पाठ ५ सत्यमोहन जोशी

 

पाठ       सत्यमोहन जोशी

शब्दभण्डार

शब्द           अर्थ

गाईजात्रा        जनैपूर्णिमाको भोलिपल्ट मनाइने पर्व

जीवनदृष्टि        जीवनदर्शन, जीवनलाई हेर्ने दृष्टि वा आधार

संस्कृति         जनमानसमा प्रचलित संस्कार, कलाकौशल , क्रियाकलाप

पुरातत्त्व       प्राचीन समयका ऐतिहासिक तथा महत्त्वपूर्ण वस्तुको

                           अध्ययन गर्ने विद्या

सङ्ग्रहालय     प्राचीन महत्त्वका , दुर्लभ र अनौठो वस्तु बटुलेर राखिने

                         ठाउँ वा घर

प्रतिष्ठान       प्रतिष्ठापूर्व रूपमा स्थापित कुनै संस्था

२ दिइएका शब्दको विपरीत अर्थ आउने शब्द पाठबाट खोजेर लेख्नुहोस्:

अनुत्तीर्ण  :-    उत्तीर्ण   ,    विनाश :- संरक्षण , अविश्वास :- विश्वास

स्वार्थ :- निस्वार्थ , निराशा :- आशा , अरुचि :- रुचि , कपुत:- सपूत

स्वीकार :- अस्वीकार ,  निष्क्रियता :-सक्रियता

३ दिइएको शब्दको विपरीत अर्थ आउने शब्द खोजेर लेख्नुहोस् :

 सुरक्षित :- असुरक्षित , सभ्य :- असभ्य , नास्तिक :- आस्तिक , लौकिक :- अलौकिक , गहन :- सरल, सहज    सूक्ष्म :- स्थूल , भिमकाय

बोध र अभिव्यक्ति

३ दिइएको अनुच्छेद मनमनै पढी संरचनाबारे सोधिएका प्रश्नको उत्तर भन्नुहोस् :

क)  माथिको अनुच्छेदमा कतिओटा वाक्य छन् ?

उत्तर :- माथिको अनुच्छेदमा सातओटा वाक्य छन् ।

ख) अनुच्छेदको सबैभन्दा लामो वाक्य कुन हो, त्यो कति शब्दले बनेको छ ?

उत्तर :- अनुच्छेदको सबैभन्दा लामो वाक्य पाँचौँ वाक्य हो र यसमा २४ ओटा शब्द रहेका छन् ।

ग)    व्यक्तिगत स्वार्थमा नलागेको कुरा कुन वाक्यमा छ, त्यसको आशय के हो ?

उत्तर :- व्यक्तिगत स्वार्थमा नलागेको कुरा चौँथो वाक्यमा छ र यसको आशय व्यक्तिगत जीवनभन्दा माथि उठेर राष्ट्र र राष्ट्रियताका लागि अनवरत रूपमा कर्मशील बन्नु पर्छ भन्ने हुन्छ ।

दिइएको प्रश्नको उत्तर लेख्नुहोस् :

क)  सत्यमोहन जोशीको साहित्य लेखनको प्रारम्भ कहिले देखि भएको हो ?

उत्तर :- सत्यमोहन जोशीको साहित्य लेखनको प्रारम्भ वि.सं. १९९८ तिरबाट भएको हो ।

ख) जोशीले कुन कुन सम्मान र पुरस्कार प्राप्त गरे ?

उत्तर :- नेपाली भाषा साहित्यका सच्चा सेवक तथा मूर्धन्य व्यक्तित्व जोशीले काठमाडौँ विश्वविद्यालयले वि.सं. २०६८ मा महाविद्यावारिधिको उपाधि प्राप्त , त्रिमूर्ति निकेतनले वि.सं. २०७१ मंसिर १५ गते 'शताब्दी पुरुष'को उपाधि प्रदान , नेपाल सरकारका तर्फबाट वि.सं. २०७४ बैशाख २१ गते 'वाङ्मय शताब्दी पुरुष'को उपाधि प्रदान गोरखा दक्षिणी बाहु, मदन पुरस्कार , पृथ्वी प्रज्ञा पुरस्कार , भानुभक्त पुरस्कार लगायत दर्जनौँ सम्मान र पुरस्कार प्राप्त गरेका छन् ।

ग)    जोशीले लोक साहित्यको क्षेत्रमा के के काम गरे ?

