पाठ ७ कालजित र अजङ्गको राक्षसको कथा

 

पाठ :-      कालजित र अजङ्गको राक्षसको कथा

शब्दभण्डार

दिइएको शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :

शब्द             अर्थ

बिछट्टै          अचाक्ली, धेरै

नरभक्षी         मान्छेलाई खाने दानव

किमार्थ         कसै गरेर पनि , केही गरे पनि

लाचार         विवश, बाध्य , कुनै उपाय नभएको

ओदान        भाँडा बसाल्नका लागि बलेको अगेनामाथि राखिने तीन

                           खुट्टा भएको फलामे साधन

पुरुषार्थ        बहादुरी , पौरख , अदभूत क्षमता

दिइएका अर्थ आउने शब्द पाठबाट खोजेर लेख्नुहोस्:

प्रत्येक हरेक     आइमाई महिला    मित्र साथी

दैलो ढोका    भाग्नु भागाभाग    उमेर आयु

देवता भगवान    विवेक बुद्धि

दिइएका टुक्कालाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :

टाप कस्नु :- आफू दोजिया भएकाले गर्भको बच्चा बचाउन आफ्नो पालोमा अन्न भरेर घरको पिँढी राखिदिएर महिला माइत टाप कसिन् ।

सातोपुत्लो जानू :- आज आगनमा गोमन सर्पले कुखुरा खाएको देखेर मेरो सातोपुत्लो गयो ।

आलु खानु :- प्रथम त्रैमासिक परीक्षामा कक्षा १० का केटाहरूले नेपाली विषयमा आलु खाएछन् ।

हातेमालो गर्नु :- गाउँको विकास र परिवर्तनका लागि सबै गाउँले हातेमालो गर्दै अगाडि बढ्नु पर्छ ।

भाग्य चम्कनु :- अहिले रामको भाग्य चम्किएकाले उसले जे काम गरेपनि सफलता मिलेको छ ।

माया मार्नु :- शिक्षा आर्जन गरियो, धन , सम्पत्ति , मान , प्रतिष्ठा कमाइयो भन्दैमा पारिवारिक र सामाजिक सम्बन्धलाई माया मार्नु भने कदापि हुँदैन ।

दिइएका पदावलीको प्रयोग गरी किसानका बारेमा एउटा अनुच्छेद तयार पार्नुहोस् :

गाउँमा बस्नु, खेतीकिसानी गर्नु, गाईवस्तु पाल्नु, घाँसदाउरा गर्नु, ताजा खानेकुरा खानु , जिविका चलाउनु

उत्तर :- विभिन्न जातिका मानिसहरू एकआपसमा मिलेर एउटा शान्त र सुन्दर गाउँमा बसेका थिए । उनीहरू एकआपसमा मिलेर अर्मपर्मबाट खेतीपाती गर्ने तथा खेतीपातीमा मल हाल्न र दही दूध खानका लागि गाईवस्तु पाल्ने काम गरेर दिन बिताउँथे । सबै मिलेर घाँसदाउरा गर्न नजिकैको जङ्गलमा जान्थे । आफ्ना पाखुरी बजारेर नङ्ग्रा खियाएर उब्जाएको ताजा खानेकुरा खान्थे । आफ्नै पौरखमा रमाउँदै जीविका चलाउने किसानहरूको जीवन र व्यवहार साँच्चै लोभलाग्दो थियो ।

कक्षामा छलफल गरी दिइएका उखानको अर्था लेख्नुहोस् :

हुने बिरुवाको चिल्लो पात :- सप्रने लक्ष्य पहिलेदेखि नै देखापर्छ

बाँदरको हातमा नरिवल :- प्रयोग गर्न नजान्नु

खाने मुखलाई जुँगाले छेक्दैन :- दृढ इच्छाशक्ति भएमा कुनै बाधा र

                                             अड्चनले रोक्न सक्दैन

नपत्याउने खोलाले बगाउँछ :- कसैलाई पनि कमजोर ठान्नु हुँदैन

नाच्न नजान्ने आँगन टेडो :- सीप नहुनेले अरूलाई दोष दिन्छ

बोध र अभिव्यक्ति

दिइएका प्रश्नको छोटो उत्तर लेख्नुहोस् :

