सामाजिक कक्षाः- ८
एकाइ एकः- हामी र हाम्रो समाज
समूह"क"
१.
नेपालको जलस्रोतको कुनै दुई महत्व लेख्नुहोस् ।
उत्तरः- नेपालको जलस्रोतको दुई महत्वः-
१)
विद्युत् उत्पादन गर्न।
२)
नेपाल कृषि प्रदान मुलुक भएकोले सिँचाइको व्यवस्था गर्न।
२.
जनशक्तिलाई किन विकासका पूर्वाधारको रूपमा लिइन्छ? एक
वाक्यमा लेख्नुहोस् ।
उत्तरः-जनशक्तिविना देश विकास हुन नसक्ने हुनाले यसलाई
विकासका पूर्वाधारको रूपमा लिइन्छ।
३.
सङ्घीयताले कसरी न्याय प्राप्त गर्न सहयोग गर्छ ?
उत्तरः- सङ्घीयताले देशको शासन सञ्चालनप्रति जन
अपनत्व सिर्जना गरेर न्याय प्राप्त गर्न सहयोग गर्छ।
४.
सङ्घीय राज्य भन्नाले के बुझिन्छ ?
उत्तरः- सङ्घीय राज्य भन्नाले देशलाई एकभन्दा बढी
राज्यमा विभाजन गरेर केन्द्रमा र राज्यहरूमा छुट्टा छुट्टै सरकार रहने प्रणाली
भन्ने बुझिन्छ।
५.
नेपालमा रहेका तीन तहका सरकार कुन कुन हुन् ?
उत्तरः- नेपालमा रहेका तीन तहका सरकारहरू क्रमशः- सङ्घीय
सरकार, प्रदेश सरकार र स्थानीय सरकार ।
६.
तपाईँ बसोबास गर्नुभएको प्रदेशको कुनै दुईओटा भौगोलिक
विशेषता उल्लेख गर्नुहोस् ।
उत्तरः- म बसोबास गरेको प्रदेशको दुईओटा भौगोलिक
विशेषताहरू
१)
नेपालको सबैभन्दा पूर्वमा अवस्थित
२)
हिमाल, पहाड र तराईलाई छोएको
७.
विकास भनेको के हो ?
उत्तरः- कुनै पनि क्षेत्रमा आउने सकारात्मक परिवर्तन नै
विकास हो।
८.
विकासका पूर्वाधार भनेको के हो ?
उत्तरः- विकासका क्रियाकलाप सञ्चालन गर्न आवश्यक पर्ने
भौतिक, मानवीय, प्राकृतिक, सामाजिक, राजनीतिक तथा आर्थिक तत्व नै विकासका पूर्वाधार हो।
९.
विकासका कुनै दुई महत्व लेख्नुहोस् ।
उत्तरः- विकासका दुई महत्वः
१)
मानिसका आवश्यकता पूर्ति हुन्छन् ।
२)
उपलब्ध स्रोत साधनको उचित प्रयोग हुन्छ ।
१०.
ऊर्जा भनेको के हो ?
उत्तरः- बिजुली, पेटोलियम पदार्थ, कोइला, दाउरा, सूर्य
आदि विभिन्न स्रोतबाट प्राप्त हुने शक्ति नै ऊर्जा हो।
११.
ऊर्जा सङ्कट भनेको के हो ?
उत्तरः- घरायसी कामकाज र उद्योग कलकारखाना सञ्चालन गर्न आवश्यक
पर्ने ऊर्जाको चरम अभावको अवस्था नै ऊर्जा सङ्कट हो।
१२.
दक्ष जनशक्तिको परिभाषा दिनुहोस् ।
उत्तर:- कुनै पनि काम गर्ने विशेष क्षमता, ज्ञान, अनुभव
र दक्षता हासिल गरेका एवं क्रियमशील जनसङ्ख्यालाई दक्षजनशक्ति भनिन्छ।
१३.
शुद्ध खानेपानी भन्नाले के बुझिन्छ ?
उत्तर- हाम्रो शरीरलाई हानी पुर्याउने कुनै पनि किटाणु
नभएको पानी नै शुद्ध खानेपानी भन्ने बुझिन्छ।
१४.
