पाठ : १२
माइकल फेराडे
शब्दभण्डार
१ ) दिइएका
शब्द र तिनका अर्थ बिच जोडा मिलाउनुहोस् :
शब्द अर्थ
आलोकित : उज्यालो पारिएको चहकिलो पारिएको
साधना : सफलता प्राप्त गर्नका लागि गरिने अभ्यास
सौभाग्य : सुख र समृद्धि हुने भाग्य
प्राक्कल्पना : सत्य पहिल्याउनका लागि गरिने पूर्वकल्पना , अनुकल्पना
प्रतिपादन : नयाँ
विषय वा सिद्धान्त खोज्ने वा पत्ता लगाउने काम
चालक : विद्युत्
आदि सञ्चालन हुने पदार्थ
बोध अभिव्यक्ति
५ . दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
क ) माइकल फेराडे कस्तो
परिवारमा जन्मेका थिए ?
उत्तर :- पिता जेम्स फेराडे तथा माता मार्गरेट हस्बेलको कोखबाट सन् १७९१ सेप्टेम्बर
२२ का दिन बेलायतको न्युविङ्टनमा माइकल फेराडेको जन्म भएको थियो । आरनमा रातदिन
जोतिए पनि बिहान बेलुकाको छाक टार्न र घर चलाउन धौ धौ पर्ने भयावह गरिबीको अवस्थामा
माइकल फेराडेको जन्म भएको थियो ।
ख ) उनको बाल्यकाल
कसरी बित्यो ?
उत्तर :- माइकल फेराडेको बाल्यकाल सङ्घर्षमय रहयो । उनलाई म्यानचेस्टर स्क्वायरको साधारण
विद्यालयमा भर्ना गरियो । १3 वर्षको कलिलो उमेरमा गरिबीकै कारण उनको औपचारिक
शिक्षाबाट बाहिरिएर काममा लाग्नु पर्ने बाध्यता आइलाग्यो । उनले एउटा पुस्तक पसलमा
जिल्दा हाल्ने काम पाए । दिनभरि काम गर्ने र रातभरि आफ्नो रुचिअनुसारका पुस्तक
अध्ययन गर्ने क्रममा नै उनीमा बिजुलीसम्बन्धि जिज्ञासाको बिजाङ्कुरण भएको थियो ।
ग ) उनले जीवनमा कसरी
प्रेरणा प्राप्त गरे ?
उत्तर :- अभाव र गरिबीका बिच सङ्घर्षमय जीवन बिताउन विवश माइकल फेराडेले बाल्यकालमा
पुस्तकालयमा काम गर्ने र राति फुर्सदको समयमा रुचिका पुस्तक पढ्ने क्रममा बिजुलीसम्बन्धी
भोकको बिज अङ्कुरण भएको थियो भने अथाह ज्ञान आर्जन गर्न सफल भएका थिए ।यसै गरी चर्चित
तथा नामी वैज्ञानिक हम्फ्री डेवीको सनिध्यताले उनमा वैज्ञानिक प्रतिभाले पल्लवित हुने
अवसर प्राप्त भयो । साथै उनले हम्फ्री डेवीको प्रयोगशालामा सहयोगीका रूपमा काम गर्ने
तथा हम्फ्री डेवीसँग युरोपको यात्राको क्रममा रसायन विज्ञहरूसँगको भेटघाट र हम्फ्री
डेवीको शिक्षणबाट उनले जीवनमा प्रेरणा प्राप्त गरे ।
घ ) उनको जीवनीबाट के
सन्देश पाइन्छ ?
