शब्दभण्डार
१ शब्दकोश
प्रयोग गरी दिइएका शब्दको अर्थ लेख्नुहोस् :
पाताल : पूर्वीय परम्परा अन्तर्गत
सातलोक मध्ये एक लोक , नागलोक
टीका : दाग, कुनै पद, पदावली, वाक्य वा अनुच्छेदको अर्थ
स्पष्ट हुनेगरी
लेखिएको व्याख्या , निधारमा लगाउने टीका
अतीत : वितेको समय, विगत
किल्ला : गढी , प्रतिरक्षाका निमित्त चारैतिरबाट
घेरी सुरक्षित तुल्याएको
ठाउँ ,
घनघोर : डरलाग्दो , भयङ्कर, ज्यादै घना , बाक्लो
अवतार :- जन्मिने काम
सपथ : कसम राँको :- आगोको मुस्लो
२ घरझगडा प्रयोग भएका निम्नलिखित टुक्कालाई
अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् ।
कानमा तेल
हाल्नु :- नेपालमा चरम भ्रष्टाचार बढेको समयमा हामी नेपालीहरू
कानमा तेल हालेर बस्नु कदाचित बुद्धिमानी होइन ।
आँखामा
बिझाउनु :- मन नपरेको मानिसले जतिसुकै राम्रो काम गरे पनि आँखामा
बिझाउनु मानवीय प्रवृत्ति नै हो ।
कम्मर कस्नु
:- आफ्नो सुन्दर भविष्य
निर्माण गर्नका लागि कम्मर कसेर पढाइमा लाग्नु पर्छ ।
आगो खेलाउनु :- आगोलाई सानो भनेर हेप्यो भने
त्यसले ठूलो विनाश निम्त्याउँछ ।
वाल्ल पर्नु :- विद्यालयमा शिक्षकहरू ताल
देखेर विद्यार्थीहरू वाल्ल परे ।
तेल घस्नु
:- कुरौटे स्वभाव भएका मानिसहरू
तेल घसेर बोल्न सिपालु हुन्छन् ।
भासमा फस्नु
:- अरूलाई विगार्न नकारात्मक कार्य गर्ने राम अन्त्यमा
आफैँ भासमा फस्यो ।यअ
चोचोमोचो
मिलाउनु :- स्वार्थी मानिसहरू आफ्नो
स्वार्थ पूरा गर्न जता पनि चोचोमोचो मिलाउन पछि पर्दैनन् ।
३ दिइएका उखान र तिनको अर्थ पहिचान गरी
पाँचओटा उखानलाई वाक्यमा प्रयोग गर्नुहोस् :
अकबरी सुनलाई
कसी लाउनु पर्दैन : अकबरी सुनलाई कसी लाउनु पर्दैन
भने झैँ पढ्ने दृढ इच्छा शक्ति भएको व्यक्तिलाई पढ पढ भनेर भनिरहनु पर्दैन ।
इन्द्रको
अगाडि स्वर्गको बयान :-
रामको घरको बारेमा श्यामले वर्णन गर्नु भनेको इन्द्रको
अगाडि स्वर्गको बयान गर्नु जस्तै हो ।
जसले मह
काढ्छ उसले हात चाट्छ :- जसले मह काढ्छ उसले
हात चाट्छ भने झैँ दिन रात नभी आफ्नो पढाइमा लागेको रामले कक्षा दशको परीक्षामा नेपाल
प्रथम हुन सफल भयो ।
नाच्न नजान्ने
आँगन टेडो :- नाच्न नजान्ने
आँगन टेडो भने झैँ राम कहिल्यै शुद्ध र सफा अक्षर लेख्न प्रयास गर्दै तर अक्षर
राम्रो भएन भनेर कलमलाई दोष दिन्छ ।
हुने बिरूवाको
चिल्लो पात :- हुने बिरूवाको चिल्लो
पात भने झैँ राम सानै देखि पढाइमा अब्बल छ ।
अड्को पड्को
तेलको धुप :- सधैँ सधैँ तातो पानी
र दूध चिया पिउने हरिले आज घरमा दूध नभएकोले अड्को पड्को तेलको धुप भन्दै रातो चिया
खाएर चियाको तलतल मेटायो ।
काग कराउँदै
छ पिना सुक्दै छ :- काग कराउँदै छ पिना
सुक्दै छ भने झैँ आजकालका विद्यार्थीलाई जति
सम्झाए पनि मोबाइल छोडेर पढाइमा लगनशील बन्ने तर्फ अलिकत पनि चासो देखाउँदैनन् ।
बोध र अभिव्यक्ति
३ दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
क) घरझगडा
कथा कति अनुच्छेदमा संरचित छ ?
