पाठ ३ चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा

 

पाठ :- तीन        चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा

शब्दभण्डार

१ दिइएका अर्थ आउने शब्द "चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा" निबन्धबाट खोजेर लेख्नुहोस् :

क)   स्नायुसम्बन्धी रोग -------     काया चिकित्सा

ख) बात, पित्त र कफसम्बन्धी दोष --------  त्रिदोष

ग)    चिरफारका पद्धतिले गरिने रोगको उपचार ------- शालक्य चिकित्सा

घ)    हानि वा घात पुर्‍याउने -----------  घातक

ङ)    प्रतिरोधका लागि तयार पारिएको ----------- प्रतिरोधात्मक

 

 

दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :

         शब्द              अर्थ

        प्रादुर्भाव      कुनै वस्तु वा विषयको उत्पत्ति वा उदभव

        अत्युक्ति      बढाइचढाइ गरिने वर्णन वा कथन

        अद्यावधिक     आजसम्मको अवस्था , विगतदेखि हालसम्म

        निषेध       प्रतिबन्ध वा रोक लगाउने काम

        अधीरता      धैर्य नभएको अवस्था , अस्थिर

चिकित्सा क्षेत्रमा प्रयोग हुने दिइएका प्राविधिक पारिभाषिक शब्द पढ्नुहोस् र शब्दकोशका सहायताले तिनको अर्थ लेख्नुहोस् :

    शब्द                अर्थ

आयुर्वेद       आयुसम्बन्धी विद्या , भारतीय उपमहाद्वीपमा प्राचीन कालदेखि प्रचलित चिकित्सापद्धति , धन्वन्तरीद्वारा प्रतिपादित उपचार पद्धति       

एलोप्याथिक                          पाश्चात्य चिकित्सा पद्धति

वैकल्पिक चिकित्सा              विकल्पमा गरिने उपचार

होमियोप्याथिक चिकित्सा     रोगको उस्तै लक्षण उब्जाउने पदार्थद्वारा कुनै रोगको निदान गर्ने सिद्धान्तमा आधारित एक पाश्चात्य चिकित्सा प्रणाली

शल्यक्रिया     रोग लागेको शरीरको अङ्गलाई चिरफार गरेर गरिने उपचार

पक्षाघात                 शरीरको दायाँ वा बायाँ अङ्ग चेतनहीन हुने एक प्रकारको वाथरोग

आकस्मिक उपचार      अचानक गरिने उपचार

निर्मूलीकरण          हटाउने काम

४ "चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा" निबन्धमा प्रयोग भएका कुनै पाँचओटा पारिभाषिक र प्राविधिक शब्द टिपी वाक्यमा प्रयोग गर्नुहोस्

 अनधिकृत = हामीले कहिल्यै पनि अनधिकृत औषधि प्रयोग गर्नु हुँदैन ।

वैद्य = आजभोलि वास्तविक वैद्यभन्दा नाममात्रका वैद्य प्रशस्त भेटिन्छन् ।

पक्षघात = मेरो गाउँका अत्यन्तै समाजसेवी व्यक्तित्व राम काका पक्षघात भएर थला परेकाले गाउँको विकासमा ठूलो असर परेको छ ।

चिकित्सा = चिकित्सा विज्ञानका अनेक शाखामध्ये एक आयुर्वेद पनि हो ।

शल्यक्रिया = मेरो आमाको आँखाको शल्यक्रिया राम्ररी सम्पन्न भयो ।

बोध र अभिव्यक्ति

४ दिइएका प्रश्नको उत्तर भन्नुहोस्

क)   निबन्धको अन्तिम अनुच्छेदको आशय के हो ?

उत्तर :- निबन्धको अन्तिम अनुच्छेदको आशय रोग लागिसकेपछि गरिने एलोप्याथिक उपचार भन्दा रोग लाग्नै नदिनका लागि अपनाइने रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न र निरोगी जीवन सुखी जीवनको सपना साकार गर्न आयुर्वेद चिकित्सा आजको आवश्यकता बनेको छ भन्ने हो ।

दिइएको निबन्धांश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

क)   निबन्धांशमा चिकित्सा विज्ञानका कुन कुन शाखाको चर्चा गरिएको छ ?

उत्तर:- निबन्धांशमा चिकित्सा विज्ञानका युनानी, एलोप्याथिक,        होमियोप्याथिक र आयुर्वेदिक शाखाको चर्चा गरिएको छ । 

ख) प्रवर्धनात्मक उपचार पद्धति कस्तो हुन्छ ?

उत्तर : स्वास्थ स्थिति सुधार गर्न प्रदान गरिने पोषण कार्यक्रम स्वास्थ्य , शिक्षा , वातावरणीय सरसफाइ कार्यक्रम जस्ता सेवा प्रवर्धनात्मक उपचार पद्धति हुन् ।

ग)    उपचारात्मक स्वास्थ्य सेवामा कुन कुन पद्धति पर्छन् ?

उत्तर :- उपचारात्मक स्वास्थ्य सेवामा रोगलागेपछि निको पार्नका लागि प्रदान गरिने स्वास्थ्य सेवा पद्धति पर्छन् ।

घ)    तपाइँलाई कुन उपचार पद्धति मन पर्छ किन ?

