एकाइ
:- दुई हाम्रो मानवमूल्य र मान्यता
समूह"क"
१.
मानवमूल्यको महत्व उजागर गर्दै एउटा नारा तयार पार्नुहोस् ।
उत्तरः मानवमूल्यको महत्व उजागर गर्ने एउटा
नारा "एकता, करुणा र आदर—समाज सुधारका मूल मन्त्र"।
२.
तपाईँले जीवजन्तुप्रति कस्तो व्यवहार गर्नुहुन्छ किन ? एउटा
कारण लेख्नुहोस् ।
उत्तरः- म जीवजन्तुप्रति दयालु व्यवहार गर्छु किनभने तिनीहरू पनि प्रकृतिको महत्वपूर्ण हिस्सा हुन् र तिनीहरूको संरक्षणले पारिस्थितिक सन्तुलन कायम गर्न मद्दत गर्छ।
३.
तपाईँले पर्म परम्परालाई
महत्व दिनको एउटा कारण दिनुहोस् ।
उत्तरः- मैले पर्म परम्परालाई महत्व दिनको कारण पर्म परम्पराले समुदायमा सहयोगी भावना बढाउने तथा श्रम विनिमयको माध्यमबाट पारस्परिक सम्बन्ध सुदृढ गर्ने काम गर्छ।
४.
सुनुवार जातिमा बालक जन्मेको कतिऔँ दिनमा न्वारान गर्ने चलन
छ ?
उत्तरः- सुनुवार जातिमा बालक जन्मेको चारौँ
दिनमा न्वारान गर्ने चलन छ।
५.
जैन धर्मावलम्बीहरूले मनाउने मुख्य चाडपर्वहरू कुन कुन हुन्
?
उत्तरः- जैन धर्मावलम्बीहरूले मनाउने मुख्य
चाडपर्वहरू परीयूषण पर्व, महावीर जयन्ती, दीपावाली आदि हुन्।
६.
धार्मिक सहिष्णुता भनेको के हो ?
उत्तरः- धार्मिक सहिष्णुता भनेको विभिन्न धर्मको विश्वास र आस्थाप्रति आदर र सहनशीलता राख्ने भावना हो।
७.
राष्ट्रिय सम्पदा भनेको के हो ?
उत्तरः- व्यक्तिको स्वामित्वमा नरही सम्पूर्ण जनताको साझा सम्पत्तिको रूपमा रहेका राष्ट्रका कला, संस्कृति तथा प्राकृतिक महत्वका वस्तु नै राष्ट्रिय सम्पदा हो ।
८.
हेनरी ड्युना को हुन् ?
उत्तरः- हेनरी ड्युना स्वीट्जरल्याण्डका
नागरी रेडक्रसका जन्मदाता हुन्।
९.
मदर टेरेसा जस्तै विश्व प्रसिद्ध व्यक्तित्व हुन् तपाईँले
के गर्नु पर्ला ? एक वाक्यमा लेख्नुहोस् ।
उत्तरः- मदर टेरेसा जस्तै विश्व प्रसिद्ध व्यक्तित्व हुन् मानव सेवामा निष्ठापूर्वक समर्पित हुँदै प्रेम, दया र करुणाका साथ पीडित तथा असहायहरूको सेवा गर्नुपर्छ।
१०.
स्काउटको नारा के हो ?
उत्तरः- स्काउटको नाराः- "सत्य बोल्नु, अरूसँग दयालु व्यवहार गर्नु, देशको सेवा गर्नु र आफ्नो कर्तव्यलाई इमानदारीपूर्वक पुरा गर्नु।"
११.
न्यायिक व्यवहार भनेको के हो ?
उत्तरः- न्यायिक
व्यवहार भनेको सबैलाई पक्षपातरहित
र समान रूपमा व्यवहार गर्ने कार्य हो।
१२.
मानसिक शान्ति भनेको के हो ?
उत्तरः- मानसिक शान्ति भनेको सन्तुलित सोचाइ र संवेगको उचित प्रयोगको अवस्था वा मनको शान्त अवस्था हो ।
१३.
