No title

 

एकाइः ८     जनसङ्‍ख्‍या र यसको व्यवस्थापन

प्र.नं. १५  समूह"ख" सोधिने प्रश्‍नहरू

नेपालमा बसाइँसराइलाई नियन्त्रण गर्न सबै ठाउँमा समान तरिकाले विकास गर्नुपर्छ, किन ? स्पष्‍ट पार्नुहोस्।

उत्तरः- नेपालमा बसाइँसराइलाई नियन्त्रण गर्न सबै ठाउँमा समान तरिकाले विकास गर्न आवश्यक छ किनभने असमान विकासले ग्रामीण भेगबाट शहरतर्फ जनसङ्ख्या केन्द्रित गराउँछ, जसले शहरमा जनघनत्व वृद्धि, बेरोजगारी, आवास संकट र सेवासुविधामा दबाब उत्पन्‍न गर्छ। यदि सबै क्षेत्रको समान रूपमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी तथा आर्थिक अवसरहरूको विकास गरियो भने जनताले आफ्नो स्थानमै राम्रो जीवनयापन गर्न सक्नेछन्। यसले अनियन्त्रित बसाइँसराइ रोक्न मद्दत गर्छ र समग्र रूपमा देशको सन्तुलित तथा दिगो विकास सुनिश्‍चित हुन्छ।

 

२ विवाहको उमेरले जन्मदरलाई प्रभाव पार्छ, कसरी ? तपाईँको विचार लेख्‍नुहोस्।

उत्तरः- विवाहको उमेरले जन्मदरमा प्रत्यक्ष प्रभाव पार्छ, किनभने यसले प्रजननको अवधि, परिवार नियोजन, शिक्षा, स्वास्थ्य, र आर्थिक स्थितिलाई निर्धारण गर्छ। चाँडो विवाह गर्दा महिलाको प्रजनन अवधि लामो हुने भएकाले सन्तान संख्या बढ्ने सम्भावना उच्च हुन्छ, जबकि ढिलो विवाह गर्दा प्रजनन समयावधि घट्ने भएकाले जन्मदर कम हुन्छ। कम उमेरमा विवाह गर्दा मातृ तथा शिशु स्वास्थ्यमा जोखिम बढ्न सक्छ, जबकि उचित उमेरमा विवाह गर्दा स्वस्थ सन्तान जन्माउने सम्भावना रहन्छ। साथै, आर्थिक रूपमा सक्षम भएपछि मात्रै परिवार विस्तार गर्ने सोचले पनि कम जन्मदरलाई प्रवर्द्धन गर्छ। सरकारहरूले विवाहको न्यूनतम उमेर तोकेर जनसंख्या नियन्त्रणको प्रयास गर्ने भएकाले विवाहको उमेर बढ्दा जन्मदरमा कमी आउँछ। यसरी, विवाहको उमेरले प्रत्यक्ष रूपमा जन्मदरलाई प्रभावित गर्दै स्वस्थ, शिक्षित, र आर्थिक रूपमा सबल समाज निर्माण गर्न मद्दत गर्छ।

३ साक्षरताले सामाजिक र आर्थिक क्षेत्रमा पार्ने प्रभावका सम्वन्धमा तपाईँको विचार प्रस्तुत गर्नुहोस्।

उत्तरः- साक्षरताले सामाजिक र आर्थिक क्षेत्रहरूमा गहिरो प्रभाव पार्छ। यसले व्यक्तिगत, पारिवारिक र समाजको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्छ। केही मुख्य प्रभावहरू निम्नानुसार छन्:

