पाठ – ४ यस्तो कहिल्यै नहोस्
शब्दभण्डार
१ दिइएका शब्द र तीनका अर्थबिच जोडा मिलाउनुहोस् :
शब्द
अर्थ
सङ्कट आपतविपत्
विलाप
बिलौना
लोहोरो सिलौटोमा मसलाआदि पिँध्न प्रयोग गरिने फलाम
वा ढुङ्गाको लाम्चो
वा गोलो उपकरण
शङ्का
सन्देह
अपरिचित चिनजान नभएको
सातो होस
२ दिइएको अनुच्छेदबाट तीन तीनओटा लघुतावाची र समूहवाची शब्द
पहिचान गर्नुहोस्:
उत्तर :- लघुवाची समूहवाची
सितो
ताँती
कोसो बथान
थोपो
बाँसघारी
३ पाँच पाँचओटा लघुतावाची र समूहवाची पर्ने गरी अनुच्छेद
लेख्नुहोस् ।
उत्तर :- घरमा एक हुल बाख्रा बाँधेको छ । घरमा घाँसको एक त्यान्द्रो पनि छैन । आज भोलि गर्मीका कारणले होला बाटामा कमिलाको ताँती पनि देखिँदैन । गर्मी ज्याँदै बढेकाले पाठापाठी मर्ला भन्ने
डर भयो । कल बिग्रेर बाख्रालाई दिने पानीको थोपा पनि छैन । कल पनि बनाउनु पर्ने छ । यो गर्मीमा बाँसघारीमा अलिक सित्तल होला त्यहीँ गएर घाँस ल्याउनु पर्ला । भोक लागेको
छ घाँस काट्न जानुभन्दा पहिले बजारबाट किनेर ल्याएको एक काइँयो केरा छ । अब चिउरासँग एक दुई कोसो मुछेर खानुपर्ला । घरमा चामलको दानो छैन मिलमा पनि जानुपर्ने छ । अलिक गर्मी कम भएपछि जानुपर्ला
। सहरी वचत समूहको बैठक छ, आफूसँग सुको छैन ऋण दिन्छन् कि, त्यहाँ पनि जानु पर्ने छ ।
४ दिइएका पद , पदावलीलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
उत्तर :
हरे ! :- हरे ! यो गर्मीमा कसरी विद्यालय जाने होला ।
सञ्जाल :- सामाजिक सञ्जालको सदुपयोग गर्न जाने मानिसको जीवन उपलब्धिमूलक
बन्छ ।
विवरण :- हामी सही विवरण नगरपालिकाले मागेको अवस्थामा दिनुपर्छ ।
सुइँकुच्चा ठोक्नु :- रामको घरमा चोरले हिजो पैसा चोरेर सुइँकुच्चा ठोकेछ ।
हुने हार दैव नटार :- मैले आज नराम्रो सपना देखेँ भनेर छोरालाई घरमै राखेको सौचालय जाँदा चिप्लेर लड्यो
र उसको हात भाँचियो , हुने हार दैव नटार भनेको यही हो ।
लोभले लाभ लाभले विलाप :- लोभले लाभ लाभले विलाप भने झैँ रामले हरिलाई ४८ प्रतिशत व्याज लिने भनी पैसा व्याजमा लगाको थियो
तर हरि चाहिँ साउँ नै नतिरी भागेछ ।
बोध र अभिव्यक्ति
३ दिइएका
प्रश्नको उत्तर भन्नुहोस् :
क) यस्तो कहिल्यै नहोस मनोवाद कुन पात्रको घटनासँग सम्बन्धित छ
?
उत्तर :- यस्तो कहिल्यै नहोस् मनोवाद शुकमान पात्रको घटनासँग सम्बन्धित छ ।
ख) मनोवादमा "नगद पुरस्कारसहित बधाई दिएको सन्देश" भन्दा
अगाडि र पछाडि कुन कुन प्रसङ्ग आएका छन् ?
उत्तर :- मनोवाद "नगद पुरस्कारसहित बधाई दिएको सन्देश" भन्दा
अगाडि आफूले गरेको गल्तीमा पछुतो मानेको अवस्था र पछाडि आफू अत्यन्तै भएको प्रसङ्ग
आएका छन् ।
ग) पत्रिका मनमनै पढेको वर्णन मनोवादको कुन अनुच्छेदना छ ?