सङ्घीयता भनेको के हो ?
उत्तर:-देशलाई एकभन्दा बढी राज्यमा विभाजन गरेर
केन्द्रमा र राज्यहरूमा छुट्टाछुट्टै सरकार रहने शासन प्रणाली नै सङ्घीयता हो।
१५.
नेपालमा कति ओटा स्थानीय निकायहरू छन् ?
उत्तरः- नेपालमा ७५३ ओटा स्थानीय निकायहरू छन्।
१६.
स्थानीय सरकारको परिचय दिनुहोस् ।
उत्तरः- गाउँपालिका र नगरपालिकामा/स्थानीय स्तरमा गठन
हुने सरकार स्थानीय सरकार हो।
१७. प्रादेशिक सरकार भनेको के हो ?
उत्तर- प्रदेश व्यवस्थापिकाले निर्माण गरेका कानुनको
कार्यान्वयन गर्ने, प्रदेशभित्रको विकास निर्माणका कार्य गर्न र शान्ति सुरक्षा
कायम गर्ने संस्था नै प्रादेशिक सरकार हो।
१८. सङ्घीय सरकारको परिचय दिनुहोस् ।
उत्तरः- प्रधानमन्त्रीको नेतृत्वमा गठन भएको केन्द्रीय
सरकारलाई नै सङ्घीय सरकार भनिन्छ।
१९. तपाईँ बसोबास गरेको प्ररदेशको प्रादेशिक राजधानी कहाँ हो ?
उत्तरः- म बसोबास गरेको प्ररदेशको प्रादेशिक राजधानी
विराटनगर हो
२०.
तपाईँ बसोबास गरेको प्ररदेशको कुनै दुईओटा धार्मिक स्थलको
नाम लेख्नुहोस् ।
उत्तरः- म बसोबास गरेको प्ररदेशको दुईओटा धार्मिक
स्थलको नामः
१.
पाथिभारा मन्दिर
२.
हलेसी मन्दिर
२१. ऊर्जाका कुनै दुई स्रोतको नाम लेख्नुहोस् ।
उत्तरः- ऊर्जाका दुई स्रोतको नामः
१)
दाउरा
२)
जलविद्युत्
२२. खानेपानीको महत्व दुई बुँदामा लेख्नुहोस् ।
उत्तरः- खानेपानीको दुई महत्वः
१)
असुरक्षित पानीबाट फैलिन सक्ने विभिन्न रोगहरूको सङ्क्रमण
रोक्न
२)
घरायसी सरसफाइका लागि पानीको अभाव हुन नदिन
२३. नेपालमा सङ्घीय शासन प्रणाली अन्तर्गत कति तहका सरकार छन्
?
उत्तरः- नेपालमा सङ्घीय शासन प्रणाली अन्तर्गत ३ तहका
सरकार छन्।
उत्तरः- देशमा उपलब्ध स्रोत र साधनको उचित प्रयोग गरेर जनशक्तिले विकासमा सहयोग गर्न
सक्छ।
२५.
विकासका कुनै दुई महत्व लेख्नुहोस् ।
उत्तरः- विकासको दुई महत्वः
१)
आम्दानीका अवसर सिर्जना हुन्छन्।
२)
समाजका गलत प्रथा र अभ्यासहरू अन्त्य हुन्छ।
२६. जनताको लागि सबैभन्दा नजिकको सरकार कुन हो ?
