पाठ ९ कञ्चनजङ्घा नियाल्दा

 

पाठ :-       कञ्चनजङ्घा नियाल्दा

शब्दभण्डार

१ दिइएका अर्थ आउने शब्द पाठबाट खोजेर लेख्नुहोस् :

क)          गौरव वा महिमाले यक्त ---- गौरवशाली

ख)         सुन्दर हुनाको भाव ---------- सौर्न्दर्य

ग)            आँखा        ----------- नयन

घ)           बिर्सनै नसकिने , भुल्न नहुने अविस्मरणीय

ङ)           जिउँदो वा जीवित ----------- जीवन्त

च)           हलचल नगर्ने , स्थिर -------- अटल

छ)           काम गर्ने क्षमता, शक्ति ------- सामर्थ्य

नियात्रामा प्रयोग भएका निम्नलिखित पद, पदावलीको अर्थबारे छलफल गर्नुहोस् ।

कञ्चनजङ्घा :- पूर्वी नेपालमा अवस्थित संसारको तेस्रो अग्लो हिलाल

धावनमार्ग  :- हवाई जहाज उड्ने तथा अवतरण गर्ने कार्यका लागि विमानस्थलमा बनाइएको सडक

हिमशृङ्खला :- हिमालका श्रेणी

मनोरम दृश्य  :-  मन रमाउने वा लोभ्याउने , सुन्दर दृश्य

बुद्धिमानी   :- बुद्धिमान मानिसमा रहेको गुण , समझदारी

स्वीकारोक्ति  :- स्वीकार गर्ने भनाइ ,

प्राकृतिक सौन्दर्य   :-  प्रकृतिसँग सम्बन्धित सुन्दरता

शब्दकोश हेरेर शब्दको अनेक अर्थ लेख्नुहोस् :

 तिर :- तर्फ ,  तिर्ने काम गर            चुली :- चुचुरो , थुप्रो , चुलाको लघुतावाची शब्द

किन :-  किन्ने काम गर , कारण सोध्दा प्रयोग गरिने शब्द             अर्थ :-  माने ,  सम्पत्ति

मूल :- मुख्य ,  मुहान

बोध र अभिव्यक्ति

दिइएका अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर भन्नुहोस् :

क)          ताप्लेजुङ बजार कसरी पुगिन्छ ?

उत्तर :- ताप्लेजुङ बजार कन्याम , फिक्कल र फिदिम हुँदै पहाडी घुम्ती र विभिन्न आरोह अवरोह पार गरेपछि पुगिन्छ ।

ख)         ताप्लेजुङको नामाकरण कसरी भएको जनश्रुति पाइन्छ ?

उत्तर :- ताप्ले नाम गरेका राजाले शासन गरेको जुङ अर्थात् किल्ला भएकाले दुई शब्द ताप्ले र जुङ को संयोजनबाट ताप्लेजुङको नामाकरण भएको जनश्रुति पाइन्छ ।

ग)            लेखकलाई आफ्नो शरीरप्रति भरोसा नलाग्नुको कारण के हो ?

उत्तर :- पैदल यात्राको क्रममा थकाइले ओइलाएको साग झैँ लल्याकलुलुक भएकाले लेखकलाई आफ्नो शरीरप्रति भरोसा नलागेको हो ।

घ)           सिरेटासँग सिँगौरी खेल्नु भन्नुको आशय के हुन सक्छ ?

उत्तर :-  सिरेटासँग सिँगौरी खेल्नु भन्नुको आशय हिमालयबाट बग्ने अत्यन्त चिसो हावासँग जुध्दै वा त्यसको सामना गर्नु भन्ने हुन सक्छ ।

५ दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

क)  माथिको अनुच्छेद कस्तो भौगोलिक परिवेश वर्णन गरिएको छ ?

उत्तर : माथिको अनुच्छेदमा झापाको बिर्तामोडदेखि चारआलीसम्मको तराई तथा राजमार्ग हुँदै ताप्लेजुङसम्म पुग्दाको पहाडी बाटो र त्यस वरपरका मानव बस्तीयुक्त भौगोलिक परिवेशको वर्णन गरिएको छ ।

ख) अनुच्छेदका आधारमा त्यहाँका मानिसको पेसा व्यवसायबारेमा अनुमान गर्नुहोस् ।

उत्तर :- अनुच्छेदमा उल्लेख गरिएअनुसार त्यहाँका मानिसको पेसा व्यवसाय कृषि, पशुपालन र व्यापार हो भन्ने अनुमान गर्न सकिन्छ ।

६ दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

क)  लेखकलाई कञ्चनजङ्घाको पदयात्रा गर्ने रहर किन जाग्यो ?

