पाठ ५ लक्ष्मीप्रसाद देवकोटा

 

पाठ :-            लक्ष्मीप्रसाद देवकोटा

दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

क) लक्ष्मीप्रसाद देवकोटाको व्यक्तिगत जीवनमा कस्ता कस्ता उतारचढाव आए , उनको जीवनीका आधारमा लेख्नुहोस् ।

उत्तर :- हाम्रो कक्षा १० को नेपाली किताबका सम्पादकज्यूहरूद्वारा लिखित लक्ष्मीप्रसाद देवकोटाको जीवनीमा उनका जीवनका आरोह अवरोह , उतारचढाव र साहित्य साधनाप्रतिको उच्च समर्पण आदि विषयवस्तका रुपमा प्रस्तुत गरिएको छ ।

              देवकोटाले आफ्नो जीवनकालमा पारिवारिक , आर्थिक तथा स्वास्थ्य क्षेत्रमा विभिन्न खालका समस्याहरू भोग्नुपर्‍यो । देवकोटा २५ २६ वर्षको उमेरमा क्रमश: आमा बुबा र काखकी छोरी घुमाएर शोकमा डुब्नुपर्यो । उनले जीवनमा पागलको सङ्ज्ञा प्राप्त गरे त्यसैको परिमाण स्वरूप पागल कविताको सिर्जना भएको मानिन्छ । राणाशासनको विरोध गर्दा असुरक्षाको कारण प्रवासमा बस्नु पर्यो । देवकोटा प्राणघातक रोग क्यान्सरबाट सङ्क्रमित हुनु पर्यो । क्यान्सरको सहनै नसकिने पीडा र आर्थिक अभावका कारण उपचार खर्च जुटाउन नसक्दा उनले शारीरिक तथा मानसिक पीडा व्यहोर्नु पर्यो । लक्ष्मीपूजाका दिन जन्मिएकाले लक्ष्मीको प्रसाद ठानेर लक्ष्मीप्रसाद नाम पाएका देवकोटाले जीवनभर लक्ष्मीको कृपा दृष्टि कहिल्यै पाएनन् अर्थात् आर्थिक सङ्कटको सामना गर्नु परेको पाइन्छ

ख) देवकोटामा रहेको देशप्रेम र क्रान्ति चेतनाको वर्णन गर्नुहोस् ।

उत्तर :-  नेपाली साहित्यका एक महान् व्यक्तित्व तथा युगपुरुष देवकोटाका कवितामा नेपालको प्रकृति , धर्ती , संस्कृति र भाषालाई हृदयदेखि नै श्रद्धा र सम्मानको भाव व्यक्त भएको पाइन्छ । भारत प्रवासमा रहँदा बिरामी पर्दा होस् विदेशमा बसेर मर्नुभन्दा स्वदेशमा वा आफ्नै माटोमा मर्ने इच्छा व्यक्त गरेर स्वदेशमा बसेर काम गर्ने मनसाय बोकेर काठमाडौँ फर्किए । उपचारार्थ कलकत्ता लैजाँदा पनि निको नहुने जानकारी पाएपछि स्वदेश फर्किए ।

देवकोटाले आफ्ना रचनामा नेपाली माटो र संस्कृतिको सुगन्ध फैलाउने काम गरेको पाइन्छ । जुन जुन जिम्मेवारी वहन गर्ने अवसर पाए ती ती जिम्मेवारी सफलतापूर्वक निर्वाह गरे । नेपाली साहित्यलाई विश्वसामु चिनाउने कार्य देवकोटाबाट भएको पाइन्छ । निरङ्कुश राणाशासनमा समेत उनको देशप्रेम र क्रान्ति चेतना फुलिरहयो । पागल र प्रभुजी मलाई भेडो बनाऊ शीर्षकको कवितामा उनको क्रान्ति चेतना सल्बलाएको पाइन्छ । प्रजातान्त्रिक आन्दोलनमा सहभागी भई सुरक्षाको लागि भारत प्रवासमा जान तयार हुनु उनले समातेको विद्रोहको बाटो भएको पाइन्छ । वनारस प्रवासमा रहँदा युगवाणी पत्रिकामार्फत निरङ्कुशता विरुद्ध विद्रोहको विगुल फुकेको पाइन्छ ।