उत्तरः- जनताको लागि सबैभन्दा नजिकको सरकार स्थानीय
सरकार हो।
२७. विकसित देशका कुनै दुईओटा उदाहरण दिनु होस् ।
उत्तरः- विकसित देशका दुईओटा उदाहरण -:अमेरिका, बेलायत
१)
मानिसहरूको जीवनस्तर उच्च हुन्छ
२)
रोजगारी र आयआर्जनको अवस्था राम्रो हुन्छ।
समूह"ख"
२८. नेपाललाई विकसित राष्ट्र बनाउन गरिनु पर्ने कुनै चार
कार्यहरू उल्लेख गर्नुहोस् ।
उत्तरः- नेपाललाई विकसित राष्ट्र बनाउन गरिनु पर्ने
चार कार्यहरू निम्नानुसार रहेका छन्:
१. गरिबी घटाउनका लागि आम्दानीका
स्रोतहरू बढाउने
२. देशभित्र रोजगारीको अवसर सिर्जना गर्न उद्योग व्यापार
व्यवसाय बढाउने
३. स्वास्थ्य तथा शिक्षाको गुणस्तर
बढाउने
४. विकासका पूर्वाधारमा लगानी गरी पूर्वाधार
विकास गर्ने।
२९. नेपालमा दक्ष जनशक्ति तयार गर्न के के गर्नुपर्ला, तीनओटा
सुझाव दिनुहोस् ।
उत्तरः- नेपालमा दक्ष जनशक्ति तयार गर्न निम्नानुसारका
कार्य गर्नुपर्लाः-
१)
प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिने
२)
सिपमूलक तालिम प्रदान गर्ने
३)
सरकारले योजनाबद्ध स्पष्ट नीति निर्माण गरी कार्यान्वयन
गर्ने।
३०. विकासको महत्व लेख्नुहोस् ।
उत्तरः- विकासका महत्व निम्नानुसार रहेका छन्:-
Ø विकासले मानिसको चेतना स्तर उकासन
सहयोग गर्छ।
Ø समाजमा रहेको रूढीवादी प्रथा र
परम्पराको अन्त्य हुन्छ।
Ø दैनिक जीवन सञ्चालनमा सजिलो
हुन्छ।
Ø आम्दानीका अवसर सिर्जना भई
आयआर्जनमा वृद्धि हुन्छ।
Ø उपलब्ध स्रोत साधनको उचित प्रयोग
हुन्छ।
Ø मानिसका आवश्यकताहरू पूर्ति हुन्छ।
३१. विकसित र अल्पविकसित देशबिच फरक छुट्याउनुहोस् ।
उत्तरः- विकसित र अल्पविकसित देशबिच फरक निम्नानुसार
छन्-
विकसित देश |
अल्पविकसित देश |
१. विकसित देशका नागरिकले गुणस्तरीय जीवन व्यतित गर्छन्। २.
तीव्र रूपमा विकास भएको हुन्छ। ३.
मृत्युदर कम हुन्छ। ४.
प्रविधिको विकास भएको |
१ अल्पविकसित देशका नागरिकले निम्न गुणस्तरीय जीवन व्यतित
गर्छन्। २. बालमृत्युदर र मातृमृत्युदर उच्च हुन्छ। ३.
प्रतिव्यक्ति आम्दानी १०१८ अमेरिकी डलरभन्दा कम हुन्छ। ४.
प्रविधिको विकास भएको हुँदैन। |
३२. "विकास बहुआयमिक हुन्छ" यस भनाइलाई प्रस्ट
पार्नुहोस् ।
उत्तर- विकासले मानव जीवनमा आउने आर्थिक, सामाजिक,
राजनीतिक, सांस्कृतिक तथा मनोवैज्ञानिक पक्ष समेट्छ। यी पक्षहरूमा परिवर्तन हुन
शिक्षा, स्वास्थ्य, यातायात, ऊर्जा, खानेपानी तथा सञ्चारको विकास हुनु जरूरी छ।
त्यसैले यिनीहरूलाई विकासका पूर्वाधार
भनिन्छ। यिनै विकासका पूर्वाधारका आधारमा देशमा उद्योगधन्दा र कलकारखाना स्थापना
हुन्छ। देशमा उत्पादन बढ्छ। यसले रोजगारी र आयआर्जन पनि वृद्धि हुन्छ। शिक्षाले
मानिसको चेतना स्तरमा सुधार गरी सामाजिक तथा सांस्कृतिक परिवर्तनमा सहयोग गर्छ।
यसले देशमा स्वास्थ्यको स्थिति पनि सुधार ल्याउन मद्दत गर्दछ तर यसका लागि शिक्षा
गुणस्तरीय र सर्वसुलभ हुनु जरूरी छ। यसरी विकास कुनै एक पक्षमाथि मात्र भर पर्दैन।
