पाठ :- १५ आमाको तस्बिर
शब्दभण्डार
१ . दिइएका
शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
अँजुली = दुई उत्ताना हत्केला जोडी बनाइएको हातको मुद्रा
धमिलो = राम्रोसँग
नदेखिने
ठेला = काम गर्दा हातगोडामा उठ्ने छालाको साह्रो
डल्लो
चक्र = गोलो घेरा
पृथ्वी = धर्ति
भकारो = गाई , भैंसी आदि पशुहरूको मल, मलमुत्र, गोबर
पासपोर्ट = विदेश जानका निम्ति सरकारले दिने अनुमति पत्र , राहदानी
पानीजहाज = ठूलो
नदी वा समुद्रमा सामान वा मान्छे ओसारप्रसार गर्नेसाधन
२ . दिइएका
शब्दको विपरीतार्थी शब्द पाठबाट खोजेर लेख्नुहोस् :
विपना = सपना
सहज = कठिन उकाली
= ओराली सुख = दु:ख
माथि = तल पाताल = आकाश
३ . दिइएका
पद र पदावलीलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
जाँतो :- स्थानीय मौलिक प्रविधि जाँतो लोपोन्मुख बोकेर अवस्थामा पुगेको छ ।
पिठिउँ :- नातिलाई पिठिउँमा बोकेर हजुरआमा जाँतोमा दाल पिँध्दै हुनु हुन्छ ।
सात समुद्र :- सात समुद्र पारी गएको नातिको सम्झनाले सतायो भन्दै बुढी आमा गुनासो गर्न थाल्नुभयो
।
बिमारी :- बिमारी अवस्थामा स्वास्थ्यको राम्रो ख्याल राखी समयमै औषधोपचारमा ध्यान दिनुपर्छ
।
भासिनु :- नेपालमा रोजगारीको राम्रो व्यवस्था नभएकाले लाखौँ युवाहरू विदेश भासिन विवश
भएका छन् ।
पिआर :- पिआरको घनचक्करले धेरै नेपालीहरू राष्ट्रियताविहीन भएका छन् ।
बोध तथा अभिव्यक्ति
३ . दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर भन्नुहोस् ।
क ) माथिको कवितांशमा
सबैभन्दा बढी र सबैभन्दा कम शब्द सङ्ख्या भएका पङ्ति भन्नुहोस् ।
उत्तर :- माथिको कवितांशमा सबैभन्दा बढी शब्द सातौँ र सबैभन्दा कम शब्द नवौँ पङ्तिमा रहेको छ ।
ख ) कवितांशको सातौँ पङ्तिलाई
व्याकरणिक पदक्रम मिलाई भन्नुहोस् ।
उत्तर:- अब त तिम्रो दैनिकी फेरिनु पर्थ्यो ।
ग ) 'आमाको पृथ्वीमा दु: खको मौसम'
भन्नुको तात्पर्य के हो ?
उत्तर:- 'आमाको पृथ्वीमा दु:खको मौसम' भन्नुको तात्पर्य आमाको
दु:ख नसकिएको वा बुढेसकालमा पनि आमाले दु:ख गरिरहनु परेको भन्ने हो ।
घ ) आमाको ढाड कुप्रिनाको
खास कारण के हो ?
उत्तर:- डोकाको घाँस र त्यसमाथि सन्तानलाई बोकेर उकाली ओराली गर्नु परेकाले आमाको ढाड
कुप्रिएको हो ।
४ . दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
क ) कवितामा कविले आमाका
बारेमा धमिलोसँग सम्झेका कुरा के के हुन् ?