सामाजिक प्रभाव

१.    समाजका सदस्यहरू शिक्षित र चेतनशील बन्‍ने छन्।

२.    शान्ति, मेलमिलाप र समझदारी बढ्ने छ।

३.    सामाजिक समस्या तथा कुप्रथाको अन्त्य हुने छ।

आर्थिक प्रभाव

१.    विभिन्‍न पेसा-व्यवसायहरू सिर्जना हुने छन्।

२.    रोजगारीका अवसरहरू वृद्धि हुने छन्।

३.    गरिबी निवारणमा सहयोग पुग्ने छ।

निष्कर्ष:- साक्षरताले व्यक्ति, समाज र राष्‍ट्रलाई उन्‍नतिको मार्गमा डोर्‍याउँछ। सामाजिक र आर्थिक रूपमा सबल हुन साक्षरता अनिवार्य शर्त हो। त्यसैले, सबै नागरिकलाई साक्षर बनाउने नीति तथा कार्यक्रमहरूलाई प्राथमिकता दिनु आवश्यक छ।

४ बसाइँसराइले गन्तव्य स्थानमा पार्ने प्रभावलाई समीक्षात्मक टिप्‍पणी लेख्‍नुहोस्।

उत्तरः- बसाइँसराइले गन्तव्य स्थानमा आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यावरणीय असर पार्छ। यसले श्रमशक्ति र बजार विस्तार गरी आर्थिक गतिविधि बढाउन सक्छ तर रोजगारी प्रतिस्पर्धा र पूर्वाधारमा चाप पनि पार्छ। सामाजिक विविधता ल्याए पनि संसाधन बाँडफाँटमा तनाव हुन सक्छ। संस्कृतिगत आदान-प्रदान भए पनि स्थानीय पहिचान मेटिने जोखिम रहन्छ। अनियन्त्रित बसाइँसराइले वातावरणीय क्षति पुर्‍याउन सक्छ। यसलाई व्यवस्थित नीति तथा योजनाले दीर्घकालीन रूपमा सकारात्मक बनाउन सकिन्छ।

जनसङ्‍ख्या परिवर्तनका निर्धारक तत्त्वहरूको छोटकरीमा वर्णन गर्नुहोस्।

उत्तरः- जनसङ्‍ख्या परिवर्तनका निर्धारक तत्वहरू जन्म, मृत्यु र बसाइँसराइ हो ।यिनीहरूको वर्ण निम्‍नानुसार रहेका छन्:

जन्मः- कुनै पनि देशको जनसङ्‍ख्या परिवर्तनको सबैभन्दा महत्त्वपूर्ण कारक तत्व जन्म हो।जन्मदर धेरै भएमा जनसङ्‍ख्या वृद्धिदर पनि धेरै र जन्मदर कम भएमा जनसङ्‍ख्या वृद्धिदर पनि कम हुन्छ।यसलाई विवाहको उमेर, शिक्षा र स्वास्थ्य, पेसा, रोजगारी, आर्थिक अवस्थालगायतका विभिन्‍न तत्त्वले प्रभाव पार्छ।

मृत्युः- कुनै पनि देशको जनसङ्‍ख्या परिवर्तनको अर्को कारक तत्त्व मृत्यु हो। यो पनि प्राकृतिक र निरन्तर प्रक्रिया हो।मृत्युदर कम हुँदा जनसङ्‍ख्या वृद्धिदर बढी हुन्छ। त्यसको विपरीत मृत्युदर उच्च हुँदा जनसङ्‍ख्या वृद्धिदर कम हुन्छ। सामान्यतया मृत्युले जनसङ्‍ख्या घटाउँछ।मृत्युलाई शिक्षा, स्वास्थ्य, जीवनशैली, रोग, प्राकृतिक विपत्ति, दुर्घटना, आहार आदि जस्ता विभिन्‍न कुराले प्रभाव पार्छ।

बसाइँसराइः- बसाइँसराइ भनेको मानिस आफू बसोबास गरेको स्थानबाट अर्को स्थानमा सर्नु हो।बसाइँसराइले उद्‍गमस्थलमा जनसङ्‍ख्याको आकार घटाउँछ भने गन्तव्यस्थलमा जनसङ्‍ख्याको आकार बढाउँछ।बसाइँसराइ आन्तरिक र बाह्‍य गरी दुई प्रकारको हुन्छ।

६ कोरा जन्मदर र कोरा मृत्युदर कसरी निकालिन्छ ?