तपाईँले मानसिक शान्ति प्राप्त गर्न के गर्नुहुन्छ ? एक
वाक्यमा उल्लेख गर्नुहोस् ।
उत्तरः- मानसिक शान्ति प्राप्त गर्न म हरेक दिन योग, प्राणायाम र ध्यान गरी मनमा अनावश्यक कुरा खेल्ने दिन्नँ।
१४.
समाजमा पारस्पारिक समझदारीको भावना विकास गर्न तपाईँले
खेल्ने एउटा भूमिका उल्लेख गर्नुहोस् ।
उत्तरः- समाजमा पारस्पारिक समझदारीको भावना विकास गर्न मैले खेल्ने एउटा भूमिका सहकार्य, इज्जत र सहिष्णुता जस्ता मूल्यहरू सिकाउने प्रयास गर्छु।
१५.
परिवारमा उत्पन्न विवादको समाधान कसरी गर्न सकिन्छ ? एक
वाक्यमा आफ्नो विचार लेख्नुहोस् ।
उत्तरः- परिवारमा उत्पन्न विवादको समाधान संवाद र
आपसी समझदारीमार्फत गर्न सकिन्छ।
१६.
अरूको ईर्ष्या गर्ने र अहित सोच्ने बानी राम्रो होइन किन ?
आफ्नो विचार एक वाक्यमा दिनुहोस् ।
उत्तरः- अरूको ईर्ष्या गर्ने र अहित सोच्ने बानीले मानसिक शान्ति गुमाउने र सम्बन्धहरूमा विकार ल्याउने काम गर्दछ।
१७.
भेजा कस्तो परम्परा हो ?
उत्तरः- भेजा मगर समुदायको सांस्कृतिक परम्परा
हो।
१८.
पर्म परम्पराको कुनै एउटा फाइदा लेख्नुहोस् ।
उत्तरः- पर्म परम्पराको एउटा फाइदाः- सामाजिक
एकता, सहयोग र सद्भाव कायम गर्न मद्दत गर्छ।
१९.
माघी पर्व मनाउने समुदाय कुन हो ?
उत्तरः- माघी पर्व मनाउने समुदाय थारू हो।
२०.
रोदी कुन जातमा प्रचलित सामाजिक परम्परा हो ?
उत्तरः- रोदी गुरूङ जातमा प्रचलित सामाजिक
परम्परा हो।
२१.
गुठी कुन जातिमा पाइने परम्परा हो ?
उत्तरः- गुठी नेवार जातिमा पाइने परम्परा हो।
२२.
तपाईँको जातको विवाह संस्कार उल्लेख गर्नुहोस् ।
उत्तरः- मेरो जातको विवाह संस्कार मागी हो।
२३.
आफ्नो संस्कृति संरक्षण गर्न तपाईँले खेल्न सक्ने एउटा
भूमिका उल्लेख गर्नुहोस् ।
उत्तरः- आफ्नो संस्कृति संरक्षण गर्न मैले खल्ने एउटा भूमिका भनेको आफ्नो सांस्कृतिक परम्पराहरू र रीतिरिवाजहरूको बारेमा अरुलाई जानकारी दिनु हो।
२४.
नेपालमा प्रचलित सामाजिक परम्पराका कुनै दुई महत्व लेख्नुहोस्
।
उत्तरः- नेपालमा प्रचलित सामाजिक परम्पराको
दुई महत्वः
१.
समाजको एकता र सहिष्णुता
कायम गर्छ।
२.
सांस्कृतिक पहिचानको संरक्षण
गर्छ।
२५.
धार्मिक सम्पत्तिको व्यवस्थापन र रेखदेखमा गुठीको एक महत्व लेख्नुहोस्
।
उत्तरः- धार्मिक सम्पत्तिको व्यवस्थापन र रेखदेखमा गुठीको एक महत्व धार्मिक र सांस्कृतिक सम्पत्तिको संरक्षण गर्नु हो ।
२६.
बडघर प्रथाका कुनै दुई विशेषता लेख्नुहोस् ।
उत्तरः- बडघर प्रथाका दुई विशेषता
१.