उत्तर :- मलाई आयुर्वेदिक उपचार पद्धति मन पर्छ किनकि यस पद्धतिबाट उपचार गर्दा शरीरमा नकारात्मक असर कम हुन्छ । यस पद्धतिमा रोग लागि  सकेपछि भन्दा रोग लाग्नु अगाडि नै सतर्क रहन सिकाउने गर्दछ ।

दिइएको प्रश्नको उत्तर लेख्नुहोस् ।

क)   "चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा" निबन्धका आधारमा वर्तमान चिकित्सा विज्ञानका बारेमा वर्णन गर्नुहोस् ।

उत्तर :- एलोप्याथिक चिकित्सा पद्धतिलाई नै आधुनिक चिकित्सा पद्धति भनिन्छ र यो पद्धति सर्वाधिक र लोकप्रिय पद्धति मानिन्छ । यसलाई डाक्टरी उपचार पद्धति मानिन्छ  यस उपचार पद्धतिमा रोक निको पार्नका लागि सुरुमै रोग घटाउने औषधि प्रयोग गर्ने गरिन्छ । छिटै रोग निको हुनु, विशेषज्ञ डाक्टरबाट उपचार हुनु र औषधिपनि सहजै पाइनु यस पद्धतिका विशेषता हुन् । आपतकालीन स्थितिमा धेरै उपयोगी एवं प्रभावकारी हुनु, शल्यक्रिया हुनु र शल्यक्रियाको माध्यमबाट जटिल प्रकृतिका गम्भीर रोगको पनि उपचार सम्भव हुनु आदि पनि यस उपचार पद्धतिको विशेषता हुन् । समय समयमा प्रविधि र उपचारको अद्यावधिक गरिनु, सानादेखि ठूला रोगसम्मको उपचारमा प्रभावकारी हुनु , ठूलो तथा घातक रोगको लागि खोपको प्रयोग गरिनु आदि वर्तमान चिकित्सा विज्ञानका फाइद तथा उपयोगिता हुन् ।

ख) किन आयुर्वेद चिकित्साको लोकप्रियता बढ्दै गएको छ, लेख्नुहोस् ।

उत्तर:- चिकित्सा विज्ञान अन्तर्गत प्रचलित उपचार पद्धति मध्ये आयुर्वेद चिकित्साको महत्त्व र प्रयोग दिनानुदिन बढ्दै गएको पाइन्छ । आयुर्वेद चिकित्साप्रति आकर्षण बढ्नुको प्रमुख कारण यसका सकारात्मक पक्ष नै हुन् । शरीरको शुद्धीकरण र रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि उपयोग गरिने यस पद्धतिको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएको छ । यसमा बिरामीको आत्मा, मन, शारीरिक प्रकृति र दोष , मन र धातुको अवस्थालाई ध्यानमा राखेर मानिसका समग्र पक्षको उपचार गरिन्छ । आयुर्वेद उपचार पद्धतिमा प्रयोग गरिने जडीबुटी नेपालमै पाइने, रोगको लक्ष्णका आधारमा उपचार गरिनु चिरफार कम हुनु, रोगको नियन्त्रण भई पूर्ण रूपमा निर्मूल गरिनु, उपचारका क्रममा विभिन्न उपचारको आवश्यकता नपर्नु , औषधिको पार्श्वप्रभाव कम हुनु र कम खर्चिलो हुनु यस पद्धतिको विशेषता हो । उपरोक्त तथ्यका आधारमा रोगको निदान गर्न सरल र सस्तो तरिकाबाट सम्भव हुनु, नेपालमा प्रशस्त मात्रामा जडिबुटी पाइनु, यसमा औषधिको नकारात्मक प्रभाव कम हुनु आदि कारणले आयुर्वेद चिकित्साको लोकप्रियता बढ्दै गएको पाइन्छ ।

ग)     उपचारात्मक स्वास्थ्य सेवाअन्तर्गत कस्ता उपचारात्मक पद्धति पर्छन् ?

उत्तर :- चिकित्सा विज्ञानको उत्कृष्ट उपहार मानिएको उपचारात्मक स्वास्थ्य सेवा रोग लागेपछि निको पार्नका लागि प्रदान गरिने स्वास्थ्य सेवा हो  ।यस उपचार पद्धति अन्तर्गत आधुनिक चिकित्सा विज्ञान, आयुर्वेदिक चिकित्सा, होमियोप्याथी , प्राकृतिक चिकित्सा, योग चिकित्सा , मनोचिकित्सा , अकुप्रेसर, युनानी चिकित्सा जस्ता अनेकौँ उपचार पद्धति पर्छन् ।

 

 

 

 

घ)   आयुर्वेद चिकित्सा पद्धति र आधुनिक चिकित्सा पद्धतिका मुख्य फरक के के हुन् ?

उत्तर :- आयुर्वेद चिकित्सा र आधुनिक चिकित्सा पद्धतिका मुख्य फरकहरू निम्नानुसार रहेका छन् :

आयुर्वेद चिकित्सा पद्धति :-  शरीरको शुद्धीकरण एवं रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि यसको उपयोग गरिन्छ ।यस उपचार पद्धतिमा जडिबुटीको प्रयोग गरिने भएकाले प्राकृतिक उपचार पद्धति पनि भनिन्छ । यन्त्र उपकरणको आवश्यकता नपर्नु , औषधिको नकारात्मक असर कम हुनु, कम खर्चिलो हुनु आदि यस पद्धतिका विशेषता हुन् । स्वास्थ्य व्यक्तिले पनि प्रयोग गर्न सक्ने , पोषण र रोग प्रतिरोधात्मक क्षमताको विकास गर्न यो विधि उपयोगी र प्रभावकारी हुन्छ । उपचार पद्धति लामो भए पनि रोग फेरि बल्झने सम्भावना कम हुन्छ ।