उत्तर :- पत्रिका मनमनै पढेको वर्णन मनोवादको छैटौँ अनुच्छेदमा छ ।
घ) मनोवादमा कुन पुरुषीय कथनशैली उपयोग गरिएको छ ?
उत्तर :- मनोवादमा प्रथम पुरुषीय कथनशैली उपयोग गरिएको छ ।
४ दिइएको मनोवादको
अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
क) मनोवादको अंशमा पात्र निदाउन नसक्नुको कारण के हो ?
उत्तर :- मनोवादको अंशमा पात्र निदाउन नसक्नुको कारण साइबर अपराधमा परेर
पाँच लाख डुब्नु हो ।
ख) पात्रले कहाँ गएर धन कमाएको थियो ?
उत्तर :- पात्रले अरबको खाडीमा गएर धन कमाएको थियो ।
ग) पात्रले समाचारमा के कुरा पढाको थियो ?
उत्तर :- पात्रले समाचारमा साइबर अपराधको बारेमा पढेको थियो ।
घ) पात्रले समाचारमा पढेका कुरा व्यवहारमा उतार्न नसक्दा कस्ता
समस्या भोग्नुपर्यो , लेख्नुहोस् ।
उत्तर :- पात्रले समाचारमा पढेका कुरा व्यवहारमा उतार्न नसक्दा पैसा गुमाउनका
साथसाथै मानसिक तनाव, अनिद्रा जस्ता समस्या भोग्नुपर्यो ।
५ "यस्तो कहिल्यै
नहोस्" मनोवादका पात्रले मनमा खेलाएका मुख्य मुख्य घटना टिपोट गर्नुहोस् ।
यस्तो कहिल्यै
नहोस् शीर्षकको मनोवादमा पात्रले मनमा खेलाएका मुख्य मुख्य घटनाहरू निम्नानुसार छन्
:
·
सामाजिक सञ्जालले गर्दा जीवन
सहज र सजिलो भयो भनेको त झनै समस्याग्रस्त र जटिल बन्दै गएको , समस्यामा फस्नु परेको पीडा
दिएको,
·
मोबाइलमा उपलब्ध सामाजिक
सञ्जाल अन्तर्गत साइबर संसारमा पस्दा विचार पुर्याउनु पर्ने,
·
सामाजिक सञ्जालको प्रयोग र
साइबर सचेतनासम्बन्धि कक्षामा सहभागी भएर पनि व्यवहारमा उतार्न नसक्दा पछुताउनु पर्ने,
·
अपरिचित व्यक्तिबाट आएको म्यासेज
वा लिङ्क कसैले पनि हेर्नू वा खोल्नु नहुने,
·
सामान्य म्यासेजको पछि लाग्दा
आफूले दु: ख पाएको, आफूले दु:ख गरेर कमाएको पाँच लाख समेत
गुमाउनु परेको,
·
सामाजिक सञ्जालको प्रयोगका
राम्रा र नराम्रा पक्ष सम्झनु, सामाजिक सञ्जालको दुरुपयोग प्रकृति सम्झनु,
·
आफू २५ लाखको लोभमा फसेकामा पछुताएको ,
·
शुकमानको काकाकी छोरी पानमती पनि सामाजिक सञ्जालमा ओछ्याइने झुटो जालमा फस्नु परेको ,
·
दुई वर्ष अरबको खाडीमा बसेर दु:खका साथ कनाएको पैसा गुमाएको पीडाले रातभरि निदाउन नसकेको ,
·
साइबर अपराधबाट जोगिने उपायहरू स्मरण गर्नु,
·
आउँदा दिनमा कसैले पनि साइबर अपराधको सिकारमा फसेर
पीडित हुनु नपरोस् भनेर प्रहरी कहाँ जाने निर्णयमा पुग्नु
६ "यस्तो कहिल्यै नहोस्" मनोवादबाट कस्तो सन्देश पाइन्छ , लेख्नुहोस्
।
उत्तर :- हाम्रो कक्षा १० को नेपाली
किताबका लेखकहरूद्वारा लिखित "यस्तो कहिल्यै नहोस्" मनोवादमा आजको जल्दोबल्दो