मानिसको गुणस्तरीय जीवनका विभिन्न पक्षसँग सम्बन्धित भएकोले विकास बहुआयमिक हुन्छ
भनी पुष्टि गर्न सकिन्छ।
३३. नेपालको जनशक्ति पलायनलाई रोक्ने कुनै तीन उपायहरूको सूची
बनाउनुहोस् ।
उत्तर- नेपालको जनशक्ति पलायनलाई रोक्ने तीन उपायहरूको
सूची निम्नानुसार छन्-:
१)
देशभित्र आम्दानीको अवसर सिर्जना गर्ने।
२)
युवाहरूलाई स्वारोजगारमा आकर्षित गर्ने
३)
देशमा सञ्चालित उद्योग कलकारखानाको संरक्षण गर्ने
४)
लगानीमैत्री वातावरण तयार गर्ने।
३४. दक्ष, अर्धदक्ष र अदक्ष जनशक्तिको उदाहरणसहित परिचय
दिनुहोस् ।
उत्तरः- जनशक्ति भन्नाले विशेष ज्ञान, सिप, क्षमता,
दक्षता, अनुभव तथा विवेक भएका शारीरिक रूपमा सक्षम , स्वास्थ्य एवं क्रियाशील जनसङ्ख्यालाई बुझिन्छ।जनशक्तिलाई
उनीहरूको सिप, दक्षता, क्षमतमका आधारमा निम्नानुसार वरणन गरिएको छ :-
क)
दक्षजनशक्ति:-
कुनै पनि काम गर्ने
विशेष क्षमता, ज्ञान, अनुभव र दक्षता हासिल गरेका एवं क्रियमशील जनसङ्ख्यालाई
दक्षजनशक्ति भनिन्छ। दक्ष जनशक्तिले आफ्नो काममा दक्षता एवं विशेषज्ञता हासिल
गरेका हुन्छन्। जुनसुकै क्षेत्रमा पनि दक्ष जनशक्ति हुन सक्छन्। जस्तैः- शिक्षक,
इन्जिनियर, डाक्टर, पाइलट आदि।
ख)
अर्धदक्ष जनशक्तिः- अर्धदक्ष जनशक्तिमा आफू क्रियाशील
क्षेत्रमा काम गर्ने क्षमता हुन्छ। उनीहरू दक्ष जनशक्ति जस्तो काममा निपुण
हुँदैनन् तर दक्ष जनशक्तिको सल्लाह, सुझाव एवं नियन्त्रण तथा निर्देशनमा काम
गर्छन् । जस्तैः- डकर्मी, सिकर्मी
ग)
अदक्ष जनशक्तिः- कुनै पनि काम गर्ने विशेष ज्ञान, सीप तथा
क्षमता नभएका तर शारीरिक क्षमता वा बलका भरमा काम गर्ने जनशक्तिलाई अदक्ष जनशक्ति
भनिन्छ। जस्तैः- भारी बोक्ने, खेत खन्ने, लेभर काम गर्ने आदि
३५.नेपालमा ऊर्जाको विकासबाट कसरी परनिर्भरतालाई घटाउन सकिन्छ
? लेख्नुहोस् ।
उत्तरः- नेपालमा ऊर्जाको विकास अन्तर्गत जलस्रोत
सबैभन्दा बढी सम्भावना भएको ऊर्जाको स्रोत हो। त्यस्तै नेपालमा सौर्य ऊर्जा र
पेट्रोलियम पदार्थको पनि राम्रो सम्भावना रहेको छ। नेपालमा जलविद्युतको उत्पादन
मात्रै पनि क्षमताअनुसार हुन सके राष्ट्रिय आम्दानीमा वृद्धि गर्न सकिन्छ। यसबाट
व्यापार घाटा कम हुन्छ। त्यस्तै विद्युतको प्रयोगलाई बढाउन सके पेट्रोलियम पदार्थको
आयत कम गर्न सकिन्छ। यसरी नेमालमा ऊर्जाको विकासले परनिर्भरतालाई घटाउन सकिन्छ।
३६. सङ्घीयताको कुनै तीनओटा चुनौतीहरूको सूची बनाउनुहोस् ।
उत्तरः- राज्यका विभिन्न तहका सरकारहरूबिच संवैधानिक प्रावधानअनुसार शक्तिको बाँडफाँड
गर्ने शासन व्यवस्थालाई सङ्घीयता भनिन्छ। नेपालमा सङ्घीयताका चुनौतीहरू
निम्नानुसार रहेका छन्:-
१)
बलियो राष्ट्र नीति कायम गर्न
२)
अधिकारको बाँडफाँडसम्बन्धी विवाद समाधान गर्न
३)
राष्ट्रिय अखण्डता कायम राख्न
४)
खर्चको व्यवस्थापन गर्न आदि।
३७. नेपालको स्थानीय सरकार कस्तो सरकार हो ?