उत्तर :- यस नियात्राका लेखक राजेन्द्रमान डङ्गोल आफैँमा पर्यटन व्यवसायी व्यक्ति हुन । नेपाल प्राकृतिक तथा सांस्कृतिक विविधता र सम्पदाले भरिपूर्ण प्रमुख पर्यटकीय गन्तव्य मुलुक हो । यहाँको भूगोल र प्रकृतिले मानिसलाई अपार आनन्दानुभूति दिलाउँछ । नेपालका यिनै प्राकृतिक र सांस्कृतिक सम्पदाको नजिक पुगेर धीत मरूञ्जेल हेर्न , आनन्द लिन, त्यहाँको जनजीवनलाई नजिकबाट बुझ्न र प्रकृतिसँग साक्षात्कार गर्न पूर्वी नेपालको पहाडी प्राकृतिक सौन्दर्यमा रमाउन लेखकलाई कञ्चनजङ्घाको पदयात्रा गर्ने रहर जाग्यो ।

ख) घुन्साको बसाइमा लेखकले कस्तो अनुभव गरेका छन् ?

उत्तर :- नेपालको अनुपम भौगोलिक सुन्दरता र प्राकृतिक सौन्दर्यमा रमाउने , प्रकृतिसँग साक्षात्कार गर्न र दृश्यावलोकनमा रमाउने मानिसहरू तिर्खा मेटाउने , नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गराउने उद्देश्य रहेको नियात्राकार राजेन्द्रमान डङ्गोलद्वारा लिखित कञ्चनजङ्घालाई नियाल्दा शीर्षकको नियात्रामा आफ्नो यात्रा अनुभूतिलाई समेट्दै यात्राका क्रममा आइपरेका कष्ट तथा मनोरञ्जनलाई विषयवस्तुको रूपमा प्रस्तुत गरेका छन् ।

            ३५९५ मिटर उचाइमा रहेको घुन्सा पुग्दा लेखकलाई यो स्थान अन्य स्थानका तुलनामा विकसित रहेको अनुभूति हुन्छ । त्यहाँ बिजुली बत्ती र टेलिफोन जस्ता विकासका पूर्वाधार पुगेको पाइन्छ । घुन्सामा बसोबासको व्यवस्थापनका लागि खोलिएका होटेल र तिनका सञ्चालकहरू अतिथि सत्कार र सन्तुष्टि प्रदान गर्न निपूर्ण रहेको नियात्राकारले पाएका छन् । बाटाका सारा थकान होटेल व्यावसायीको सत्कार , आत्मीयता , सानिध्यता र सहयोगीपनले मेटिएको महसुस नियात्राकारले गरेका छन् । त्यो क्षण लेखकको स्मृतिपटमा नमेटिने गरी कुँदिएको र यात्रा जीवन्त रहेको अनुभव गरेका छन् ।

ग)   पाठका आधारमा कञ्चनजङ्घाको सौन्दर्य वर्णन गर्नुहोस् ।

उत्तर :- नेपालका प्रमुख पर्यटकीय आकर्षक गन्तव्यहरू मध्ये नेपालो पूर्वी भूगोलमा अवस्थित विश्वकै तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको प्राकृतिक सुन्दरताको वर्णन गरी पर्यटकहरूलाई उपयोगी सूचना दिने उद्देश्यले नियात्राकार राजेन्द्रमान डङ्गोलद्वारा लिखित कञ्चनजङ्गालाई नियाल्दा उत्कृष्ट नियात्रा हो ।