उत्तर :- घरझगडा कथा १० अनुच्छेदमा
संरचित रहेको छ ।
ख) कथाको
प्रारम्भ कुन घटनाबाट भएको छ ?
उत्तर :- कथाको प्रारम्भ महारानी राजेन्द्रलक्ष्मी
नजरबन्दबाट छुटेको घटनाबाट भएको छ ।
ग) कथामा कुन कुन पात्रको
प्रत्यक्ष भूमिका देखिएको छ ?
उत्तर:- कथामा राजेन्द्रलक्ष्मी र
बहादुर शाहको प्रत्यक्ष भूमिका देखिएको छ ।
घ) बहादुर शाह वाल्ल परेको घटना कुन अनुच्छेदमा छ ?
उत्तर :- बहादुर शाह वाल्ल परेको घटना
चौथो र आठौँ अनुच्छेदमा छ ।
४ दिइएको कथांश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर दिनुहोस्
:
क) माथिको
कथांश कुन सन्दर्भमा आएको हो ?
उत्तर : माथिको कथांश राजेन्द्रलक्ष्मीले
बहादुर शाहको जवाफ सुनेपछि उनीप्रतिको धारण बनाउने सन्दर्भमा आएको हो ।
ख) म पात्र
उनको आँखामा बिझाउनुको कारण के हो ?
उत्तर :- म पात्र अर्थात् राजेन्द्रलक्ष्मीको
आँखामा बिझाउन थाल्नुको कारण बहादुर शाहले राजेन्द्रलक्ष्मीलाई आफू जस्तै सोचेकाले
हो ।
ग)
अमृतको कणमा बीस देख्नुको
तात्पर्य के हो ?
उत्तर :- अमृतको कणमा बीस देख्नुको
तात्पर्य बुझाइ गलत भएमा वा मानिसमा नकारात्मक दृष्टिकोण भएमा असल कुरालाई पनि खराब
देख्छन् भन्ने हो ।
घ) कथांशमा घात प्रतिघात
किन चल्दै गयो ?
उत्तर :- कथांशमा दुई पात्रहरूमा एक
अर्काप्रति शङ्काको भाव मनबाट हट्न नसकेकाले कथांशमा घात प्रतिघात चल्दै गयो ।
६ दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
क) घरझगडा कथाका पात्र राजेन्द्रलक्ष्मी र बहादुर शाहका चारित्रिक
विशेषताको तुलना गर्नुहोस् ।
उत्तर:- कथाकार बदरीनाथ भट्टराई
( वि.सं. १९६५-२०५२) द्वारा रचित घरझगडा
नेपाल एकीकरण अभियानका दुई सशक्त पात्र बहादुर शाह र राजेन्द्रलक्ष्मी बिचको आपसी
अविस्वास र नायबीमा केन्द्रित द्वन्द्वलाई विषयवस्तु बनाएर लेखिएको उत्कृष्ट
ऐतिहासिक कथा हो ।नेपालको इतिहासमा यी दुई पात्रको नाम संवरण अक्षरमा अङ्कित रहेको
छ ।
बहादुर शाह :- बहादुर शाह पृथ्वीनारायण शाहका कान्छा छोरा , प्रतापसिंह शाहका भाइ र महारानी
राजेन्द्रलक्ष्मीका सहोदर देवर हुन् । यिनी बहादुर , साहसी, वीर, पराक्रमी र देशभक्त
हुँदाहुँदै पनि आफ्नो मनसाय र राज्य सञ्चालनका विषयमा आफ्नो दृष्टिकोण भाउजूलाई प्रष्टसँग
सम्झाउन नसक्नु यिनको मानवीय कमजोरी हो । भारदारहरूको कुरामा विश्वास गर्नु उनको मानवीय
कमजोरी कथामा देखिन्छ । राष्ट्रलाई बचाउनका लागि उज्यालोका लागि बालिएका बत्ती निभाउन