भलमनसाले भनेका कुरा सबैले मान्नुपर्ने प्रथा,
२. समुदायलाई एकताको सूत्रमा बाँध्न मद्दत गर्छ।
२८.
तपाईँले मान्ने धर्मका कुनै दुई विशेषता प्रस्तुत
गर्नुहोस् ।
उत्तरः- मैले मान्ने धर्म हिन्दु हो । हिन्दु
धर्मको दुई विशेषता
१.
हिन्दु धर्ममा मूर्ति पूजाको विशेष महत्व छ।
२.
हिन्दु धर्मको धार्मिक स्थल मन्दिर हो।
२९.
कुन धर्मावल्बीहरू प्रार्थना गर्न मस्जिदमा जान्छन् ?
उत्तरः- इस्लाम धर्मावल्बीहरू प्रार्थना गर्न मस्जिदमा
जान्छन्।
३०.
विविधता भनेको के हो ?
उत्तरः- विविधता भनेको फरकपन हो।
३१.
सामाजिक एकता कायम गर्न तपाईँले कस्तो भूमिका खेल्न
सक्नुहुन्छ ? कुनै एक भूमिका लेख्नुहोस् ।
उत्तरः- सामाजिक एकता कायम गर्न मेरो भूमिका
समाजमा रहेको फरकपनलाई स्वीकार गर्नु हो।
३२.
"राष्ट्रिय सम्पदा संरक्षण गर्नु हामी सबैको साझा
जिम्मेवारी हो।" यस भनाइलाई आफ्नो एक तर्कद्बारा प्रस्ट पार्नुहोस् ।
उत्तरः- "राष्ट्रिय सम्पदा संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।" यस भनाइको अर्थ भनेको हाम्रो मुलुकको सम्पत्ति, चाहे त्यो सांस्कृतिक, ऐतिहासिक वा प्राकृतिक होस्, त्यसलाई सुरक्षित राख्न सबैको सहयोग आवश्यक छ।
३३.
हेनरी ड्युनाको कामबाट तपाईँले कस्तो प्रेरणा पाउनुभयो ?
एक वाक्यमा लेख्नुहोस् ।
उत्तरः- हेनरी ड्युनाको कामबाट द्बन्द्बका घाइतेलाई आफ्नो र पराइ भनेर भेदभाव नगरी सहयोग गर्नु पर्छ। सबै दाजुभाइ जस्तै हुन भन्ने प्रेरणा पाइन्छ।
३४.
स्काउटका संस्थापक को हुन् ?
उत्तरः- स्काउटका संस्थापक रबर्ट बेडेन पावेल
हुन्।
३५.
नेपाल स्काउटको स्थापना कहिले भएको हो ?
उत्तरः- नेपाल स्काउटको स्थापना वि.सं. २००९
मा भएको हो।
समूह"ख"
३६.
शान्त र संयमित व्यवहार भएको व्यक्तिलाई किन सबैले मन
पराउँछन् ? आफ्नो विचार लेख्नुहोस् ।
उत्तरः- शान्त र संयमित व्यवहार
भएका व्यक्तिहरूलाई सबैले मन पराउने कारण निम्नानुसार छन्:
१. १. शान्त र संयमित व्यक्ति सधैं आफ्ना भावना नियन्त्रणमा
राख्छन्।
२. २. शान्त र संयमित व्यक्तिहरू प्रायः
विवेकपूर्ण निर्णय लिन्छन्।
३. ३. शान्त र संयमित व्यक्तिहरू सधैं अरूको
विचार र भावनाको सम्मान गर्छन्।
निष्कर्षः- समग्रमा, शान्त र संयमित
व्यवहार भएका व्यक्तिहरूले सकारात्मक वातावरण सिर्जना गर्छन्, जसले उनीहरूलाई समाजमा प्रगति र सम्मान प्राप्त
गर्न मद्दत गर्छ।
३७.
हाम्रो परम्परा र संस्कार संरक्षण गर्नु हाम्रो कर्तव्य हो।
किन ? तपाईँको विचार तीन बुँदामा स्पष्ट गर्नुहोस्।
उत्तरः-हाम्रो परम्परा र संस्कार संरक्षण
गर्नु हाम्रो कर्तव्य हो किनभने
१.