उत्तरः- नेपालको स्थानीय सरकार
निम्नानुसार कार्य गर्ने सरकार होः-
१)
जनताको सबैभन्दा
नजिकको सरकार ।
२)
जनताको घरदैलोमा सेवा तथा सुविधा पुर्याउने सरकार।
३)
जनताको इच्छा र चाहनाअनुसार विकास निर्माण कार्य गर्ने
सरकार।
४)
प्रशासनिक सेवा
सुविधा जनतासमक्ष पुर्याउने कार्यमा संलग्न हुने सरकार।
३८.
तपाईँ बसोबास गर्नुभएको प्रदेश र छिमेकी प्रदेशबिच तीन
बुँदामा तुलना गर्नुहोस्।
उत्तरः- म बसोबास गरेको प्रदेश र छिमेकी प्रदेशबिच तीन
बुँदामा तुलना निम्नानुसार रहेका छन्:-
म बसेको प्रदेश "कोसी प्रदेश" |
छिमेकी प्रदेश "मधेश प्रदेश" |
१.
१४ ओटा जिल्ला रहेको छ। २.
हिमालदेखि तराईसम्म फौलिएको छ। ३.
विश्व प्रसिद्ध हिमालहरू रहेका छन्। |
१)
८ ओटा जिल्ला
रहेको छ। २)
तराईको भूभागमात्र समेटेको छ। ३)
मैथिली तथा भोजपुरी संस्कृतिको केन्द्र मानिन्छ |
३९.तपाईँको प्रदेशको कुनै तीनओटँ मुख्य विशेषता लेख्नुहोस् ।
उत्तरः- मेरो प्रदेशको मुख्य तीनओटा विशेषताहरूः-
१)
हिमाल, पहाड र तराई ३ ओटै भौगोलिक क्षेत्र समेटेको।
२)
विश्व प्रसिद्ध
पर्यटकीय स्थल र हिमालहरू रहेको।
३)
पर्याप्त वर्षा
तथा उब्जाउशील जमिन रहेको।
४०.
सङ्घीय राज्यका कुनै तीनओटा महत्व उल्लेख गर्नुहोस् ।
उत्तरः- सङ्घीय राज्यका महत्वहरूः-
१)
देशमा रहेको
सामाजिक विविधताको सम्मान गर्न।
२)
देशका सबै क्षेत्रको सन्तुलित र समानुपातिक विकास गर्न।
३)
देशमा उपलब्ध स्रोत र साधनको न्यायोचित वितरण गर्न।
४)
देशको शासन सञ्चालनप्रति जन अपनत्व सिर्जना गर्न।
५)
सामाजिक सुरक्षा र सामाजिक न्याय प्रदान गर्न।
४१.सङ्घीयताले नागरिकमा राष्ट्रप्रति अपनत्व बढाउँछ, कसरी?