उत्तरः कोरा जन्मदर र कोरा मृत्युदर निम्नानुसार निकालिन्छ।

कोरा जन्मदर(CBR)  = × १०००

कोरा मृत्युदर(CDR) =  × १०००

७ बसाइँसराइलाई प्रभाव पार्ने तत्त्वहरू के के हुन् ।

उत्तरः- कुनै एक निश्‍चित स्थानबाट अर्को स्थानमा सर्ने कार्यलाई बसाइँसराइ भनिन्छ। बसाइँसराइमा प्रभाव पार्ने तत्त्वहरू निम्नानुसार रहेका छन्:

क)   आकर्षण तत्वः-                     ख) विकर्षण तत्व

१.    प्रयाप्‍त सेवा, सुविधा               १. असुविधा

२.    रोजगारीको अवसर                २. अवसरको कमी

३.    उपयुक्त हावापानी                 ३. नराम्रो हावापानी

४.    शान्ति सुरक्षा                     ४. असुरक्षा

८ नेपालमा पहाडबाट तराईमा बसाइँ सर्ने प्रवृत्ति बढ्दो छ। कुनै तीन कारण लेख्‍नुहोस्।

उत्तरः- नेपालमा पहाडबाट तराईमा बसाइँ सर्ने प्रवृत्ति बढ्दो छ, यसको तीन प्रमुख कारणहरू यस्ता छन्:

१.     पहाडी क्षेत्रमा रोजगारका अवसर सीमित छन्, जबकि तराईमा कृषि, उद्योग र व्यापारिक गतिविधिहरूको विस्तारले अधिक रोजगारका अवसरहरू प्रदान गर्छ।

२.    तराईका मुख्य शहरहरूमा शिक्षा र स्वास्थ्य सेवाको पहुँच पहाडी क्षेत्रभन्दा राम्रो छ, जसले गर्दा परिवारहरू आफ्नो बच्चाहरूको भविष्य र स्वास्थ्यको कारण बसाइँ सर्छन्।

३.    पहाडी क्षेत्रहरूमा हर वर्ष प्राकृतिक प्रकोप (जस्तै पहिरो, भूकम्प) को सामना गर्नुपर्ने समस्या र जीवनस्तरको कठिनाइका कारण मानिसहरू तराईको सुरक्षित र समृद्ध जीवनको खोजीमा सर्छन्।

 

९ मानौँ, वि.सं. २०७८ सालमा सुनसरी जिल्लाको कुनै गाउँपालिकाको जनसङ्‍ख्या ३००० रहेछ र उक्त अवधिमा २०० शिशुको जन्म भएछ।उक्त ठाउँको कोरा जन्मदर पत्ता लगाउनुहोस्।

उत्तरः-  समाधान

         वि.सं. २०७८ सालमा सुनसरी जिल्लाको कुनै गाउँपालिकाको जनसङ्‍ख्या = ३०००

         उक्त अवधिमा जन्म भएको शिशु सङ्‍ख्या = २००

           उक्त ठाउँको कोरा जन्मदर = ?

             कोरा जन्मदर(CBR)  = × १०००

                                                                   = ×१०००

                               =

                               = ६६.६ प्रति हजार

१० कुनै स्थानमा वि.स. २०७८ सालको कुल जनसङ्‍ख्या ६०,००० थियो। उक्त ठाउँमा सोही वर्ष ४४०० जनाको मृत्यु भएको थियो भने सो ठाउँको कोरा मृत्युदर पत्ता लगाउनुहोस्।

उत्तरः- समाधान

       कुनै स्थानमा वि.स. २०७८ सालको कुल जनसङ्‍ख्या = ६०,०००

       उक्त ठाउँमा सोही वर्ष मृत्यु भएको सङ्‍ख्या         = ४४००

        कोरा मृत्युदर = ?