परम्परादेखि चलिआएका असल संस्कारहरूको संरक्षण गर्न,
२.
समाजलाई सभ्य र सुसंस्कृत कायम राख्न,
३.
इतिहासलाई बचाई राख्न ।
३८.
नेपालमा धार्मिक सहिष्णुता कायम गर्न गरिएका गतिविधिको तीन
बुँदामा मूल्याङ्कन गर्नुहोस्।
उत्तरः- नेपालमा धार्मिक सहिष्णुता कायम गर्नका लागि विभिन्न गतिविधिहरू गरिएको छ। यी गतिविधिहरूलाई तीन बुँदामा मूल्याङ्कन गर्न सकिन्छ:
१.
नेपालको
संविधानले धार्मिक स्वतन्त्रता र सहिष्णुताको दिएको छ।
२.
नेपालमा विभिन्न धार्मिक समुदायहरूको उत्सव र परम्पराको सम्मान गरिन्छ।
३.
धार्मिक सहिष्णुताको बारेमा जनचेतना फैलाउने कार्यक्रमहरू आयोजित गरिन्छ।
यी गतिविधिहरूको मूल्याङ्कन गर्दा धार्मिक सहिष्णुता
नेपालमा सुदृढ गर्नका लागि सकारात्मक योगदान पुर्याउने देखिन्छ।
३९.
"नेपाल बहुभाषिक, बहुधार्मिक र बहुजातीय देश हो।" यस भनाइलाई पुष्टि गर्नुहोस्।
उत्तरः-
"नेपाल बहुभाषिक, बहुधार्मिक र
बहुजातीय देश हो।" यस भनाइलाई निम्न तीन बुँदाले पुष्टि गर्न सकिन्छः
क)
नेपालमा १२४ भाषा बोल्ने मानिसहरू बसोबास रह्को छ।
ख)
नेपालमा हिन्दु, बौद्ध, इस्लाम, किराँत, क्रिस्चियन,
प्रकृति, बोन, जैन, सिख र बहाई गरी १० धर्मावलम्बीका मानिसको बसोबास रहेको छ।
ग)
नेपालमा १४२ जातजातिको बसोबास रहेको छ।
निष्कर्षः- त्यसैले बहुभाषिक, बहुधार्मिक र बहुजातीय विविधता नेपालको मौलिक पहिचान हो।
४०.
विकासका लागि सामाजिक एकता कायम गर्नु पर्छ किन ? तपाइँका
तीन ओटा तर्कले पुष्टि गर्नुहोस्।
उत्तरः- विकासका लागि सामाजिक एकता आवश्यक हुन्छ किनभने समाजमा आपसी समझदारी, सहकार्य, र स्थायित्व बिना दिगो विकास सम्भव हुँदैन। निम्न तीन तर्कहरूले यसलाई पुष्टि गर्न सकिन्छ
१.
सहयोग
र समन्वय:
जब समाजका सबै समूह
एकताबद्ध हुन्छन्, उनीहरू आपसी सहयोग र समन्वयका साथ काम गर्न
सक्छन्। यसले विकास परियोजनाहरू प्रभावकारी रूपमा सम्पन्न गर्न मद्दत गर्छ।
२.
शान्ति
र स्थायित्व:
सामाजिक एकता भएमा समाजमा
द्वन्द्व र असहमति कम हुन्छ, जसले विकासका लागि शान्तिपूर्ण वातावरण
सिर्जना गर्छ। स्थिर समाजमा लगानी र पूर्वाधार निर्माण सहज हुन्छ।
३.
समान
अवसर र समावेशी विकास: जब समाज एकताबद्ध
हुन्छ, सबै समुदायलाई समान अवसर प्राप्त हुन्छ। यसले हरेक
व्यक्तिको सीप, ज्ञान, र श्रमलाई उचित
रूपमा प्रयोग गर्न सकिन्छ, जसले समग्र विकासलाई गति दिन्छ।
४१.