पछि नपर्ने उनको स्वभावले देशभक्त सपूतको रूपमा परिचित छन् ।शङ्काकै भरमा बेतिया निर्वासनमा
पर्नु , नजरबन्दमा पर्नु विवश
पात्र हुन् बहादुर शाह ।
राजेन्द्रलक्ष्मी :- राजेन्द्रलक्ष्मी पृथ्वीनारायण शाहका जेठा छोरा
प्रतापसिंह शाहकी धर्मपत्नी तथा बहादुर शाहकी भाउजू हुन् । यिनी नारी भए पनि साहसी, वीर, पराक्रमी र देशभक्त हुँदाहुँदै
पनि आफ्नो मनसाय र राज्य सञ्चालनका विषयमा आफ्नो दृष्टिकोण देवर बहादुर शाहलाई प्रष्टसँग
सम्झाउन नसक्नु तथा छोरा रणबहादुर शाहको राज्याधिकारको विषयलाई लिएर बहादुर
शाहमाथि आवस्यकता भन्दा बढी शङ्का गर्नु यिनको मानवीय कमजोरी हो । भारदारहरूको कुरामा
विश्वास गर्नु उनको मानवीय कमजोरी कथामा देखिन्छ । भारदारहरूको स्वार्थलाई समयमै चिन्न
नसक्दा र सजाएर राख्नु पर्ने हिरालाई रछ्यानमा फाल्न खोज्नाले यिनी स्वपीडनमा पर्नु
परेको छ । सन्तान मोह तथा चमेरारूपी भारदाको बहकाउबाट यिनी बहादुर शाहप्रति कठोर
बनेकी छिन् । शङ्काकै भरमा आपसी घातप्रतिघातलाई मलजल गर्नु नजरबन्दमा पर्ने र पार्ने
षड्यन्त्रको पछाडि लुकेका भारदरी स्वार्थलाई बुझ्न नसक्नु यिनको मानवीय कमजोरी हो ।
बहादुर शाहको गुणको चर्चा गर्नुले कृतज्ञ स्वभाव यिनमा देखिन्छ ।हतारमा निर्णय
गर्ने र फुर्सदमा पछुताउने प्रवृत्ति राजेन्द्रलक्ष्मीमा देखिन्छ ।
ख) कथामा वर्णन गरिएको सन्दर्भका आधारमा उक्त समयको राजनीतिक
परिवेशको वर्णन गर्नुहोस् ।
उत्तर :- बदरीनाथ भट्टराई (वि.सं.१९६५-२०५२) द्वारा लिखित "घरझगडा"
कथा नेपाल एकीकरण अभियानका दुई नायक बहादुर शाह र राजेन्द्रलक्ष्मी शाह बिचको नायबी
विषयलाई समावेश गरिएको ऐतिहासिक सन्देशमूलक कथा हो । यस कथामा वर्णन गरिएको
सन्दर्भ अनुसार त्यसबेला आन्तरिक राजनीतिमा खिचलो थियो । दरबार दुई खेमामा विभाजित
थियो । भारदारहरू जताबाट स्वार्थ सिद्ध हुने देखियो त्यतै चोचोमोचो मिलाउँथे । दरबारमा
अनेकौँ षड्यन्त्र रचिन्थ्यो त्य षड्यन्त्रको जालमा को पर्थ्यो भन्न सकिन्नथ्यो। राज्याधिकार
गुमाएका राजा रजौटा विदेशीको इसारामा एकीकरण अभियान असफल पार्न सक्रिय थिए । सत्ता
र शक्ति हत्याउन अनेकौँ प्रपञ्च रचिन्थ्यो। शक्ति सङ्घर्षले दरबार कमजोर बनेको थियो
भने एकीकरण अभियानमा समेत धक्का पुग्ने अवस्था थियो । राजेन्द्रलक्ष्मी र बहादुर
शाहको बिचको घरझगडाले नेपालको नव निर्माण अभियानको भविष्य सङ्कटमा परेको परिदृष्य सहजै
अनुमान गर्न सकिन्छ ।
ग) बहादुर शाह बेतिया पुगेपछि राजेन्द्रलक्ष्मी किन आतिइन् ?
