पाठ ४ निवेदन
शब्दभण्डार
१ दिइएका शब्द र अर्थबिच
जोडा मिलाउनुहोस् :
शब्द अर्थ
उद्देश्य लक्ष्य, ध्येय
घरेलु घरायसी
सहजीकरण सरल बनाउने काम
कौशल प्रवीण
सहकार्य सँगसँगै गरिने काम
दुर्व्यवहार खराब वा अनुचित व्यवहार
तलब काम गरे बापत मासिक रुपमा पाउने
रकम , वेतन
२ दिइएको
अनुच्छेद पढी आगन्तुक शब्द , सिङ्गो शब्द र सङ्क्षिप्त शब्द पहिचान गर्नुहोस्
:
उत्तर :- आगन्तुक शब्द :- फोन , भाइबर, स्काइप, मेसेन्जर, फोटो, टेलिफोन , फेसबुक, लाइभ, मेयर
सिङ्गो शब्द :- न्वागी , शताब्दी , जीवन्त
सङ्क्षिप्त शब्द :- ने.प्र.प्र. , रा.स.स., का.म.न.पा.
३ दिइएका शब्द अलग
अलग वाक्यमा प्रयोग हुने गरी एउटा अनुच्छेद रचना गर्नुहोस् :
शैक्षिक , बालक्लव , अपराध , आचरण , हकहित , संस्कृति , परिवर्तन
उत्तर:- शैक्षिक तथा अतिरिक्त
क्रियाकलापमा बालक्लवले सहयोगी भूमिका निर्वाह गर्न सक्छ । बालक्लवलाई बालबालिकाहरूमाथि
हुने सामाजिक दुर्व्यवहार , हिंसा तथा शोषण बिरुद्ध खुलेत छलफल गर्ने साझा मञ्चका
रुपमा प्रयोग गर्न सकिन्छ । दिनप्रतिदिन बालबालिकामाथि हुने सामाजिक अपराधका घटनाहरू बढिरहेको छ । बालबालिका
तथा समाजमा आचरण सुधारमा सामाजिक
जागरण ल्याउनु आजको प्रमुख कार्यभार हो । हामीले बालबालिकाको हकहितका लागि विशेष कार्यक्रम निर्माण
गरी सञ्चालन गर्नुपर्छ । प्रत्येक समुदायको आआफ्नो मौलिक संस्कृति रहेको हुन्छ । समाज परिवर्तनका लागि बालक्लवले अन्य
सामाजिक संघसंस्थासँग हातेमालो गर्दै अगाडि बढ्नुपर्छ ।
३ दिइएको अनुच्छेद
पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
प्रश्नहरू
क)
निवेदन किन लेखिन्छ ?
उत्तर :- सूचना सम्प्रेषणका लागि निवेदन
लेखिन्छ ।
ख)
निवेदनमा मिति कहाँ
लेख्नुपर्छ ?
उत्तर :- निवेदनमा मिति निवेदनको दायाँतिरको
सिरानमा लेखिन्छ ।
ग)
निवेदनमा विषय किन लेखिन्छ ?
उत्तर :- निवेदनमा के कुरा उल्लेख
गर्ने हो को जानकारी गर्नका लागि विषय लेखिन्छ ।
घ)
निवेदनमा निवेदकको आग्रहको प्रस्तुति कहाँनेर गरिन्छ
?
उत्तर :- निवेदनमा निवेदकको आग्रहको प्रस्तुति निवेदनको विषयवस्तु लेखिसकेपछि गरिन्छ ।
४ दिइएको
प्रश्नको मौखिक उत्तर दिनुहोस् :
क)
निवेदन कसले कसलाई लेखेको
हो ?
उत्तर:- निवेदन हिमगङ्गा माध्यमिक
विद्यालयको सिर्जनशील बालक्लबका अध्यक्षले रामेछाप नगरपालिका वडा नं. तीनका अध्यक्षलाई लेखेको
हो ।
ख)
बालक्लबका अध्यक्षले कस्तो
सहयोगको अपेक्षा गरेका छन् ?
उत्तर :- बालक्लबका अध्यक्षले लघुनाटक, प्रहसन, सूचना प्रवाह, आपसी छलफल आदि कार्य गरी
समाज परिवर्तन
र जागरण ल्याउने कार्यक्रम सञ्चालन गर्न लागेको
जानकारी गराउँदै आर्थिक सहयोगको अपेक्षा गरेका छन ।
ग)
किशोर किशोरीले आफ्नो समास्या कसरी समाधान गर्न सक्छन्
?
उत्तर :-किशोर किशोरीले आप्नो समूह
र उपसमूहबाट सिर्जनात्मक कौशल , आशावादी सोच, जीवनोपयोगी सिपबारे सचेतना प्रदान गर्दै आफूहरूमाथि आइपर्न सक्ने समस्या
बारेमा चेतना दिएर समस्या समाधान गर्न सक्छन् ।
घ)
साइबरको सदुपयोग कसरी गर्न सकिन्छ ?
उत्तर :- साइबरको सदुपयोग किशोर
किशोरीलाई साइबर अपराधका बारेमा जानकारी मूलक कार्यक्रम संचालनमार्फत त्यसको समस्या
र फाइदाको वर्णन गरेर गर्न सकिन्छ ।
५ दिइएको अनुच्छेद
पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
प्रश्नहरू
क)
विद्यालयमा गठित
बालक्लबको उद्देश्य के हो ?
