पाठ ६ अधिकार ठूलो कि कर्तव्य ठूलो ?

 

पाठ ६       अधिकार ठूलो कि कर्तव्य ठूलो ?

शब्दभण्डार

दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :

     शब्द                 अर्थ

प्रतियोगिता            प्रतिस्पर्धा वा होडबाजी

वक्ता                बोल्ने व्यक्ति

कायापलट            ठूलो परिवर्तन

अभिमत              मनको विचार वा राय

कसी               वस्तुको स्तर निर्धारण गर्ने साधन

कानुन            राज्यमा न्यायिक व्यवस्था कायम गर्न बनाइएको नियमको

                                 समष्टि रूप

नैसर्गिक             स्वाभाविक , प्राकृतिक

घोषणापत्र         कुनै पनि संस्था वा व्यक्तिको वचनबद्धता घोषित गर्ने पत्र

२ दिइएको शब्द प्रयोग गरी एउटा अनुच्छेद लेख्नुहोस् :

कर्तव्यपालन , संविधान , सङ्घर्षपूर्ण , मानव , कल्याण , प्रजातन्त्र , अधिकार

उत्तर :-  सबै नागरिकले आ-आफ्नो कर्तव्यपालन गर्नाले सभ्य समाज निर्माणको आधार तयार हुन्छ । संविधानले प्रदान गरेको मौलिक हकको प्रयोग गर्दा हरेक नागरिकले अरूको अधिकारप्रति सचेत हुनुपर्छ । नागरिक अधिकार तथा मौलिक हक प्राप्तिका लागि नेपालमा पटक पटक सङ्घर्षपूर्ण आन्दोलन सम्पन्न भएका छन् । मानवले मानव कल्याणका लागि आफ्नो नैतिक कर्तव्यको पालना गर्नुपर्छ । नागरिक अधिकार र मौलिक हक प्रजातन्त्रको सुन्दर पक्ष मानिन्छ । हरेक नागरिक आफ्नो अधिकार उपयोग गर्ने क्रममा कर्तव्यको पालनातर्फ पनि सजग र सचेत हुनुपर्छ ।

४ दिइएका शब्दको अर्थ खुल्ने गरी अलग अलग वाक्यमा प्रयोग गर्नुहोस् :

क)           बाजी बाजि

बाजी :-  उसले फुटबल खेलमा बाजी लगायो ।

बाजि :- मैले धेरै बाजि परीक्षा दिँदा पनि एस ई ई परीक्षा उत्तीर्ण गर्न सकिनँ ।

ख)          अवधी अवधि

अवधी :- नेपालमा भएका विभिन्न भाषाहरूमध्ये अवधी भाषामा बढी साहित्य सिर्जना गरिएको पाइन्छ ।

अवधि :- मैले बनाएको योजना दुई वर्षको अवधिभित्र पूरा गर्नु पर्ने छ ।

ग)             तिन तीन

तिन :- तिनले समाजका लागि राम्रो काम गरिछन् ।

तीन :- संयोगले तीन वर्षपछि साथीसँग मेरो भेट भयो ।

घ)            पूरा पुरा

पूरा :- रामले बनाउन तालेको चित्र तीन महिनामा पूरा गरेछ ।

पुरा :- अर्काको पूरा खानुभन्दा त भोकै बसेको राम्रो हुन्छ ।

ङ)            फेरि फेरी

फेरि :-  आज फेरि दिनभरि पानी पर्यो ।

फेरी :- नदीमा फेरीबाट सामन तारियो ।

च)            शूर सुर

शूर :-  नेपालीहरू विश्वमा शूरवीरका नामले परिचित छन् ।

सुर :- रामले घरको चारै सुरमा बत्ती बाल्यो ।

६ दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

क)           'अधिकार ठूलो कि कर्तव्य ठूलो ?' वादविवादका चिदानन्द चौधरीले कर्तव्यपालनाबारे भनेका मुख्य मुख्य तीनओटा भनाइ लेख्नुहोस् ।

उत्तर :- कर्तव्यले मानिसलाई जीवनवादी बन्न मनमा सकारात्मक सोच पैदा गर्न मद्दत गर्छ । कर्तव्यको कसीमा घोटिँदामात्र हरेक व्यक्तिको व्यक्तित्वको सफल परिक्षण हुन्छ र कर्तव्य खुसीको अजस्र स्रोत हो । आआफ्ना ठाउँबाट सबैले आआफ्नो कर्तव्य निर्वाह गरेको समाज सभ्य र सुसंस्कृत हुन्छ ।