क)  पाठका घटना कुन कुन स्थानमा घटेका छन् , उल्लेख गर्नुहोस्।

उत्तर :- पाठका घटना जङ्गल , गाउँको चौतारो, महिलाको घर, महिलाको माइत आदि ठाउँमा घटेका छन् ।

ख) पाठमा तपाइँलाई मन परेका कुनै दुई संवादात्मक अंश टिपोट गर्नुहोस् ।

उत्तर :- भगवानले," हेर काल ! यो आयु भावीले जुन दिन जति लेख्यो । त्यसलाई घटाउन पनि सकिँदैन , बढाउन पनि सकिँदैन ।" र कालजितले भन्यो, " तँलाई नमारेसम्म म र मेरा गाउँलेको रक्षा हुँदैन ।" यी दुई संवादात्मक अंश मलाई मन परेको हो ।

ग)    पाठको शीर्षक तपाईंलाई कतिको उपयुक्त लाग्यो कि लागेन , कारण दिनुहोस् ।

उत्तर :- पाठको शीर्षक कालजित र अजङ्गको राक्षस मलाई उपयुक्त लाग्यो । कथाको नायक कालजित सानै उमेरको भएपनि जुक्ति लगाएर आफ्नो पुरुषार्थले सारा गाउँलेलाई सताएको , गाउलेका समस्या बनेको अजङ्गको राक्षसलाई सजिलैसँग मारेर गाउँमा शान्ति स्थापना गराएकाले कथाको शीर्षक उपयुक्त लाग्यो । कथाको सम्पूर्ण विषयवस्तु अजङ्गको राक्षस र कालजितसँग सम्बन्धित रहेकाले कथाको शीर्षक उपयुक्त छ ।

दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

क उत्तर दिनुहोस् :

अ)  धार्मिक पर्यटनका दृष्टिकोणले विश्व इतिहासमा नेपालको कस्तो पहिचान छ?

उत्तर :- धार्मिक पर्यटनका दृष्टिकोणले विश्व इतिहासमा नेपालको पहिचान सगरमाथा जतिकै उच्च र शान्तिका अग्रदूत गौतम बुद्ध झैँ शान्त र स्थिर अवस्थामा छ ।

आ)                 कुन कुन धार्मिक स्थलले नेपालको गौरव बढाएका छन् ?

उत्तर :- पशुपतिनाथ , लुम्बिनी तथा अन्य धार्मिक स्थलले नेपालको गौरव बढाएका छन् ।

इ)    कुम्भ मेला नेपालको कुन स्थानमा लाग्ने गरेको छ ?

उत्तर :- नेपालको चतराधाममा कुम्भमेला लाग्ने गरेको छ ।

ई)    धार्मिक पर्यटनको संख्या वृद्धि कसरी गर्न सकिन्छ ?

उत्तर :- धार्मिक पर्यटनको संख्या वृद्धि गर्न धार्मिक सूचनाको व्यापक प्रचारप्रसार गर्नु पर्छ भने आवश्यक पूर्वाधार र रणनीति तर्जुमा गर्नु आवश्यक छ ।

      व्याख्या गर्नुहोस् :

क)          यो आयु भावीले जति लेख्यो, लेख्यो। यसलाई घटाउन पनि सकिँदैन , बढाउन पनि सकिँदैन ।

उत्तर :- यो आयु ..................................... बढाउन पनि सकिँदैन ।

                प्रस्तुत वाक्य हाम्रो कक्षा नौ को नौपाली किताबको पाठ सात "कालजित र अजङ्गको राक्षसको कथा" शीर्षक कथाबाट व्याख्याको लागि साभार गरिएको हो । यस कथाका रचयिता मोतिलाल पराजुली हुन् । कथाकारले कालजित र अजङ्गको राक्षसको कथामार्फत जुक्ति र पुरुषार्थले असहज र जटिल परिस्थितिमाथि विजय गर्न सकिन्छ भन्ने सन्देश दिएका छन् । सम्पूर्ण प्राणी जगतको आयु सुनिश्चित हुने र मानिस वा भगवानले चाहँदैमा यो थपघट हुन नसक्ने विधिको नियम बताउने सन्दर्भमा आएको हो ।