उत्तर:- आमाले पिठिउँमा बोकेर लोरी गाउँदै जाँतो घुमाएको, जाँतो
नजिकै राखेर जाँतो घुमाउँदै सुनकेसरी मैयाँ र मधुमालतीको कथा सुनाएको , कविले जाँतो घुमाउने जिद्दी गर्दा स्नेहपूर्वक सक्दैनस् अहिले कलिलो हातमा
ठेला उठ्छ भनेको कुरा कविले आमाका बारेमा धमिलोसँग सम्झिएका कुरा हुन् ।
ख ) दुनियाँको सबैभन्दा
प्यारो आमाको काखलाई म पात्रले किन बिर्सेका रहेछन् ?
उत्तर:- म पात्रले पासपोर्ट , भिसा र पिआरको चक्कर अनि घर,
गाडी र सम्पत्तिको किस्ता तिर्ने तनाब र दबावका कारण म पात्रले दुनियाँको
सबैभन्दा प्यारो आमाको काखलाई बिर्सेका हुन् ।
ग ) विदेशमा कमाएको पैसाले
आमाका लागि के के गर्न सकेको देखिँदैन ?
उत्तर:- विदेशमा कमाएको पैसाले आमाका लागि दैलो पोत्ने, झिसमिसेमै
पँधेराबाट पानी ल्याउन, गोठको भकारो फाल्न, खोरियाबाट घाँस ल्याउन र जङ्गलबाट दाउरा खेप्न सकेको देखिँदैन ।
घ ) म पात्र देश फर्कने
जहाजको यात्री बन्न नसकेको कारण के होला ?
उत्तर:- आफ्नै जीवनको चक्रले जाँतो झैँ फनफनी
घुमाउँदा त्यसबाट पार पाउने उत्कृष्ट अभिलाषासहित विदेश पसेको म पात्र विदेशको रसरङ
, विलासपूर्ण जीवन, स्वतन्त्रता र भौतिक
सुखसयलमा रमाउनाले देश फर्कने जहाजको यात्री बन्न नसकेको हो ।
५ . दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस्
:
क ) उत्तर दिनुहोस्
अ ) सामाजिक सञ्जाल
भनेको के हो ?
उत्तर :- मोबाइल वा कम्प्युटरमा इन्टरनेटका माध्यमबाट समुदायमा आधारित सामग्री आदानप्रदान
गर्ने एक प्रकारको सञ्चारमाध्यम नै सामाजिक सञ्जाल हो ।
आ ) सामाजिक सञ्जालको
सदुपयोग कसरी गर्न सकिन्छ ?
उत्तर :- सूचना तथा जानकारी आदानप्रदान गरेर, समाचार हेरेर,
विचार, फोटो, भिडियोलगायतका
सामग्री आफन्त , साथीभाइ र शुभेच्छुकसम्म पुर्याएर सामाजिक
सञ्जालको सदुपयोग गर्न सकिन्छ ।
इ ) सामाजिक सञ्जाल प्रयोगकर्ताले
कुन कुरामा सावधानी अपनाउनुपर्छ ?
उत्तर:- सामाजिक सञ्जाल प्रयोगकर्ताले कतिपय संवेदनशील घडीमा मानसिक त्रास र जोखिम
नहोस् भन्ने कुरामा सावधानी अपनाउनुपर्छ ।
ई ) किन सामाजिक
सञ्जालप्रति आकर्षण बढ्दै गएको देखिन्छ ?