उत्तर :- विद्यालयमा अध्ययनरत
विद्यार्थीहरको संरक्षणका लागि पहिले विद्यालयमा र त्यसपछि समाजमा गएर चेतना फैलाउने
विद्यालयमा गठित बालक्लब उद्देश्य हो ।
ख)
बालक्लबले कुन दिन सचेतना
कार्यक्रम आयोजना गर्न लागेको हो ?
उत्तर :- बालक्लबले बिदाको दिन सचेतना
कार्यक्रम आयोजना गर्न लागेको हो ।
ग)
बालक्लबले समाजमा कसरी सचेतना फैलाउन खोजेको छ ?
उत्तर:- बालक्लबले लघुनाटक , प्रहसन , सूचना प्रवाह , आपसी छलफल आदिका माध्यमबाट समाजमा सचेतना फैलाउन खोजेको छ ।
घ)
बालक्लबका लागि बनाइएको अक्षयकोषमा कसरी स्रोत जुटाइएको छ ?
उत्तर:- बालक्लबका लागि बनाइएको अक्षयकोषमा विद्यालयमा कार्तरत शिक्षक कर्मचारीले एकदिनको तलब जम्मा गरि स्रोत जुटाइएको छ ।
७ नौ कक्षाका विद्यार्थीका तर्फबाट शैक्षिक
भ्रमणको प्रबन्ध मिलाइदिन अनुरोध गर्दै विद्यालयका प्रधानाध्यापकलाई लेख्न निवेदनको
नमुना तयार पार्नुहोस् ।
मिति २०८०-०२-३०
श्रीमान् प्रधानाध्यापकज्यू
डाँगीहाट लिटल बुद्ध बोर्डिङ स्कुल
बेलबारी – ९ डाँगीहाट , मोरङ
विषय :- शैक्षिक भ्रमणको प्रबन्ध
मिलाउने सम्बन्धमा ।
महोदय
प्रस्तुत विषयमा हामी
कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूका लागि हाम्रो पाठ्यक्रमले पाठ्यपुस्तकको पुरक शैक्षिक
गतिविधिका रुपमा शैक्षिक भ्रमण , क्षेत्र भ्रमण , अवलोकन भ्रमण , परियोजना कार्य , प्रतिवेदन तयार तथा प्रस्तुतिकरण
आदि गराउनु पर्ने कुरा उल्लेख गरेको कुरा यहाँलाई सर्वविदितै छ ।विशेषगरी सामाजिक विषयमा
समावेश गरिएको चित्रकला, काष्ठकला, वास्तुकला, संस्कृति लगाएतका पाठहरूको
अध्ययनका क्रममा क्षेत्रभ्रमणलाई शैक्षिक क्रियाकलापको महत्त्वपूर्ण महत्त्वपूर्ण
पक्षको रूपमा मानिएको छ । आफैँले हेरेर वा गरेर सिकेको कुरा दिगो तथा स्थायित्व
हुने भएकाले हामी कक्षा नौ का विद्यार्थीहरूले जनकपुर, लुम्बिनी र काठमाडौँको धार्मिक
, ऐतिहासिक तथा पुरातात्त्विक
महत्त्वका स्थलहरूको अवलोकन भ्रमण गर्ने बनाएको जानकारी गराउँदै शैक्षिक भ्रमणको लागि
आवश्यक प्रबन्ध मिलाई दिनुहुन हजुर समक्ष विनम्र अनुरोध गर्दछौँ ।
निवेदक
कक्षा ९ का विद्यार्थीहरू
९ दिइएको निवेदनको नमुना पढी जेहेन्दार छात्रवृत्तिखा
लागि प्रधानाध्यापकलाई निवेदन लेख्नुहोस् :
उत्तर :- मिति २०८०-०२-३०
श्रीमान् प्रधानाध्यापकज्यू
डाँगीहाट लिटल बुद्ध बोर्डिङ स्कुल
बेलबारी – ९ डाँगीहाट , मोरङ
विषय :- छात्रवृत्ति पाऊँ भन्ने सम्बन्धमा
।
महोदय
प्रस्तुत विषयमा म
यस विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्र/छात्रा हुँ । मेरो परिवारको कमजोर आर्थिक अवस्थाका
बाबजुद पनि म मेहनत र लगनशीलताको साथ अध्ययन गरिरहेको छु । विद्यालयले सञ्चालन गर्ने
आन्तरिक परीक्षा तथा अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट स्थान हाँसिल गर्दै आएको
कुरा यहाँलाई सर्वविदित्तै छ । हाम्रो परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको
, खेतीपातीको लागि आफ्नै
जग्गा पनि नभएकोले पारिवारिक खर्च चलाउन बुबा आमाले दैनिक ज्याला मजदुरी गरेर बिहान
बेलुकीको छाक टार्नु पनि धौधौ छ । त्यसैले मलाई पढ्नको लागि चाहिने किताब कापी र स्कुलको
मासिक शुल्क तिर्न नसकेर बिचैमा पढाइ छाड्नु पर्ने अवस्था भएको हुँदा यस विद्यालयबाट
प्रदान गरिने जेहेन्दार छात्रवृत्ति मलाई प्रदान गरेर मेरो पढ्ने इच्छा पूरा गरिदिनु
हुन हजुर समक्ष विनम्र अनुरोध गर्दछु ।
निवेदक
नाम :-
कक्षा :-
रोल नं. :-