आधुनिक चिकित्सा पद्धति :-  यस पद्धति अन्तर्गत उपचार गर्दा निको पार्नका लागि सुरुमै घटाउने औषधि दिइन्छ । यसको उपचार पद्धतिमा आधुनिक औषधि , खोप आदिको प्रयोग हुन्छ भने यसलाई डाक्टरी उपचार पद्धति भनिन्छ । छिटो सन्चो हुनु,आधुनिक उपकरण आवश्यक पर्नु, खर्चिलो हुनु, विशेषज्ञ वा डाक्टर र औषधि सजिलै उपलब्ध हुनु, गम्भीर प्रकृति र आकस्मिक उपचार गर्नुपर्ने बिरामीहरूको उपचारका लागि महत्त्वपूर्ण हुने, आदि यसका विशेषता हुन् । साथै घातक रोकका लागि खोपद्वारा उपचार गरिने, शल्यक्रियाबाट उपचार गरेर गम्भीर प्रकृतिका रोगको उपचार सम्भव हुने आदि यसका उपयोगिता हुन् । औषधिको नकारात्मक प्रभाव देखिनु, खर्चिलो हुनु र रोग फेरि बन्झने सम्भावना हुनु, विशेषज्ञ डाक्टरको सहज उपलब्धता नहुनु आदि यस पद्धतिका सीमा हुन् ।

व्याख्या गर्नुहोस् :

क)  आयुर्वेद चिकित्सा आधुनिक चिकित्साभन्दा भिन्न र संसारकै सर्वप्राचीन पद्धति हो ।

उत्तर :- आयुर्वेद चिकित्सा -----------------------------  पद्धति हो ।

                  प्रस्तुत वाक्य हाम्रो कक्षा १० को नेपाली किताबको पाठ तीन "चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा" शीर्षक निबन्धबाट व्याख्याको लागि साभार गरिएको हो । यस निबन्धका लेखक यसै किताबका सम्पादकज्यूहरू हुन् । उहँहरूले यस खोजमूलक निबन्धमा आधुनिक चिकित्सा पद्धति र आयुर्वेद चिकित्सा पद्धति फाइदा, महत्त्व र सीमाको बारेमा चर्चा गरेका छन् । आयुर्वेद चिकित्साको ऐतिहासिकता बुझाउने सन्दर्भमा उक्त वाक्य आएको हो ।

             शरीरको शुद्धीकरण रोग प्रतिरोधात्मक क्षमता बढाउन, रोग नियन्त्रण मात्र नभएर पूर्णरूपमा निर्मूल गरिनु , उपचारका लागि धेरै उपकरण आवश्यकता नपर्ने , औषधिको नकारात्मक प्रभाव कम हुने , कम खर्चिलो हुनु आदि विशेषताले आयुर्वेद चिकित्साको महत्त्व दिनानुदिन बढ्दै गएको पाइन्छ । बिरामी र स्वास्थ्य दुवै व्यक्तिले प्रयोग गर्न सक्ने , स्वास्थ्य व्यक्तिको पोषण तथा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न सहयोग पुर्याउनु यसको अर्को महत्त्वपूर्ण पक्ष हो । विश्वकै प्राचीन उपचार पद्धति हो । यसको चर्चा अथर्ववेदमा भएको पाइन्छ । यसको विकास इसापूर्व ३००० देखि ५०००० वर्ष अगाडि भारतवर्षबाट भएको मानिन्छ । सृष्टिकर्ता ब्रह्मालाई आयुर्वेदका ज्ञाता एवं स्रोत मानिन्छ । धन्वन्तरीलाई यसका सुरुवात कर्ता मानिन्छ र हिन्दुपरम्परामा कार्तिक कृष्ण त्रयोदशीका दिन धन्वन्तरी दिवस मनाउने प्रचलन विद्यमान रहेको पाइन्छ । ब्रह्मा दक्षप्रजापति अश्विनीकुमार इन्द्र धन्वन्तरी हुँदै आयुर्वेद सम्बन्धि ज्ञान हस्तान्तरण प्रयोगमा आएको कुरा आयुर्वेद शास्त्रमा उल्लेख भएको पाइन्छ ।रामायणमा लक्ष्मणलाई बचाउन वैद्यले सञ्जीवनी बुटीको प्रयोग गरेको सन्दर्भ उल्लेख भएको पाइन्छ ।

                निष्कर्षमा के भन्न सकिन्छ भने आधुनिक चिकित्सा विज्ञानको थालनी हुनुभन्दा आगाडि देखि नै आयुर्वेद चिकित्साको प्रयोग हुँदै आएको कुरा विभिन्न खोज अनुसन्धान तथा माथि उल्लिखित प्रसंगले पुष्टि गर्दछ । आयुर्वेद चिकित्सा आधुनिक चिकित्सा पद्धतिभन्दा भिन्न र संसारकै प्राचीन उपचार पद्धति हो ।

ख) आयुर्वेदिक औषधीका लागि नेपाल भूस्वर्ग मानिन्छ ।

उत्तर :- आयुर्वेदिक----------------------------------- भूस्वर्ग मानिन्छ ।

       प्रस्तुत वाक्य हाम्रो कक्षा १० को नेपाली किताबको पाठ तीन "चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा" शीर्षक निबन्धबाट व्याख्याको लागि साभार गरिएको हो । यस निबन्धका लेखक यसै किताबका सम्पादकज्यूहरू हुन् । उहँहरूले यस खोजमूलक निबन्धमा आधुनिक चिकित्सा पद्धति र आयुर्वेद चिकित्सा पद्धति फाइदा, महत्त्व र सीमाको बारेमा चर्चा गरेका छन् ।