ग)    देवकोटालाई आशुकविका रूपमा चिनाउनुहोस् ।

उत्तर :- यथास्थानमा नै कविता रचना गर्न सक्ने , छिटो वा तुरुन्तै कविता रच्न सक्ने क्षमता भएका व्यक्तिलाई आशुकवि भनिन्छ । लक्ष्मीप्रसाद देवकोटामा विशिष्ट काव्य प्रतिभा थियो भनिन्छ । उनी कवितामै कुरा गर्न सक्ने र कुरा गर्दागर्दै कविता रचना गर्न सक्ने सामर्थ्य राख्थे । उनले तीन महिनामा शाकुन्तल महाकाव्य , १० दिन भित्रको ६० घण्टामा सुलोचना महाकाव्य र एकै रासमा कुञ्जिनी खण्डकाव्य रचना गरेका देवकोटामा आशुकवित्व थियो । उनी हिँड्दा हिँड्दै बस्दा बस्दै वा कुनै दृश्यलाई धाराप्रवाह कवितामा प्रस्तुत गर्न सक्थे । उपरोक्त क्षमता र विशिष्ट प्रतिभाका कारण देवकोटालाई आशुकवि मान्न सकिन्छ ।

घ)    लक्ष्मीप्रसाद देवकोटाको जीवनीबाट कस्तो सन्देश पाइन्छ , लेख्नुहोस् ।

उत्तर :-  हाम्रो कक्षा १० को नेपाली किताबका लेखकहरूद्वारा लिखित लक्ष्मीप्रसाद देवकोटाको जीवनी प्रेरक र सन्देशमूलक छ । पारिवारिक विछोड र वियोग , चरम आर्थिक समस्या , प्रतिकुल शारीरिक तथा राजनैतिक परिवेशमा पनि देवकोटाको प्रतिभा मुस्कुराइ रहयो । देवकोटाले जहाँ जहाँ आफ्नो उपस्थिति जनाए त्यहाँ त्यहाँ आफ्नो कर्मले उज्यालो पारे । जीवनमा अनेकौँ आरोह अवरोह , उतारचढाव आउँछन् तर अविचलित रूपमा लक्ष्यप्राप्तिको साधनामा समर्पित हुनुपर्छ भन्ने प्रेरणा देवकोटाको जीवनीबाट पाइन्छ । देश , भाषा , संस्कृति र प्रकृतिको संरक्षण गर्नु पर्ने कुरा देवकोटाको जीवनीबाट प्राप्त हुने महत्त्वपूर्ण सन्देश हो ।मानवीय चेतनाले समाज सेवामा तल्लिन हुनुपर्छ , हरेक व्यक्तिले आफ्नो क्षमता र प्रतिभालाई चिनेर अगाडि बढ्न सक्नुपर्छ , निरन्तरताको साधनाले व्यक्तिलाई सफलताको शिखरमा पुर्‍याउन सक्छ भन्ने प्रेरणा लक्ष्मीप्रसाद देवकोटाको जीवनीबाट पाइन्छ ।

व्याख्या गर्नुहोस् :

क) देवकोटाको महासागर जस्तो प्रतिभा राणाहरूको निरङ्कुशताको साँघुरो सुरुङभित्र कसरी बग्न सक्थ्यो र ?

उत्तर :- देवकोटाको महासागर---------------------------------- बग्न सक्थ्यो र ?

     प्रस्तुत वाक्य हाम्रो कक्षा १० को नेपाली किताबको लक्ष्मीप्रसाद देवकोटा शीर्षक जीवनीबाट व्याख्याको लागि साभार गरिएको हो । यस जीवनीका रचयिता यसै किताबका सम्पादकज्यूहरू हुन् । यस जीवनीमा देवकोटाका सिर्जनशील सक्रिय व्यक्तित्वका विभिन्न आरोह र अवरोह तथा साहित्य साधनाका विविध पक्षको चर्चा गरिएको छ । देवकोटाले आफ्नो जागिरे जीवनभन्दा राष्ट्रिय स्वतन्त्रतालाई सर्वोपरि ठानेर जागिरबाट राजिनामा दिएर भारत गएको प्रसङ्ग उल्लेख गर्ने क्रममा उक्त वाक्य आएको हो ।