सामाजिक विषयवस्तु उठान गरिएको छ ।
इन्टरनेट
सुविधाको विस्तार र स्मार्ट फोनको उपलब्धताले आज दिनानुदिन सामाजिक सञ्जालका प्रयोग
कर्ताहरूको सङ्ख्या बढी रहेको छ । सामाजिक सञ्जालको दुरुपयोगबाट सिकार भएका आम मानिसहरूको
प्रतिनिधि पात्रका रूपमा शुकमानमार्फत साइबर अपराधको प्रकृतिको चर्चा गरिएको छ । यश
मनोवादका पात्र शुकमानका भोगाइ , मानसिक तनाव तथा आर्थिक क्षतिमार्फत आम मानव समुदायलाई
सामाजिक सञ्जालको प्रयोगमा सचेत हुन आग्रह गरिएको छ। सामाजिक सञ्जालको सहि सदुपयोग
गर्न सकेमा यसले जीवनलाई सरल, सहज र शुलभ बनाउने तर यसको प्रयोग गलत भएमा जीवन
जटिल र समस्याग्रस्त बन्ने सन्देश दिइएको पाइन्छ । साथै सामाजिक सञ्जालको प्रयोग
गर्दा साइबर अपराथको जालबाट जोगिन आफ्ना मोबाइल , ल्यापटप , कम्प्युटर आदि डिभाइसहरूको
पासवर्ड कसैलाई पनि दिन नहुने , समय समयमा पासवर्ड परिवर्तन गर्नु पर्ने , अपरिचित व्यक्तिबाट आएका म्यासेज
वा लिङ्कहरू खोल्नु वा विश्वास गर्न नहुने , इमेलमा काम गरिसकेपछि लग आउट आउट गर्नु पर्ने जस्ता
सुझाव पनि सन्देशका रूपमा मनोवादमा प्रस्तुत गरिएको छ । सामाजिक सञ्जालमार्फत प्राप्त
हुने चिठ्ठा र पुरस्कार जस्ता कुराको आकर्षण वा भ्रममा पर्नु नहुने र सामाजिक
सञ्जालमार्फत प्राप्त हुने शङ्कास्पद इमेल र म्यासेजको बारेमा नजिकैको प्रहरी
कार्यालयमा सम्पर्क गर्नुपर्छ भन्ने सन्देश यो मनोवादबाट पाइन्छ ।
७ मनोवादमा उल्लेख भएको साइबर अपराधको प्रसङ्ग पढेपछि तपाइँले
कस्तो महसुुस गर्नुभयो , उल्लेख
गर्नुहोस् ।
उत्तर :- हाम्रो कक्षा १० को नेपाली
किताबका लेखकहरूद्वारा लिखित "यस्तो कहिल्यै नहोस्" मनोवादमा आजको जल्दोबल्दो
सामाजिक विषयवस्तु उठान गरिएको छ । यसको अध्ययन पश्चात् हामीले सामाजिक सञ्जालको प्रयोग
गर्दा सचेत हुनु पर्ने महसुस भयो ।सामाजिक सञ्जालको प्रयोगले मानव जीवन सरल, सहज र शुलभ हुने ठानिएकोमा
यसको प्रयोगले जीवनलाई समस्याग्रस्त र जटिल पनि बनाउने रहेछ भन्ने कुराको बोध भएर आयो
। सामाजिक सञ्जालको प्रयोगमा अभ्यस्त मेरा लागि साइवर अपराधको सूचना र जानकारी नयाँ
नौलो र अपरिचित विषयवस्तु नभएता पनि कहिलेकाहीँ यसको प्रयोगले बढाउने लोभ , महत्त्वकाङ्क्षा र असचेतनाले
धोका खानु पर्ने कुराको ज्ञात भयो ।साथी बन्ने आग्रह स्वीकार गर्ने, मोबाइलमा मेसेञ्जरमार्फत प्राप्त
हुने सन्देश र लिङ्कतर्फ आकर्षित हुने बानीले पनि समस्या निम्त्याउने रहेछ भन्ने कुरा
महसुस भयो ।
८ दिइएका शीर्षकमा छोटो मनोवाद लेख्नुहोस् :