उत्तर :- दरबारमा चलेको घात प्रतिघातको शृङ्खलाले कहिले
बहादुर शाह त कहिले राजेन्द्रलक्ष्मी नजरबन्दमा पर्थे । स्वार्थी भारदारका स्वार्थपूर्ण
चोचोमोचोमा विश्वास राख्थे । एक आपसमा
बसेर कहिल्यै आपसी अविश्वास र असमझदारीका विषयमा खुला छलफल बहस र धोईफोइ गर्दैनथे ।
राजेन्द्रलक्ष्मी नजरबन्दबाट मुक्त भएको केही समयपछि नै बहादुर शाह बेतिया पुगेको खबरले
राजेन्द्रलक्ष्मी आत्तिइन् । उनलाई बहादुर शाहमाथि भर थिएन , शङ्का थियो । उनी मानसिक
द्वन्द्वना फस्न पुगिन् । उनलाई आफ्नो सुरक्षा कवच ढाल र भरपर्दो हतियार तरबार गुमाएको
महसुस भयो । भारदारहरूको बहकाउमा लागेर बहादुर शाहलाई प्रयोग गर्न नजानेकामा ठूलो
भूल गरेको महसुस भयो । भारदारहरूको स्वार्थको जालो बुझ्न नसक्दा आफैँ असहाय हुन पुगेको
र दरबार कमजोर भएको चाल पाएका अन्य राज्यहरू सङ्गठित रूपमा प्रतिकार गर्न तयार
गरिरहेको सूचना पनि प्राप्त हुन थालेकाले राजेन्द्रलक्ष्मी अतालिएकी हुन् । उनी आफू
भारदारहरूबाट नै पनि असुरक्षित रहेको, पुत्रस्नेहलाई जीवित तुल्याउने उनको पवित्र उद्देश्य
र मातृत्वभाव पनि सङ्कटमा परेको महसुस गरेकाले राजेन्द्रलक्ष्मी आत्तिइन् ।
घ)
कथाको मुख्य सन्देश लेख्नुहोस् ।
उत्तर :- कथाकार बदरीनाथ भट्टराई (वि.सं. १९६५-२०५२) द्वारा लिखित "घरझगडा"
ऐतिहासिक तथा सन्देशमुलक कथा हो । यस कथाले आपसी अनमेल, वैमनस्य , कलह र अविश्वासले घरझगडा निम्त्याउँछ
, कमजोर बनाउँछ र यस्तो
अवस्थामा बाहिरी शत्रुले शिर उठाउँछन् भन्ने सन्देश दिएको छ । जसरी
राजेन्द्रलक्ष्मी र बहादुर शाह बिचको शक्ति सङ्घर्षले नेपालको दरबार कमजोर बन्न पुग्यो
र एकीकरण अभियानमा पनि धक्का लाग्यो त्यसै गरी राज्य सञ्चालकहरू दूरदर्शी , समझदार , क्षमाशील हुन नसकेको खण्डमा
राज्य कमजोर बन्न पुग्छ भन्ने भाव कथामा व्यक्त भएको छ । राज्य सञ्चालकले बाहिरी र
आन्तरिक चलखेल षड्यन्त्र र चालबाजीप्रति सजग र सचेत नभएमा राज्य कमजोर हुन गई राज्यको
अस्तित्व नै सङ्कटमा पर्न सक्छ भन्ने सन्देश कथामा सम्प्रेषण गरिएको छ । हेर्ने
दृष्टिकोण स्पष्ट छैन , खोटपूर्ण छ भने अमृतमा
पनि विष देखिन्छ , हरेक आमाहरूले आफ्नो
सन्तानको सुरक्षित भविष्यको लागि जस्तोसुकै जोखिम पनि उठाउन तत्पर हुन्छन् भन्ने विचातलाई
कथामा सन्देशको रूपमा प्रस्तुत गरिएको छ ।
८ राजेन्द्रलक्ष्मी र बहादुर शाहका बिच कुराकानी भइरहेको समयमा तपाइँ पुग्नुभएको
भए के सल्लाह दिनुहुन्थ्यो, कारणसहित वर्णन गर्नुहोस् ।
उत्तर :- कथाकार बदरीनाथ भट्टराईद्वारा लिखित घरझगडा कथाका
प्रमुख दुई पात्र राजेन्द्रलक्ष्मी र बहादुर शाह हुन् । बहादुर शाहको वीरता सौर्य
पराक्रमका कारण दरबारबाट आफ्नो स्वार्थ पूरा नहुने भएग्रस्त स्वार्थी भारदारहरूले नायबीको