                 प्राकृतिक उपचार पद्धति मानिने आयुर्वेदिक उपचार पद्धतिमा जडिबुटीहरूको प्रयोग गरिन्छ । नेपाल आफैँमा जडीबुटीहरूको अजस्र भण्डार हो । हिमाल, पहाड र तराईको भौगोलिक बनावटमा पाइने जैविक विविधताको कारण फरक फरक गुण भएका जडीबुटी पाइन्छन् । यहाँ पाइने प्रायः सबै जडीबुटीमा औषधीय गुण रहेको पाइन्छ । प्राचीन कालमा हाम्रा पूर्वजहरूले जडीबुटी कै प्रयोगले रोगको निधान गरेको र त्यसको प्रभाव अहिले पनि ग्रामीण जनजीवनमा विभिन्न प्रकारका स्वास्थ्य सम्बन्धि समस्यामा जडीबुटीको प्रयोग गर्ने गरेको अभ्यास जीवन्त रहेको छ । विकसित देशहरूले यहाँ पाइने जडीबुटीहरूको प्रयोग र प्रशोधन गरेर औषधि उत्पादन गरेका छन् । नेपालमा पाइने जडीबुटी औषधी उद्योगका लागि बहुमूल्य कच्चा पदार्थ हुन् । नेपालमा घातक रोग निको पार्ने जडीबुटीहरू पाइन्छन् । रामायणमा वर्णन भए अनुसार युद्धमा गम्भीर घाइते भएका प्राण सङ्कटमा परेका लक्ष्मणलाई बचाउन सञ्जीवनी बुटी खोज्न हनुमानलाई नेपालकै हिमालय क्षेत्रमा पठाइएको थियो । जडीबुटी भण्डार रहेको हिमालय पर्वतमा सञ्जीवनी पहिचान गर्न नसकेका हनुमानले पहाड नै बोकेर लगेको प्रसङ्गले नेपाल आयुर्वेदिक औषधीका लागि भूस्वर्ग नै मानिन्छ । नेपाली भूमिको अलग अलग हावापानी र भौगोलिक क्षेत्रमा तुलसी, जटामसी, सर्पगन्धा, पदमचाल , पाषणभेद, तेजपात्ता, अमला, बर्रो, हर्रो, गुर्जो, पाँचऔँले, बोझो, भ्याकुर, सतुवा, चुत्रो, निम, भोजपत्र, दालचीनी , धतुरो, पिपल, पानी अमला, असुरो , बेल, आकाशबेली, जाइ जस्ता औषधीय गुण भएका जडिबुटी प्रस्ताव मात्रामा पाइन्छन् ।

                   निष्कर्षमा के भन्न सकिन्छ भने नेपालमा बोक्रादेखि पातसम्म, फूलदेखि फलसम्म र जरादेखि बिउसम्म उपयोगी हुने जडीबुटीको उपलब्धता रहेको पाइन्छ । यहाँ शक्तिबर्धक दुर्लभ र बहुमूल्य यार्सागुम्बा समेत पाइन्छ । जडीबुटीहरूको अथाह स्रोत र सम्भावनाहरूका कारण  नेपाल आयुर्वेदिक उपचार र औषधीका लागि भूस्वर्ग मानिन्छ भन्ने कुरा पुष्टि हुन्छ ।

८ आधुनिक चिकित्सा पद्धतिका सकारात्मक र नकारात्मक पक्षबारे समीक्षा गर्नुहोस्

उत्तर :- हाम्रो कक्षा १० को नेपाली किताबका लेखकहरूद्वारा लिखित "चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा" एक उत्कृष्ट खोजमूलक निबन्ध हो । यस निबन्धमा आयुर्वेद उपचार पद्धतिमा प्रयोग हुने औषधीको पार्श्वप्रभाव कम हुने , कम खर्चिलो हुने र रोगको निर्मूल हुने जस्ता गुणको चर्चा गर्दै निरोगी तथा स्वास्थ्य जीवनका लागि आयुर्वेदिक पद्धतिको प्रयोग समयको माग र आवश्यकता बनेको विषयवस्तुको विषयलाई वर्णन गरेको छ भने सर्वाधिक लोकप्रिय बनेको आधुनिक चिकित्सा पद्धतिका फाइदा , महत्त्व र सीमाको चर्चा गरिएको छ ।

 