           कालजितले राक्षसलाई आफ्नो मायाको प्रभावमा पारेर राक्षसलाई भगवानसँग आफ्नो आयु सोध्न र घटाउन वा बढाउन गरेको आग्रह अनुसार राक्षसले भगवानलाई जानकारी गराउँदा भगवानले यस्तो जवाफ फर्काएका हुन् । मानिसको आयु जन्मदा नै सुनिश्चित हुने र यसलाई संसारको कुनै पनि तागतले बदल्न सकिँदैन । विधि , नियम वा कानुनलाई कसैले पनि उल्लङ्घन गर्न नहुने र गर्न पनि नसकिने कुरा स्पष्ट पारिएको छ ।      

 

आम मानव समुदायमा मानसको जन्म भएपछि आयुको निर्धारण गर्ने जिम्मा भावीले प्राप्त गरेको हुन्छ र भावीले लेखेको आयुलाई स्वयं सृष्टिकर्ता ब्रह्माजिले पनि उल्लङ्घन गर्न नसक्ने विचार प्रस्तुत वाक्यमा गरिएको छ ।

            निष्कर्षमा कतिपय मानिसले जीवनमा आइपरेको समस्याको समाधान नभेटेर दु:खदेखि आजित भएर मृत्युको चाहाना राख्छन् भने कतिपय मानिस सुख र सन्तोषको उपभोग र सांसारिक जीवनको मोहमा परेर धेरै समयसम्म बाच्ने चाहाना राख्छ तर यी दुवै कुरा सम्भव छैन त्यसैले सबैले नीति , नियम, विधि र पद्धतिअनुसार चल्नु पर्ने भाव यहाँ व्यक्त भएको छ ।

१०प्रश्नको उत्तर लेख्नुहोस् :

ख)         ाक्षसले गाउँलेलाई के गरेर दु: ख दिइएको रहेछ, वर्णन गर्नुहोस् ।

उत्तर :- कालजित र अजङ्गको राक्षसको कथा शीर्षकको लोककथामा राक्षस र कालजितसँग सम्बन्धित घटना र प्रसङ्गको चर्चा गरिएको छ । यस कथामा कालजितको भूमिकामार्फत युक्ति र बुद्धि लगाएर काम गर्ने हो भने असम्भव र जटिल ठानिएका समस्या पनि समाधान हुने कुरा उल्लेख गरिएको छ । साना मानिसमा समेत बुद्धि हुने र उनीहरूको पौरख र बुद्धिको प्रयोग गरेर सबैले सुख र शान्ति प्राप्त गर्न सकिने आशय व्यक्त गरिएको छ ।

गाउँलेहरू असाध्यै मिलेर बसेको सुन्दर र शान्त गाउँको समस्या बनेर कालजित आयो । घाँसदाउराका लागि वन गएका महिलाहरू मध्ये एक जना महिलालाई समातेर आफ्ना लामालामा नङ्ग्राले चिथोरेर खान लागेको देखेर आत्तिएका अन्य महिलाहरू रुँदै कराउँदै गुहार माग्न गए । रुँदै गुहार माग्न आएका महिलाले जङ्गलमा भएको घटना थाहा पाएर महिलाको उद्दार गर्न सहयोगको लागि जङ्गल गएका गाउँलेहरू राक्षसमाथि ढुङ्गामुढा प्रहार गर्न थाले । राक्षसले उल्टै आफ्नो शरीर  पहाड जत्रो बनाउँदै गाउँलेलाई तर्साएर मलाई भोलिदेखि एक एक जना मानिस आहाराको लागि नपठाए गाउँमै आएर सबैलाई सिध्याइदिन्छु भनेर धम्क्यायो । गाउँलेहरू राक्षसको आहारा बन्न तयार भएपछि राक्षसले दिनको एक मुरी अन्न र एक एक जना मानिस अनिवार्य पठाउनुपर्ने शर्त राख्यो । यसरी राक्षसले डर, भय , त्रास र आतङ्कित बनाएर दु:ख दिएको रहेछ ।