विषयलाई लिएर भरिएको कानले नातामा सहोदर देवर र भाउजूबिच चरम घात प्रतिघातको शृङ्खला
जारी रहँदा कहिले राजेन्द्रलक्ष्मी त कहिले बहादुर शाहको पल्ला भारी हुने र एकले अर्कालाई नजरबन्द राख्ने कार्य चलिरहेको
थियो । यसै कारणले स्वार्थी भारदार र शत्रुहरूले चलखेल गर्ने अवसर पाएका थिए ।
कुनै पनि सामान्य
वा विशिष्ट परिवारमा परिवारमूलीबिच असमझदारी वा अविश्वास पैदा भएमा परिवारकै अस्तित्व
सङ्कटमा पर्ने सम्भावना रहेको हुन्छ भने झनै राष्ट्रको नेतृत्वको वैमनस्ताको प्रभाव
नपर्ने कुरै भएन । यदि म राजेन्द्रलक्ष्मी र बहादुर शाह बिच कुराकानी भइरहेको अवस्थामा
पुगेको भए आपसी मनमुटावले परिवारमा अविश्वास पैदा गराउँछ र विकराल समस्या
निम्त्याउँछ । एकतामा ठुलो बल हुन्छ । एकआपसमासँगै बसेर पारिवारिक समस्या सल्टाउन सकिन्छ
भन्दै दुवै पात्रहरूमा मेलमिलापको प्रयास मेरो प्रथम कदम हुनेछ । तपाइँहरूको बेमेलले
राज्यको सुरक्षा व्यवस्था कमजोर पार्न सक्छ जसले गर्दा राज्यको अस्तित्व सङ्कट पर्न
सक्छ भनेर सम्झाउँथेँ ।बाहिरी शत्रु उठ्ने अवसर घरझगडाले निम्त्याउने भएकाले समझदारी
कायम गर्न आग्रह गर्ने थिएँ । आपसी फुट र अनेकताले हुने क्षति र एकताबद्ध भएर अगाडि
बढ्दा हुने घाटानाफाको हिसाबकिताब गर्न स्मरण गराउँथेँ । दुवैलाई मिलेर अगाडि बढी पृथ्वीनारायण
शाहले उठाएको एकीकरण अभियानलाई सार्थक परिणाममा पुर्याएर मृत पिता र ससुराज्यूप्रति
सच्चा श्रद्धा प्रकट गर्न मिलेर राज्य चलाउन सुझाव दिन्थेँ ।
९ व्याख्या गर्नुहोस् :
क)
बाहिरी
शत्रुलाई उठ्न दिनाको मूल कारण घरझगडा हो ।
उत्तर :- बाहिरी शत्रुलाई .................................... घरझगडा हो ।
प्रस्तुत वाक्य हाम्रो कक्षा १० को
नेपाली किताबको पाठ दुई "घरझगडा" शीर्षक कथाबाट व्याख्याको लागि साभार गरिएको
हो । यस कथाका रचयिता बदरीनाथ भट्टराई ( वि.सं. १९६५-२०५२)
हुन् । यस कथामा घरझगडाले सर्वत्र सङ्कट पैदा गराउने , जातिको
पतन गराउने,
बाहिरी शत्रुले शिर उठाउने जस्ता
सन्देश दिएको छ । गजराज मिश्रको विचारमा सहमत भएपछि राजेन्द्रलक्ष्मीले गोरखा राज्यको
बिरुद्ध अन्य राज्यहरू सङ्गठित हुँदै गएको महसुस गर्ने सन्दर्भमा उक्त वाक्य आएको हो
।
राजा प्रतापसिंह शाहको
निधन भएपछि राजेन्द्रलक्ष्मी र बहादुर शाहले नाबालक राजा रणबहादुर शाहको राजगद्दी
संरक्षण गर्दै एकीकरण अभियानलाई निरन्तरता दिँदै गए । राजेन्द्रलक्ष्मी र बहादुर
शाहबिच नायबी र राज्य सञ्चालनको विषयमा मनमुटाव सुरु भई घात प्रतिघातमा बदलियो । जसले
सक्छ उसले नजरबन्दमा राख्ने खेल सुरू भयो । बहादुर शाह र राजेन्द्रलक्ष्मीबिच द्वन्द
र मनमुटाव बढाउन भारदारहरूको सत्ता स्वार्थ र एकीकरण अभियानबाट पराजित भई राज्य गुमाएका
राजा रजौटाहरूले गोडमेल गर्ने काम गरेको पाइन्छ । बहादुर शाह र राजेन्द्रलक्ष्मी आफ्नो