               एलोप्याथी वा डाक्टरी चिकित्सा पद्धतिका रूपमा परिचित आधुनिक चिकित्सा पद्धति लोकप्रिय मानिन्छ । यस उपचार पद्धतिमा रोग निको पार्न सुरूमै रोग घटाउने औषधीको प्रयोग गरिन्छ । विशेषज्ञ डाक्टरको निगरानी र संलग्नतामा उपचार हुनु , छिटो आराम मिल्नु , आपतकालीन समयका लागि धेरै उपयोगी एवं प्रभावकारी हुनु, शल्यक्रियाबाट घातक र गम्भीर प्रकृतिका रोगको उपचार सम्भव हुनु, प्रविधि र उपकरण समय समयमा अद्यावधिक गरिनु, सानादेखि ठूला रोगको उपचारमा प्रभावकारी मानिनु, ठूलो रोगको सङ्क्रमण बढ्ने देखिएमा खोपद्वारा नियन्त्रण गर्ने व्यवस्था हुनु आदि आधुनिक चिकित्सा पद्धतिमा सकारात्मक पक्ष वा विशेषता हुन् । आधुनिक चिकित्साको विश्वसनीयता र प्रभावकारिताले आम मानिसको औषत आयु बढेको छ भने आधुनिक मेसिनको प्रयोगले शल्यक्रियालाई समेत शुलभ र सहज बनाएको छ । उपरोक्त सकारात्मक पक्ष हुँदाहुँदै पनि आधुनिक चिकित्सा पद्धति दोष वा सीमारहित भने छैन । उपचार महँगो र उपचार खर्चिलो हुने भएकाले विपन्न वर्गको पहुँचमा आधुनिक चिकित्सा पद्धति पुग्न सकेको छैन । यस पद्धतिमा प्रयोग हुने औषधीले पार्श्वप्रभाव पार्ने सम्भावना अधिक हुन्छ जसले जीवन खतरामा पर्ने अवस्था आउन सक्छ ।एन्टिबायोटिक औषधीको अत्यधिक प्रयोगले शरीरमा रोगप्रतिरोधात्मक क्षमता ह्रास हुन सक्छ । दक्ष जनशक्तिको अभावमा उपचार प्रभावकारी हुन नसक्नु, औषधि र उपचार खर्चिलो हुने भएकाले गरिब तथा सर्वसाधारणको पहुँचभन्दा टाढा रहनु आदि यसका नकारात्मक पक्ष वा सीमा हुन् । केही नकारात्मक पक्ष हुँदाहुँदै पनि आकस्मिक उपचार र गम्भीर प्रकृतिका रोगको उपचारमा यो विधि वरदान नै सावित भएको छ ।

९ रोग नियन्त्रण गर्न र पार्श्वप्रभावबाट बचाउन आयुर्वेद चिकित्सा पद्धति प्रभावकारी हुन्छ , पुष्टि गर्नुहोस् ।

उत्तर:- हाम्रो कक्षा १० को नेपाली किताबका लेखकहरूद्वारा लिखित "चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा" एक उत्कृष्ट खोजमूलक निबन्ध हो । यस निबन्धमा आयुर्वेद उपचार पद्धतिमा प्रयोग हुने औषधीको पार्श्वप्रभाव कम हुने , कम खर्चिलो हुने र रोगको निर्मूल हुने जस्ता गुणको चर्चा गर्दै निरोगी तथा स्वास्थ्य जीवनका लागि आयुर्वेदिक पद्धतिको प्रयोग समयको माग र आवश्यकता बनेको विषयवस्तुको विषयलाई वर्णन गरेको छ भने सर्वाधिक लोकप्रिय बनेको आधुनिक चिकित्सा पद्धतिका फाइदा , महत्त्व र सीमाको चर्चा गरिएको छ ।

            शरीर शुद्धीकरण तथा रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक उपचार पद्धतिको उपयो गरिन्छ । मन र शरीरलाई एक आपसमा पूर्ण रूपमा छुट्याउन सकिँदैन भन्ने मान्यताअनुसार रोगी वा बिरामीको मन र शारीरिक प्रकृतिअनुसार उपचार गरिन्छ । बिरामी र स्वास्थ्य दुवै प्रकारका मानिसले प्रयोग गर्न सक्ने , स्वास्थ्य व्यक्तिको पोषण र प्रतिरोधात्मक क्षमता बढाउने आदि यस उपचार पद्धतिका महत्त्वपूर्ण पक्ष हुन् । रोगले आक्रमण नगरोस् भन्नका लागि आहार , बिहार र आचार सहिंतामार्फत प्रतिरोधी औषधि र आहारमा जोड दिने गरिन्छ । स्थानीय स्तरमै पाइने जडीबुटीको परिक्षण गरी औषधीको रूपमा प्रयोग गरिनु, रोगको निदान सरल र शुलभ तरिकाबाट सम्भव हुनु, औषधीको नकारात्मक असर न्यून हुनु, रोग बल्झिने समस्या कम हुनु जस्ता  विशेषता र गुणले गर्दा आयुर्वेद चिकित्सा पद्धतिलाई प्रभावकारी मानिएको हो ।

१० "स्वास्थ खानपान" शीर्षकमा एउटा वस्तुपरक अनुच्छेद तयार गर्नुहोस् ।

उत्तर:- मानिसका न्यूनतम् आवश्यकता भित्र गाँस, बास , कपास र स्वास्थ्य पर्ने कुरा हामी सबैलाई थाहा नै छ । न्यूनतम आवश्यकता भित्र पर्ने खाना स्वस्थ हुनु उति नै आवश्यक छ । स्वस्थ खाना खाइएन भने मानिसलाई विभिन्न प्रकारका रोग लाग्छ जसका कारण मानिसको ज्यान पनि जान सक्छ । त्यसैले स्वस्थ खाना हाम्रो शरीरका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ । जसले खायो त्यसले जानो भन्ने नेपाली भनाइ नै छ । स्वस्थ र सुखी जीवनका लागि हामीले अल्पकालीन आनन्द छोड्नु पर्छ र हामी स्थायी रुपमा स्वस्थ रहनु पर्छ । जसका लागि हामीले खाना खाँदा हाम्रो शरीरलाई आवश्यक पर्ने पोषक तत्त्वहरू खानु पर्दछ जस्तै भिटामिन , प्रोटिन, कार्बोहाइड्रेट , फोलोक अम्ल, फल र सब्जीहरूले हाम्रो शरीरमा आवश्यक खनिजहरू , भिटामिन र अन्य पोषक तत्त्वहरू पूरा गर्छन् र हाम्रो शरीरलाई स्वस्थ रहनका लागि आवश्यक फाइबर पनि प्रदान गर्छन् । हाम्रो खानपानको चयनले मानसिक रोगका समस्याहरू लगायत अन्य रोगहरू पनि उत्पन्न गर्छ ।यसकारण हामीले स्वस्थ खाना खाने गर्नु पर्छ ।

