शब्दभण्डार
१ दिइएका अर्थ आउने शब्द सहिदहरको सम्झनामा कविताबाट खोजेर लेख्नुहोस्
।
क)
रातोपन, लालिमा :- लाली
ख)
रोप्न वा छर्न राखिएको अन्न
आदिका गेडा :- बीउ
ग)
एक पटकमा मुखमा हाली खाइने
खाने कुरा :- गाँस
घ)
पृथ्वी, जमिन :- धर्ती
ङ)
प्रगति, अभिवृद्धि :- उन्नति
३ दिइएका
शब्दका लय मिल्ने दुई दुई ओटा शब्द लेख्नुहोस् :
वीर --- तिर, शिर पहरा ----- दाउरा, छहरा रसिलो ---- पोसिलो, रसिलो
असार ---- संसार, कसार पाखा -------- आँखा , माखा दासता ------ वीरता, धीरता
४ दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्
सपूत :- सपुतहरुले दिइएको योगदानको
कारण नै नेपालमा परिवर्तन आएको हो ।
मुलुक :- नेपालीहरू रोजगारीको खोजिमा
विभिन्न मुलुकमा गएका छन् ।
बीउ :- किसानले खेतमा धान
रोप्नका लागि बिउ राख्यो ।
कर्तव्य :- हामीले हाम्रो कर्तव्यलाई
भुल्नु हुँदैन ।
धड्कन :- हाम्रो प्रत्येक धड्कनमा सहिदको
योगदान रहेको छ ।
उन्नति :- हामी हाम्रो गाउँ समाजको उन्नति
र प्रगतिको बारेमा सोच्नु पर्छ ।
बोध र अभिव्यक्ति
३ सहिदहरूको सम्झनामा कविता पढी सोधिएका प्रश्नको मौखिक उत्तर
दिनुहोस् :
क) कवितामा के झरेपछि बिहान
हुन्छ भनिएको छ ?
उत्तर :- कवितामा मिर्मिरे तारा झरेपछि बिहान हुन्छ भनिएको
छ ।
ख) कसले रगतको भेटी चढाउँछ
?
उत्तर :- वीरले रगतको भेटी चढाउँछ ।
ग) हामीले
कसरी खुसी पाएका छौँ ?
उत्तर :- हामीले सहिदले दिइएको योगदानले गर्दा खुसी पाएका
छौँ ।
घ) सहिद
किन रुन्छन् होला ?
उत्तर :- सहिद हामीले उन्नति प्रगति नगरेमा रून्छन् होला ।
ङ) सहिदहरूको
सम्झनामा कविता कति हरफमा संरचित छ ?
उत्तर :- सहिदहरूको सम्झनामा कविता बीस हरफमा संरचित छ ।
४ दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
क) हाम्रो मुटुको प्रत्येक
चालमा धड्कन छ सहिदको भन्नुको आशय के हो ?
उत्तर :- आज मुलुक जुन अवस्थामा
पुगेको छ यो अवस्था निर्माण गर्नका लागि तिनै वीर सहिदको योग्दान महत्त्वपूर्ण छ ।
हामीले स्वतन्त्रता पूर्वक जीवनयापन गर्न, निर्धक्कका साथ सास फेर्न, बाँच्न सक्ने वातावरण
सहिदको बलिदानबाट आएको हुनाले हाम्रो मुटुको प्रत्येक चालमा सहिदको धड्कन छ भन्नुको
आशय हो ।
ख) हाम्रा कुन कुन कुरामा
सहिदको योगदान छ ?
उत्तर :- हाम्रा हरेक क्रियाकलापमा सहिदको योगदान छ । हामीले
निर्धक्क भएर गाँस टिप्न पाएका छौँ । सास फेर्न पाएका छौँ । निडर भएर बाँच्न पाएका
छौँ ।हाम्रो प्रत्येक पलको खुसीमा सहिदहरूको योगदान रहेको कुरा उक्त कवितांशमा उल्लेख
भएको छ ।
६ सहिदहरूको सम्झना
कविता पढी दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नु होस् :
क) कवितामा
मुलुक कसरी बन्छ भनिएको छ ?