     विश्वकै तेस्रो   अग्लो हिमाल कञ्चनजङ्घाको शिरमा बादलका टुक्राहरू सलबलाई रहन्छन् । कञ्चनजङ्घालाई स्पर्श गर्दै बहने हावाका झोक्काहरूले कञ्चनजङ्घालाई ढाक्न खोज्ने बादलका ससाना दललाई उडाएर लैजाँदा साह्रै सुन्दर र मनमोहक दृश्य देखिन्थ्यो । कञ्चनजङ्घालाई नजिकबाट स्पर्श गर्न, छुन र बुझ्न पाउँदा कञ्चनजङ्घाको आधारशिबिरसम्मको कष्टकर यात्राको सारा थकाइ , दु:, कष्ट र पीडा मेटिन्छ । कञ्चनजङ्घा आफ्ना अतिथिको स्वागतार्थ झुकेर अभिवादन गरिरहेको महशुल हुन्छ । सफा मौसममा सिर्रसिर्र चलेको हावामा मुस्कुराइरहेको जस्तो लाग्ने कञ्चनजङ्घालाई घामको लालीले सिँगारिएको जस्तो देखिन्छ । हिउँ चुम्दै ब्युँझेको अरुणको मलिन किरणको फैलावटसँग कञ्चनजङ्घा शीतल पवनमार्फत पहाड र तराईलाई शान्तिको सन्देश पठाइरहेको अनुभव हुन्छ ।  

नियात्रा पढेपछि हिमालको सुन्दरताको बारेमा मनमा उत्पन्न भाव समेटी एउटा अनुच्छेद तयार पार्नुहोस् ।

                 हिमालको सुन्दरता

प्रकृतिले आफ्नो सम्पूर्ण कालीगढी सजाइएको अनुपम प्राकृतिक सुन्दरताले भरिपूर्ण देश हो नेपाल । उत्तरी भेगमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिरहेका सेता दन्त लहर जस्तै मिलेर हिउँको सेतो उर्पनामा सजिएर मुस्कुराइरहेका हिमश्रङ्खलाले नेपालको सुन्दरता बढाएका छन् । सूर्यको गुराँसे लालीको स्पर्शमा चम्कने हिमालको छातीबाट अविरल बग्ने चाँदी झैँ चम्कने सुन्दर झरनाको सङ्गीतमा डाँफेले गीत गाउँदा हिमालको काखमा मुनाल र मयुर आफ्ना आकर्षक पखेटा फिँजाएर नाच्छन् । हिमालको प्राकृतिक सुन्दताले सबै मन लोभिन्छन् र हिमाललाई नजिकबाट हेर्न, छुन र स्पर्श गर्न लालयित हुन्छन् । भीषण हिमपात तथा टन्टलापुर घाममा समेत सेतो हिउँको बर्कोमा सजिएर उभिएका हिमालले हरेक नेपालीलाई स्वभिमानको पाठ पढाएका छन् । विश्वमै हिमालै हिमालको देशका रूपमा चिनाएका हिमाल हाम्रो अमूल्य सम्पदा हो । हिमालको अनुपम सौन्दर्यलाई लेखक कवि तथा सिर्जनाकर्मीहरूले शब्दमा उतार्न गरिएको प्रयास सह्रानीय भएतापनि अपूर्ण नै हुन्छ । नेपालको उत्तरमा रहेका सेता हिमाल हाम्रा पहिचान र गौरव हुन् । यसको संरक्षण संवर्द्धन र प्रचारबाट हामी आर्थिक समृद्धिको यात्रा पूरा गर्न सक्छौँ ।

      नियात्राका आधारमा पदयात्राका रमाइला क्षण आइपर्ने कठिनाइको चर्चा गर्नुहोस् :