ख)          कर्तव्यको विषयलाई हाम्रा पौराणिक ग्रन्थमा कसरी उल्लेख गरिएको छ, वादविवादका आधारमा लेख्नुहोस् ।

उत्तर :- हाम्रो पौराणिक ग्रन्थमा कर्तव्यको विषयलाई विशेष प्राथमिकताका साथ उल्लेख गरिएको पाइन्छ । नीतिश्लोकमा न्यापूर्ण रूपमा आर्जन गरेको धनबाट पारलौकिक कर्तव्य गर्नु पर्छ भनिएको छ । गीतामा आफ्ना हातमा कर्तव्य गर्ने जुन अधिकार छ त्यसलाई इमान्दारितापूर्वक पूरा गर्नुपर्छ । उपनिषदमा मातृ देवो भव, आचार्य देवो भव भनिएको छ ।

ग)             अधिकारका सन्दर्भमा भरत भण्डारीका भनाइको सार लेख्नुहोस् ?

उत्तर :- भरत भण्डारीका अनुसार अधिकारबिना कर्तव्य पूरा गर्न सकिँदैन । एउटा बालक जन्मना साथ उसलाई कर्तव्य भन्दा अधिकारको हक हुन्छ । त्यसैले अधिकार जन्मसिद्ध हुन्छ भने कर्तव्य पछि मात्र जोडिने विषय भएकाले कर्तव्य भन्दा अधिकारको महत्त्व बढी हुन्छ । मानिसका न्युनतम आवश्यकता पूरा गर्न अधिकार नै चाहिन्छ ।

घ)            श्रुति शाहको भनाइको सार लेख्नुहोस् ।

उत्तर :- अधिकार ठूलो भएर नै यसको प्राप्तिका लागि आन्दोलनहरू भएका हुन् । व्यक्तिको व्यक्तित्व विकास र जीवनयापनका लागि अधिकार नितान्त आवश्यक कुरा हो । अधिकार प्राप्तिको आन्दोलनले नै मुलुकको कायापलट गरेको छ । मानिसले जन्मसिद्ध रूपमा प्राप्त , मानिसको समग्र व्यक्तित्व विकास तथा सम्मानपूर्ण र नैतिक जीवनयापनका लागि अपरिहार्य अधिकार कर्तव्य भन्दा विशिष्ट छ ।

७ व्याख्या गर्नुहोस् :

क)           कर्तव्यको कसीमा घोटिँदा मात्र हरेक व्यक्तिको व्यक्तित्वको सफल परिक्षण हुन्छ ।

उत्तर :- कर्तव्यको कसीमा ........................................ परिक्षण हुन्छ ।

                   प्रस्तुत वाक्य हाम्रो कक्षा १० को नेपाली कितावको पाठ ६ "अधिकार ठूलो कि कर्तव्य ठूलो " शीर्षक वादविवादबाट व्याख्याका लागि साभार गरिएको हो । यस वादविवादका लेखक यसै किताबका सम्पादकज्यूहरू हुन् । वक्ता चितान्नद चौधरीले आफ्नो तर्क प्रस्तुत गर्ने क्रममा अधिकार भन्दा कर्तव्य ठूलो भएको कुरा बताउने सन्दर्भमा उक्त वाक्य आएको हो ।