११ "चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा" निबन्धको पहिलो अनुच्छेदबाट चारओटा बुँदा टिपोट गरी सारांश लेख्नुहोस् ।

 बुँदा टिपोट

·     मानिसले आफ्नै असावधानिका कारण स्वस्थ तन र सुखी मन गुमाउने,

·     मानव शरीर र मनमाथि आक्रमण गर्ने रोगको प्रत्याक्रमण गर्न चिकित्सा विज्ञानको प्रादुर्भाव भएको,

·     चिकित्सा विज्ञानका एलोप्याथिक र आयुर्वेदिक चिकित्सा सबैभन्दा बढी प्रयोगमा रहेका,

·     पाश्चात्य विज्ञानको परिणाम एलोप्याथिक चिकित्सा हो भने पूर्वीय चिकित्साको उपज आयुर्वेदिक हुनु ।

सारांश

स्वस्थ तनलाई खुसी मनको आधार मानेपनि मान्छे आफ्नै असावधानिका कारण दुवै गुमाउन पुग्छन् । विभिन्न किसिमका रोगको उपचारका लागि चिकित्सा विज्ञानको प्रादुर्भाव भएको हो । सबैभन्दा प्रचलित चिकित्सा विज्ञानको एलोप्याथिक पाश्चात्य विज्ञानको परिणाम हो भने आयुर्वेदिक चिकित्सा पूर्वीय चिन्तकको उपज हो।

जम्मा अनुच्छेदमा भएको शब्द = ९८

सारांशमा बनाउनु पर्ने शब्द = ३३

सारांशमा बनेको शब्द = ३९

१३ दिइएका अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

क)   प्रश्नहरू

अ)   कृषि उत्पादन कसरी उपभोक्तसम्म पुग्छ ?

उत्तर :- उत्पादन भएका वस्तु सङ्कलकमार्फत भण्डारण गरी बजारसम्म पुर्‍याइन्छ र बजारमा पुगेको वस्तु नै उपभोक्तसम्म पग्छ ।

आ)                अनुच्छेदमा सूचना प्रवाह र नाफासम्बन्धी कस्तो व्यवस्था उल्लेख भएको छ ?

उत्तर :-  अनुच्छेदमा सूचना प्रवाहको उचित व्यवस्था सरकारले गर्ने र सङ्कलकले वस्तु बजारमा पठाउने सानो नाफाको अंश मात्र राखी सुरक्षित रूपमा पठाउने व्यवस्था उल्लेख भएको छ ।

इ)      कृषि बजारीकरणको प्रक्रियाबारे लेख्नुहोस्

उत्तर:- कृषि बजारीकरण प्रक्रियामा कृषकलाई आवश्यक मल , बीउ, अनुदान रकम आवश्यकता अनुसार प्रदान गरी उत्पादन भएको वस्तु सङ्कल्पमार्फत भण्डार गरिन्छ र बजारसम्म पुर्‍याइन्छ ।बजारमा पुगेको वस्तु उपभोक्तले बजार मूल्यमा खरिद गरेर उपभोग गर्छन् ।

ई)     सरकारले कृषकलाई कुन कुरामा सहयोग गर्नुपर्छ ?

उत्तर :- सरकारले कृषकलाई रासायनिक मल भन्दा प्राङ्गारिक मलको उपयोगमा जोड् दिने , सिँचाइ बाटो र सञ्चारको उचित व्यवस्था मिलाउने जस्ता कुरामा सहयोग गर्नुपर्छ ।

ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् :

अ)   अनुच्छेदमा उप, सम, उत् उपसर्ग लागेका एक एक ओटा शब्द खोजेर लेख्नुहोस् ।

उत्तर :- उप = उप + योग = उपयोग , सम् = सम् + चार = सञ्चार , उत् = उत् + पादन = उत्पादन

आ)                अनुच्छेदबाट दुई ओटा कृदन्त शब्द पहिचान गरी लेख्नुहोस् ।

उत्तर :- कृदन्त शब्द   गरेर = गर् + एर , पुगेका = पुग् + एका

इ)     अनुच्छेदबाट शब्दको सुरु, बिच र अन्तिममा ह्रस्व उकार प्रयोग भएका दुई दुई ओटा शब्द टिपोट गर्नुहोस् ।

उत्तर :- सुरुमा ह्रस्व उकार लागेको शब्द = सुरक्षित , कुरा

            बिचमा ह्रस्व उकार लागेका शब्द = अनुदान , अनुरुप

           अन्तिममा ह्रस्व उकार लागेका शब्द = वस्तु , हुनु


 भाषिक संरचना र वर्णविन्यसा

दिइएको अनुच्छेदबाट उपसर्ग र प्रत्यय लागेका पाँच पाँचओटा शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् :

उपसर्गको परिचय :- आफैँमा स्वतन्त्र अर्थ दिन नसक्ने तर मूल शब्दमा जोडिएपछि त्यसको अर्थमा विचलन ल्याउन सक्ने सर्गलाई उपसर्ग भनिन्छ । यो शब्दमा अगाडि जोडिने हुनाले यसलाई पूर्वसर्ग पनि भनिन्छ । एउटा मूल शब्दमा धेरै उपसर्ग लाग्न सक्छन् र तिनले भिन्नाभिन्नै अर्थयुक्त शब्द बन्छन् ।