"हाम्रा सम्पदा सम्पूर्ण राष्ट्रका साझा सम्पत्ति हुन्।"यस
भनाइलाई तीन बुँदामा स्पष्ट पार्नुहोस्।
उत्तरः- "हाम्रा सम्पदा सम्पूर्ण राष्ट्रका साझा
सम्पत्ति हुन्।" यस भनाइलाई निम्न
तीन बुँदामा स्पष्ट पार्न
सकिन्छ:
१.
सम्पदा
कुनै एक व्यक्ति वा समुदायको मात्र नभई पूरै राष्ट्रको पहिचान हो। यी सम्पदाले
हाम्रो इतिहास, परम्परा र संस्कृतिलाई प्रतिनिधित्व गर्छन्।
२.
राष्ट्रिय
सम्पदा जोगाउने जिम्मेवारी सबै नागरिकको हो। यसको संरक्षण र प्रवर्द्धनमा सबैको
योगदान आवश्यक हुन्छ ताकि भविष्यका पुस्ताले पनि यसको महत्व बुझ्न सकून्।
३.
सम्पदा
पर्यटन, अध्ययन र अनुसन्धानका लागि महत्वपूर्ण स्रोत हुन्।
यी सम्पत्तिबाट राष्ट्रले आर्थिक लाभ उठाउन सक्छ, जसले विकासलाई पनि
टेवा पुर्याउँछ।
४२.
हेनरी ड्युना सबैका लागि प्रेरणाका स्रोत हुन् भन्ने
कुरालाई प्रष्ट पार्नुहोस्।
उत्तरः- हेनरी ड्युनान सबैका लागि प्रेरणाका स्रोत हुन् भन्ने
कुरालाई निम्न कारणहरूले स्पष्ट पार्न सकिन्छ:
१.
मानवता
र परोपकारको भावना
– उनले युद्धको मैदानमा
घाइते भएका सैनिकहरूको पीडा देखेपछि निष्पक्ष रूपमा सबैको सहयोग गर्ने विचार
ल्याए।
२.
अन्तर्राष्ट्रिय
रेडक्रसको स्थापना
– उनले सन् १८६३ मा रेडक्रसको स्थापना गरे, जसले युद्धको समयमा घाइते तथा पीडितलाई सहयोग पुर्याउने प्रणालीको
विकास गर्यो।
३.
समानताको
पक्षपाती
– उनले जात, धर्म वा राष्ट्रियताको
आधारमा भेदभाव नगरी सबैको सेवा गर्नुपर्छ भन्ने विचार फैलाए।
४.
स्वार्थभन्दा
सेवा ठूलो – उनी आफ्ना व्यक्तिगत फाइदाभन्दा समाजसेवालाई प्राथमिकता दिने व्यक्ति
थिए।
उनको योगदानले संसारभरिका मानिसलाई दयालु, परोपकारी र सेवाभावी बन्न प्रेरित गरिरहेको छ। यही
कारणले हेनरी ड्युनान सबैका लागि
प्रेरणाका स्रोत हुन्।
४३.
स्काउट विनम्र र अनुशासित हुन्छ किन भनिएको होला ? आफ्ना
तर्क प्रस्तुत गर्नुहोस्।
उत्तरः- स्काउटलाई विनम्र र अनुशासित भनिनुको पछाडि निम्न
कारणहरू छन्:
१.
स्काउट
आन्दोलनका नियमहरूमा विनम्रता,
अनुशासन, सेवा भावना र इमान्दारीलाई महत्त्व दिइएको हुन्छ।
२.
स्काउट
प्रशिक्षणले आत्मनियन्त्रण, धैर्य र अनुशासनको विकास गराउँछ, जसले उनीहरूलाई अनुशासित बनाउँछ।
३.
स्काउटले
नेतृत्व गर्ने, अरूलाई सहयोग गर्ने र सामाजिक उत्तरदायित्व
पूरा गर्ने शिक्षा पाउँछन्, जसले उनीहरूलाई नम्र बनाउँछ।
त्यसैले, स्काउटहरू स्वाभाविक रूपमा विनम्र र अनुशासित हुन्छन् किनभने उनीहरू
स्काउट आदर्श, नियम र प्रशिक्षणद्वारा नै त्यस्तो बन्छन्।
४४.