                  मानिस सर्वोत्कृष्ट र चेतनशील प्राणी भएकाले उसले सदैव आफ्नो कर्तव्यप्रति सजग र सचेत हुनुपर्छ । संसारमा कर्तव्यको कसीमा घोटिएका मानिसको जीवन सार्थक भएका अनेकौँ दृष्टान्त पाइन्छन् । कर्तव्यको पालनाले नै मानिसलाई सफल र असफल हुने भन्ने निर्धारण हुनु जान्छ । पिताप्रतिको कर्तव्य पालनाको सिलसिलामा दरबारिया सुखसयल छाडेर वनबास गएका र पत्नीप्रति कर्तव्य पालनाकालागि आफ्नो युगकै विद्वान , बलशाली र त्रिलोक विजेता रावणसँग युद्ध लडेका राम मर्यादापुरुषोत्तमका रूपमा पूजित छन् । राजसी सुखसयल त्यागेर संसारमा दु:ख के हो र यसबाट मानव जातिले कसरी मुक्ति पाउँछ भन्ने रहस्यको खोजसम्बन्धी कर्तव्यको पालनाले राजकुमार सिद्धार्थ गौतमबुद्ध कहलिए । सत्य, धर्म र न्यायप्रतिको निष्ठाले युधिष्ठिर सत्यवादी भनिए । ससाना कार्यबाट प्राप्त हुने ठूलाठूला परिणामले पनि कर्तव्यको महानता झल्काउँछ । आआफ्ना ठाउँबाट सबैले आआफ्ना कर्तव्यको पालना गर्नाले सभ्य र सुसंस्कृत समाजको निर्माण हुन्छ । कृषकले कर्तव्यको पालना गर्दा संसारको प्राणको रक्षा हुन्छ । शिक्षकले कर्तव्यको पालना गर्दा समाज रूपान्तर र परिवर्तन हुन्छ । आफ्ना कर्तव्यको पालना गर्ने मानिस नै आदर्श र महान् व्यक्तिका रूपमा चिनिएका छन् ।

              निष्कर्षमा कर्तव्यको पालनाबाट व्यक्तिको व्यक्तित्व विकास हुने , कर्तव्यको पालनाबाट नै सभ्य र सुसंस्कृत समाज निर्माण हुने , कर्तव्यको पालनाले मानिसको जीवन नै सार्थक र सफल हुन्छ भन्ने विचार प्रस्तुत वाक्यमा व्यक्त भएको छ ।

ख)          अधिकार नदिई कर्तव्य मात्र पूरा गर भन्नु बिना हतियार लडाइँमा पठाउनु जस्तै हो । खुट्टामा नेल लगाएर हिँड् भन्नु जस्तै हो ।

उत्तर :- अधिकार नदिई ........................................... भन्नु जस्तै हो ।

                  प्रस्तुत वाक्य हाम्रो कक्षा १० को नेपाली किताबको पाठ ६ "अधिकार ठूलो कि कर्तव्य ठूलो " शीर्षक वादविवादबाट व्याख्याका लागि साभार गरिएको हो । यस वादविवादका लेखक यसै किताबका सम्पादकज्यूहरू हुन् । विषयको विपक्षबाट बोल्ने क्रममा वक्ता भरत भण्डारीले आफ्नो तर्क प्रस्तुत गर्ने क्रममा कर्तव्य भन्दा अधिकार ठूलो भएको र अधिकारबिना कर्तव्यको पालना हुन नसक्ने सन्दर्भमा उक्त वाक्य आएको हो ।

                   मानव जीवनका लागि अधिकार पहिलो शर्त हो । अधिकार बिनाको कर्तव्य बैशाखीबिनाको लङ्गडो जस्तै हुन्छ । एउटा बालक जन्मनसाथ उसलाई पोषण र सुरक्षाको अधिकार चाहिन्छ । अधिकार जन्मसिद्ध हुन्छ । कर्तव्यको पालनाको लागि अधिकारको आवश्यक पर्छ । जसरी बिना हतियार लडाइँमा खटाइएको योग्य दक्ष, बरिस्ठ सैनिकले आफ्नो कौशल प्रदर्शन गरी  युद्ध जित्न सक्दैन , हातखुट्टा बाँधेर हातखुट्टा बाँधेर पौडीबाजलाई पौडन लगाउँदा सक्दैन असफल हुन्छ , खुट्टामा नेल ठोकेर हिँडाउन खोजियो भन्ने त्यो मानिस हिड्न सक्दैन । त्यसैगरी अधिकारबिना मानिसले कुनै परिस्थितिमा कर्तव्य पालना गर्न सक्दैन । कर्तव्यको पालनाका लागि अधिकारको अपरिहार्यता भएकाले नै संसारमा अधिकार प्राप्तिका लागि  ठूलाठूला आन्दोलन सम्पन्न भएका छन् । जब जब मानिसका अधिकारहरू कुण्ठित र उल्लङ्घन हुन पुग्छन् तब तब संसारमा अधिकार प्राप्तिका लागि घातक आन्दोलन इतिहासमा साक्षी रहेको छ ।  

              निष्कर्षमा कर्तव्य भन्दा अधिकार ठूलो भएको , अधिकारको उपलब्धता बिना कर्तव्यको पालना गर्न नसकिने कर्तव्यको पालनाका लागि अधिकार अपरिहार्य र अनिवार्य भएको कुरा यहाँ व्यक्त भएको छ ।

        

अधिकार ठूलो कि कर्तव्य ठूलो वादविवादका वक्तामध्ये तपाइँलाई कसको भनाइ मन पर्यो , किन ?