उत्तर :- मानिसलाई सशक्त रूपमा जोड्ने , सूचना तथा जानकारी
लिनदिन पाइने, मनोरञ्जन प्राप्त हुने, विचार
र धारणा सार्वजनिक गर्न पाइने भएकाले सामाजिक सञ्जालप्रति आकर्षण बढ्दै गएको देखिन्छ
।
६ . "आमाको तस्बिर " कविताका आधारमा आमाले छोराछोरीप्रति गर्ने माया ममताको
चर्चा गर्नुहोस् ।
उत्तर :- कवि भूपिन खड्का ( वि.सं. २०३०) द्वारा लिखित
'आमाको तस्बिर' उत्कृष्ट गद्य कविता हो । नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने
बहुमुखी स्रष्टा भूपिनले यस कवितामा सन्तानको पालनपोषण र स्याहारसुसारमा आमाको भूमिका
तथा माया ममतालाई विषयवस्तुका रूपमा प्रस्तुत गरेका छन् ।
आफ्ना सारा रहर र सपना मानौँ जाँतोमा अँजुलीले घान लगाएजस्तै घान लगाएर,
दु:ख , कष्ट , पीडा मर्म र थकानको पहाडले थिचिएर सन्तानको सुख र सफलताको लागि आफ्नो जीवन
समर्पण गर्ने उत्कृष्ट नाम हो आमा । पतिको असामयिक निधन भएपछि एकल महिलाका रूपमा
सन्तानको पालनपोषण र शिक्षादीक्षाका लागि आमाले निकै कष्ट व्यहोर्नु पर्ने हुन्छ ।
ढिकीजाँतो गर्दा पिठिउँमा छोराछोरी बोकेर लोरी गाउँदै उनीहरूलाई मनोरञ्जन प्रदान गराउँदै
सुताउने प्रयास होस् वा घाँसको भारीमाथि बोकेर गरेको उकालीओराली होस् यी सन्तान हुर्काउनका
लागि आमाले गरेका त्याग हुन् । सन्तानलाई सदैव सुखमा राखेर सन्तान सुखको लागि जीवन
समर्पण गर्ने आमा दया, माया, प्रेम र समर्पणकि
प्रतिमूर्ति हुन् । आफ्ना सन्तानको हातमा ठेला उठ्ने , फुट्ने
र दुख्ने भयले आमा आफैँ आफ्नो हातमा ठेला उठाउँछिन ।
आफ्ना छोराछोरीको सुन्दर र सुखद भविष्य निर्माणका
लागि अनेक दु:खकष्ट सहनु ,
दैलो पोत्नु पँधेराबाट पानी खेप्नु , भकारो फाल्नु
, घाँस काट्नु, जङ्गलबाट दाउरा ओसार्नु
आदि आमाका दैनिक कार्य हुन् । स्वार्थरहित स्नेह र ममताको काखमा हुर्काउनु ,
छोराछोरीको प्रगतिमा रमाउनु, आफूलाई केही नगरे
पनि सदैव सन्तान सुख र खुसीको चाहना राख्नु आमाको विशेषता भएको कुरा 'आमाको तस्बिर'
शीर्षक कवितामा चर्चा गरिएको छ ।
ख ) म पात्र स्वदेशमै
भएको भए आमाको दु:ख कसरी हटाउँथ्यो होला, कविताका आधारमा लेख्नुहोस् ।
उत्तर :- आमाको तस्बिर कवितामा जब म पात्रले दिदीको फेसबुक वालमा आमाको तस्बिरसहितको
'आमाको पृथ्वीमा दु: खको मौसम अझै पनि ' भन्ने स्टाटस देख्छ उसलाई
एकाएक हीनताबोध भएर आउँछ र आत्मसमीक्षा गर्दा आफूले आमाका लागि केही नसोचेको र गर्न
नसकेको पाउँछ । यदि कविताको म पात्र स्वदेशमै
भएको भए दुनियाँको सबभन्दा निस्वार्थ र प्यारो आमाको काखलाई भुल्दैनथ्यो । आफू कामको
सिलसिलामा व्यस्त रहनु परेता पनि आमाका लागि पनि केही न केही सोच्थ्यो । आमाको दम तथा
आङ खस्ने रोगले उपचार पाउँथ्यो । आमाले जाँतोसँगै बर्बराउँदै एक्लै बाँच्नु पर्ने अवस्था
आउन दिँदैनथ्यो । ऊ वृद्ध अवस्थाकी आमाको सहारा बनेर उभिन्थ्यो । आमाले एक्लै घरको
दैलो पोत्ने , झिसमिसेमै पानी खेप्नु, भकारो
सोहर्ने, घाँस दाउरा आदि गर्ने काम एक्लै गर्नु पर्दैनथ्यो ।
आमाका हरेक दु:खसुखको साथी बनेर सहयोग गर्थ्यो । आमाले गर्नुपर्ने
सबै काममा उसको साथ र सहयोग हुन्थ्यो र आमाको दु:ख हटाउन यथासक्य
सहयोग गरेर दु:ख हटाउँथ्यो होला ।
८
. व्याख्या गर्नुहोस्
जब जाँतो घुमाउन सक्ने भएँ
मेरै जीवनको चक्र घुम्यो त्यही जाँतो झैँ
र म उड्नुपर्यो सात समुद्रपारि ।
उत्तर :- जब जाँतो ..........................................................