उत्तर :- एकतन्त्रीय शासनका कारणले देशमा अन्याय र अत्याचार
बढ्दै गयो । निरङ्कुस राणाशासनका कारण मानिसहरू स्वतन्त्र रुपमा बाँच्न सकेका थिएनन्
। यस्तो जीवन बिताइरहेका मानिसहरुका लागि स्वतन्त्रता दिलाउन सच्चा सपुतले आफ्नो
ज्यानको बाजि राखी लड्नु पर्छ । उनीहरू मुलुकका लागि ज्यानै अर्पण गर्न पनि तयार हुन्छन्
।कवितामा बिहान हुनका लागि मिर्मिरेमा तारा झरेर जानुपर्छ अनि बिहान हुन्छ भनिएको छ
। त्यसै गरी मुलुक बन्नका लागि दुईचार सपुतले ज्यान बलिदान दिनुपर्छ भनिएको छ ।
ख) वीरले किन रगतको भेटी
चढाउँछन् ?
उत्तर :- देशमा भएको अन्याय, अत्यचार, विकृतिको पिरले गर्दा परिवर्तनको
लागि रगतको भेटी चढाउँछन् । देशलाई विकृति बिसङ्गति र निरङ्कुशताको दलदलबाट मुक्त गरी स्वतन्त्रता
र प्रजातन्त्र स्थापना गर्न वीरहरू हाँसीहाँसी फाँसीमा चढ्न तयार हुन्छन् । यसबाट देशको
ओठमा हाँसो र गालामा लाली आउँछ । त्यसैले देशको पीर अन्त्य गर्न वीरले रगतको भेटी चढाउँछन्
।
ग) हाम्रो
खुसीको प्रत्येक पलमा कसको योगदान रहेको छ ?
उत्तर :- आज हामीले जुन स्वतन्त्रता
र खुसी उपयोग गर्न पाइरहेका छौँ यसमा सहिदको योगदान रहेको छ । सहिदको बलिदानले गर्दा
आज हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको खुसी उपयोग गरिरहेका छौँ । तसर्थ : हाम्रो खुसीको प्रत्येक
पहलमा सहिदको योगदान रहेको छ ।
घ) सहिदप्रति हाम्रो कर्तव्य
के हो ?
उत्तर :- हामीलाई स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकार दिलाउने
भनेका तिनै सहिद हुन । सहिदहरूले देशको उन्नतिको लागि आफ्नो अमूल्य ज्यान अर्पण
गरे । उनीहरू प्रारम्भ गरेका कार्यहरूलाई हामीले सम्पन्न गर्नु हाम्रो कर्तव्य हो ।
सहिदहरूले देखाएको बाटोलाई चौडा पार्न सम्पूर्ण नेपालीहरू एकजुट भएर तन, मन, वचन र कर्मले लाग्नुपर्छ
। सहिदहरूले देखेको सपनालाई पूरा गर्न , अन्याय , अत्याचार शोषण र विकृतिको
अन्त्य गरी देशको समृद्धि र विकासका लागि तल्लीन भएर लाग्नु नै सहिदप्रति हाम्रो कर्तव्य
हो
।
७ "सहिदहरू सम्झनामा" कविताको दोस्रो श्लोकबाट तीनओटा प्रश्न निर्माण
गर्नुहोस् ?
क) वीरले किन रगतको
भेटी चढाउँछ ?
ख) वीरहरू
कसरी हाँस्छन् ?
ग) दासता
कसरी भाग्दछ ?
९ व्याख्या गर्नुहोस् :
हामीले
आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला
गोली
निलेका सहिदको प्यारो लासले धिक्कार्ला ।
उत्तर :- हामीले आफ्नो ------------------------------------------------- लासले धिक्कार्ला
।
प्रस्तुत हरफ हाम्रो कक्षा ८ को नेपाली किताको पहिलो
पाठ "सहिदहरूको सम्झनामा" शीर्षक कविताबाट व्याख्याको लागि साभार गरिएको
हो । यस कविताका लेखक भूपी शेरचन हुन् । सहिदहरूको महत्त्वलाई वर्णन गरिएको उक्त
हरफमा कविले नेपालीलाई आफ्नो कर्तव्य नबिर्सिन आग्रह गर्ने क्रममा आएको हो ।
देशको शासन परिवर्तन गर्नका लागि हुनेगरेका आन्दोलनमा
ज्यान समर्पित गर्ने सच्चा देशभक्ति वीर सपूत नै सहिद हुन । सहिदहरूले बगाएका रगतको
जगमा टेकेर आज हामीले स्वतन्त्रतापूर्वक सास फेर्न पाएका छौँ , खुसीका साथ जीवन बाँच्न