उत्तर :- नेपाली भाषा र लोक साहित्यका क्षेत्रको विकासमा अनवरत योगदान पुर्याउने विशिष्ट व्यक्तित्व जोशीले जागिरको सिलसिलामा तनहुँमा रहँदा त्यहाँको लोकभाका र सुस्केराबाट प्रभावित भई वि.सं. २०१४ मा 'हाम्रो लोकसंस्कृति' नामक पुस्तक प्रकाश गरे । नेपाली लोक साहित्य र संस्कृति आदि क्षेत्रमा दर्जनौँ पुस्तक तथा कृतिको प्रकाशन गराए ।

६ दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

क)  सत्यमोहन जोशीका आमाबुबा चिन्तित हुनुको कारण के हो ?

उत्तर :- पाँच वर्षको उमेर सम्म पनि सत्यमोहनको बोली नफुटेका कारण उनको आमाबुबा चिन्तित भएका हुन् ।

ख) सत्यमोहन जोशीको अक्षर आरम्भ कुन उमेरमा कहाँ भएको थियो ?

उत्तर :- उनको अक्षर आरम्भ सात वर्षको उमेरमा घरबाट नै भएको थियो ।

ग)    उनको पढाइ अघि बढ्न नसक्नुको कारण के देखिन्छ ?

उत्तर :- पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले वा आर्थिक अभावकै कारण उनको पढाइ अघि बढ्न नसकेको हो ।

घ)    सत्यमोहन जोशीले कुन तहसम्मको शिक्षा हासिल गरेका थिए ?

उत्तर :- सत्यमोहन जोशीले आई.. तहसम्मको औपचारिक शिक्षा हासिल गरेका थिए

      दिइएको अनुच्छेद पढ्नुहोस् सोधिएका प्रश्नको उत्तर दिनुहोस्

क उत्तर दिनुहोस्

अ)  ाग र सिस्नु खाएको बेस आन्नदी मनले भन्नाले के बुझिन्छ ?

उत्तर :- साग र सिस्नो खाएको बेस आनन्दी मनले भन्नाले पारिवारिक साथ , सहयोग र एकता भएमा अभावमा पनि सुख र शान्ति प्राप्त हुन्छ वा सुखपूर्ण जीवन बिताउन सकिन्छ ।

आ)            सिस्नुमा कुन पौष्टिक तत्व पाइन्छ ?

उत्तर :- सिस्नुमा भिटामिन ए, भिटामिन सि, भिटामिन डी, लौहतत्त्व(फलाम), पोटासियम, क्याल्सियम जस्ता पौष्टिक तत्त्व पाइन्छ ।

इ)    सिस्नुलाई किन अर्गानिक उत्पादन भनिएको हो ?

उत्तर :- सिस्नु पाखापखेरामा पाइने , विषादी र रासायनिक मलको प्रकोपबाट मुक्त हुने भएकाले अर्गानिक उत्पादन भनिएको हो ।

ई)    सिस्नु पकाएर खाने विभिन्न तरिका बताउनुहोस् ।

उत्तर:- सिस्नुलाई पखालेर उम्लेको तातोपानीमा राखी घोटेर नुन, खुर्सानी , टिमुरको धुलो, लसुन, मकैका च्याख्ला राखेर पकाइन्छ । विदेशमा चाहिँ बटरमा प्याज, लसुन, गाजर र आलु राखेर सिस्नु पकाइन्छ ।

भाषा संरचना पहिचान गर्नुहोस् :