क) नतिजा प्रकाशनको अगिल्लो दिन
पात्र :- गीता
स्थान :- सुत्ने कोठा
समय :- राति ९:३० बजे ।
( गीता बत्ती निभाएर सुतेको ३० मिनेट भईसक्दा पनि
उनी निदाउन सकेकी छैनन् । भोलि हुने कक्षा ९ को वार्षिक परीक्षाको नतिजा प्रकाशनको
विषयले उनको मनमा विभिन्न कुरा खेलेकाले बेचैनी बढेको छ । नतिजा कस्तो आउने हो , आफ्नो पोजिसन कस्तो हुने हो, शिक्षक तथा साथीहरूले के भन्ने
हुन जस्ता कुराले उनलाई छटपटी बढाएको छ ।)
हेर्दाहेर्दै
कुर्दाकुर्दै भोलि त वार्षिक परीक्षाको नतिजा प्रकाशन हुने दिन आइ नै सक्यो । हरेक
त्रैमासिक परीक्षामा आफ्नो कक्षामा उत्कृष्ट जिपिए सहित प्रथम हुने म यसपालीको वार्षिक
परीक्षामा भने के हुने हुँ । सदा झैँ नतिजा राम्रो र उत्कृष्ट आए त राम्रै भयो पोजिसन
तलमाथि भयो भने के गर्ने ( कोल्टो फर्कँदै हाम्रो कक्षामा प्रतिस्पर्धा पनि उच्च
रहेको छ । कुनै कुनै परीक्षामा त १/२ अङ्क तलमाथि पर्दा पोजिसनमा नै फेरबदल हुने गरेको
छ । घरमा पनि बुबा आमाले मलाई धेरै विश्वास गर्नु भएको छ । पढाइमा कुनै कमी र अभाव
मैले महसुस गर्नु परेको छैन् । ए छोरी पो जन्मिछे भन्ने समाजमा सन्तान हुनु त यस्तो
बनाउनु छ मलाई भन्ने बाबाको दृढ आत्म विश्वास नै मेरो प्रेरणा हो र पढाइमा सकेसम्म
समय दिएर, लगनशील भएर लागेकी
हुँ ।( पानी पिउँदै) यस पटको वार्षिक परीक्षा प्याब्सनले लिएको र प्रायः जसो विषयमा
प्रश्नहरू पाठ्यपुस्तकलाई आधार मानेर बनाएता पनि सामाजिक विषयको भने मौलिक र सिर्जनात्मक
तरिकाले दिनुपर्ने भएकाले हामीजस्ता पाठ्यपुस्तकमा भर परेर पढ्नेका लागि निराश
बन्नु परेको छ । सामाजिक विषयको परीक्षा सकेर बाहिर निस्किँदा सबै साथीहरूमा देखिएको
निराश अरूबेला कहिल्यै देखेको थिइनँ । ( उठेर बत्ती बाल्दै) हे ! कति चिन्ता लिएकी
मैले । सकेसम्म गरेकै हो । फेरि निराश हुनु पर्ने गरी परीक्षा बिगारेकी पनि छैन । मेरो
मात्र होइन सबै कै सामाजिक विषयको परीक्षा सोचेजस्तो भएको छैन । प्रथम भए भइहाल्यो
, कथंकदाचित पोजिसन
खस्क्यो भने पनि कक्षा १० मा मिहिनेत गरेर पढ्ने छु । निराश भएर हरेस खानु पर्ने के
नै छ र ! समय बाँकी नै छ ।( घडी हेर्दै ) ए ! १२:३० भइसकेछ अब निदाउनु पर्छ
।( बत्ती निभाएर सुत्छे। )
९ दिइएको विज्ञापनको नमुना पढ्नुहोस र तपाइँको विद्यालयले प्रकाशन गरेको बालसाहित्य
पत्रिकाका लागि विज्ञापन तयार गर्नुहोस् ।
मझेरी प्रकाशन सम्बन्धि
सूचना
विद्यालयमा अध्ययनरत
विद्यार्थीहरूभित्र लुकेर रहेका प्रतिभालाई उजागर गरी गोडमेल गर्ने, विभिन्न किसिमका प्रतिभाको