आफ्नो विचार तीन बुँदामा लेख्नुहोस् ।
उत्तरः- सङ्घीयताले नागरिकमा राष्ट्रप्रति
अपनत्व(आफ्नोपन) बढाउने कारण निम्नानुसार रहेको छः-
१)
सङ्घीयतामा जनताले आफ्नो नजिकको सरकारबाट सेवा सुविधा प्राप्त
गर्छन्।
२)
सङ्घीयताले विविधतालाई समेट्छ जसले गर्दा हरेक समुदायका
व्यक्तिलाई सम्मानित भएको महसुस हुन्छ।
३)
सङ्घीयतामा हरेक
तहका सरकारले कर लगाउँछन् । त्यो करको सदुपयोगका लागि बजेट बनाउँछन्। जनताले
जिताएर पठाएका प्रतिनिधिले छलफल गरेर बजेट बनाउँछन्। त्यसकारण सङ्घीयताले
नागरिकमा आफ्नो राष्ट्रप्रति अपनत्व बोध गराउँछ।
४२. खानेपानी कसरी विकासको पूर्वाधार हो ? स्पष्ट लेख्नुहोस्
।
उत्तरः- पानी मानिसलाई पिउनका लागि मात्र नभएर देश
विकासका लागि चाहिने एउटा महत्वपूर्ण पूर्वाधार पनि हो । स्वच्छ खानेपानीले देश विकासका
लागि चाहिने स्वस्थ जनशक्ति उत्पादनमा मद्दत गर्दछ। मानिसलाई विभिन्न रोगहरूबाट
बचाउँछ र स्वास्थ्यमा हुने खर्च बचत गर्दछ। यसले देशको विकासमा महत्वपूर्ण भूमिका
खल्ने हुनाले यसलाई विकासका पूर्वाधार भनिएको हो।
४३. नेपालमा ऊर्जा सङ्कट हुन नदिने कुनै तीनओटा उपाय लेख्नुहोस्
।
उत्तरः- नेपालमा ऊर्जा सङ्कट हुन नदिने तीन उपायहरू
निम्नानुसार रहेका छन्:
१)
सौर्य ऊर्जा, वायु ऊर्जा, फोहोरबाट निकाल्ने ऊर्जामा जोड
दिने।
२)
विद्युत चुहावट रोक्ने।
३)
अनावश्यक रूपमा विद्युतको प्रयोग नगर्ने।
४४.
नेपालमा संविधानअनुसार कति तहका सरकार छन् ? ती कुन कुन
हुन् ?
उत्तरः- नेपालमा संविधान अनुसार तीन तहका सरकार छन्। ती
निम्नानुसार रहेका छन्:
क)
सङ्घीय सरकारः-
केन्द्रमा प्रधानमन्त्रीको नेतृत्वमा गठन हुन्छ।
ख)
प्रदेश सरकारः- प्रत्येक प्रदेशमा मुख्य मन्त्रीको नेतृत्वमा
गठन हुन्छ।
ग)
स्थानीय सरकारः- गाउँपालिका वा नगरपालिकामा जनताबाट
प्रत्यक्ष निर्वाचित अध्यक्ष वा मेयरको नेतृत्वमा गठन हुन्छ।
४५. तपाईँको प्रदेशको भौगोलिक अवस्थितिको सम्बन्धमा एक
अनुच्छेदमा लेख्नुहोस् ।
उत्तरः- मेरो प्रदेश नाम कोसी प्रदेश हो । नेपालको
सबैभन्दा पूर्वमा अवस्थित २५,९०५वर्ग किमि क्षेत्रफलमा फैलिएको कोसी प्रदेशमा
पूर्वी नेपालको १४ जिल्लाहरू समावेश गरिएको छ।यस प्रदेशको उत्तरमा चिनको तिब्बत,
पूर्वमा भारतको बङ्गाल, दक्षिणमा भारतको विहार र पश्चिममा बागमति प्रदेश पर्दछ।
यो प्रदेशमा हिमाली, पहाडी र तराई तीन ओटै भौगोलिक क्षेत्र रहेका छन्। क्षेत्रफलका
आधारमा कोसी प्रदेश नेपालको दोस्रो ठूलो प्रदेश हो यसको राजधानी विराटनगर हो ।
४६. तपाईँको प्रदेशका मुख्य आर्थिक गतिविधिहरू के के हुन् ?
लेख्नुहोस् ।
उत्तरः- मेरो प्रदेश कोसी प्रदेश हो । कोसी प्रदेशको
मुख्य आर्थिक गतिविधिहरू निम्नानुसार रहेका छन्।
१)
कृषि ३)
व्यापार
२)
पर्यकन ४)
सेवा