उत्तर : सफल पर्यटन व्यवसायी तथा नियात्राकार राजेन्द्रमान डङ्गोलद्वारा लिखित कञ्चनजङ्घा नियाल्दा शीर्षकको यात्रा वर्णनमा आधारित रहेको छ । पूर्वी नेपालमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधारशिविरसम्मको यात्राका क्रममा देखिएका प्राकृतिक सुन्दरता तथा प्राप्त गरेका कठिन र रमाइला अनुभव एवं अनुभूतिलाई विषयवस्तुका रुपमा प्रस्तुत गरिएको छ । यस नियात्रामा नियात्राकारले काठमाडौँबाट कञ्चनजङ्घा आधारशिविरसम्मको यात्राका क्रममा भोगिएका रमाइला र कठिनाइको रोचक वर्णन गरेका छन् । काठमाडौँबाट हवाई जहाजमा उड्दा नै कञ्चनजङ्घाको सुन्दर काखमा लुटपुटिएको मीठो कल्पनामा रमाएका उनी ताप्लेजुङदेखि छिरुवासम्मको यात्राको क्रममा तलतिर बग्ने तमोर नदीको दृश्यले मोहित भएका थिए । छिरुवासम्मको यात्रामा देखिएका दृश्यले प्राकृतिक सन्दरताले लेखकलाई भोकतिर्खा , थकाइ महशुल नै भएन । छिरुवाबाट सेकाथुमतिर जाँदा पाकेका ऐँसेलु र काफलले रसाउँदै अगाडि बढ्दा बेग्लै मज्जाको अनुभूति हुन्छ । घ्याप्लादेखि घुन्सासम्मको घना लेकाली वन पार गर्दा देखिएका लटरम्मै फूलेका विभिन्न थरीका लालीगुराँसको सौन्दर्यले यात्रीका ऊर्जा थपेका अनुभूति लेखकमा छ ।

फलेगाउँ पुग्दा नियात्राकारलाई स्वर्गको पनि स्वर्ग पुगेको अनुभव भएको छ । अनेक मनोरम दृश्यको अवलोकनले यात्राका सबै दु:, कष्ट , पीडा हराएर गएको कञ्चनजङ्घा आधारशिविरसम्म पुगेर यसलाई नजिकबाट हेर्न पाउँदा नियात्राकारलाई स्वर्गीय अनुभूति भएको कुरा नियात्रामा उल्लेख छ ।

यात्राका क्रममा नियात्राकारले जति रमाइलो महशुल गरे त्यति नै कष्टकर क्षण पनि व्यहोर्नु परेको यथार्थ नियात्रामा उल्लेख गरेका छन् । मौसमको प्रतिकूलता , पदयात्राका क्रममा पार गरेका पहाडी उकालो तथा कष्टपूर्ण बाटो , पहिरो र माथिबाट ढुङ्गा खस्दा जीवन नै अनिश्चित हुने हो कि भन्ने भय बाटोमा होटल तथा पसलको अभावमा व्यहोर्नु परेको भोकर तिर्खाको समस्या , बेलुका बास बसेको स्थानबाट बिहानीको सूर्योदयसँगै यात्रामा निस्कनु, उचाइ बढ्दै जाँदा आइपर्ने असहजता आदिलाई यात्राको कठिनाइका रूपमा चर्चा गरिएको छ ।

१० व्याख्या गर्नुहोस् :

    वास्तवमा जीवन भन्नू नै यात्रा रहेछ । यात्रा चाहिँ जोखिम नमोलिकन पूरा हुँदो रहेनछ ।

उत्तर :- वास्तवमा जीवन ................................. पूरा हुँदो रहेनछ ।

             प्रस्तुत वाक्य हाम्रो कक्षा ९ को नेपाली किताबको पाठ नौ कञ्चनजङ्घा नियाल्दा शीर्षक नियात्राबाट व्याख्याको लागि साभार गरिएको हो । यसका लेखक राजेन्द्रमान डङ्गोल हुन् । यस नियात्रामा कञ्चनजङ्घा आधारशिविरसम्मको यात्राका कठिनाइ तथा रोमाञ्चक अनुभूतिलाई विषयवस्तुको रूपमा वर्णन गरिएको छ ।जीवनलाई यात्राको रूपमा परिभाषित गर्दै विभिन्न कठिनाइहरूको सामना नगरी यात्राको पूर्णता प्राप्त नगर्ने विचार व्यक्त गर्ने सन्दर्भमा माथिको वाक्य आएको हो ।