पाएका छौँ । उनीहरूले ज्यानको नगरेका भए हामीले आज यो खुसी र स्वतन्त्रताको उपभोग गर्न
पाउने थिएनौँ । त्यसैले सहिदले लगाएका गुण बिर्सनेले कहिल्यै पनि सुख पाउन सक्दैन
। तिनलाई दिनरात इतिहासले थुक्ने छ , सहिदका लासले पटक पटक झस्काइरहने छ । सहिदको सम्मान त जति गरे
पनि कम नै हुन्छ । उनीहरूको बलिदानीको सम्मानका लागि हामीले आफ्नो ठाउँबाट राष्ट्र
र राष्ट्रियताको रक्षाका लागि सधैँ सङ्घर्ष गर्नु हामी सबै नेपालीहरूको कर्तव्य हो
यो कर्तव्यलाई हामीले भुल्नु हुँदैन भन्ने भाव कवि भूपी शेरचनले प्रस्तुत कवितामार्फत
पेस गरेका छन् ।
निष्कर्ष के भन्न
सकिन्छ भने कविले सरल सहज भाषाशैलीमा हरेक नेपालीहरूले सहिदहरूको सपना सकार पार्ने
लक्ष्य लिएर अगाडि बढ्दै देशलाई समृद्ध बनाउनुपर्छ भन्ने भाव यहाँ व्यक्त भएको छ ।
१० "सहिदहरूको
सम्झनामा" कविताको मूलभाव लेख्नुहोस् ।
उत्तर :- कवि भूपि शेरचनद्वारा
रचित सहिदहरूको सम्झनामा कवितामा सहिदहरूले देशमा परिवर्तन ल्याउन कार्य सुरु गर्दैगर्दा
सहिद हुनु परेको र ती सहिदका सपना पूरा गर्ने जिम्मेवारी प्रत्येक नेपालीहरूको काँधमा
आएको छ । देशमा परिवर्तनका लागि लडेका सहिदहरूलाई वर्षमा एक पटक मात्र सम्झेर पुग्दैन
। उनीहरूको सपना सकार पार्न हरेक देशभक्ति एकजुट भएर अगाडि बढ्नुपर्छ भन्ने विचार अगाडि
सारेका छन् ।
जसरी बिहान हुनका
लागि मिर्मिरेमा तारा झरेर जानुपर्छ त्यसरी नै निरङ्कुशताको अन्त्यका लागि देशका सच्चा
सपुतले बलिदा दिने साहस जुटाउँछन् । स्वतन्त्रता हासिल गर्न र राष्ट्र निर्माणका
लागि यो कुरा आवश्यक पर्छ । नेपालमा पनि निरङ्कुशता अन्त्य गरी प्रजातान्त्रिक
व्यवस्था ल्याउन राणाकालमा चार जना सहिदले ज्यान अर्पण गरे । त्यस्तै विभिन्न
समयमा भएका परिवर्तनको आन्दोलनमा धेरैले राष्ट्रका लागि आफ्नो ज्यान अर्पण गरेका छन्
। आज हामीले प्राप्त गरेको गणतन्त्र तिनै सहिदहरूले छरेर गएका बिउको परिमाण हो । हामीले
प्राप्त गरेको स्वतन्त्रता उनीहरूकै योगदानका कारण हो । तसर्थ हाम्रो सास , चाल, रगत धड्कन सबैमा सहिदको योगदान
रहेको छ । उनीहरूले आफ्नो खुसी त्यागेर हामीलाई खुसी दिएका छन् । त्यसैले हामीले आफ्नो
कर्तव्य बिर्सिनु हुँदैन । हामीले आफ्नो कर्तव्य भुल्यो भने सहिदहरूको लासले धिक्कार्छ, धर्ती लजाई मुख छोप्छ । हरेक
सच्चा देशभक्त नागरिकले राष्ट्र निर्माणको कर्तव्य इमान्दारिताका साथ पूरा गर्नु पर्छ
। देशलाई उन्नति प्रगतिको बाटोमा डोर्याउनु पर्छ । तब मात्र सहिदप्रति सच्चा श्रद्धाञ्जली
हुन्छ , सहिदको वास्तविक
सम्झना हुन्छ ।
यसप्रकार कवि शेरचनले
यस कवितामा सहिदहरूका त्याग र बलिदानलाई राष्ट्रिय सन्दर्भमा मूल्याङ्कन गरेका छन्
। सहिदहरूप्रति हाम्रो कर्तव्य केबहो, के गरेमा उनीहरू खुसी हुन्छन भन्ने कुरामा कविले वर्णन
गरेका छन् । सहिदहरूले आफ्नो खुसी त्यागेर देशलाई खुसी दिएर गए त्यसैले हरेक नेपालीहरूले
सहिदहरूको योगदानलाई स्मरण गर्दै आफ्नो कर्तव्य लाई भुल्नु नहुने यश कविताको मूल भाव
हो ।