अ)  अनुच्छेदबाट 'आदि' र 'विपन्न' शब्दका विपरीतार्थी शब्द लेख्नुहोस् ।

उत्तर :-  आदि-------- अन्त्य    ,      विपन्न ------- सम्पन्न

आ)                 अनुच्छेदबाट चन्द्रबिन्दु लागेका शब्द टिप्नुहोस् ।

उत्तर :-  चन्द्रबिन्दु लागेका शब्द लोभ्याउँदै , चाहिँ , च्याख्लासँग

इ)     विशुद्ध र प्रचलन शब्दमा लागेको उपसर्ग छुट्याउनुहोस् । ती उपसर्ग लागेका थप दुई दुईओटा शब्द लेख्नुहोस् ।

उत्तर :-  वि + शुद्ध = विशुद्ध ,   प्र + चलन = प्रचलन

            वि + ज्ञान = विज्ञान  , प्र + कार = प्रकार

           वि + चार = विचार   ,    प्र + गति = प्रगति

ई)     अनुच्छेदबाट दुईओटा प्रत्यय लागेर बनेका शब्द पहिचान गरी लेख्नुहोस् ।

उत्तर :- प्रत्यय लागेर बनेका शब्द

           पूर्व + ई = पूर्वी ,   घोट् + एर = घोटेर

      जीवनीमा रहेको 'नेपाल आमाका---------- व्यक्ति हुन्' अनुच्छेदबाट मुख्य चारओटा बुँदा टिपी सारांश लेख्नुहोस्

उत्तर :-    चारओटा बुँदाहरू

१)   नेपाल र नेपालीको गौरव उच्च पार्न सधैँ अग्रसर जोशीले थुप्रै पुरस्कार , सम्मान र पदक पाउनु,

२)   वि.सं. २०६८ मा काठमाडौँ विश्वविद्यालयले महाविद्यावारिधि, वि.सं. २०७१ मा त्रिमूर्ति निकेतनले 'शताब्दी पुरुष' नेपाल सरकारबाट वि.सं. २०७४ मा वाङ्मय शताब्दी पुरुष को उपाधि प्रदान गर्नु,

३)   गोरखा दक्षिण बाहु, मदन पुरस्कार , पृथ्वी प्रज्ञा पुरस्कार , भानुभक्त पुरस्कार , २०७६ मा नेपाल राष्ट्र बैँकबाट जोशीको नाम र मुहार अङ्कित एक सय रूपियाँको सिक्का प्रकाशन,

४)   लोक संस्कृति , नेपाली राष्ट्रिय मुद्राहरू , कर्णाली लोक संस्कृति नामक कृतिका लागि तीन पटक मदन पुरस्कार प्राप्त गर्नु

 

सारांश

              सत्यमोहन जोशीले पाएका सम्मा र पुरस्कार

नेपाल र नेपालीको गौरव उच्च राख्न अग्रसर जोशीले थुप्रै पुरस्कार , सम्मान र पदक पाएका थिए । उनले महाविद्यावारिधि, शताब्दी पुरुष र वाङमय शताब्दी पुरुष को उपाधि पाएका थिए । थुप्रै पुरस्कारबाट सम्मानित जोशीको नाम र मुहार अङ्कित एक सय रुपैयाँको सिक्का २०७६ सालमा नेपाल राष्ट्र बैँकले प्रकाशित गर्यो । लोक संस्कृति , नेपाली राष्ट्रिय मुद्राहरू, कर्णाली लोक संस्कृति नामक कृतिका लागि तीन पटक मदन पुरस्कार पाएका थिए ।

               अनुच्छेदमा भएको जम्मा शब्द संख्या = १९०

               सारांशमा बनाउनु पर्ने शब्द संख्या =   ६३

               सारांशमा भएको जम्मा संख्या  =          ६५

      सत्यमोहन जोशीको जीवनीबाट कस्तो शिक्षा पाइन्छ , तलका भनाइका आधारमा व्याख्या गर्नुहोस्