समुद्रपारि ।
प्रस्तुत हरफ हाम्रो कक्षा नौ को नेपाली किताबको पाठ
१५ "आमाको तस्बिर" शीर्षक कविताबाट व्याख्याको लागि साभार गरिएको हो । यस
कविताका रचयिता भूपिन हुन् । यस कवितामा कविले आमाको काखमा हुर्किएर ठूलो भएपछि विदेशिएर
विदेशको दु:खमा रूमल्लिएर आमाको
दु:खमा मलम लगाउन नसकेको , आमाले बुढेसकालमा
समेत एक्लो जीवन बिताउन विवश हुनु परेको पीडालाई विषयवस्तुका रूपमा प्रस्तुत गरेका
छन् । आमाको काममा सहयोग गर्ने उमेर भएका छोराछोरी शिक्षा तथा आयआर्जनका लागि देश छोड्नुपर्ने
विवश परिस्थिति चित्रण गर्ने सन्दर्भमा उक्त हरफ आएको हो ।
हरेक आमाले आफ्नो सम्पूर्ण मातृत्व खन्याउँदै अनेकौँ दु:ख, कष्ट, वेदना, पीडालाई बिर्सिएर आफ्ना सन्तान हुर्काउन , सन्तानको सुख
, खुसी र सन्तुष्टिका लागि आफूलाई समर्पित गरी सन्तानप्रति निस्वार्थ
प्रेम दर्शाउने गर्दछन् । तर जब सन्तान आफ्नै
खुट्टामा उभिएर बाँच्न सक्ने हुन्छन् तब उसले गाँस , बास र कपासका
लागि आमाको न्यानो काख छाडेर विदेशिन बाध्य हुनु पर्दछ । आमाले पिठिउँमा बोकेर लोरी
गाउँदै जाँतो घुमाएर हुर्काएको म पात्रले जाँतो घुमाउने ढिपी गर्दा आमा कलिलो हातमा
ठेला उठ्छ, सक्दैनस् बाबू भनेर आफैँ जाँतो घुमाउँथिन । जब म पात्र
ठूलो भयो, जाँतो घुमाउन अर्थात् आमाको दु:खको भार उठाउन , थेग्न सक्ने भयो तब उसलाई समयले हुत्याएर
सात समुद्रपारी विदेशी भूमिमा पुर्यायो । उसलाई जीवनचक्रले जाँतो झैँ फनफनी घुमायो
र विदेशिन बाध्य भयो । उसले विदेशमा दु:ख गरेर कमाएको पैसा आमाको
सहारा बन्न सकेन । आमा एक्लै आफ्नो दु:खको भूमरीमै रूमल्लिन विवश
भइन् ।
निष्कर्षमा कविले यस कवितामार्फत भनेकौँ दु:ख , कष्ट , पीडा र वेदना बोकेर हुर्काएका सन्तान जब आफ्ना खुट्टामा उभिन सक्ने हुन्छन्
, जब केही कमाउने वा गर्न सक्ने हुन्छन् तब जीवन सङ्घर्षले उनीहरूलाई
विदेशिन विवश बनाउँछ र यता आमाले बुढेसकालमा सहारा विहीन जीवन बिताउनु परेको यथार्थलाई
यहाँ व्यक्त गरिएको छ ।