युगका शक्तिशाली, वीर र पराक्रमी
हुँदाहुँदै पनि भारदारहरूको स्वार्थ र षड्यन्त्रलाई राम्रोसँग बुझ्न सक्दैनन् । घरपरिवारका
सदस्यहरूको आपसी फुट, कलह, वैमनस्यताले छिमेकीले शिर
उठाई त्यसबाट मनग्ये फाइदा उठाउनु स्वभाविकै मानिन्छ । पुराणमा वणिर्त यदुवंशको समाप्ति
, इतिहासमा वणिर्त काठमाडौँ
उपत्यकाका मल्ल राजाहरूको शासनको अन्त्य, लङ्काका राजा रावणको सर्वनाश हुनुको प्रमुख कारण नै घरझगडा
रहेको पाइन्छ । एकतामा सबैभन्दा ठूलो बल हुन्छ । परिवारमा एकता र विश्वास कायम हुँदा
शत्रुले शिर उठाउन नसक्ने भएकाले सबैले यस विषयमा बढी नै विचार पुर्याउनु पर्ने भाव
व्यक्त भएको छ ।
निष्कर्षमा
के भन्न सकिन्छ भने एकताले शत्रुलाई परास्त गर्न सकिने , एकता
नै सबैभन्दा शक्तिशाली साधन भएकाले पारिवारका सदस्य मिलेर पारिवारिक प्रतिष्ठा र उन्नतिको
बाटोमा अगाडि बढ्नुपर्छ भने विचार यहाँ व्यक्त भएको छ ।
ख)
शङ्काको डोरीमा
पिङ खेल्नु नादानी हो ।
उत्तर :- शङ्काको
.......................................
नादानी हो ।
प्रस्तुत वाक्य हाम्रो कक्षा १० को नेपाली किताबको
पाठ दुई "घरझगडा" शीर्षक कथाबाट व्याख्याको लागि साभार गरिएको हो । यस
कथाका रचयिता बदरीनाथ भट्टराई ( वि.सं. १९६५-२०५२)
हुन् । यस कथामा घरझगडाले सर्वत्र सङ्कट पैदा गराउने , जातिको
पतन गराउने,
बाहिरी शत्रुले शिर उठाउने जस्ता
सन्देश दिएको छ । अनावश्यक दाउपेच, आपसी घात प्रतिघात
कै कारण लामो समय नजरबन्दमा बसेर छुटेपछि गम्भीर आत्मसमीक्षा गर्ने क्रममा राजेन्द्रलक्ष्मीले
उक्त वाक्य भनेकी हुन् ।
शङ्का गर्ने बानीले मानिसलाई कमजोर गराउँछ । घरझगडा कथाका पात्र
राजेन्द्रलक्ष्मी र बहादुर शाह शक्तिशाली हुँदाहुँदै पनि शङ्काको कारण कमजोर भएका छन्
। यस कथामा कहिले राजेन्द्रलक्ष्मी त कहिले बहादुर शाह कमजोर बनेर नजरबन्दमा पर्नु
परेको छ । शङ्का कै कारण राजेन्द्रलक्ष्मी र बहादुर शाहमा शत्रुतापूर्ण व्यवहार, आपसी घात प्रतिघात भएको छ । शङ्का कै कारण राजगद्दी
असुरक्षित रहेको , राष्ट्र नै कमजोर भएको छ । भारदारहरूको स्वार्थ र षड्यन्त्रलाई बुझ्न नसकेकी राजेन्द्रलक्ष्मीले
आफ्नो भरपर्दो सुरक्षा कवच, विश्वासिलो हतियार बहादुर शाहलाई आफ्नो मुठ्ठीबाट गुमाउनु
पर्ने वातावरण सिर्जना भएको छ । शङ्काकै भरमा मानिससँग शत्रुता व्यवहार गर्न नहुने
, नाजायज शङ्कामा अल्जनु नहुने यस्तै कार्यले गर्दा दरबार दुई गुटमा विभाजन भएर कमजोर
हुँदै गएको महसुस राजेन्द्रलक्ष्मीलाई भएको छ । दुई पात्रबीचको शङ्का कै कारण घरझगडा
भएको दरबारमा अविश्वास र अस्थिरता आई एकीकरण
अभियानमा बाँधा परेको कुरा यहाँ देखाएको छ ।
निष्कर्षमा
के भन्न सकिन्छ भने शङ्काको भरमा मानिसको मूल्याङ्कन गर्नु हुँदैन । विवेक प्रयोग