उत्तर :- वि.सं. १९७७ वैशाख ३० गते जन्मिएका जोशी व्यक्तिको अधिकार कर्ममा हुन्छ त्यसैले निरन्तर कर्म गर्नुपर्छ भन्ने विश्वास राख्ने नेपाली भाषा , लोक साहित्य , संस्कृतिलगायतका क्षेत्रमा अनवरत रूपमा योगदान दिने विशिष्ट  व्याक्तित्व हुन् ।

            व्यक्तिगत जीवनभन्दा राष्ट्र र राष्ट्रियताका लागि अनवरत रूपमा समर्पित हुने कर्मशील हुने जोशीको जीवनीबाट सादा जीवन उच्च विचार लिनु पर्ने प्रेरणा पाइन्छ । विषम पारिवारिक आर्थिक अभावका बाबजुद पनि निरन्तर कर्म र साधनामा लागेका जोशीको जीवनका भोगाइबाट दु:खमा नआत्तिनु र सुखमा नमात्तिनु भन्ने शिक्षा पाइन्छ । जीवनका उकाली ओराली आरोह, अवरोहमा सबैसँग हातेमालो गर्दै अगाडि बढाउने सफलता प्राप्त गर्न सकिन्छ र यसले व्यक्ति स्वयंलाई पनि सफल बनाउँछ । निष्काम कर्मयोगी झैँ दीर्घकालसम्म भाषा र साहित्य , लोक संस्कृति र आफ्नो जिम्मेवारी पूरा गरी नेपालीका हृदयमा बस्न सफल जोशीका जीवनीबाट सङ्घर्ष नै जीवनको पर्याय हो जो सङ्घर्षको मैदानबाट पछाडि हट्छ त्यसले जीवनमा सफलता प्राप्त गर्न सक्दैन । त्यसैले अर्थपूर्ण जीवनबाट विचलित हुनु हँदैन भन्ने शिक्षा उनको जीवनीबाट पाइन्छ ।

१० जीवनीका आधारमा सत्यमोहन जोशीलाई देशभक्त व्यक्तित्वका रूपमा चिनाउनुहोस्

उत्तर :- वि.सं. १९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा पिता शङ्करराज जोशी र माता राजकुमारी देवीको जेष्ठ पुत्ररत्नका रूपमा जन्मिएका जोशी सकारात्मक सोच र आशावादी जीवनदृष्टि राख्ने चर्चित व्यक्तित्व हुन् ।

            व्यक्तिको अधिकार कर्ममा हुन्छ । त्यसैले निरन्तर कर्म गर्नुपर्छ भन्ने सोचाइ राख्ने जोशी देशप्रेमको भावना भएको व्यक्ति हुन् । उनले आफ्नो कार्य सम्पादनको जिम्मेवारी र अख्तियार लगायत आदिमा पाएका विभिन्न पदमा रहेर देशको प्रतिष्ठा उच्च बनाउने कार्य गरेका छन् । जागिरको सिलसिलामा तनहुँ  लमजुङमा रहँदा त्यहाँका लोकभाकाबाट प्रभावित भएका उनले वि. सं. २०१४ मा हाम्रो लोक संस्कृति नामक कृति प्रकाशन गरे । नेपाली साहित्यमा कविता कथा, नाटक , समालोचना , लोकसाहित्य र संस्कृति आदि क्षेत्रमा दर्जनौँ कृति रचना गरेका उनले नेपाल भाषामा विभिन्न विषय र विधा क्षेत्रसँग सम्बन्धित चार दर्जनभन्दा बढी कृतिको रचना गरेका छन् । उनले नेपाल भाषा एकेडेमीको स्थापना गराइ नेवारी भाषा, साहित्य , कला र संस्कृति जोगाउन उल्लेखनीय योगदान पुर्‍याएका छन् । नेपालका बारेमा विदेशीले नेपालका बारेमा तयार पारेका लेख रचना र पुस्तकको ग्रन्थसूचि तयार पार्न लगाउने जोशीले तत्कालीन सरकारको असहयोग र दबाबका बाबजुद गाइजात्रा महोत्सवको प्रवर्द्धन गरेका थिए । चीनमा रहँदा नेपाली भाषा पठनपाठन तथा प्रचारप्रसार गर्नु, आफ्नो विद्यार्थीको सहयोगमा नेपाली भाषामा समाचार प्रसारण गर्ने, सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने आदि चाँजो मिलाएका थिए । कलाकार अरनिको र उनले तयार पारेको श्वेत प्यागोडाको खोज अनुसन्धान गरी सोधग्रन्थ तयार पार्नु, भृकुटीको बारेमा खोज अनुसन्धान गर्नु तथा नेपाली भाषा , लोक साहित्य , संस्कृतिलगायत क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका छन् ।