उत्तर :- नेपाली पाठ्यपुस्तकका लेखकहरूद्वारा लिखित अधिकार ठूलो कि कर्तव्य ठूलो शीर्षक वादविवादमा वक्ताहरूले आआफ्नो विषयलाई विभिन्न दृष्टान्त सहित पुष्टि गर्न खोजेका छन् । सबै वक्ताहरूको प्रस्तुती र विचार उत्कृष्ट नै रहेको छ । वादविवादमा सहभागी वक्ता चिदानन्द चौधरीको भनाइ तथा उनको प्रस्तुत गरेका तर्कहरूले म प्रभावित भएँ ।

उनले प्रस्तुत गरेका कर्तव्यको पालनाका लागि कुनै उच्च ओहोदा वा उच्च पदमा पुग्नु नपर्ने , व्यक्ति जहाँ उपस्थित हुन्छ त्यहाँ नै कर्तव्य पालना गर्न सकिने, सबैले आफ्नो कर्तव्य निर्वाह गर्न थालेमा सभ्य र सुसंस्कृत समाज निर्माण गर्न सकिने, कर्तव्यको पालनाले नै मानिस आदर्श र महान् बन्ने दृष्टान्तसहितका उनको भनाइ मलाई मन पर्यो ।

१० तपाईँले वादविवादमा कर्तव्य र अधिकारका बारेमा फरक फरक तर्क पढ्नुभयो । कर्तव्य र अधिकारको सम्बन्ध कस्तो हुन्छ होला, साथीसँग छलफल गरी कक्षामा सुनाउनुहोस् :

उत्तर :- अधिकार र कर्तव्य एकै सिक्काका दुई पाटा हुन् । जसरी दुई पाटाबिना एउटा सिक्का निर्माण हुन सक्दैन त्यसरी नै अधिकार बिनाको कर्तव्य बैसाखीबिनाको लङ्गडो हुन्छ र कर्तव्य बिनाको अधिकार अराजक हुन्छ  । कर्तव्य पालनाका लागि अधिकार अनिवार्य शर्त हो । अधिकारको उपलबधताबिना कर्तव्यको पालना प्रायः असम्भव हुन्छ । कर्तव्यको सीमामा नबाँधिएको अधिकार अराजक हुन्छ । कर्तव्यको अभावमा व्यक्ति अधिकारमुखी मात्र हुन जान्छ र आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन् हुन जाने र व्यक्ति तथा समाजमा यसले द्वन्द्वको बिजारोपण गर्न सक्छ । कर्तव्यबिनाको अधिकारले सामाजिक शान्ति र सद्भाव खल्बलिने सम्भावना प्रवल हुन्छ । अधिकार र कर्तव्य एकै रथका दुई पाङ्ग्रा हुन् । एउटा रथका दुई मध्ये कुनै एक मात्र पाङ्ग्राको सक्रियता र एउटा पाङ्ग्राको शिथिलताले रथ समान ढङ्गले अगाडि बढ्न सक्दैन । तसर्थ : अधिकार उपलब्धता र कर्तव्यको पालनाबाट नै व्यक्तिको व्यक्तित्व विकास हुने र समाज सभ्य र सुसंस्कृत हुन्छ ।

११ 'वादविवादक कर्तव्यभन्दा ठूलो ....... पुष्टि हुन्छ ' अंशबाट मुख्य मुख्य चारओटा बुँदा टुपोट गर्नुहोस् :

बुँदाहरू

·      अधिकार मानिसले जन्मसिद्ध प्राप्त गर्छ भने कर्तव्य आफैँ महसुस गर्ने कुरा हुनु,

·      अधिकार प्राप्ति हो भने कर्तव्य व्यवहार वा नैतिक चेतना हुनु,

·      अधिकार अरूबाट प्राप्त हुन्छ भने कर्तव्य स्वयंले गर्ने व्यवहार हुनु,

·      अधिकार बिज र बोट हो भने कर्तव्य फल हुनु ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.