गरी सही गलत,
ठीक बेठीक , असल
खराब छुट्याउने बानीको विकास गर्नुपर्छ । शङ्कालु स्वभाव मानवीय कमजोरी भएको र यसले
मानिसलाई गम्भीर सङ्कटमा धकेल्ने साथै हरेक
घरमा झगडा हुने कारण शङ्का भएकाले यसमा हामी सबै सचेत हुनुपर्ने भाव यहाँ व्यक्त
भएको छ ।
११ राजेन्द्रलक्ष्मीले
गरेका सबै कार्य राष्ट्रियता र स्वाधीनता लागि मात्र छन् त , कथाका आधारमा
तर्क दिनुहोस् :
उत्तर:- कथाकार
बदरीनाथ भट्टराईद्वारा लिखित "घरझगडा" ऐतिहासिक तथा सन्देशमुलक कथा हो ।
राजेन्द्रलक्ष्मी यस कथाकी प्रमुख पात्र हुन् । उनी साहसी, पराक्रमी, निडर
तथा कर्तव्यपरायण पात्रकी रूपमा प्रस्तुत भएकी छन् । उनले आफ्ना ससुराबाट थालनी
गरिएको विशाल नेपाल एकीकरण अभियानलाई निरन्तरता दिएकी छन् ।
नेपालको इतिहासलाई राम्रोसँग नियाल्दा राजेन्द्रलक्ष्मीको समय
युद्ध र एकीकरणमै बितेको देखिन्छ । उनले चालेका कदम प्रायः देशप्रेम, राष्ट्रियता र स्वाधीनताका पक्षमा नै रहेको देखिन्छ । आफ्ना
पति प्रतापसिंह शाहको निधन पछि नाबालक राजा रणबहादुर शाहको नायबी सम्हालेर राज्य सञ्चालनको
अभिभारा आफ्नो काँधमा लिइन् । विशाल नेपाल निर्माण गर्ने क्रममा उनको नायबी कालमा तनहुँ
, कास्की , लमजुङ, पर्वत , प्युठान जस्ता राज्य नेपालमा गाभिन । उनले गरेका कार्यले उनलाई
देशभक्त वीरङ्गनाको रूपमा स्थापित गराएको छ । तर भारदारहरूको सत्ता स्वार्थलाई बुझ्न
नसकेर आफ्ना सहोदर देवर बहादुर शाहको भूमिकाप्रति ससङ्कित हुनु, बहादुर शाह जस्ता सुरक्षा कवचलाई सही ढङ्गले उपयोग गर्न नजान्ने
आदि उनको कमजोरी हो । यिनै कमजोरीले दरबार दुई गुटमा विभाजित हुँदा राष्ट्रियता
सङ्कटमा परेको अनुभति स्वयं राजेन्द्रलक्ष्मीले गरेकी छिन् ।
नेपालको इतिहासमा राजेन्द्रलक्ष्मीलाई सुरता, वीरता, साहस र दृढता जस्ता गुणले योग्य शासकका रूपमा मूल्याङ्कन गरेको छ
। उनको शङ्कालु स्वभाव तथा अरूको कुरा सुन्ने प्रवृत्तिले गर्दा प्रतिशोधपूर्ण
व्यवहार पाइन्छ जसले गर्दा उनको देशभक्त भाव ओझेलमा परेको छ ।यसरी केही मानवीय
कमजोरी बाहेक राजेन्द्रलक्ष्मीको भूमिका सकारात्मक तथा देशप्रेमको भावले ओतप्रोत
नै भएको पाइन्छ ।
१२ सत्ता प्राप्तिका
लागि हुने सङ्घर्षलाई कथाले कुन रूपमा देखाएको छ, समीक्षा
गर्नुहोस् ।
उत्तर :- कथाकार बदरीनाथ
भट्टराईद्वारा लिखित "घरझगडा" ऐतिहासिक एविषयवस्तुमा आधारित उत्कृष्ट
कथा हो । यस कथामा सत्ता प्राप्तिका लागि हुने सङ्घर्षलाई विषयवस्तुका रूपमा चयन गरेको
पाइन्छ । राजेन्द्रलक्ष्मी र बहादुर शाहबिचको शक्ति सङ्घर्षलाई कथामा जीवन्त रूपले
चित्रण गरिएको छ ।
प्रतापसिंह शाहको निधनपछि नाबालक रणबहादुर शाहको राज्य
सहायकका रूपमा बहादुर शाह र राजेन्द्रलक्ष्मी दुवैले पालैपालो शासन सत्ताको बागडोर