                 नेपाली साहित्यमा विराट् प्रतिभाको उदय भइरहँदा नेपाली राजनीतिमा निरङ्कुशताको कालो बादल मडारिएको थियोराणाकालीन समयमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित थियोस्रष्टा सिर्जनाकर्मीहरू निर्धक्क आफ्नो सिर्जना पस्कन नसक्ने अवस्था थियोसिर्जना गर्न नपाउने प्रतिकूल समयमा जादुमय प्रतिभा कलम बोकेर देवकोटाको उदय भएको थियोदेवकोटाको कलम राणाकालीन निरङ्कुशताको सुरुङभित्र सिमित भएनमुलुकमा निरङ्कुशता विरुद्ध क्रान्तिको आगो सल्किँदै गर्दा देवकोटाले पनि विद्रोहको बाटो रोजेउनी प्रजातान्त्रिक आन्दोलनमा संलग्न भएकै कारण असुरक्षाको महसुस गर्दै भारत प्रवासमा गई वनारसबाट प्रकाशित "युगवाणी" पत्रिकामार्फत निरङ्कुशताको विरुद्ध युगले मागेको विद्रोहको विगुल फुकेउनकै संलग्नतामा काठमाडौंमा पुस्तकालय खोलिएको त्यसमार्फत राजनैनिक चेतना अभिवृद्धि गर्न खोज्दा उनीहरूलाई थुनामा राखियो यो घटना नेपालको राजनीतिक इतिहासमा लाइब्रेरी पर्वको रुपमा चर्चित रहेको यस्तो विषम राजनीतिक परिस्थिति राणाहरूको धरपक्कडमा समेत देवकोटाले आफ्नो कलमको बिर्को बन्द गरेनन्

               निष्कर्षम  महासागरको पानी साँघुरो सुरुङभित्र अटाउन सक्दैनत्यसरी नै देवकोटाको विराट् साहित्य प्रतिभा राणाहरूको निरङ्कुशता , धरपक्कड , डर धम्कीले सङ्कुचित गराउन सकेन भन्ने भाव यहाँ व्यक्त भएको छ ।

ख) हिउँको माझमा जन्मेको हाम्रो साहित्य कहिल्यै पनि एउटै पर्वत शृङ्खलाको भुलभुलैयामा बिलाउने छैन ।

उत्तर :- हिउँको माझमा ------------------------------------------ बिलाउने छैन ।

प्रस्तुत वाक्य हाम्रो कक्षा १० को नेपाली किताबको लक्ष्मीप्रसाद देवकोटा शीर्षक जीवनीबाट व्याख्याको लागि साभार गरिएको हो । यस जीवनीका रचयिता यसै किताबका सम्पादकज्यूहरू हुन् । यस जीवनीमा देवकोटाका सिर्जनशील सक्रिय व्यक्तित्वका विभिन्न आरोह र अवरोह तथा साहित्य साधनाका विविध पक्षको चर्चा गरिएको छ । वि.सं. २०१५ सालमा तत्कालीन सोभियत संघका सम्पन्न "अफ्रो एसियाली लेखक सम्मेलन" मा लिएर अतिथि वक्ताका मन्तव्य राख्ने क्रममा देवकोटाले उक्त वाक्य व्यक्त गरेका हुन ।

          नेपाली साहित्यका महाकवि देवकोटाको प्रतिभा विश्वभर फैलिएको छ । नेपाली साहित्यले विश्व साहित्यकै हाराहारीमा पौढता र चर्चाको शिखर चुम्न सफल भएको छ ।  यो नेपाली साहित्यप्रेमीका लागि गौरवको विषय हो । नेपाली भाषा साहित्यलाई विश्वमाझ चिनाएका देवकोटाले "अफ्रो एसियाली लेखक सम्मेलन" मा आफ्नो साहित्यिक दृष्टिकोण राख्ने सन्दर्भमा नेपाली भाषा साहित्य हिमालयको काखमा मात्र नभएर विश्व साहित्यसँग हातेमालो गर्दै अगाडि बढ्ने विचार व्यक्त गरेका छन् । देवकोटाको विचार नेपाली साहित्य नेपाल तथा एसियाभित्र मात्र सिमित हुन नसक्ने विचार प्रस्तुत गरेका छन् । देवकोटाको विचारमा हिउँको माझमा जन्मेको हाम्रो साहित्य यही पर्वतीय शृङ्खलाभित्र खुम्चिन नसक्ने र यसको सुवास विश्व साहित्यको अभिन्न अङ्गका रूपमा मगमगाउने छ । साहित्य र सिर्जना कुनै जात, धर्म , संस्कृति र भूगोल विशेषमा मात्र सङ्कुचित नहुने र यसले सिमितताको पर्खाललाई नाघेत विश्वव्यापी आकार लिने विचार देवकोटाको रहेको छ ।

