्मेवारी
बोध , स्वतन्त्र जीवन बाँच्न र विदेशको रमझममा रङ्गिन विदेशिएका
छोराछोरीको मोहबाट बाहिरिनु पर्ने , जीवनको अन्त्यमा बुढाका लागि
बुढी र बुढीका लागि बुढा नै सहारा हुनुपर्ने रामनाथको धारणा एवं उत्कृष्ट विचारले मलाई
रामनाथ मन परेका हुन् । उनीहरूले दिएको पीडामा दु:खी हुनु नहुने
विचार राख्ने र आफ्नो पीडालाई आफैँभित्र दबाउन सक्ने संयमित पात्र हुन् ।
१२ व्याख्या गर्नुहोस् :
तिमीसित आमाको हृदय छ भने मसँग
बुबाको हृदय छ ।
उत्तर :- तिमीसित ............................................
हृदय छ ।
प्रस्तुत
वाक्य हाम्रो कक्षा नौ को नेपाली किताबको समय पीडा शीर्षक कथाबाट व्याख्याको लागि साभार
गरिएको हो । यस कथाका रचयिता पद्मावती सिंह( वि.सं. २००५) हुन् । यस सामाजिक तथा मनोवैज्ञानिक कथामा
विदेशिएका छोराछोरीका कारण एक्लिन विवश बुबाआमाको सन्तान मोह र आशक्तिका कारण
सिर्जित पीडा र वेदनालाई विषयवस्तुको रूपमा प्रस्तुत गरिएको छ । आफ्ना विदेशिएका
दुई छोरा बुहारी र नातिनीको गहिरो यादमा डुबेकी र उनीहरूको निष्ठुरीपनले दु:खी बनेकी आनन्दीलाई सम्झाउने क्रममा रामनाथले उपरोक्त विचार वा भनाइ व्यक्त
गरेका छन् ।
व्याख्याका लागि दिइएको
उपरोक्त वाक्यमा जसरी आमामा सन्तानप्रति माया, ममता ,
प्रेम र सहानुभूति भाव रहेका हुन्छ त्यसैगरी हरेक बाबुमा पनि सन्तानप्रतिको
जिम्मेवारी बोध , माया, ममता, स्नेह र करूणाको भाव रहेको हुन्छ भन्ने भाव व्यक्त भएको छ ।आफ्नो कान्छो छोरोको
अमेरिका नै बस्ने , विवाहका लागि नेपाल नआउने , अमेरिकामा नै विवाह गर्ने जवाफले दु:खी बनेर आँसु
झारिरहेकी आनन्दीलाई सम्झाउने क्रममा रामनाथले छोराहरूले उनीहरूको जिन्दगी
बाँचिरहेका र आफूहरूले पनि आफ्नो उनीहरूको चिन्ता गर्न छाडेर जीवन बाँच्न सिक्नुपर्ने
विचार व्यक्त गर्दै हाम्रा छोराहरू विदेशको मोह र रमझमले हामीबाट टाढा पुर्याएकोले
आफ्नो मुटु जलाएर दु:खी बन्नु नहुने विचार व्यक्त गरे । पति रामनाथको
कुरालाई सहजै पचाउन र बुझ्न नसकेकी आनन्दीले तपाइँको मुटु त ढुङ्गाको पो हो कि भन्दै
व्यङ्ग्य गर्दा आनन्दीलाई सम्झाउन तथा परिस्थिति र छोराहरूको व्यवहारले आफू कठोर
बन्न विवश भएको बताएका छन् । हरेक आमाबुबाले छोराछोरीको भविष्य र सुरक्षित जीवनका लागि
आफ्नो जीवन नै समर्पण गर्ने र दौडधुपमा बिताउने भएकाले छोराछोरी आफ्नो सुखसुविधा तथा
स्वतन्त्रताको खोजीमा स्वार्थी बनी बाबुआमाप्रति गैरजिम्मेवार बन्छन् भने त्यस्ता छोराछोरीका
पछि लागेर आफूलाई दु:खी बनाउनु नहुने विचार रामनाथको रहेको छ
।
निष्कर्षमा
सन्तानप्रति बाबू र आमा दुवैमा माया, दया, प्रेम, स्नेह, सद्भाव र करूणाको भाव बराबर हुने भएता पनि हार्दिकता , कोमल हृदयका कारणले आमा बढी संवेदनशील हुने भाव व्यक्त भएको छ । सन्तानप्रति
जिम्मेवारीबोध , कर्तव्यको पालना तथा उत्तरदायित्वबोध आमा झैँ
बाबुमा समान भएपनि परिस्थिति जन्य निर्णय लिन, कठोर बन्नु बाबु
विवश हुने विचार प्रस्तुत वाक्यमार्फत व्यक्त भएको छ ।
१३ पढाइ सकेपछि त्यतै विवाह गरेर विदेशमै घरजम गर्ने सानो छोराको
विचारप्रति प्रकट गर्दै आफ्ना धारणा प्रस्तुत गर्नुहोस् ।
उत्तर :- अमेरिका पढ्न गएको कान्छो छोराले आनन्दीलाई
फोन गर्दै आफ्नो पढाइ सकिएको , अब तपाइँहरूले पढाइ खर्च
पठाउनु पर्दैन , विवाह गर्ने चिन्ता नलिनु , यतै अमेरिकामा विवाह गर्ने तयारी भएकोले मिल्छ भने तपाइँहरू विहेमा आउने प्रयास
गर्नु होला भन्ने आग्रह गरे ।
आनन्दी र रामनाथको सानो छोराको
विचारप्रति मेरो पूर्ण असमति छ । अवसर , सीप र सुविधाको खोजी गर्नु मानवीय गुण हो र यसका लागि विदेश जानू स्वाभाविक
हो । एकाध वर्ष विदेशमा अध्ययन गर्नु , सीप र अनुभव हासिल
गर्नु स्वभाविक हो । तर उच्च शिक्षा हासिल गरेपछि आफूलाई जन्म दिने बुबाआमा तथा परिवार
र मातृभूमि छोडेर विदेशी मोह र रमझममा अल्मलिएर विदेशमा नै बस्ने निर्णय कदापि
गर्नु हुँदैन । सुख र सन्तोषपूर्ण जीवनको उत्तरार्धको लागि छोराछोरीको लालनपालन ,
स्याहारसुसार र शिक्षादीक्षामा आफ्नो जीवन समर्पित गर्ने बाबुआमा र आफ्नो
मातृभूमिलाई चटक्क भुल्नु भनेको जिउँदै मर्नु हो । यसतर्फ सबै युवापुस्ताको ध्यान जान
जरुरी हुन्छ ।आफ्नो स्वाभिमान गुमाएर दोस्रो दर्जाको नागरिक भएर विदेशमा रमाउनुभन्दा
आफ्नो श्रम र सिपले आफ्नै मातृभूमिलाई सजाउन र सिँगार्न लाग्नु पर्छ भन्ने मेरो धारणा
रहेको छ ।