उत्तर :- महान् वैज्ञानिक तथा आविष्कारक , खोजकर्ता माइकल फेराडे
आर्थिक अभाव र गरिबीबिच फक्रिएका विशिष्ट प्रतिभा हुन् । ज्ञानको भोक निरन्तरको सङ्घर्ष
, दृढ इच्छाशक्तिले उनी आफ्नो चरम गरिबीलाई परास्त गर्दै विज्ञान
र प्रविधिको क्षेत्रमा चम्किलो नक्षेत्रको रूपमा स्थापित हुन सफल भए । उनी आफ्नो
चुम्बकीय उपपादनको सिद्धान्तको प्रयोगमा धेरै पटक असफल हुँदा समेत हरेस नखाइ निरन्तर
प्रयोगमा लागिरहे र सफलता हासिल गरे । उनको जीवनीबाट व्यक्तिमा सक्रियता , निरन्तरता , दृढता र इच्छाशक्ति भएमा अभाव , गरिबीबाट समेत माथि उठ्न र आफ्नो लक्ष्य वा उद्देश्य पूरा गर्न सकिन्छ
भन्ने प्रेरणा प्राप्त हुन्छ ।
८
) दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
क ) माइकल फेराडे कस्तो स्वभावका थिए ?
उत्तर :- नेपाली पाठ्यपुस्तकका लेखकहरूद्वारा सङ्कलित माइकल फेराडे शीर्षक जीवनीमा महान
वैज्ञानिक प्रतिभा माइकल फेराडेको जीवनका विभिन्न आरोहको चर्चा गरिएको छ । चरम गरिबी
र अभावग्रस्त परिवारमा जन्मिएका फेराडे अध्ययनशील स्वभावका थिए । विद्यालय तहको अध्ययनमा
नै उनमा अथाह ज्ञानको भोक देखिएको थियो । आफ्नो पिताले आरनमा काम गर्ने क्रममा उनी
निक्कैबेरसम्म घोरिएर हेर्ने गर्दथे । अभाव र गरिबीका कारण विद्यालय तहको शिक्षा बिचमा
नै छोड्नु परे पनि पुस्तक पसलमा काम गर्दा
समेत मन परेका पुस्तक राती राती पढ्ने गर्दथे । दृढ इच्छाशक्ति र ज्ञानको भोकका कारण
उनले स्वाध्ययनबाट आफ्नो बौद्धिकता र ज्ञानको क्षितिजलाई फराकिलो पार्ने स्वभावका थिए
।
ख ) उनले आफ्नो
पढाइलाई कसरी निरन्तरता दिए ?
उत्तर :- खाने मुखलाई जुँगाले छेक्दैन भन्ने नेपाली उखानलाई फेराडेले आफ्नो जीवनमा पुष्टि
गरेर छाडे । १३ वर्षको कलिलो उमेरमा विद्यालयीय शिक्षाबाट बाहिरिनु परेता पनि उनले
आफूले काम गर्ने पुस्तक पसलमा रहेका पुस्तकमध्ये आफ्नो रुचि र इच्छाबमोजिमका पुस्तकहरू
अध्ययन गर्थे । अनौपचारिक शिक्षामा गरिबीले पूर्णविराम लगाइदिए पनि उनमा रहेको अथाह
ज्ञानको भोकका कारण उनी राति राति अनौपचारिक अध्ययनमा व्यस्त हुन्थे । कठोर सङ्घर्ष
र साधनाका साथ उनले आफ्नो पढाइलाई निरन्तरता दिए ।
९
) व्याख्या गर्नुहोस्
एउटा गरिब र विपन्न परिवारको
व्यक्ति पनि आफ्नो अठोट र लगाव भयो भने जस्तोसुकै लक्ष्यमा पुग्न सम्भव हुँदो रहेछ ।
उत्तर :- एउटा गरिब ...........................................................