 उपसर्ग :-  उपचार = उप + चार , असह्य = अ + सह्य , नदुख्ने = न + दुख्ने , बेफाइदा = बे + फाइदा , अभिवादन = अभि + वादन

प्रतिदिन = प्रति + दिन

प्रत्यय :-  हिँडेका = हिँड् + एका पुगेर = पुग् + एर , गरे = गर् + , खाएर = खा + एर , गरेको = गर् + एको

२ दिइएका उपसर्ग लगाई एक एकओटा शब्द निर्माण गर्नुहोस् :

  :-+ ज्ञान = अज्ञान   + शिक्षा = अशिक्षा ,   + बेर = अबेर

अन :- अन + पढ = अनपढ , अन + जान = अनजान अन + मेल = अनमेल

कु :-  कु + विचार = कुविचार , कु + कर्म = कुकर्म , कु + पुत्र = कुपुत्र

बि :- बि + छोड = बिछोड , बि + जोर = बिजोर , बि + जोग = बिजोग

गैर :-  गैर + सरकारी = गैरसरकारी , गैर + कानुनी = गैरकानुनी , गैर + गैर + जिम्मेवार = गैरजिम्मेवार

बद :- बद + नाम = बदनाम , बद + मास = बदमास , बद + नियत = बदनियत

ना :-  ना + जायज = नाजायज , ना + लायक = नालायक , ना + मर्द नामर्द

अधि :-  अधि + कार = अधिकार , अधि + करण = अधिकरण , अधि + आदेश = अध्यादेश

अनु :-  अनु + मान = अनुमान , अनु + करण = अनुकरण , अनु + शासन = अनुशासन

अभि :- अभि + योग = अभियोग , अभि + यान = अभियान , अभि + लेख = अभिलेख

अति :-  अति + अन्त अत्यन्त , अति + आचार = अत्याचार , अति + सार = अतिसार

अब :-  अब + तार = अवतार , अब + धारणा = अवधारणा , अब + मूल्यन = अवमूल्यन

अप :- अप + मान = अपमान , अप + वाद = अपवाद , अप + शब्द = अपशब्द

:-  + धार = आधार , + हार = आहार , + देश = आदेश

उप :- उप + कार = उपकार , उप + चार = उपचार , उप + हार = उपहार

उत् :- उत् + थान = उत्थान , उत् + गम = उदगम , उत् + देश्य = उद्देश्य

दुर् :- दुर् + गम = दुर्गम , दुर् + गति = दुर्गति , दुर् + गन्ध = दुर्गन्ध

दुस् :-  दुस् + कर्म = दुष्कर्म , दुस् + चरित्र = दुश्चरित्र , दुस् + प्रयास = दुष्प्रयास

नि :-  नि + बन्ध = निबन्ध , नि + यात्रा = नियात्रा , नि + योग = नियोग

निर् :- निर् + अन्तर = निरन्तर , निर् + जीव = निर्जीव , निर् + दोष = निर्दोष

परा :- परा + जय = पराजय , परा + जित = पराजित , परा + क्रम = पराक्रम

प्र :-  प्र + कार = प्रकार , प्र + चार = प्रचार , प्र + चण्ड = प्रचण्ड

प्रति :-  प्रति + कार = प्रतिकार , प्रति + एक = प्रत्येक , प्रति + दिन = प्रतिदिन

वि :- वि + वाद = विवाद , वि + देश = विदेश , वि + कास = विकास

सम् :- सम् + वाद = संवाद , सम् + कल्प = सङ्कल्प , सम् + देश = सन्देश

सु :-  सु + विचार = सुविचार , सु + मार्ग = सुमार्ग , सु + कर्म = सुकर्म

दिइएको अनुच्छेद पढ्नुहोस् । सात सात ओटा कृदन्त र तद्धितान्त शब्दको पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस् ।

कृदन्त शब्दको परिचय : धातुमा जोडिने प्रत्ययलाई कृत प्रत्यय भनिन्छ भने त्यसरी बनेका शब्दलाई कृदन्त भनिन्छ ।

तद्धितान्त शब्दको परिचय :-  धातुबाहेक शब्दवर्गका नाम , सर्वनाम, विशेषण, र अव्ययमा लाग्ने प्रत्ययलाई तद्धित प्रत्यय भनिन्छ भने तद्धित प्रत्यय लागेर बनेका शब्दलाई तद्धितान्त भनिन्छ ।

कृदन्त शब्द र त्यसको निर्माण प्रक्रिया

देखेछन् = देख् + एछन् ,  सोधेछन् = सोध् + एछन् , भुलक्कड = भुल् + अक्कड ,

भनेछन् = भन् + एछन् ,  भुलेँ = भुल् + एँ , बसाइँ = बस् + आइँ , सुनेको = सुन् + एको

तद्धितान्त शब्द र त्यसको निर्माण प्रक्रिया

धनवान् = धन + वान् बटुवा = बाटो + उवा , सहरिया = सहर + इया

गाउँले = गाउँ + ले आयुर्वेदिक = आयुर्वेद + इक , स्मरणीय = स्मरण + ईय

बुद्धिमान् = बुद्धि + मान्

४ दिइएका प्रत्यय लगाई एक एकओटा शब्द निर्माण गर्नुहोस् :