विकास गराउने उद्देश्यले यस विद्यालयले हरेक वर्ष रूपमा "मझेरी" नामक बालसाहित्य
पत्रिका प्रकाशन गर्ने गरेको सबैमा सर्वविदित्तै छ । सदा झैँ यस वर्ष पनि यही २०८०
साल भाद्र २९ गते राष्ट्रिय बाल दिवसका दिन उक्त बालपत्रिका प्रकाशन गरी विमोचन
गर्ने जानकारी गराउँदै उक्त पत्रिकाको आगमी अङ्कमा आफ्ना लेख , रचना प्रकाशित गराउन चाहने
सिर्जनाकर्मीहरूले यही २०८० श्रावण मसान्तसम्म विद्यालय प्रशासन तथा मझेरी प्रकाशन
समिति समक्ष आफ्ना लेख, रचना जानकारीमूलक
सूचनाको सङ्कलन आदि उपलब्ध गराई सहयोग गरिदिनु हुन सम्पूर्ण विद्यार्थी , शिक्षक तथा अभिभावक
ज्यूहरूलाई आह्वान गर्दछौँ ।
रचना पठाउने
ठेगाना :- डाँगीहाट
लिटल बुद्ध बोर्डिङ स्कुल बेलबारी – ९ डाँगीहाट
मोरङ
मिति :- २०८० श्रावण
३० गते बेलुकी ४:०० बजेसम्म
भवदीय
मझेरी
प्रकाशन समिति
११ दिइएको अनुच्छेद
पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
क प्रश्नहरू
अ) प्रविधिको प्रयोगले सिकाइमा कस्तो सुविधा पुर्याएको छ ?
उत्तर :- प्रविधिको प्रयोगले सिकाइ प्रणालीलाई सरल, प्रायोगिक, मनोरञ्जनात्मक र चिरस्थायी बनाउन सहयोग पुर्याएको छ ।
आ)
तपाइँले सिकाइका लागि कुन कुन एप्स प्रयोग गर्नु भएको छ , नाम लेख्नुहोस् ।
उत्तर :- मैले सिकाइका लागि गुगल यु ट्युब, सिक्ने थलो आदि एप्स प्रयोग गर्ने गरेको छु ।
इ) विद्यार्थीमा प्रविधिप्रति मोह बढ्नुको कारण के हो ?
उत्तर :-सिकाइ सहज , चाखलाग्दो , रूचिपूर्ण बनाउने तथा कम्प्युटर , ल्यापटप एवं मोबाइलबाट सजिलै शिक्षण सिकाइका लागि सामग्री प्राप्त
गर्न सकिने भएकाले विद्यार्थीमा प्रविधिप्रति मोह बढ्दै गएको हो ।
ई) विद्यार्थीलाई परियोजना कार्य गर्न प्रविधिले कसरी सहयोग
गर्छ ?
उत्तर :- प्रविधिको प्रयोग गरी खोज , अनुसन्धान गरेर नयाँ नयाँ विषय , नमुना आदि प्राप्त गर्न सकिने र यसले परियोजना कार्यका लागि
सहयोग गर्छ ।
ख भाषिक संरचना र
वर्णविन्यास पहिचान गर्नुहोस् :
अ) अनुच्छेदबाट दुईओटा समस्त शब्द खोजी तिनको विग्रह गर्नुहोस्
।
उत्तर :- कक्षाकोठा = कक्षाका लागि कोठा , चौघेरा = चार घेराको समूह
आ)
ठूलो र पढाइ शब्दलाई द्वित्व प्रक्रियाबाट नयाँ शब्द
बनाउनुहोस् ।
उत्तर :- ठूलो – ठूलो + ठूलो = ठुल्ठुलो , पढाइ – पढाइ + पढाइ = पढाइसढाइ
इ) अनुच्छेदबाट सुरु र बिचमा दीर्घ ऊकार प्रयोग भएको एक एक शब्द
टिप्नुहोस्।
उत्तर :- सुरुमा दीर्घ ऊकार प्रयोग भएको शब्द :- पूर्ण
बिचमा दीर्घ ऊकार प्रयोग भएको शब्द :- खोजमूलक, सम्पूर्ण