हुँदो रहेछ ।
प्रस्तुत वाक्य हाम्रो
कक्षा नौ को नेपाली किताबको पाठ १२ माइकल फेराडे शीर्षक जीवनीबाट व्याख्याको लागि साभार
गरिएको हो । यस जीवनीका लेखक यसै किताबका सम्पादकज्यूहरू हुन् । यस जीवनमा अन्तर्निहित
प्रतिभा र क्षमतालाई संसारको कुनै तागतले रोक्न नसक्ने , गरिब
र विपन्न परिवारमा जन्मिएका मानिसले समेत लक्ष्य केन्द्रित , परिश्रम , मिहिनेत र कठोर साधनाले सफलता प्राप्त
गर्न सक्ने कुराको चर्चा गरिएको छ । कठोर सङ्घर्ष , दृढ अठोट
र दृढ लगावले व्यक्ति आफ्नो प्रतिकूल परिस्थितिलाई अनुकूलतामा बदल्न सक्छ भन्ने
सन्दर्भमा उक्त वाक्य आएको हो ।
विपन्न परिवार चरम गरिबी तथा अभावग्रस्त आर्थिक अवस्थामा गुज्रिएको
परिवारमा जन्मिएका माइकल फेराडेले अभाव र चरम विपन्नताका कारण कैयौँ महिनासम्म
हप्ताको एउटा रोटी मात्र खाएर प्राण धानेका थिए । १३ वर्षको कलिलो उमेरमा औपचारिक
शिक्षाको अवसरबाट वञ्चित हुन् विवश फेराडेले नाबालक अवस्थामा काम गर्नु पर्ने अवस्था
आयो ।औपचारिक अध्ययनबाट बाहिरिनु परेता पनि पुस्तक पसलमा पुस्तकमा जिल्दा हाल्ने काम
गर्दै अनौपचारिक अध्ययनलाई भने निरन्तरता प्रदान गरे । रातीको समयमा अध्ययन गर्ने क्रममा नै यिनको ध्यान विज्ञान र बिजुलीतर्फ तानिएको
थियो । औपचारिक अध्ययन, ज्ञानको भोक र कठोर साधनाले फेराडेले
पढेरभन्दा परेर जानिन्छ भन्ने भनाइलाई आफ्नो जीवनमा प्रमाणित गरी इतिहासका प्रभावशाली
वैज्ञानिक बन्न सफल भए । सङ्घर्षमय जीवन बिताउँदै कठोर सङ्घर्षको भट्टीमा खारिएका माइकल
फेराडेको जीवनमा दु:ख , कष्ट, अभाव र गरिबीका कहाली लाग्दा कहरले
बाटो छेक्न खोजे तर उनी आफ्नो लक्ष्य र अठोटबाट कहिल्यै पछि हटेनन् हिम्मत हारेनन्
। दृढता , लगनशीलता र लगावका कारण एउटा साधारण परिवारमा जन्मिएका
फेराडे एउटा महान् वैज्ञानिक प्रतिभाका रूपमा स्थापित हुन सफल भए ।
निष्कर्षमा मानिसमा लक्ष्य प्राप्तिको दृढता , अठोट , लगाव भएमा जस्तो
सुकै विषय र प्रतिकूल परिस्थितिलाई पनि अनुकूल बनसउँदै लक्ष्य चुम्न सफल हुन्छ भन्ने
भाव यहाँ व्यक्त भएको छ ।
१०
) माइकल फेराडेले
जीवनमा सफलता प्राप्त गरेका मुख्य मुख्य घटना वर्णन गर्नुहोस् ।
उत्तर :- संसारलाई वैज्ञानिक आविष्कारको नयाँ ज्योति प्रदान गरी वैज्ञानिक खोज र अनुसन्धानलाई
नयाँ गोरेटोतर्फ डोर्याउन सफल महान् वैज्ञानिक प्रतिभा माइकल फेराडेको जन्म बेलायतको
लन्डनस्थित न्युविङ्टनमा सन् १७९१ सेप्टेम्बर २२ का दिन भएको थियो । भोक, रोग र गरिबीले थिल्थिलिएको परिवारमा जन्मेका माइकलले जन्मदेखि नै कष्ट र अभाव
सहनु पर्यो । ज्ञानको अथाह भोक, जिज्ञासु र सङ्घर्षशील स्वभावका