न्यायिक व्यवहार पालना गर्ने विभिन्न तरिकाहरू उल्लेख
गर्नुहोस्।
उत्तरः- न्यायिक व्यवहार पालना गर्ने विभिन्न तरिकाहरू
निम्नानुसार छन्:
१.
कानुनको
सम्मान र पालना गर्नु
२.
इमान्दारी
र नैतिकता कायम राख्नु
३.
कानुनी
अधिकार र कर्तव्यको जानकारी लिने
४.
अदालत
र कानुनी निकायहरूको सम्मान गर्ने
५.
भ्रष्टाचार
र अनियमितता विरुद्ध उभिने
यी तरिकाहरू अपनाएमा व्यक्ति तथा समाजले
न्यायिक व्यवहारको पालना गर्न सक्छ।
४५.
"जीवजन्तुलाई दुःखकष्ट दिने कुरा मानवका लागि राम्रो
होइन।" यस भनाइलाई पुष्टि गर्नुहोस्।
उत्तरः- "जीवजन्तुलाई
दुःखकष्ट दिने कुरा मानवका लागि राम्रो होइन" भन्ने भनाइलाई निम्न आधारमा
पुष्टि
गर्न सकिन्छः
१.
दयालु र अहिंसा मानव सभ्यताको आधारभूत मूल्यहरू हुन्, जसले समाजमा शान्ति र सद्भाव ल्याउँछ।
२.
जीवजन्तुहरू पारिस्थितिक प्रणालीका महत्त्वपूर्ण भाग हुन्।
तिनलाई दुःख दिने कार्यले प्राकृतिक सन्तुलन बिगार्न सक्छ।
३.
पशुहरूलाई अनावश्यक यातना दिने कार्य पशुजन्य रोगहरूको
फैलावटको कारण बन्न सक्छ।
४.
पशुहरूलाई दुःख दिने कार्य कानुनी अपराध हुन सक्छ, जसको कारण कारबाही
भोग्नुपर्ने हुन सक्छ।
निष्कर्ष :- जीवजन्तुलाई दुःख दिनु
मानवका लागि नैतिक, वैज्ञानिक, स्वास्थ्य, कानुनी र सामाजिक रूपमा
हानिकारक
छ। त्यसैले मानवले दयालु र
संवेदनशील भएर जीवजन्तुहरूको रक्षा गर्नुपर्छ।
४६.
गुठी र रोधी परम्पराबिच तुलना गर्नुहोस्।
उत्तरः- गुठी र रोधी परम्पराबिच निम्न
तीन बुँदामा तुलना गर्न सकिन्छः
क)
गुठी नेवार
समुदायमा प्रचलित छ भने रोधी गुरुङ समुदायमा प्रचलित छ।
ख)
गुठीले संस्कार तथा चालचलनको व्यवस्थापन गर्छ भने रोधी
मनोरञ्जन कार्यसँग सम्बन्धित छ।
ग)
गुठी र रोधी दुवै परम्परागत प्रचलन हुन्।
निष्कर्षः- गुठी र रोधी दुवै परम्परागत सामाजिक परम्परा भए पनि
गुठी संस्कार र व्यवस्थापनसँग
सम्बन्धित छ भने रोधी मनोरञ्जन र
सामाजिक सम्बन्ध बलियो बनाउनेसँग सम्बन्धित छ।
४७.
माइजन परम्पराका तीन ओटा फाइदा लेख्नुहोस्।
उत्तरः- माइजन परम्पराका तीनओटा फाइदा
निम्न छन्:
क)
माइजनले जन्म, विवाह तथा मृत्यु संस्कार सञ्चालन गर्न
मद्दत गर्छन्।
ख)
माइजनले गाउँघरमा हुने ससाना विवादको समाधान गर्छन्।
ग)
माइजनले गाउँघरमा हुने विकास निर्माणका कार्यमा श्रमदान
जुटाउँछन्।
निष्कर्षः- माइजन
परम्पराले गाउँघरमा संस्कार सञ्चालन, विवाद समाधान
र विकास निर्माण कार्यमा सहयोग
गरेर सामाजिक
एकता र सहकार्यलाई बलियो बनाउँछ।
४८.