         कोरा मृत्युदर(CDR) =  × १०००

                                                        = ×१०००

                          =  

                          = ७३.३ प्रति हजार

११ नेपालको जनगणना २०७८ को लैङ्‍गिक बनोटबारे वर्णन गर्नुहोस्।

उत्तरः- नेपालको जनगणना २०७८ को लैङ्‌गिक बनोट  यस प्रकार छ:

     १. नेपालमा महिलाको सङ्ख्या पुरुषभन्दा बढी छ।
     २. कुल जनसङ्ख्यामा करिब ५१.१३% महिला ४८.८७% पुरुष छन्।
     ३. यस अनुसार लैङ्‍गिक अनुपात करिब १०० महिलामा ९६ पुरुष जति देखिन्छ।

निष्कर्ष:- यसरी जनगणना २०७८ अनुसार नेपालमा महिलाको जनसङ्ख्या पुरुषभन्दा बढी रहेको देखिन्छ।

१२ जनसङ्‍ख्या बनोटले सामाजिक जीवनमा पार्ने प्रभाव उल्लेख गर्नुहोस्।

उत्तरः- जनसङ्‍ख्याको बनोटले जाति, धर्म, भाषा, लिङ्‍ग, पेसा, साक्षरता आदि क्षेत्रको तथ्याङ्‍कलाई देखाउने काम गर्छ।यस्तो तथ्याङ्‍कबाट सामाजिक जीवनमा पार्ने प्रभावहरू निम्न छन्:

क)   जातीय, भाषिक, लैङ्‌गिक आदि क्षेत्रको पहिचान खुल्ने छ।

ख)   सांस्कृतिक संरक्षणमा सहयोग पुग्ने छ।

ग)     समावेशीकरणको नीति लागु गर्न सहयोग पुग्ने छ।

निष्कर्षः- यसरी जनसङ्‍ख्याको बनोटले सामाजिक क्षेत्रको विकासमा सहयोग पुग्ने देखिन्छ।

१३ मानिसहरूको आर्थिक जीवनमा जनसङ्‍ख्या बनोटले कसरी प्रभाव पार्छ ? लेख्‍नुहोस्।

उत्तरः- जनसङ्‍ख्याको बनोटले जाति, धर्म, भाषा, लिङ्‍ग, पेसा, साक्षरता आदि क्षेत्रको तथ्याङ्‍कलाई देखाउने काम गर्छ।यस्तो तथ्याङ्‍कबाट आर्थिक जीवनमा पार्ने प्रभावहरू निम्न छन्:

    १. काम गर्ने उमेरका मानिस धेरै भएमा आम्दानी र उत्पादन बढ्छ।
    २. बालबालिका र वृद्ध धेरै भएमा परिवारमा आर्थिक बोझ बढ्छ।
    ३. काम गर्ने मानिस धेरै भएमा रोजगारी र विकासका काम बढ्न सक्छन्।

निष्कर्ष:-यसरी जनसङ्‍ख्या बनोटले मानिसको आम्दानी, काम र आर्थिक अवस्थालाई प्रभाव पार्छ।

१४ नेपालको कुन भौगोलिक क्षेत्रमा जनसङ्‍ख्या बढी छ ? समीक्षा गर्नुहोस्।

उत्तरः- भौगोलिक क्षेत्रअनुसार नेपालको जनसङ्‍ख्‍या वितरण समान देखिँदैन।नेपालको १५ प्रतिशत क्षेत्रफल ओगटेको हिमाली प्रदेशमा ६.०८ प्रतिशत जनसङ्‍ख्‍या रहेको छ। नेपालको ६८ प्रतिशत क्षेत्रफल ओगटेको पहाडी प्रदेशमा ४०.३१ प्रतिशत  जनसङ्‍ख्‍या रहेको छ।त्यस्तै गरेर नेपालको १७ प्रतिशत क्षेत्रफल ओगटेको तराई प्रदेशमा ५३.६१ प्रतिशत जनसङ्‍ख्‍या रहेको छ।यसरी नियालदा नेपालको भौगोलिक क्षेत्रअनुसार तराई प्रदेशमा जनसङ्‍ख्या बढी छ।