कालजितले राक्षसलाई नमारौको भए गाउँमा कस्तो अवस्था आउँथ्यो होला, अनुमान गरेर लेख्नुहोस् :

उत्तर :- कालजित र अजङ्गको राक्षसको कथामा जुक्ति र बुद्धि पूर्वक काम गरेमा विकराल मानिएको समस्यासमेत समाधान हुन सक्छ भन्ने विचार प्रस्तुत गरिएको छ । बुद्धि र चतुरतामा मानिसको उमेरले प्रभाव नपार्ने र केटाकेटीमा पनि वृद्धवृद्धामा भन्दा बढी बुद्धि र पुरुषार्थ हन सक्ने सन्देश कथाले दिएको छ । कथाको नायक कालजितले राक्षसलाई माया, प्रेम र श्रद्धाले आफ्नो वशमा पारेर राक्षसको मन जित्न सफल भई त्यसैसँग मुलेर आफ्नो बुद्धि र पराक्रमले राक्षसलाई मार्न सफल भयो । यदि कालजितले राक्षसलाई नमारेको भए राक्षसले सारा गाउँलेलाई एक एक गर्दै आफ्नो आहारा बनाउँथ्यो । त्यो सुन्दर गाउँ मानवविहीन उजाड र उराठलाग्दो बन्न सक्थ्यो । सारा गाउँ आतङ्कित र भयभित हुँदै बत्तीमा पुतली होमिए जस्तै एक एक गरी राक्षसको आहारा बन्न जान्थे । गाउँ नै निर्जन हुन्थ्यो र राक्षसको ज्यादती अर्को गाउँसम्म पनि सर्न सक्थ्यो ।

११ "सानो व्यक्तिको बुद्धि पुरुषार्थले गाउँमा शान्ति ल्याउन सफल भयो" भन्ने भनाइको आशय खुलाउनुहोस्

उत्तर :- कालजित र अजङ्गको राक्षसको कथा शीर्षक लोककथामा यस कथाको मुख्य पात्र कालजितले आफ्नो जुक्ति र पुरुषार्थले राक्षसलाई मारेर सारा गाउँलेलाई सुरक्षित बनाउनुका साथै गाउँमा शान्ति स्थापना गरायो । कालजितले साहस, चातुर्यता र बुद्धिले गाउँकै असुरक्षा , भय, डर, र त्रासको कारण बनेको राक्षसलाई परास्त गर्न सफल भयो । अप्ठ्यारो अवस्था र विषम परिस्थितिको सामना गर्न साहस, बुद्धि र पुरुषार्थ चाहिन्छ भन्ने सन्देश दिन सफल भयो । सानो व्यक्तिको बुद्धि र पुरुषार्थले गाउँमा शान्ति ल्याउन सफल भयो भन्नुको आशय सानो मानिसमा पनि विचित्रको क्षमता र प्रतिभा हुन्छ उनीहरुले उमेरले पाका बृद्ध तथा बलिया मानिसले गर्न नसक्ने काम समेत सजिलै गर्न सक्छन् भन्नु हो ।

१३ "कालजित र अजङ्गको राक्षसको कथा" कथाबाट के सन्देश पाउनुभयो , लेख्नुहोस् ।

उत्तर :- नेपाली साहित्यको कथा विधा अन्तर्गत लोककथा विधाका चर्चित कथाकार मोतीलाल पराजुलीद्वारा लिखित "कालजित र अजङ्गको राक्षसको कथा" शीर्षकको लोककथा बालमनोविज्ञानको चित्रण गरिएको लोकप्रिय कथा हो । यस कथाका माध्यमबाट कथाकारले साना मानिसमा पनि ठूला मानिस सरह बुद्धि र पराक्रम हुने, साहस, धैर्यता , पराक्रम तथा आत्मविश्वासले सामाजिक समस्याको समाधान गर्न सकिन्छ । साहस र पुरुषार्थले असम्भव र असहज ठानिएका कार्यसमेत सम्पादन गर्न सकिन्छ । उमेरले साना मानिसमा पनि ठूला मानिसमा जस्तै बुद्धि हुन्छ भन्ने  सन्देश यस कथाले दिएको छ

 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.