                      निष्कर्षमा महासागरमा विभिन्न स्थानबाट बग्ने नदीहरूको विशाल प्रवाह पाइन्छ त्यसै गरी नेपाली साहित्य पनि विश्व साहित्यको महाप्रवाहमा एकाकार हुने र विश्वलाई सिञ्चित गर्ने सामर्थ्य राख्ने विचार उपरोक्त वाक्यमार्फत अभिव्यक्त भएको पाइन्छ ।

८ लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक योगदानको समीक्षा गर्नुहोस् ।

उत्तर :-  नेपाली साहित्यका विराट् प्रतिभ महाकवि लक्ष्मीप्रसाद देवकोटा विशिष्ट स्रष्टा हुन् । देवकोटाले सानै उमेरदेखि नै नेपाली साहित्यमा जादुमय कलम चलाएको पाइन्छ । उनका साहित्यमा नेपाली भाषा, संस्कृति र प्रकृतिलाई हृदयदेखि नै माया सम्मान र श्रद्धाको भाव प्रकट भएको पाइन्छ । नेपाली साहित्यमा चारदशक लामो समय अनवरत रूपमा साहित्यको साधनामा रमाएका देवकोटाले बिजुली वेगमा रचना गरेका साहित्यिक कृतिले सङ्ख्यात्मक र गुणात्मक रूपले समृद्ध तुल्याएका छन् ।

                  दरवार हाइस्कुलमा पढ्दादेखि नै कविता लेख्न सुरु गरेका देवकोटाले दाजुले लेखेका कविता सुनाएको भनेर आलोचना गर्ने र अविश्वास गर्ने साथीभाइ र शिक्षकलाई सबैको सामुन्ने कविता लेखेर सुनाउँदै नाजवाफ बनाएका थिए भने साथीहरूकै अगाडि दरबार हाइस्कुल शीर्षकको कविता लेखेका देवकोटालाई उनका शिक्षकले वडेन पोइट अर्थात् कोपिला कविका रूपमा टिप्पणी गरेका थिए । ११ वर्षको उमेरमा दरबार हाइस्कुलमा भर्ना भएका देवकोटाले अङ्ग्रेजी भाषाप्रतिको चासो, मोह र व्यङ्ग्य समेटी हाइ हाइ अङ्ग्रेजी शीर्षकको निबन्ध रचना गरेका थिए । "घनघोर दु:खसागर संसार जान भाइ नगरे घमण्ड कहिले मर्नु छ हामीलाई ।" शीर्षकको काव्यबाट सुरु भएको देवकोटाको साहित्य साधना छाँगो छङ्छङाए झैँ बिजुली वेगमा अविरल बगेको पाइन्छ । नेपाली साहित्यमा स्वच्छन्दवादी धाराको आमन्त्रण गर्ने कवि देवकोटाका शाकुन्तल, महाराणा प्रताप , प्रमिथस आदि प्रसिद्ध महाकाव्य  मुनामदन, कुञ्जिनी र लुनी जस्ता दर्जनौँ खण्डकाव्य यात्री र पागल जस्ता सयौँ कविता लक्ष्मी निबन्ध सङ्ग्रह र दाडिमको रूखनेर निबन्ध सङ्ग्रह सावित्री सत्यवान नाटक, चम्पा उपन्यास लगायतका कृति प्रकाशित गर्ने देवकोटा बहुमुखी प्रतिभा हुन् ।

        उनको लेखकीय जादुगरी र धाराप्रवाहलाई तीन महिनामा रचना गरिएको शाकुन्तल महाकाव्य १० दिन भित्रको ६० घण्टामा रचिएको सुलोचना र एकै रातमा लेखिएको कुञ्जिनी खण्डकाव्यले उनलाई आँसुकविका रुपमा परिचित गराएको छ । मृत्युशैयामा छटपटाउँदा समेत साहित्यको साधनाबाट विचलित नहुने देवकोटा नेपाली साहित्यका सर्वोत्कृष्ट कवि हुन् ।

दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिपी सारांश लेख्नुहोस् ।

बुँदा टिपोट:

१.   भाषाले व्यक्ति वा समुदायको संस्कृति र जीवनपद्धतिलाई प्रतिबिम्बित गर्नुका साथै आवश्यकता परिपुर्ति गर्नु,

२.   नेपाली भाषाका अभिव्यक्ति क्षमता र नयाँ नयाँ शब्दलाई आत्मसात् गर्ने क्षमता हुनु,

३.   नेपाली भाषाका वक्तामा अन्य भाषाका शब्द प्रयोग नगर्ने प्रतिवद्धता हुनु ,

४.   भाषा नेपालको मौलिक पहिचानसँग गाँसिएको हुनाले भाषिक आत्मनिर्भरतातिर हाम्रो सोच र हुनुपर्ने

सारांश :

नेपाली भाषाको संरक्षण

भाषाले व्यक्ति, समुदायको संस्कृति र जीवनपद्धतिलाई प्रतिबिम्बित गर्दै आवश्यकता पूर्ति गर्दछ । नेपाली भाषामा अभिव्यक्ति क्षमता , नयाँ शब्दलाई आत्मसात् गर्ने क्षमता रहेको छ । नेपाली भाषाका वक्तामा अरू भाषाका शब्द प्रयोग नगर्ने प्रतिबद्धता हुनुपर्छ । भाषा नेपालको मौलिक पहिचानसँग गाँसिएकाले भाषिक आत्मनिर्भरता हाम्रो सोच र प्रयास हुनुपर्छ ।

अनुच्छेदमा भएको जम्मा शब्द :- ११५

सारांशमा बनाउनु पर्ने शब्द  :- ३९

सारांशमा बनेको शब्द संख्या :- ४४

११ लक्ष्मीप्रसाद देवकोटाको जीवनी पढेपछि तपाइँलाई कस्तो व्यक्ति बनूँ जस्तो लाग्यो , लख्नुहोस् ।

उत्तर:- देवकोटाको जीवनी पढेपछि मलाई एक असल साहित्यकार बनूँ जस्तो लाग्यो । देवकोटाको जस्तो क्षमता र प्रतिभा मसँग विकास नहोला तर पनि आफ्नो चेतना, विवेक र कलमबाट देश र जनताले भोग्नु परेको पीडालाई बोल्न सकूँ । मैले गरेको सिर्जनामा देश मुस्कुराउन , प्रकृति मगमगाउन र मानवता फक्रन सकोस् । मेरो सिर्जना देश र समाजमा रहेको विकृति , विसङ्गति , दुराचार र भ्रष्टाचारको किल्ला तोड्न सक्ने हतियार बन्न सकून् । साहित्यका माध्यमबाट चेतनाको बिहानी आमन्त्रण गरी रोगी दु:खी, असहायहरूको सहारा बनी सारा बेथिति हटाउन सक्ने असल स्रस्टा बन्न मन लाग्यो ।

१२  देवकोटा छाँगो छङ्छङाए झैँ कविता लेख्ने कवि हुन् भन्ने भनाइप्रति सहमति प्रकट गर्दै पाठक प्रतिक्रिया लेख्नुहोस् ।

उत्तर :-       ' देवकोटा छाँगो छङ्छङाए झैँ कविता लेख्ने कवि हुन् ।'

नेपाली साहित्यका महाकवि तथा स्वच्छन्दतावादी धाराका प्रवर्तक देवकोटा भाषा र साहित्यलाई हृदयदेखि नै श्रद्धा र सम्मान गर्ने सिर्जनाकर्मी हुन् । विषम परिस्थितिमा समेत साहित्य साधनाबाट विचलित नहुने देवकोटाले नेपाली साहित्यमा चार दशकसम्म विभिन्न विधाका साहित्यिक कृति रचना गरी नेपाली साहित्यलाई समृद्ध बनाउने कार्य गरे । आँसु कवित्व क्षमता प्राप्त गरेका कवि देवकोटा कवितामा कुरा गर्ने र कुरा गर्दागर्दै कविता लेख्न सक्ने सामर्थ्य राख्थे तीन महिनामा शाकुन्तल महाकाव्य , १० दिनको ६० घण्टामा सुलोचना र एकैरातमा कुञ्जिनी खण्डकाव्यको रचना गर्ने कवि देवकोटा बिजुली वेग अनि छाँगो छङ्छङाए झैँ कविता लेख्ने कवि हुन् भन्ने कुरा पुष्टि हुन्छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.