१५ जनघनत्त्व बढ्दै जाँदा कस्तो कस्तो प्रभाव देखिन्छ ? आफ्‍नो विचार तीन बुँदामा प्रस्तुत गर्नुहोस्।

उत्तरः- जनघनत्त्व बढ्दै जाँदा निम्नानुसारको सकारात्क र नकारात्मक प्रभाव देखिन्छ:

     नकारात्मक प्रभाव                         सकारात्मक

१.     स्रोतसाधनको अभाव हुन्छ,           १. सहरीकरणको विकास हुन्छ,

२.     बेरोजगारी र गरिबी बढ्छ,           २. राज्यबाट प्राप्‍त सेवा सुविधा बढ्छ,

३.     वातावरणीय समस्या बढ्छ ।         ३.  विकासको पूर्वाधारको सुविधा वृद्धि हुन्छ।

निष्कर्ष: जनघनत्व अत्यधिक बढ्दा मानिसको जीवनस्तर र वातावरण दुवैमा नकारात्मक असर पर्छ।

१६ गण्डकी प्रदेशको जनसङ्‍ख्या प्रतिशत घट्नु र लुम्बिनी प्रदेशको जनसङ्‍ख्या बढ्नुका कारणहरू के के हुन् ? तीन बुँदामा उल्लेख गर्नुहोस्।

उत्तरः-

गण्डकी प्रदेशको जनसङ्‍ख्या प्रतिशत घट्‍नुका कारण

लुम्बिनी प्रदेशको जनसङ्‍ख्‍या प्रतिशत बढ्‍नुका कारण

१.   कास्की र नवलपरासी पूर्व बाहेक अन्य जिल्लाबाट बसाइँसराइको दर तीव्र हुनु

२.   यहाँका अधिकांश युवा युवती काठमाडौँ सहर र विदेशतिर प्रवेश गर्नु

३.   यहाँका अधिकांश जिल्लामा सहरबजार, पूर्वाधार र रोजगारीको अवसर कम हुनु।

१.   बसाइँ सरेर आउने दर बढी हुनु,

२.   यहाँ छिमेकी देशका नागरिक पनि बसाइँसराइ गरी आउनु,

३.   यहाँका अधिकांश जिल्लामा सहरबजार, पूर्वाधार र रोजगारीको अवसर बढी हुनु।

 

१७ तल उल्लेखित नेपालका तीन भौगोलिक क्षेत्रको जनसङ्‍ख्या (प्रतिशतमा) लाई स्तम्भ चित्रमा  देखाउनुहोस्।

   

क्षेत्र

जनसङ्‍ख्या(प्रतिशत)

हिमाली

६.०९%

पहाड

४०.२५%

तराई

५३.६६%

उत्तरः-

 

 

 

 

 

 

 

 

१८ सबैभन्दा धेरै जनघनत्त्व भएका नेपालका तीन प्रदेशको जनघनत्वलाई वृत्तचित्रमा देखाउनुहोस्।

प्रदेश

जनघनत्व

मधेश

६३६ वर्ग किलोमिटर

बागमती

३०० वर्ग किलोमिटर

कोसी

१९२ वर्ग किलोमिटर

उत्तरः- मधेश प्रदेश= ×३६० = 202.9

      बागमती प्रदेश = ×३६० = 95.7

      कोशी प्रदेश = ×३६० = 61.2

                                 

 

 

१९ बसाइँसराइका कारणहरू उल्लेख गर्नुहोस्।

उत्तरः- स्थायी वा अस्थायी बसोबासका लागि मानिस आफू बसोबास गरेको स्थान छोडेर अन्यन्त्र जानुलाई बसाणइँसराइ भनिन्छ।बसाइँसराइका कारणहरू यस प्रकार रहेका छन्:

क)   आर्थिक कारण

ख)   सामाजिक कारण

ग)     राजनीतिक कारण

घ)    जनसाङ्‍ख्‍यिक कारण वातावरणीय कारण

ङ)     धार्मिक कारण आदि।

२० आन्तरी बसाइँसराइ र बाह्‍य बसाइँसराइका बिचमा फरक छुट्‍याउनुहोस्।

उत्तरः-

क्र.स.