प्राणीलाई कष्टबाट मुक्त गर्ने कुनै तीन ओटा सुझाव
दिनुहोस्।
उत्तरः- प्राणीलाई कष्टबाट मुक्त गर्ने
तीन ओटा सुझाव निम्न छन्:
क) प्राणीलाई समयमै खाना, पानी र उचित बासस्थानको
व्यवस्था गर्नुपर्छ।
ख) प्राणीलाई
कुटपिट, दुर्व्यवहार
वा अनावश्यक काममा लगाएर दुःख दिनु हुँदैन।
ग) प्राणी
बिरामी वा घाइते भएमा तुरुन्त उपचार गराउनुपर्छ।
निष्कर्षः- प्राणीप्रति
दया, हेरचाह
र उपचारको व्यवस्था गरेमा उनीहरू कष्टबाट मुक्त भई
स्वस्थ र सुरक्षित
जीवन बिताउन सक्छन्।
४९.
सामाजिक परम्परा किन महत्वपूर्ण छन् ? तीन बुँदामा स्पष्ट
पार्नुहोस्।
उत्तरः- सामाजिक परम्परा महत्त्वपूर्ण
हुनाको कारणा निम्न छन्:
क)
समुदायको कला संस्कृतिको संरक्षण हुन्छ।
ख)
विकृतिहरूको अन्त्य भई समाज सुधार हुन्छ।
ग)
मानिसहरूबिच सद्भाव रएकता कायम हुन्छ।
निष्कर्षः- सामाजिक परम्पराले कला संस्कृतिको
संरक्षण, समाज सुधार र
मानिसहरूबीच सद्भाव तथा एकता
कायम गर्न महत्वपूर्ण भूमिका खेल्छन्।
५०.
नेपाललाई किन बहुसांस्कृतिक देश भनिएको हो ?
उत्तरः- नेपाललाई बहुसांस्कृति देश
भनिनुको कारण निम्न छन्:
क)
नेपालमा विभिन्न
जातजाति र भाषाभाषी मानिसहरू बसोबास गर्छन्।
ख)
यहाँ विभिन्न
धर्म, संस्कार
र परम्पराहरू प्रचलित छन्।
ग)
नेपालमा फरक–फरक चाडपर्व, भेषभूषा र
संस्कृतिहरू पाइन्छन्।
निष्कर्षः- नेपालमा
अनेकौँ चाडपर्व,
भेषभूषा,
कला, संस्कृति
र जीवनशैली पाइने भएकाले यस देशलाई
बहुसांस्कृतिक
देश भनिएको हो।
५१.
बौद्ध र हिन्दु धर्ममा गरिने सांस्कृतिक र धार्मिक
क्रियाकलापबिच तुलना गर्नुहोस्।
उत्तरः- बौद्ध र हिन्दु धर्ममा गरिने सांस्कृतिक र धार्मिक
क्रियाकलापबिच तुलना यस प्रकार छः
क)
हिन्दु धर्ममा विभिन्न देवी–देवताको पूजा गरिन्छ भने बौद्ध धर्ममा भगवान
बुद्धको शिक्षाअनुसार
ध्यान
र पूजा गरिन्छ।
ख)
हिन्दु धर्ममा मन्दिरमा पूजा, यज्ञ, व्रत आदि गरिन्छ भने बौद्ध धर्ममा गुम्बा वा स्तूपमा पूजा र
प्रार्थना गरिन्छ।
ग)
हिन्दु धर्ममा वेद, पुराण आदिमा आधारित क्रियाकलाप हुन्छन् भने बौद्ध धर्ममा त्रिपिटक र
बुद्धका उपदेशमा आधारित क्रियाकलाप
गरिन्छ।
५२.