            निष्कर्षमा के भन्न सकिन्छ भने उनी व्यक्तिगत जीवनभन्दा राष्ट्र र राष्ट्रियताका लागि अनवरत रूपमा समर्पित क्रियाशील व्यक्तित्व हुन् । सबै नेपाली कर्मनिष्ठ तथा निष्ठावान् भई देशसेवामा लागेमा सजिलै देशको काँचुली फेर्न सकिन्छ भन्ने धारणा राख्ने जोशीलाई उल्लिखित कर्म र क्रियाशीलताका आधारमा देशभक्त नागरिक हुन् भन्न सकिन्छ ।

१२  दिइएको सन्दर्भका आधारमा सत्यमोहन जोशीका योगदानको चर्चा गर्नुहोस् :

उत्तर :- वि. सं. १९७७ साल वैशाख ३० गते पिता शङ्करराज जोशी र माता राजकुमारी देवीका जेष्ठ सुपुत्रका रूपमा ललितपुरको बखुम्बहालमा जन्मिएका सत्यमोहन जोशी नेपाली भाषा , संस्कृति र लोक साहित्य , कलाका सच्चा उपासक हुन् । सत्यमोहन जोशीको जीवनलाई विभिन्न आयमबाट हेर्न र बुझ्न सकिन्छ । उनको जीवनलाई बुझ्न साहित्यिक , सांस्कृतिक , भाषिक र प्रशासनिक व्यक्तित्वका रूपमा हेर्न पर्छ र उनको योगदान पनि यिनै चारओटा विषयमा केन्द्रित रहेर विश्लेषण गर्न सकिन्छ ।

साहित्यिक :- कलेज जीवनमा माधवप्रसाद घिमिरे , लक्ष्मीप्रसाद देवकोटाबाट कविता लेख्ने प्रेरणा प्राप्त गरेका जोशीले पहिलो पटक वि. सं. १९९८ मा छन्दमा कविता लेखनको आरम्भ गरेका थिए । पुष्कर शमशेरको सानिध्यता तथा प्रेरणाबाट अङ्ग्रेजी भाषाका कथा र कविता नेपालीमा अनुवाद गरेका थिए । जागिरे जीवनको सिलसिलामा लमजुङ र तनहुँको बसाइमा त्यहाँका ग्रामीण लोकभाकाबाट प्रभावित भएका जोशीले वि. सं. २०१४ मा हाम्रो लोक संस्कृति शीर्षकमा पुस्तक प्रकाशन गरे । नेपाली साहित्यमा कविता , समालोचना , लोक साहित्य र संस्कतिका क्षेत्रमा दर्जनौँ पुस्तक प्रकाशन गरेका छन् । नेपाल एकेडेमीको स्थापना गरी नेवारी साहित्य , कला र संस्कृति जोगाउन क्रियाशील रहेका छन् । उनका भाषा र नाटक, कविता, कथा , निबन्ध जस्ता साहित्यिक विधाका करिब तीन दर्जनभन्दा बढी कृतिको रचना गरेका छन् । उनले प्रज्ञा प्रतिष्ठानमै नाटक महोत्सवको थालनी समेत गरे ।