कारण फेराडेले जीवनमा एकपछि अर्को सफलता र ख्याति प्राप्त गर्दै गए ।
चर्चित अर्का नामी वैज्ञानिक हम्फ्री डेवीको सानिध्ययाले यिनीभित्रको वैज्ञानिक
प्रतिभा पल्लवित हुने अवसर प्राप्त गर्यो । उनले आफ्नो चुम्बकीय क्षेत्रबाट विद्युतीय
धारा उत्पादन गर्न सकिन्छ भन्ने प्राक्कल्पनालाई सफल बनाएर छाडे । माइकल फेराडेले फेराडे
ल अफ इलेक्ट्रोम्याग्नेटिक इन्डक्सन नामक सिद्धान्त आविष्कार गरे । उनले सन् १८३१ मा
इङ्ल्याण्डमा डाइनामो आविष्कार गरे । उनले मेकानिकल ऊर्जालाई विद्युत् ऊर्जामा रूपान्तर
गर्ने सिद्धान्तको आविष्कार गरे । इलेक्ट्रोम्याग्नेटिक प्रेरणाको अध्ययन गरेर विभिन्न
नियमहरू बनाए । उनले इलेक्ट्रिक जेनेरेटरको आविष्कार गरे ।
माइकल फेराडेले भौतिक विज्ञानका क्षेत्रमामात्र नभएर रसायन
विज्ञानका क्षेत्रमा समेत अमूल्य योगदान पुर्याएका छन् । उनले क्लोरिन, कार्बन डाइअक्साइड जस्ता ग्याँसलाई तरल रूपमा
परिवर्तन गर्नु, बेन्जिन तथा अन्य हाइड्रोकार्बनको अन्वेषण
गर्नु आदि उनका रसायन विज्ञानका क्षेत्रमा गरेका खोज तथा अनुसन्धानमूलक कार्य हुन्
।आफ्नै सिद्धान्तको जगमा उभिएर उनले पानी तान्ने पम्प, मिक्स्चर
, मोटर गाडी आदिको आविष्कार गरे जस्ता दर्जनौँ चिजको आविष्कार
गरी सफलता प्राप्त गरे ।
११
. पाठको पाँचौँ अनुच्छेदबाट मुख्य मुख्य
चारओटा बुँदा टिपी सारांश लेख्नुहोस् :
बुँदाहरू
·
चर्चित
तथा नामी वैज्ञानिक हम्फ्री डेवीको सानिध्यताले माइकल फेराडेको वैज्ञानिक
प्रतिभाले पल्लवित हुने अवसर पाउनु,
·
डेवीको भाषणबाट
प्रभावित माइकले भाषण शृङ्खलाका नोटलाई ३०० पेजको पुस्तक बनाई डेवीका हातमा पुर्याउनु,
·
परिक्षणका
क्रममा आँखामा चोट लागेपछि डेवीले आफ्नो भाषण सुनेर नोट बनाउने फेराडेलाई बोलाई प्रयोगशालामा
काम गर्ने जिम्मा दिनु,
·
डेवीसँगै
युरोप भ्रमणको अवसर पाएका फेराडेले विश्वका प्रमुख रसायनविज्ञसँगको भेटल ज्ञानको क्षितिज
निकै फराकिलो बनाउनु ।
माइकल फेराडे
आफ्नो युगको नामी , चर्चित महान् वैज्ञानिक हम्फ्री डेवीको सानिध्यताले माइकल फेराडेभित्र वैज्ञानिक
प्रतिभा पल्लवित हुने मौका मिल्यो । डेवीको भाषण शृङ्खलामा उपस्थित भएका फेराडेले डेवीको
भाषण शृङ्खलाको नोट टिपोट गरी पुस्तक बनाई डेवीका हातमा राखिदिए । प्रयोगशालामा परिक्षणका
क्रममा आँखामा चोट लागेपछि आफ्नो भाषणको नोट बनाउने फेराडेलाई बोलाएर डेवीले प्रयोगशालामा काम गर्ने जिम्मा दिए
। डेवीसँगै युरोप भ्रमणको अवसर पाएका माइकलले
विश्वको प्रमुख रसायन विज्ञसँगको भेट र डेवीको अध्ययनले उनको ज्ञान बौद्धिकताको क्षितिज
फराकिलो बन्यो ।
जम्मा अनुच्छेद भएको शब्द = १९८
सारांशमा बनाउनु पर्ने शब्द = ६६
सारांशमा बनेको शब्द = ७२