आन्तरी बसाइँसराइ

क्र.स.

बाह्‌य बसाइँसराइ

देशभित्र एक स्थानबाट अर्को स्थानमा बसोबास गर्न जाने प्रक्रिया।

एक देशदेखि अर्को देशमा बसोबासका लागि जाने प्रक्रिया।

देशको जनसङ्‍ख्‍यामा प्रभाव पर्दैन।

देशको जनसङ्‍ख्‍यामा प्रभाव पार्छ।

देशभित्र जनसङ्‍ख्याको वितरणमा असन्तुलन पैदा गर्दछ।

जनसङ्‍ख्‍यामा घटबढ हुन्छ।

 

२१ बसाइँसराइले उद्‍गम स्थानमा पार्ने प्रभाव उल्लेख गर्नुहोस्।

उत्तरः- बसाइँ सरेर छाडिएको ठाउँलाई उद्‍गम स्थल भनिन्छ। बसाइँसराइले उद्‍गम स्थानमा पार्ने प्रभाव निम्न

       छन्:

       १. मानिसहरू बाहिरिएपछि गाउँ वा क्षेत्र सुनसान बन्दै जान्छ।
       २. काम गर्ने जनशक्ति घट्दा खेतीयोग्य जमिन बाँझै रहन्छ।
       ३. प्राकृतिक स्रोत–साधनको उचित उपयोग हुन सक्दैन।
       ४. विकास निर्माणका कामहरू ढिलो वा रोकिएका हुन्छन्।

निष्कर्षः- बसाइँसराइले उद्‍गम स्थानमा सामाजिक, आर्थिक र विकासगत रूपमा नकारात्मक असर पार्छ।

२२. बसाइँसराइले गन्तव्य स्थानमा पार्ने प्रभाव उल्लेख गर्नुहोस्।

उत्तरः- बसाइँ सरेर मानिसहरू जम्मा भएको ठाउँलाई गन्तव्य स्थान भनिन्छ।बसाइँसराइले गन्तव्य स्थानमा पार्ने प्रभाव निम्न छन्:

१.                                आफ्‍नो मैलिक भाषा, संस्कृति र चालचलन लोप हुँदै जान्छ।

२.                               शिक्षा, स्वास्थ्य, खाद्यान्‍न र बसोबास क्षेत्रको महङ्‍गी धान्‍न गाह्रो हुन्छ।

३.                            प्राकृतिक स्रोत साधनको विनाश हुन्छ।

४.                         सिप, क्षमता र पहुँच नहुने व्यतिलाई रोजगारी प्राप्‍त गर्न गाह्रो छ।

निष्कर्षः- बसाइँसराइले गन्तव्य स्थानमा सामाजिक, आर्थिक, वातावरणीय र विकासगत रूपमा प्रभाव पार्छ।

२३. बसाइँसराइका तीन तीनओटा आकर्षण र विकर्षण तत्त्वहरूको नाम उल्लेख गर्नुहोस्।

उत्तरः- कुनै स्थानमा भएका सुविधाहरू र राम्रो वातावरण आकर्षण तत्त्व हुन भने आफू बसेको ठाउँ छोड्न बाध्य बनाउने कुराहरू विकर्षण तत्त्व हुन्। बसाइँसराइका तीन तीनओटा आकर्षण र विकर्षण तत्त्वहरू निम्नानुसार छन्।

आकर्षण तत्त्व

विकर्षण तत्त्व

१.   रोजगारीको अवसर,

२.   शान्ति सुरक्षा,

३.   यातायात, शिक्षा, स्वास्थ्य र मनोरञ्‍जनको सुविधा ।

१.   बेजगारी,

२.   प्राकृतिक प्रकोप,

३.   यातायात, शिक्षा, स्वास्थ्य र मनोरञ्‍जनको सुविधाको अभाव।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.