सांस्कृतिक :- सत्यमोहन जोशी नेपाली मौलिक संस्कृतिका सच्चा खोजकर्ता तथा उपासक हुन् । उनी प्रज्ञाप्रतिष्ठानमा रहँदा दरबारबाट आएको दबाबलाई बेवास्ता गर्दै हाँस्यव्यङ्ग्य कार्यक्रम 'गाईजात्रा महोत्सव' को प्रवर्द्धन गरे । प्राचीन मुद्राहरूको खोज अनुसन्धान गरी नेपाल भाषाको विकास र संरक्षण र प्रचारप्रसारमा योगदान पुर्‍याए ।

भाषिक :- सत्यमोहन जोशी नेपाली र नेपाल भाषाका उज्ज्वल नक्षत्र हुन् । उनले चीनमा नेपाली भाषाको प्रचारप्रसार गर्नुका साथै चीनबाट नेपाली भाषाको प्रशिक्षकका रूपमा बोलावट भई चीनमा रहँदा नेपाली भाषालाई  चीनियाँ समक्ष पुर्‍याउने काममा सक्रिय रहे । आफ्ना चीनिया विद्यार्थीहरूको सहयोगमा चीनमा नेपाली भाषामा समाचार प्रसारण गर्ने कार्य गरे । नेपाल एकेडेमीको स्थापना गरी नेपाल भाषाको प्रवर्द्धनमा योगदान पुर्‍याएका छन् ।

प्रशासनिक :- वि. सं. २००१ मा औद्योगिक व्यापारिक समाचार अड्डाबाट जागिरे जीवनको आरम्भ गरेका जोशी कुशल प्रशाशक पनि हुन् । उनले २००७ मा सङ्ख्या विभागका सुपरिवेक्षक , २०१४ मा राष्ट्रिय योजना परिषदमा कार्यक्रम अधिकृत , २०१६ सालमा पुरातत्त्व र संस्कृति विभागमा निर्देशक, नेपाल प्रज्ञाप्रतिष्ठानमा सदस्य सचिव भएर कार्य सम्पादन गरेको पाइन्छ ।

भाषिक संरचना र वर्णविन्यास

दिइएका उपसर्ग लागेर बनेका शब्दको निर्माण प्रक्रिया देखाउनुहोस् :

उत्तर :- अनुसार = अनु + सार , बदनाम = बद् + नाम , पराजय = परा + जय , प्रगति = प्र + गति , प्रारम्भ = प्र + आरम्भ , अपमान = अप + मान , संवाद = सम् + वाद , विभेद = वि + भेद , अध्यादेश = अधि + आदेश , अभिव्यक्ति = अभि + व्यक्ति , अत्युत्तम = अति + उत्तम , विकल्प = वि + कल्प , प्रत्येक = प्रति + एक , नियोग = नि + योग,

परिभाषा = परि + भाषा , उपहार = उप + हार , उपकरण = उप + करण , निर्दोष = नीर + दोष , निर्जीव = निर् + जीव , निर्भय = निर् + भय , दुष्कर्म = दुस् + कर्म , दुर् + गति , उल्लेख्य = उत् + लेख्य ,

दुर् + घटना , अवशेष = अब + शेष , आकृति = आ + कृति , निबन्ध = नि + बन्ध , नाजबाफ = ना + जबाफ

३ दिइएका उपसर्ग लगाई दुई दुईओटा शब्द निर्माण गर्नुहोस् :