सम्हालेका थिए । भारदारी षड्यन्त्र , शङ्कालु स्वभाव र आपसी अविश्वासले यी दुई पात्र गुटमा विभक्त
भए । आफ्नो विवेकले काम गर्न नसक्दा भारदारहरूको सत्ता स्वार्थ सिकार बनेका थिए । यसको
परिणामस्वरूप एकले अर्कोलाई नजरबन्द राख्ने कार्य निरन्तर रूपमा चल्यो । भारदारहरूको
षड्यन्त्र नबुझी आफ्नो शक्ति सङ्घर्षमा लाग्दा आफ्नै दरबारमा बन्दी जीवन बिताउनु परेको
थियो । सत्ता सङ्घर्षले राष्ट्रियतामाथि सङ्कट पर्ने कुरामा पनि ध्यान पुग्न नसकेको
कुरा राजेन्द्रलक्ष्मीले स्वीकार गरेकी छन् । एकीकरण अभियान सफल पार्नु पर्ने अभिभारा
त छँदै थियो तर बहादुर शाह र राजेन्द्रलक्ष्मी आफ्ना पक्षका भारदारहरूको स्वार्थबाट
प्रभावित थिए । सत्ता सङ्घर्षका कारण एकीकरण अभियान ओझेलमा पर्ने होकी भन्ने भान हुन्थ्यो
। उनीहरू नेतृत्व हातपार्न जस्तोसुकै कार्य गर्न पनि तयार हुन्थे । यस कथाले उठाएको सत्ता सङ्घर्ष आज पनि उत्तिकै सान्दर्भिक रहेको देखिन्छ । सत्ता
स्वार्थका लागि राजनैतिक नेतागण जिब्रो र रुप फेरिरहेका हुन्छन् । आजको नेपालको राजनीति
पनि शाहवंशीय दरबारको सत्ताकेन्दित प्रवृत्तिबाट माथि उठ्न सकेको छैन् । सत्ता प्राप्तिका
लागि नेताहरूले कुनै पनि कसरत बाँकी राखेको देखिँदैन । राष्ट्रियता , स्वाधीनता , जन अधिकार र अवसरका नारा सत्ता प्राप्तिको सोपान बनाएका छन्
। आवरणमा सुखी नेपाली र समृद्ध नेपाल तर व्यवहारमा समित घरानाको सत्ता यात्रा र विलासपूर्ण
जीवनशैली आज हामी सबैले महसुस गरेको राजनैतिक समस्या हो ।
निष्कर्षमा
के भन्ने सकिन्छ भने कथामा कथाकारले सत्ता र शक्ति आर्जन गर्न जस्तोसुकै घृणित
कार्य गर्न पनि तयार रहने शासकीय मनोविज्ञानलाई प्रस्तुत गरेका छन् । तात्कालिक
दरबारमा सङ्घर्षकै कारण कतिपय भारदारहरू मारिन्थे, कति
देश निकालामा पर्थे,
कति थुनिन्थे । स्वयं बहादुर शाह
र राजेन्द्रलक्ष्मी समेत धेरैपटक नजरबन्दमा पर्नु पर्यो ।
१३ दिइएका
अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
क प्रश्नहरू
अ) व्यक्तिको
मनमा कुन कुन गुण रहेका हुन्छन् ?
उत्तर :- व्यक्तिको मनमा सत्त्व, रज र तम गुण रहेका हुन्छन् ।
आ)
मन र इन्द्रियबिचको
सम्बन्ध देखाउनुहोस् ।
उत्तर :- मनले इन्द्रियलाई नियन्त्रण गर्छ। मनले आफ्नो गुण अनुसार इन्द्रियलाई
आ-आफ्ना वस्तुमा संलग्न गराउँछ । मनको सम्पर्क जुन इन्द्रियसँग
हुन्छ त्यही इन्द्रियद्वारा ज्ञान प्राप्त हुन्छ ।
इ) राजस
र तामस मनको तुलना गर्नुहोस् ।
उत्तर राजस मन रागयुक्त, सचेत र सञ्चल हुन्छ भने तामस मन क्रोधी र अज्ञानी प्रकृतिको
हुन्छ ।
ई) व्यक्तिका
व्यवहार कसरी निर्धारण हुँदा रहेछन् ?
उत्तर :- व्यक्तिका व्यवहार र आचरण जुन जुन गुण प्रवल रहेका हुन्छन् त्यसैबाट
निर्धारण हुँदा रहेछन् ।