तपाइँको समुदायमा प्रचलित धार्मिक क्रियाकलापले आपसी सद्भाव
र भाइचारा बढाउन कसरी मद्दत पुर्याएको छ ? लेख्नुहोस्।
उत्तरः- मेरो
समुदायमा प्रचलित धार्मिक क्रियाकलापले आपसी सद्भाव र
भाइचारा बढाउन महत्वपूर्ण भूमिका खेलेको छ। चाडपर्व, पूजा तथा धार्मिक
कार्यक्रमहरूमा सबै मानिसहरू मिलेर सहभागी हुन्छन्, जसले एकआपसमा भेटघाट र सहयोग
गर्ने अवसर दिन्छ। यस्ता कार्यक्रममा एकअर्कालाई सहयोग गर्ने, प्रसाद
बाँड्ने र शुभकामना आदानप्रदान गर्ने चलनले आपसी सम्बन्ध अझ बलियो बनाउँछ। यसले
समुदायमा एकता,
सहयोग र भाइचाराको भावना विकास गर्न मद्दत गरेको छ।
५३.
आफ्नो समाजमा सामाजिक सद्भाव कायम गर्न तपाइँका कुनै तीन
भूमिका बारे चर्चा गर्नुहोस्।
उत्तरः- आफ्नो समाजमा सामाजिक सद्भाव कायम
गर्न मेरो तीन भूमिका निम्नानुसार रहेका छन्:
१.
सम्मानको वातावरण निर्माण गर्ने,
२.
समाजमा रहेका फरकपनलाई स्वीकारने,
३.
समाजमा अन्तरघुलनको वातावरण सिर्जना गर्ने आदि।
५४.
नेपालका प्राकृतिक सम्पदाको महत्व तीन बुँदामा लेख्नुहोस्।
उत्तरः- नेपालमा प्राकृतिक सम्पदाको महत्व
निम्नानुसार छन्:
१.
पहिचान
२.
बहुमूल्य सम्पत्ति
३.
पर्यटन प्रवर्धन
४.
अध्ययन अनुसन्धानको स्रोत
५.
सभ्य समाजको निर्माण।
५५.
मदर टेरेसा महान् समाजसेवी हुन् भन्ने कुरालाई प्रस्ट
पार्नुहोस्।
उत्तरः- मदर टेरेसा महान् समाजसेवी हुन् भन्ने कुरालाई
निम्न आधारमा स्पष्ट पार्न सकिन्छः
१.
मदर
टेरेसाले आफ्नो जीवन गरिब, बिरामी, असहाय र बेसहारा
मानिसहरूको सेवामा समर्पित गरिन्।
२.
उनले
कुनै स्वार्थ वा व्यक्तिगत फाइदाको अपेक्षा नगरी मानवताको सेवामा जीवन समर्पण
गरिन्।
३.
उनले
गरीब तथा बेसहारा बालबालिकाहरूका लागि निःशुल्क विद्यालयहरू सञ्चालन गरिन्।
४.
उनले
कुनै जात, धर्म, रंग, वा भाषा नहेरी सबैलाई समान व्यवहार गरिन्।
निष्कर्ष :- मदर टेरेसाले समाजको सबैभन्दा पीडित वर्गको सेवा
गर्दै आफ्नो जीवन बिताइन्। उनको निःस्वार्थ समाजसेवा, परोपकारिता र
मानवप्रेमका कारण नै उनी महान् समाजसेवी मानिन्छिन्।
५६.
स्काउटले चरित्र निर्माणमा कसरी सहयोग गर्छ ? उदाहरणसहित
प्रस्ट पार्नुहोस्।
उत्तरः- स्काउटले अनुशासन, सेवा भावना र नेतृत्व
क्षमताको विकास गरी चरित्र निर्माणमा महत्वपूर्ण सहयोग गर्छ। स्काउटका नियम र
प्रतिज्ञा पालना गर्दा विद्यार्थीहरू जिम्मेवार, इमानदार र सहयोगी बन्छन्।उदाहरणका लागि, स्काउटले सरसफाइ अभियान सञ्चालन गर्दा
सदस्यहरू समाजसेवामा सक्रिय हुन्छन् र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सिक्छन्।
विपद्का समयमा राहत वितरणमा सहभागी हुँदा उनीहरूमा सहानुभूति र सहयोग गर्ने बानी
विकास हुन्छ। यसरी स्काउट गतिविधिले राम्रो बानी, आत्मविश्वास र नैतिक मूल्य विकास गरेर व्यक्तिको चरित्र
सुदृढ बनाउँछ।