उत्तर :- बद -- बद + नाम = बदनाम , बद + मासी = बदमासी

                       बद + नियत = बदनियत , बद + मास = बदमास

ना ना + जायज = नाजायज , ना + बालक + नाबालक

         ना + लायक = नालायक , ना + मर्द = नामर्द

अधि अधि + कार = अधिकार , अधि + राज्य = अधिराज्य

              अधि + आदेश = अध्यादेश , अधि + करण = अधिकरण

अनु अनु + करण = अनुकरण , अनु + मान = अनुमान

            अनु + शासन = अनुशासन , अनु + गमन = अनुगमन

अभि अभि + भावक = अभिभावक , अभि + योग = अभियोग

             अभि + रुचि = अभिरुचि , अभि + लेख = अभिलेख

अति अति + अन्त = अत्यन्त , अति + आचार = अत्याचार

            अति + सार = अतिसार , अति + उक्ति = अत्युक्ति

अव   अब + काश = अवकाश , अब + गुण = अवगुण

             अब + शेष = अवशेष ,  अब + चेतन = अवचेतन

अप   अप + मान = अपमान , अप + शब्द = अपशब्द

            अप + ईक्षा = अपेक्षा , अप + अङ्ग = अपाङ्ग

उप   उप+ हार = उपहार , उप + अध्यक्ष = उपाध्यक्ष

           उप + कार = उपहार , उप + योग = उपयोग

उत्   उत् + घोषण = उदघोषण , उत् + गार = उत्गार

           उत् + लेख्य = उल्लेख्य , उत् + पत्ति = उत्पत्ति

दुर् दुर् + गति = दुर्गति , दुर् + गन्ध = दुर्गन्ध

          दुर् + गम = दुर्गम , दुर् + आशा = दुराशा

दुस् दुस् + कर्म = दुष्कर्म , दुस् + चरित्र = दुश्चरित्र

          दुस् + परिणाम = दुष्परिणाम , दुस् + प्रयास = दुष्प्यास

नि नि + बन्ध = निबन्ध , नि + यम = नियम

         नि + गम = निगम ,   नि + यात्रा = नियात्रा ऽ

निर् निर् + अन्तर = निरन्तर , निर् + आशा = निराशा

           निर् + जीव = निर्जीव , निर् + दोष = निर्दोष

परा परा + जय + पराजय , परा + क्रम = पराक्रम

           परा + जित = पराजित , परा + पूर्व = परापूर्व

परि   परि + अटन = पर्यटन , परि + ईक्षा = परीक्षा

         परि + कार = परिकार , परि + कल्पना = परिकल्पना

प्र   प्र + कार = प्रकार , प्र + चार = प्रचार

          प्र + कृति = प्रकृति , प्र + क्रिया = प्रक्रिया

प्रति प्रति + एक = प्रत्येक , प्रति + क्रिया = प्रतिक्रिया

           प्रति + पक्ष = प्रतिपक्ष , प्रति + कार = प्रतिकार

वि   वि + ज्ञान = विज्ञान , वि + देश = विदेश

          वि + चार = विचार , वि + कार = विकार

सम् सम् + वाद = संवाद,  सम् + कल्प सङ्कल्प

           सम् + चार = सञ्चार , सम् + देश = सन्देश

४ दिइएको अनुच्छेदबाट दशओटा उपसर्ग व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् :

उत्तर :- पर्यटन = परि + अटन , सम्भावना = सम् + भावना , प्रकृति = प्र + कृति , आकर्षण =आ + कर्षण , प्रवर्धन = प्र + वर्धन

विदेश = वि + देश , अतिथि = अ + तिथि , आवास = आ + वास , प्रबन्ध = प्र + बन्ध , असुविधा = अ + सुविधा , उपहार = उप + हार , बिदाइ = बि + दाइ

५ दिइएको अनुच्छेदमा रातो रङ लगाएका शब्द कुन कुन प्रत्यय लागेर बनेका छन् छुट्याउनुहोस् :

उत्तर :- बोलक्कड = बोल् + अक्कड

सिपालु = सीप + आलु

काव्य = कवि +

दङाली =  दाङ + आली

घुस्याहा = घुस् + आहा

भ्रष्टाचारी = भ्रष्टाचार +

सहरिया = सहर + इया

बैतडेली = बैतडी + एली

दर्शन = दृश् + अन

गाउँले = गाउँ + ले

 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.