             यस वाक्यमा मानव जीवनलाई यात्राका रूपमा लिइएको र यात्रा पूरा गर्न अनेकौँ जोखिमसँग पौँठेजोरी खेल्नु पर्ने चुनौतीको सामना गर्नुपर्ने विचार व्यक्त गरिएको छ । यात्राको क्रममा ४१०० मिटर उचाइमा रहेको खाम्बोचेनतर्फको यात्रा कष्टकर रहेको तथा यात्राका क्रममा बाटोमा खाने बस्ने व्यवस्था नभएको रामखर्कबाट अगाडि बढ्दै जाँदा माथिबाट झरिरहने ढुङ्गाबाट सुरक्षित हुँदै जोखिमपूर्ण यात्रा गर्नु परेको सन्दर्भ चित्रण गर्दै उक्त विचार व्यक्त गरेका हुन् । नियात्राकारका विचारमा जीवन पनि कहिल्यै नटुङ्गिने यात्रा रहेकोले विभिन्न आरोह अवरोह पार गर्दै जीवनरूपी यात्रा पूरा गर्नु पर्ने धारणा राखेका छन् । जीवन जीउने क्रममा कठिन अवस्था आउनु स्वभाविक हुन्छ तर बुद्धिमानी पूर्वक यस्ता कठिनाइको सामना गर्नु पर्ने विचार नियात्राकारको रहेको छ। जीवनरूपी यात्राको सफलताको लागि यात्राका क्रममा आइपर्ने कठिनाइहरूको सामना गर्दै जोखिम मोल्दै अगाडि बढ्न सकेमात्र गन्तव्य हासिल गर्न सक्ने विचार यहाँ वर्णन गरिएको छ ।

             निष्कर्षमा जीवन र यात्रा उस्तै भएकाले जीवन र यात्रा पार गर्ने क्रममा आएका अनेक दु:, पीडा, कष्ट र वेदनाको सामना गर्दै अघि पढ्नु पर्छ । जीवनलाई सफल सार्थक बनाउन विभिन्न आरोह अवरोह उतारचढावको सामना गर्नै पर्छ अनि मात्र गन्तव्यमा पुग्न सकिन्छ भने भाव यहाँ व्यक्त भएको छ ।

१३ नियात्राको 'आजको हाम्रो ........ कञ्चनजङ्घा जस्तै' अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिपोट गरी सारांश लेख्नुहोस्

बुँदा

·     रामपरकखर्कमा पुगेर आफूसँग भएको खाजाले भोक मारेर माथिबाट झरिरहने ढुङ्गाबाट जोगिँदै , पहिराको अप्ठ्यारो पार गर्दै उकालो लागेर ४१०० मिटर उचाइमा रहेको खाम्बोचेसम्मको लागि अगाडि बढ्नु,

·     जीवन भन्नु नै यात्रा रहेकाले जोखिम मोलेर नै यात्रा गर्नु पर्ने,

·     मनोरम खाम्बोचेन पुग्दा सामुन्ने पारिपट्टि ७७११ मि. उचाइ भएको भीमकाय कुम्भकर्ण हिमाल र ६००० मि. भन्दा अग्ला हिमालको मनोरम दृश्य देखिनु,

·     विकृति , विसङ्गति र आधुनिकताले नछोएको खाम्बोचेनमा बसोबास गर्ने मानिसहरूमा लोभ लालचको लेस नहुनु र सहरियाभन्दा खुसी हुनु ।

सारांश

               खाम्बोचेनसम्मको यात्रा

रामपरक खर्क पुगेर आफूसँग भएको खाजाले भोक मेटाउँदै ४१०० मि. खाम्बोचेनसम्मको यात्रा बाटामा देखिने दृश्यले रमाइलो बनाएता पनि पहिराबाट खसिरहने ढुङ्गाबाट जोगिन कठिन थियो । वास्तवमा जीवन भन्नु नै यात्रा रहेकाले जोखिम नमोलिकन जीवनरूपी यात्रा कहिल्यै पूरा नहुने भएकाले निरन्तर अगाडि बढ्दै कष्टपूर्ण रूपमा खाम्बोचेन पुग्दा ६००० मि. भन्दा अग्ला हिमाल आँखै अगाडि उभिएको मनोहर दृश्य थिए । खाम्बोचेनबासीमा कुनै विकृति , विसङ्गति र आधुनिकताले प्रभाव पारेको छैन । कञ्चनजङ्घा जस्तै कञ्चन निश्चल तथा सहरियाभन्दा खुसी छन् ।

अनुच्छेदमा भएको जम्मा शब्द सङ्ख्या :- १८४

सारांशमा बनाउनु पर्ने शब्द सङ्ख्या   :- ६५

सारांशमा बनेको शब्द सङ्ख्या      :- ७१

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.