अक्कड :- बोल् + अक्कड = बोलक्कड , घुम् + अक्कड = घुमक्कड

              भुल् + अक्कड = भुलक्कड ,  बुझ् + अक्कड = बुझक्कड

अत :-   बच् + अत = बचत , आउ + अत = आवत ,

             लाग् + अत = लागत , खप् + अत = खपत

अन्त :-   हल् + अन्त = हलन्त भिड् + अन्त = भिडन्त

              लेख् + अन्त = लेखन्त डुल् + अन्त = डुलन्त

आइ :- लेख् + आइ = लेखाइ , पढ् + आइ = पढाइ ,

             सुन् + आइ = सुनाइ बोल् + आइ = बोलाइ

 

आइँ :-  बस् + आइँ = बसाइँ , रोप् + आइँ = रोपाइँ

            लड् + आइँ = लडाइँ ,

आउ :- पक्र + आउ = पक्राउ , जान् + आउ = जनाउ

            बच् + आउ = बचाउ टिक् + आउ = टिकाउ

आली :-  लेक + आली = लेकाली , हरियो + आली = हरियाली

              एसिया + आली = एसियाली , माझ + आली = माझाली

आलु :- दया + आलु = दयालु , माया + आलु = मायालु

             खर्च + आलु = खर्चालु , लाज + आलु = लजालु

आवट :-  बन् + आवट = बनावट , मिस् + आवट = मिसावट

                चुहु + आवट = चुहुवाट सज् + आवट = सजावट

आहा :-  जोत् + आहा = जोताहा हेप् + आहा = हेपाहा

              सुत + आहा = सुताहा ,   मिच् + आहा = मिचाहा

इयार :-  मत + इयार = मतियार , साँध + इयार सँधियार

             हात + इयार = हतियार , अंश + इयार = अंशियार

इया :-    खाट + इया = खटिया , झगडा + इया = झगडिया

              भारी + इया = भरिया पल्टन + इया = पल्टनिया

इलो :- रस + इलो = रसिलो , जोस + इलो = जोसिलो

            आँट + इलो = आँटिलो , जाँगर + इलो = जाँगरिलो

:- नेपाल + = नेपाली , गरिब + = गरिबी

        चोर + ई = चोरी , जवान + ई जवानी

उवा :-  बाटो + उवा + बटुवा ,भात + उवा = भतुवा

            चाद + उवा = चँदुवा , तल + उवा = तलुवा

:- ढोका + ए = ढोके , पर्वत + ए पर्वते

          रमिता + ए रमिते , ओठ + ए = ओठे

एली :- जुरो + एली = जुरेली , जुन + एली = जुनेली

            पूर्व + एली = पूर्वेली ,  युरोप + एली = युरोपेली

ती :- घुम् + ती = घुम्ती , बस् + ती = बस्ती

          उठ् + ती = उठ्ती

:- खोप् + ओ = खोपो , घोच् + ओ = घोचो

           घेर् + ओ = घेरो ,

ओट :- छान् + ओट = छनोट , बन् + ओट = बनोट

            बुन् + ओट = बुनोट , लेख् + ओट = लेखोट

ली :- झापा + ली = झापाली , गोर्खा + ली गोर्खाली

          पाल्पा + ली = पाल्पाली , रोल्पा + ली = रोल्पाली

ले :- गाउँ + ले गाउँले , समाज + ले = समाजले

         ठिमी + ले = ठिमीले , मादी + ले = मादीले

अक :- कृ + अक = कारक , गै + अक = गायक

            लिख् + अक = लेखक , पच् + अक = पाचक

अन :-  चर् + अन = चलन चल् + अन = चलन

           भुट् + अन = भुटन , खट् + अन = खटन

अनीय :- पठ् + अनीय = पठनीय , पूज + अनीय = पूजनीय

               मन् + अनीय = मननीय , रम् + अनीय = रमनीय

इक :-     समाज + इक = सामाजिक , अर्थ + इक = आर्थिक

              प्रकृति + इक = प्राकृतिक , दिन + इक = दैनिक

इत :-    घृणा + इत = घृणित , चिन्ता + इत = चिन्तित

             दु:+ इत = दु:खित , पीडा + इत = पीडित

ईन :-    कुल + ईन = कुलीन , ग्राम + ईन = ग्रामीण

             नव + ईन = नवीन , युग + ईन = युगीन

ता :-   मानव + ता = मानवता , सफल + ता = सफलता

           कवि + ता = कविता , मधुर + ता मधुरता

तव्य :- कृ + तव्य = कर्तव्य , गम् + तव्य = गन्तव्य

            मन् + तव्य = मन्तव्य , वच् + तव्य = वक्तव्य

ती :-  कृ + ति = कृति , गम् + ति = गति

          दृश् + ति = दृष्टि , श्रु + ति = श्रुति

त्व :- व्यक्ति + त्व = व्यक्तित्व , कवि + त्व = कवित्व

         नेतृ + त्व = नेतृत्व , बन्धु + त्व = बन्धुत्व

मय :- दु:+ मय = दु:खमय , सुख + मय = सुखमय

          मङ्गल + मय = मङ्गलमय ,  रहस्य + मय = रहस्यमय

वान् :- बल + वान् = बलवान् , मूल्य + वान् = मूल्यवान्

           धन + वान् = धनवान् नाश + वान् = नाशवान्

मान् :- बुद्धि + मान् = बुद्धिमान् , श्री + मान् = श्रीमान्

           आयुष + मान् = आयुष्मान् , कीर्ति + मान् = कीर्तिमान्

:-    कवि + य = काव्य , धीर + य = धैर्य

            मधुर + य माधुर्य  , सुन्दर + य = सौर्न्दर्य

 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.